
काठमाडौँ । दशैको बेला उपभोक्तालाई सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने लक्ष्यका साथ सिटिसी मोबाइल हब सुनधारामा मोबाइल मेला सुरु भएको छ । विभिन्न मोबाईल कम्पनीहरुसँगको सहकार्यमा सुपथ मुल्य र अफÞरै अफर सहितको मोबाईल मेला आइतबारदेखि सुरु भएको हो ।
मोबाईल मेलामा ६० प्रतिशतसम्म छुटका साथै बाई वान गेट वानफ्रिअफर मेलाको आकर्षण बन्नेछ । निःशुल्क पार्किङको व्यवस्थागरिएको मोबाइल मेलामा मेरो सुरक्षासँगको सहकार्यमानिशुल्कमोबाइलबीमाको समेत व्यवस्थागरिएको छ । यसबाट मोबाइलचोरी हुने, फुट्ने वा कुनै किसिमको समस्या आएमा तत्काल सेवाग्रहीले त्यसको समाधान पाउने मोबाइल हबका प्रबन्धनिर्देशक संगम राईले बताए ।
साथै हरेक मोबाइलको खरिदमासिनेमाको टिकट निःशुल्क बितरण हुनेछ भने गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाईल, ३ स्कोर गरे आफुले खरीद गरेको मोबाईलमा ५०प्रतिशत छुट र ४ स्कोर गरे खरीद गरेको मोबाइल निःशुल्क पाइनेछ ।
हरेक दिन मेला अवलोकनकर्ता मध्येबाट लक्कि ड्र मार्फत एक जनाले स्मार्ट फोन जित्न सक्ने छन् भने हरेक मोबाईलको खरिदमा ग्राहकले हात खÞाली नजाने उपहार पाउने छन् । सिटिसी मल र विभिन्न मोबाईल कम्पनीहरुको दोहोरो अफरले सेवाग्राही धेरै लाभान्वित हुने विश्वास मोबाइल हबले लिएको छ ।
असोज ५ गतेबाट दशै, तिहार र छठ कार्तिक १६ सम्ममा मोबाईल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्र मा सहभागीगराई प्रथम पुरस्कार स्वरुप यामाहा को रे जेट आर स्कूटर प्रदान गरिनेछ । दोस्रो पुरस्कारमा एक जनालाई बाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कारमा डेलको एउटा ल्यापटप बितरण गरिनेछ । मोबाइल मेलादशैंको पूmलपातीका दिनसम्म सञ्चालन हुनेछ भने अफरहरु कार्तिक १६ गतेसम्म लागू हुने जनाइएको छ ।