नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने सरकारको योजना

<p>काठमाडौं । सरकारले नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने भएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने योजना सार्वजनिक गरिएको हो । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दुर्गम र विकट क्षेत्रमा भूउपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिने बताए [&hellip;]</p>

काठमाडौं । सरकारले नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने भएको छ ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने योजना सार्वजनिक गरिएको हो । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दुर्गम र विकट क्षेत्रमा भूउपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिने बताए ।

डिजिटल साक्षरता विकास गरी महिला, अल्पसंख्यक एवं पिछडिएको वर्ग, क्षेत्र र समूदायको सूचना प्रविधिमा पहुँच बिस्तार गर्ने बताए ।

राष्ट्रपति पौडेलले भने, ‘दुर्गम र विकट क्षेत्रमा भूउपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिनेछ । साईबर सुरक्षा सम्बन्धि अनुसन्धान, प्रतिकार्य तथा जनचेतना अभिवृद्धि कार्यलाई प्रभावकारी बनाउन तहगत व्यवस्था गरिनेछ । डिजिटल साक्षरता विकास गरी महिला, अल्पसंख्यक एवं पिछडिएको वर्ग, क्षेत्र र समूदायको सूचना प्रविधिमा पहुँच बिस्तार गरिनेछ । नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने कार्य अघि बढाइनेछ । ’

राष्ट्रपति पौडेलले साईबर सुरक्षा सम्बन्धि कार्यलाई प्रभावकारी बनाउने बताए ।

Share News