विकासन्युज

छिमेकी देशमा करको दर परिवर्तन हुँदा नेपालमा पनि असर पर्छः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवाराज खतिवडाले धेरै भष्ट्राचार गर्न पाइन्छ भनेर सभासदहरु नै आफु निकट व्यक्तिहरुलाई भन्सारमा सरुवा सिफारिस गर्न अर्थ मन्त्रालय आउने गरेको बताएका छन् । बिस्तारै भन्सारमा सुधार हुँदै गएकाले त्यहाँ सरुवा गरिदिनु पर्यो भनेर आउनेहरु घटेका छन्उ-नले उने । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको प्रथम वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री खतिवडाले छिमेकी देशमा करको दर परिवर्तन हुँदा नेपालमा पनि असर गर्ने र त्यसका लागि सरकार व्यवसायीहरुसँग बसेर छलफल गर्न तयार रहेको बताए । बैंक उद्योगीहरुकै भएकाले उद्योगीहरुको पीडा बैंकले बुझि दिन अनुरोध गरे । उनले भने-‘जीवन रक्षाका लागि भिटामिनको प्रयोग गरे जस्तै राम्रा र असल उद्योगीहरुको प्रोत्साहन गर्न सरकार तयार रहेको छ । कस्तो बस्तु उत्पादन र निर्यातमा सरकारले कति भिटामिन दिनु पर्ने हो, त्यसको बारेमा छलफल गर्न सरकार तयार छ ।’ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणले देशमा राजनीतिक परिवर्तन भन्दा पनि आर्थिक परिवर्तनका लागि लाग्नु पर्ने समय आएको बताइन् । उनले विश्वका उद्योगहरुमा प्रयोग भइरहेको प्रविधिको नेपालमा प्रयोग नभएकाले पनि नेपाल उद्योगका क्षेत्रमा पछि परेको बताइन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले सरकारले कानून निर्माण गर्दा निजी क्षेत्रलाई पनि ध्यान दिनु पर्ने बताए । सरकारले देशमा भएका स्रोत र साधनलाई प्रयोग गरेर कर उठाउने नीति ल्याउनु पर्ने बताए ।

सेञ्चुरी बैंकद्वारा नाला र टुकुचा क्षेत्रमा वित्तीय साक्षरता अभियान

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले बनेपा नगरपालिकाको ग्रामिण क्षेत्रलाई लक्षित गरेर उग्रचण्डी नाला शाखामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत बनेपा नगरपालिका अन्र्तगत उग्रचण्डी नाला र टुकुचा नाला क्षेत्रमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मुख्य विषयवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त ९विधुतीय वित्त० सम्बन्धी जानकारी दिएको थियो । उक्त कार्यक्रममा १६५ जनाभन्दा बढीको सहभागिता थियो । सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पहुँच बढाउन गाउँगाउँसम्म वित्तीय साक्षरता अभियान बैंकले सुरु गरिरहेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत अन्य स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेका जनाएको छ ।

निक्षेपको चरम अभाव हुँदा नबिलले गर्यो १०.१० प्रतिशत अफर, अरु वाणिज्य बैंकलाई तनाव

काठमाडौं । बैकिङ क्षेत्रमा निक्षेपको चरम अभाव भएको बेलामा नबिल इन्भेष्टमेन्ट लिमिटेडले निक्षेपकर्तालाई १० दशमलव १० प्रतिशत प्रतिफल दिने नयाँ याेजना ल्याएकाे छ । मुद्दति खाताका बचतकर्तालाई जस्तै लगानीकर्तालाई हरेक तीन महिनामा प्रतिफल भुक्तानी गरिने नबिल इन्भेष्टमेन्टले जनाएको छ । बैकिङ क्षेत्रको लिडर बैंकको रुपमा परिचित नबिल बैंकको सहायक कम्पनीले ल्याएकाे नयाँ स्कीमले बैंकहरुलाई ब्याज बढाउन दवाव पर्ने जानकारहरु बताउँछन् । नेपाल बैंकर्स संघको निर्णयका आधारमा वाणिज्य बैंकहरुले ९.७५ प्रतिशत वा सोभन्दा कम ब्याजदरमा निक्षेप संकलन गर्दै आएको समयमा नबिलले १०.१० प्रतिशत प्रतिफल दिने निक्षेप प्रकृतिकाे याेजना ल्याएकाे हाे । ‘फिक्स रिर्टन’ नाम दिइएको उक्त स्कीम सात दिन मात्रा चल्ने नबिलले जनाएको छ । तर उक्त सेवाको बारेमा जानकारी दिंदै अनिश तन्डुकारले विकासन्युजसँग भने-‘तपाई पैसा व्यवस्थापन गर्न समय लाग्छ भने दशैंपछि पनि आउन सक्नुहुन्छ ।’ यस्तो स्कीमको रिर्टनदर घटबढ भईरहने उनले बताए । बैंकमा मुद्दति निक्षेपको ब्याज १० प्रतिशतभन्दा कम भएको समयमा मर्चेन्ट बैकर्सले १० प्रतिशतभन्दा बढी प्रतिफल दिनुले यसभित्र जोखिमको गन्ध आउँछ । ‘पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’ अन्तरगत दिने यो सेवाको विशेषता वाणिज्य बैंकको मुद्दति बचतको जस्तै हुने र पूर्ण सुरक्षित हुने तण्डुकारले बताए । ‘लिखित डकुमेन्ट हुन्छ । लगानीकर्ताको नाम, लगानी भएको रकम, ब्याज र मुद्दति परिपक्व हुने अवधि तोकेर सर्टिभिकेट दिन्छौं । सावाँ ब्याज दुबै ग्यारेन्टी गरिएको हुन्छ’ उनले भने-‘मुद्दति निक्षेपमा झै यस सर्टिफिकेट धितो राखेर कर्जा लिने भने पाइने छैन ।’ ‘नबिल इन्भेष्टमन्टले शुरुमा पनि यसरी स्रोत परिचालन गरेको थियो । त्यतिबेला प्रतिफल दर पनि कम थियो र कम प्रभावकारी भयो । अहिले बैंकले दिने व्याजदर  भन्दा बढी प्रस्ताव गरेको छौं’ तण्डुकारले भने । पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस अन्तरगतकाे याे याेजना झट्ट हेर्दा निक्षेप जस्ताे भएपनि याे मुद्दति निक्षेप नभइ लगानी नै भएकाे नबिल इन्भेन्टमेन्ट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बाधे श्रेष्ठले बताए । पोर्टफोलियो म्यानेजमेन्ट गर्नेले स्रोतको निश्चित प्रतिशत बैंकको मुद्दतिमा राख्न पाउने नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए । ‘पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’ अन्तरगत मर्चेन्ट बैंकर्सले यसरी बजारबाट पैसा संकलन गर्न पाउने उनको भनाई छ ।

राष्ट्रिय गौरवका आयोजनामा २ खर्ब ८३ अर्ब खर्च, सन्तोषजनक छैन भौतिक प्रगति

काठमाडौँ । राष्ट्रिय गौरवका २२ आयोजनामा हालसम्म २ खर्ब ८३ अर्ब ८६ करोड खर्च भएको छ । कूल लागत १८ खर्ब १० अर्ब ६८ करोड भएका आयोजनामा हालसम्मको २ खर्ब ८३ अर्ब मात्र खर्च भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय योजना आयोगद्वारा आइतबार आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ४६ औँ बैठकमा आव २०७५/७६सम्मको कूल खर्च प्रस्तुत गरिएको हो । आव २०७५/७६सम्मको भौतिक प्रगतितर्फ राष्ट्रिय गौरवका आयोजना मध्ये पुष्पलाल मध्यपहाडी लोकमार्गको ४८ प्रतिशत, रेल्वे तथा मेट्रो विकास आयोजनाको १९.४ प्रतिशत, हुलाकी लोकमार्गको ४४ प्रतिशत, उत्तर दक्षिण(कोशी करिडोर) लोकमार्गको १५ प्रतिशत, उत्तर दक्षिण(कालिगण्डकी करिडोर) लोकमार्गको २७ प्रतिशत देखिएको छ । त्यसैगरी, काठमाडौँ-तराई/मधेस द्रुतमार्गको ८.५ प्रतिशत, गौतमबुद्ध अन्तर्राष्ट्रि विमानस्थलको ७४ प्रतिशत, पोखरा क्षेत्रीय विमानस्थलको ४२ प्रतिशत, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको १० प्रतिशत र लुम्बिनी विकास कोषको ८२ प्रतिशत भौतिक प्रगति देखिएको छ । यता, बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना पहिलो चरणको भौतिक प्रगति १५.१२ प्रतिशत, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको १२.१९ प्रतिशत, सिक्टा सिचाई आयोजनाको ८०.७ प्रतिशत, बबई सिचाई आयोजनाको ४६.४ प्रतिशत, रानीजमरा कुलरिया आयोजनाको ४३ प्रतिशत र भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ३८.४ प्रतिशत भौतिक प्रगति भएको योजना आयोगले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ । यसैगरी, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको भौतिक प्रगति ९९.३ प्रतिशत भएको छ । आयोगले प्रस्तुत गरेको विवरणमा बुढीगण्डकी जलविद्युत आयोजना, पश्चिम सेति जलविद्युत आयोजना, विद्युत प्रशारण आयोजना र पशुपति क्षेत्र विकास कोषको भौतिक प्रगति भने उल्लेख छैन ।

कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजना दिनुस् : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले कागज मिलाउन जान्नेलाई नभएर सहि रूपमा जनताको पक्षमा काम गर्नेलाई विकास योजनाका काम दिन स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरे । राष्ट्रिय सहकारी महासंघले मन्त्रालयको सहयोगमा ‘प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी विषयमा आयोजना गरेको दुई दिने प्रादेशिक गोष्ठीलाई भक्तपुरमा सम्बोधन गर्दै ’मन्त्री अर्यालले भने । मन्त्री अर्यालले खासगरी योगना बाँडफाँडका क्रममा हुने गरेका बेथितिलाई इङ्गित गर्दै कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई नभएर सहि रूपमा जनताको काममा योजना लगाउनेलाई काम दिन आग्रह गरे। ‘योजना माग्न आउदाखेरि कागज बनाएर ल्याउनेलाई मात्र योजना नदिन। काम गर्नेले पाउदैन । कागज बनाउनेले पाउछ । कागज बनाउनेले पाउछ नीजि स्वार्थमा प्रयोग गर्छ । जनतालाई समेटेर काम गर्नेले योजना पाउदै पाउदैन । किनकी उसको नेतासँग पहुँचै छैन । उ दिनदिनै आउन पनि भ्याउदैन । अनि भेट्न पनि सक्दैन’ मन्त्री अर्यालकाे भनाइ छ । उनले भने, कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजनाका काम दिनुस । अब हामीले कागज मिलाउनेलाई होइन काम गर्नेलाई भन्ने हिसाबले केही न केही हिजो भन्दा फरक हुनेगरी हामी अगाडी बढौं ।’ यपाली जनताले लामो संघर्षपश्चात् प्राप्त गरेको गणतन्त्र सबैले कुशलतापूर्वक काम गरेर जनताको मन जित्न सकियो भने सफल हुने भन्दै मन्त्री अर्यालले राम्रोढंगले काम गर्न नसकेमा, जनताको मन जित्न नसेकामा जनतामा आशंकारअविश्वास खडा हुने र गणतन्त्र पनि जोगाउन कठिन हुने बताए । स्थानीय, प्रदेश तथा संघ सबैतिर कम्युनिष्टको बहुमत आउने कुरा कसैले कल्पना गरेको कुरा नरहेको अवस्थामा नेपालले सबैतिर बहुमत ल्याउदा अन्तर्राष्ट्रिय जगत हिजोको परम्परावादी शैलीले अब कुनैपनि काम चल्न नसक्ने भन्दै मन्त्री अर्यालले हिजोकै मान्यता, सोच, काम गर्ने शैलीबाट पार नलाग्ने दाबी गरे । अहिलेपनि आक्रमण गर्ने, अनआस्था फैलाउने, अविश्वास खडा गर्ने, हाम्रो व्यवस्थामाथी प्रश्न उठाउने ठाउँमा पुर्या्उनेगरी चलखेल शुरू भइसकेको भन्दै यी कुरालाई चिर्दै अगाडी बढ्नुपर्ने अवस्था रहेको छ । यी कुरामा सबै जनप्रतिनिधिहरू सचेत हुदै मसिनो ढंगले, सिर्जनशील ढंगले जनताको घरदैलोमा लाभान्वित हुने खालको काम गर्न मन्त्री अर्यालले स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरे । एक वर्षको अवधीमा संघियतालाई कुशलतापुर्वक कार्यान्वयन गर्न सफल भएको भन्दै उनले यो सरकारले नेपालमा एक वर्षमा कुशलतापूर्वक संघियता कार्यान्वयन गर्न सकेर विश्वमै आश्चर्जनक काम गर्न सफल भएको बताए । हालकाे कानुन निर्माणसँगै काम गर्ने हाे भने सरकारले फड्को मारेर अगाडी बढेको समेत मन्त्री अर्यालको भनाइ थियो । हिजोको दुई वर्ष अगाडीको स्थानीय पालिका र अहिलेको स्थानीय पालिकामा निकै भिन्नता आएको भन्दै अब बिकासका निम्ती योजनाबद्ध तरिकाले स्थानीय पालिकामा जाने हो भने धेरै काम गर्न सकिने अपेक्षा राखेर जनताले अनुभूत गर्ने सरकार भनेको स्थानीय तह भएको भन्दै सचेत भएर काम गर्न उहाँले स्थानीय पालिकाहरूलाई आग्रह गरे । त्यस अवसरमा मन्त्री अर्यालले सहकारी महासंघको तर्फबाट इण्डियन फार्मर फर्टिलाइजर कोअपरेटिभ (इफ्को)का एमडी डा.यु.एस अवस्थीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गर्न भएको थियो ।

केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगड प्रबल जनसेवा श्री बाट सम्मानित

काठमाडौँ । केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगडलाई संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवा श्री मानपदवीबाट विभूषित गरिने घोषणा गरिएको छ । मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप दुगडलाई सो मानपदवी प्रदान गरिने भएको हो ।

दशैंअफर सहित सिटिसी मलमा मोबाइल मेला शुरु, सस्तोमा मोबाइल

काठमाडौँ । दशैको बेला उपभोक्तालाई सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने लक्ष्यका साथ सिटिसी मोबाइल हब सुनधारामा मोबाइल मेला सुरु भएको छ । विभिन्न मोबाईल कम्पनीहरुसँगको सहकार्यमा सुपथ मुल्य र अफÞरै अफर सहितको मोबाईल मेला आइतबारदेखि सुरु भएको हो । मोबाईल मेलामा ६० प्रतिशतसम्म छुटका साथै बाई वान गेट वानफ्रिअफर मेलाको आकर्षण बन्नेछ । निःशुल्क पार्किङको व्यवस्थागरिएको मोबाइल मेलामा मेरो सुरक्षासँगको सहकार्यमानिशुल्कमोबाइलबीमाको समेत व्यवस्थागरिएको छ । यसबाट मोबाइलचोरी हुने, फुट्ने वा कुनै किसिमको समस्या आएमा तत्काल सेवाग्रहीले त्यसको समाधान पाउने मोबाइल हबका प्रबन्धनिर्देशक संगम राईले बताए । साथै हरेक मोबाइलको खरिदमासिनेमाको टिकट निःशुल्क बितरण हुनेछ भने गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाईल, ३ स्कोर गरे आफुले खरीद गरेको मोबाईलमा ५०प्रतिशत छुट र ४ स्कोर गरे खरीद गरेको मोबाइल निःशुल्क पाइनेछ । हरेक दिन मेला अवलोकनकर्ता मध्येबाट लक्कि ड्र मार्फत एक जनाले स्मार्ट फोन जित्न सक्ने छन् भने हरेक मोबाईलको खरिदमा ग्राहकले हात खÞाली नजाने उपहार पाउने छन् । सिटिसी मल र विभिन्न मोबाईल कम्पनीहरुको दोहोरो अफरले सेवाग्राही धेरै लाभान्वित हुने विश्वास मोबाइल हबले लिएको छ । असोज ५ गतेबाट दशै, तिहार र छठ कार्तिक १६ सम्ममा मोबाईल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्र मा सहभागीगराई प्रथम पुरस्कार स्वरुप यामाहा को रे जेट आर स्कूटर प्रदान गरिनेछ । दोस्रो पुरस्कारमा एक जनालाई बाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कारमा डेलको एउटा ल्यापटप बितरण गरिनेछ । मोबाइल मेलादशैंको पूmलपातीका दिनसम्म सञ्चालन हुनेछ भने अफरहरु कार्तिक १६ गतेसम्म लागू हुने जनाइएको छ ।

सिटिजन्स बैंकद्वारा नशा रहित समाजलाई १ लाख आर्थिक सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लागुऔषधको दुव्र्यसनमा परेका व्यक्तिहरुलाई कुलतबाट छुटकारा गराउने कार्यमा काम गर्दै आएको नशा रहित समाज नेपाललाई रू. १०१,०००।- आर्थिक सहयोग प्रदान गरेको छ । नशा रहित समाज नेपालको कार्यालय बडिखेलमा आयोजित एक कार्यक्रमका बीच बैंकले रू उक्त रकमको चेक संस्थाका संचालक सोनाम शेर्पालाई हस्तान्तरण गरेको हो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा एटिएम र १०१ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिव चार लाखलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।