सनराइज बैंक सुनवल शाखाद्वारा क्याम्पसलाई शैक्षिक सामाग्री हस्तान्तरण
काठमाडौँ । सनराइज बैंक लि., सुनवल शाखाले वडा नं. ४ स्थित महाकवि देवकोटा क्याम्पसलाई रु. ३२ हजार बराबरको शैक्षिक सामाग्री लगायतका सामान सहयोग प्रदान गरेको छ । क्याम्पसद्धारा आयोजित क्याम्पस सभा कार्यक्रममा सुनवल शाखाका शाखा प्रमुख प्रकाश खनालद्धारा सो क्याम्पस संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेलाई उक्त सामान हस्तान्तरण गरेका हुन् । कार्यक्रममा संघीय संसद एवम् पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कंडेल प्रमुख अतिथि तथा विशेष अतिथिमा सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापा क्षेत्री (भरत) रहेका थिए ।
नेशनल लाइफको चेयरपर्शन क्लब समारोहमा १३७ अभिकर्ता सम्मानित
काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कं. लि. को वरिष्ठ अभिकर्ताहरुको राष्ट्रिय सम्मेलन “चेयरपर्शन क्लब” समारोह काठमाण्डौंमा आईतवार सम्पन्न भएको छ । समारोहमा आर्थिक वर्ष २०७५÷०७६ मा मुलुकभरी रहेका कम्पनीको ४७,४०० अभिकर्ताहरु मध्ये उत्कृष्ट ब्यवसाय गर्ने २३७ जना अभिकर्ताहरुलाई सम्मानित गरियो । कार्यक्रमको उद्घाटन गर्दै कम्पनी अध्यक्ष प्रेमा सिंहले कम्पनीको विविध पक्ष वारे जानकारी गराउदै कम्पनी वित्तीय एवम् संरचनागत हिसाबले राम्रो रहेको, कम्पनीको जीवन बीमा कोष रु.२७ अरब भन्दा बढी पुगेको र चुक्ता पूँजी नियामक निकायले तोकेको रु.२ अरबलाई पार गरेर हाल रु.३ अरब पुगेको अवगत गराइन् । समारोहमा एजेन्सी म्यानेजरको वर्गमा नेपाल भरीमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु.४ लाख, रु.३ लाख र रु.२ लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो । साथै ब्यक्तिगत अभिकर्तामा नेपाल भरीमा प्रथम, द्वितीय एवम् तृतिय हुनेलाई क्रमशः रु.२.५० लाख, रु.२ लाख र रु.१ लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो । यसैगरी ७ वटा प्रदेशमा प्रथम, द्वितिय र तृतिय हुनेलाई समेत नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको जनाइएको छ । समारोहमा अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने प्रयोजनको लागि मित्र राष्ट्र भारतवाट आएका प्रशिक्षक टिएस मदानवाट प्रशिक्षण कार्यक्रम संचालन गरिएको नायब प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले जनाएका छन् ।
मञ्जुश्री फाइनान्सद्वारा निःसाह्य सेवा सदनलाई सहयोग
काठमाडौँ । संबिधान दिवसको अवसरमा मञ्जुश्री फाइनान्स लिमिटेड, मुख्य शाखा नयाँँबानेश्वरले निसाह्य सेवा सदनलाई सहयो उपलब्ध गराएको छ । नायब प्रमुख कार्यकारी अधिकृत नारायण सुबेदीको अगुवाईमा निःसाह्य सेवा सदन शान्तिनगरलाई जेष्ठ नागरिक उपचार कोषको लागि आर्थिक सहयोग तथा जेष्ठ नागरिकको लागि खाद्यान्न र लत्ताकपडा वितरण गरिएको हो । साथै मन्जुश्री फाइनान्स लिमिटेडका शाखा कार्यालयहरुबाट पनि संबिधान दिवसको अवसर पारेर विभिन्न सामाजिक संस्थाहरुको लागि सहयोग उपलब्ध गराएको जनाइएको छ ।
एनआईसी एशियाका ग्राहकलाई भाटभटेनीमा रु.१ हजारसम्म छुट
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केटबीच डेबिट एवम् क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५% रकम वा अधिकतम रु. १००० सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने बैंकका ग्राहकहरुले उक्त छुट प्राप्त गर्नेछन् । साथै यस बैंकमा खाता नभएका इच्छुकहरुले भाटभटेनी सुपरमार्केटमा रहेको एनआईसी एशिया बैंकको स्टल तथा प्रतिनिधिमार्फत् नयाँ खाता खोल्न सक्ने छन् र इन्स्ट्यान्ट कार्ड प्राप्त गर्न सक्ने छन् । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भाटभटेनी सुपरमार्केटको तर्फबाट सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले हस्ताक्षर गरेका छन् । असोज ८ गतेदेखि कात्तिक १६ गतेसम्म लागू हुने यो योजनाबाट ग्राहकहरुले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।
‘डी लाइफ फेस्ट एक्सचेञ्ज क्याम्प’ भेष्पा/अप्रिलियाका स्कुटर र मोटरसाइकल किन्दा ३० हजार छुट
काठमाडौँ । हिन्दुहरुको महान चाड दशैं तथा शुभदिपावली र ग्राहकहरुको मागलाई समेत मध्यनजर गरी डि–लाईफ स्टाईल्स प्रालिले भेष्पा/अप्रिलिया स्कुटर र अप्रिलिया मोटरसाईकलको बिक्री प्रवद्र्धन गर्न लाजिम्पाट शोरुममा ‘डी लाइफ फेस्ट एक्सचेञ्ज क्याम्प’ संचालन गर्ने भएको छ । उक्त क्याम्पसमा हरेक ग्राहकले ३०,०००/– सम्मको छुट सहित ५२,०००/–सम्मको फाईदा पाउन सक्ने छन् । स्कुटर पारखीहरुको लागी भेष्पा र अप्रिलिया स्कुटरमा अपग्रेड हुने यो सुवर्ण मौका भएको कम्पनीले जनाएको छ । उक्त क्याम्पसमा स्कुटर तथा मोटरसाइकल खरिद गर्दा अन्य एसेसरिज र भेष्पाको हेलमेट पनि प्राप्त गर्न सक्ने छन् । साथै सर्वसुलभ फाईनान्सको सुविधा पनि प्रदान गरिने जनाइएको छ ।
मोदीखोला जलविद्युत आयोजनाको असर, स्थानीयमा कान नसुन्ने समस्या
काठमाडाैं । पर्वतको मोदी खोलामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरु वातावरणमैत्री नबन्दा स्थानियलाई समस्या भएको छ । आयोजनाको बारेमा नेपाल वातावरण पत्रकार समूहले गरेको एक अध्ययनका अनुसार त्यहाँका स्थानीयहरुमा कान नसुन्ने र माछा व्यवसाय नै विस्थापन हुने लगायतका समस्याहरु देखा परेको जनाइएको हाे । आइतबार वातावरण पत्रकार समूहले उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनलाई अध्ययन प्रतिवेदन हस्तान्तरण गर्दै मोदी खोलामा निर्माण भइरहेका जलविद्युत आयोजनाहरुले विकास सँगै विनास निम्त्याएको बताएका हुन् । वर्षौंदेखि माछा व्यवसाय गर्दै आएका त्यहाँका स्थानियको व्यवसाय नै धरापमा पारेको प्रतिवदेनमा उल्लेख गरिएको छ । आयोजनाहरुका लागि निर्माण गरिएका टवाईनको आवाजले कर्मचारीहरुको श्रवण शक्ति पनि गुम्दै गएको वातावरणीय अध्ययन प्रतिवेदनमा छ । मोदी खोलामा निर्माणाधीन आयोजनाहरुले प्रतिकुल वातावरणीय प्रभाव न्युन गर्न कुनै पनि उपायहरू कार्यान्वयन नगरेको प्रतिवेदनमा उल्लेख छ । जिल्लाको बिरेठाँटीदेखि चुवासम्म निर्माणाधिन र सञ्चालित ४ जलविद्युत आयोजनाको आधारमा यस प्रकारको “क्यासकेड” आयोजना सञ्चालन हुने खोला नदीमा पानी छोडेर जलीय जीव विविधता र तिनको उत्पादन कायम गर्न सकिने नदेखिएकोले विद्यमान नीतिको पुनरावलोकन गर्नु पर्ने अध्ययनमा देखाइएको छ । माछाका लागि भर्याङ मोदी खोला जलविद्युत आयोजनाले माछाको लागि भर्याङ बनाएको छ । सुक्खा समयमा खोला सुक्ने हुँदा माछा लगायत अन्य जलिय जीव र तिनको वासस्थानमा प्रतिकुल प्रभाव पर्ने कारणले त्यसको समाधानका लागि फिस ल्याडर तथा ह्याचरीको निर्माण गरिएको हो । वातावरणीय परीक्षण (अडिटिङ्ग) प्रतिवेदनमा उल्लेख भए अनुसार ह्याचरीको स्थान र डिजाइन अनुपयुक्त रहेको छ । प्रतिवेदनका अनुसार आयोजनाका कारण खोलामा पानीको मात्रा घटेकोले माछा व्यवसायीहरुको व्यवसाय नै धरापमा परेको जनाइएको छ । जलविद्युत विकास नीति(२०८५) का अनुसार न्युनतम १० प्रतिशत पानी छाडी जलिय जीव र तिनको वासस्थान कायम गर्नु पर्ने प्रावधान छ । उक्त प्रावधान सुक्खायाममा पालना नभएको जनाइएको छ । प्रतिवदेनका अनुसार वातावरणीय क्षति न्यून गर्ने उपायहरूको बारेमा ठेकदार र परामर्शदाता समेत अनभिज्ञ देखिएको छ । अध्ययन टोलीले आयोजनाहरुको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन नै आयोजना स्थलमा नभेटिएको बताए । तर तल्लो मोदीखोला जलविद्युत आयोजनाका म्यानेजर प्रदिप कुमार दासले कुनै पनि समुह आफ्नो कार्यालयमा प्रतिवेदन सम्वन्धि बुझ्न नआएको बताए । कार्यक्रममा उर्जा जलस्रोत तथा सिँचाई मन्त्री पुनले वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवदेन तयार पार्दा आर्थिक, साँस्कृतिक र सामाजिक पक्षमा केके प्रभाव पार्छ भन्ने कुराहरु बुझेर तयार पार्नु पर्ने बताए । उनले पछिल्लो समय आयोजनाहरुका वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवदेन कपि पेष्ट तरिकाले हुने गरेका उदाहरणहरु सुनाउँदै विकास र वातावरणलाई सन्तुलन हुने गरी तयार पार्न आग्रह गरे । उनले स्थानीयहरुले पनि विकासप्रेमी बन्नु पर्ने बताउँदै लगानीकर्ताहरु लाई विभिन्न टर्चर दिएर दु:ख नदिन आग्रह गरे । वन मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुङ्गेलले मन्त्रालयबाट ३ सय भन्दा बढि इआइएहरु स्वीकृत भईसकेको बताउँदै जनशक्तिको अभावले इआइए अनुगमनमा समस्या हुने गरेको बताए । मोदी खोलामा दुईटा आयोजना सञ्चालनमा छन् भने दुईटा जलविद्युत आयोजनाहरु निर्माणाधिन अवस्थामा छन् । मोदीखोला जलविद्युत आयोजना (१४.८ मे.वा), तल्लो मोदी (१०. मे.वा), तल्लो मोदी खोला ( २० मे.वा) र तल्लो मोदी खोला २ जलविद्युत आयोजना (१०.५ मे.वा) जलविद्युत आयोजनाहरु रहेका छन् । नेपाल सरकारले वि.स २०८२ सम्म १५ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।
शाओमीको “दशैं विथ एम आई” मा आकर्षक अफर, स्मार्टफोन खरिद गर्दा २ हजार छुट
काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले एमआई फ्यानहरुका लागि आकर्षक दशैं अफर सार्वजनिक गरेको छ । एमआई ए३ सार्वजनिक भएसँगै विभिन्न स्मार्टफोनको खरिदमा रु २ हजारसम्मको छुटको व्यवस्था रहेको छ । दशैंको शुभ अवसरमा शाओमीले प्रयोगकर्ताहरुका लागि स्मार्टफोनमा ५ वटा विशेष सप्र्राइज ल्याएको छ । ग्राहकहरुले अब शाओमीको नयाँ–नयाँ स्मार्टफोन रेडमी ७, रेडमी वाई ३ ,रेडमी रेडमी नोट ७, एमआई ए३ र रेडमी ७ ए किन्दा आकर्षक अफरहरुको रहेको छ । विशेष गरि दशैं जस्तो मेगा चाडँपर्वको अवसरमा स्मार्टफोन ठूलो उपहारको एक विकल्प रहेको जनाएको छ । एमआई फ्यानले रु १९हजार ९ सय ९९मा रेडमी नोट ७ (३ जीबीप्लस ३२ जीबी) खरिद गरेर निर्धारण गरिएको मुल्यमारु २ हजारको फ्ल्याट छुटको मज्जा लिन सक्नेछन् । विशेष सप्र्राइजको रुपमा शाओमीले नेपालमा एमआई ए३ (४ जीबीप्लस ६४ जीबी) र (६ जीबीप्लस १२८ जीबी) सार्वजनिक गरेको छ, यो रु २३ हजार ९ सय ९९ र रु २७ हजार ९ सय ९९ मा उपलब्ध हुनेछ । रेडमी ७ए (२ जीबीप्लस ३२ जीबी) मापनि छुटको व्यवस्था रहेको छ र यो अब रु १० हजार ९ सय ९९ मा उपलब्ध हुनेछ । ग्राहकहरुले रेडमी ७(२ जीबीप्लस १६जीबी) र (३ जीबीप्लस ३२जीबी)तेसै गरि रेडमी वाई ३ (३ जीबीप्लस ३२ जीबी) र (४ जीबीप्लस ६४ जीबी) मारु १ हजार छुटको मज्जा लिन सक्नेछन् । यी अफरहरु सम्पूर्ण अफलाइन स्टोर, दराज डटकम डट एनपी र सस्तोडिलमा उपलब्ध हुनेछ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीलले भने, “हामी सम्पूर्ण एमआई फ्यानहरुलाई शाओमी स्मार्टफोनको खरिदमादशैंको विशेष अफर प्रदानगर्न निकै उत्साहित छौं । दशैंको रमाइलो अवसरमायो पहलले हाम्रो उच्च गुणस्तरीय स्मार्टफोनलाई सुलभ मुल्यले गर्दा अझै आकर्षक बनाउने आशा गरेका छौं ।”
९२ हजारले अवलोकन गर्दै सकियो स्टक क्लियरेन्स मेला, व्यवसायी उत्साहित
काठमाडौं । दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा आयोजना गरिएको स्टक क्लियरेन्स मेला सकिएको छ । गत बुधबारदेखि सुरु भएको मेलाको ५ दिनमा ९२ हजारले अवलोकन गरेका छन् । चाड पर्वका लागि सस्तोमा सामान किन्न आउनेहरुको चापले आयोजक तथा व्यवसायीहरु उत्साहित बनेका छन् । इभेण्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालन भएको मेलाले एकै छानामुनी सेवाग्राहीलाई सस्तो मूल्यमा गुणस्तरीय सामान किन्ने अवसर प्रदान गरेको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बताए । आगामी दिनहरुमा पनि यस किसिमका मेलाहरुलाई चेम्रले प्रवद्र्धन गर्दै लैजाने उनको भनाइ छ । असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक विदा तथा शनिबार २ दिन विदा परेका कारण अवलोकनकर्ताको बाक्लो उपस्थिती भएको इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । इभेण्ट सोलुसनले पछिल्लो ३ वर्षदेखि नियमित रुपमा स्टक क्लियरेन्स मेला आयोजना गर्दै आईरहेको छ । चाडपर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु उपलब्ध गराउनका लागि मेलाको आयोजना गरिएको हो । ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ सञ्चालन गरिएको मेलाबाट उपभोक्ता र व्यवसायी दुवै लाभान्वित भएको इभेण्ट सोलुसनका बजार निर्देशक नविन भट्टले बताए । मेलामा जुत्ता तथा चप्पल उद्यमी समुह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको शोरुममा अवलोकनकर्ता तथा ग्रागहकको विशेष चाप देखिएको थियो । बिएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजारभन्दा बढी मोडलका जुत्ता तथा चप्पलहरु १५ देखि ७५ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने भएकाले खरिदकर्ताको चाप बढेको बिएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए । रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेका अनुसार स्टक क्लियरेन्स मेला सकिए पनि ४ ब्राण्डको जुत्ता मेला भने फूलपातीसम्म निरन्तर चलिरहेछ । अलग्गै डूममा चलिरहेको जुक्ता मेलामा स्पोर्टस, क्याजुअल तथा पार्टी सुजका साथै छालाका पेटीहरु सुपथ मूल्यमा उपलब्ध गराइएको छ । एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहेको थियो । दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोको प्रवद्र्धन नेपाल चेम्बर अफ कमर्शले गरेको हो ।