सरकारको प्राथमिकतामा ओभरफ्लाई र सुरुङमार्ग, सुनकोसी र नारायणी नदीमा जलमार्ग

<p>काठमाडौं । सरकारले सुरुङ र ओभरफ्लाई निर्माणमा प्राथमिकतामा दिने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलल मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुरुङमार्ग र ओभरफ्लाई प्राथमिकतामा राख्ने बताएका हुन् । उनले ट्राफिक चापलाई कम गर्न पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा काम गर्ने बताएका हुन् । उनले सुनकोसी र नारायणी [&hellip;]</p>

काठमाडौं । सरकारले सुरुङ र ओभरफ्लाई निर्माणमा प्राथमिकतामा दिने बताएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलल मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुरुङमार्ग र ओभरफ्लाई प्राथमिकतामा राख्ने बताएका हुन् ।

उनले ट्राफिक चापलाई कम गर्न पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा काम गर्ने बताएका हुन् ।

उनले सुनकोसी र नारायणी नदीमा जलमार्ग निर्माण गरिने बताएका छन् । पानी जहाज नेपालमा दर्ता गरिने कानुनी व्यवस्था गरिने पनि बताएका छन् ।

Share News