वार्षिकोत्सवको अवसरमा सनराइजले विभिन्न स्थानमा गर्यो स्वास्थ्य परीक्षण
काठमाडौँ । सनराइज बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको छ । बैंकको भैसीपाटी, बिराटनगर, भैरहवा, गुठीचौर र धनगढी शाखाबाट स्वास्थ्य परिक्षण शिविर कार्यक्रम गरेको हो । त्यसैगरी बंैकले ९ गते राजबिराज र ११ गते बेशिसहर शाखामा स्वास्थ्य परिक्षण शिविर आयोजना गर्ने जनाएको छ ।
नक्सालमा सुजुकीको विश्व स्तरीय शोरुम शुभारम्भ
काठमाडौँ । सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले हालै काठमाडैंको नक्सालमा आधिकारिक शोरुमको शुभारम्भ गरेको छ । उक्त शोरुमको उद्घाटन किन्जी साइतो (शुजुकी मोटर कर्पोरेशन, जापानका प्रबन्ध अधिकारी) तथा सिजि होल्डिङ्गसका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले सामूहिक रुपमा गरेका हुन् । हालै सञ्चालनमा ल्याइएको शोरुम ४५५४ स्क्वायर फिट क्षेत्रमा फैलिएको छ । शोरुममा अत्याधुनिक ग्राहक लन्ज, मिटिङ्ग एसिया, एक्स्चेन्ज सुविधा तथा फाइनान्स सुविधाका लागि पर्याप्त क्षेत्र रहेको छ । अन्तर्राष्ट्रिय सुजुकी ब्राण्डको निर्देशन अनुरुप निर्माण गरिएको यस शोरुममा सहजै आवतजावत गर्न र अवलोकन गर्न सकिन्छ । यस शोरुममा हालै बजारमा ल्याइएका स्मार्ट हाइब्रिड गाडिका रेन्जहरु स्क्रस, सियाज, एर्टिगा तथा एक्सएल ६ उपलब्ध छन् । ग्राहक एवम् कम्पनी बिचको सम्वन्धलाई अझै मजबुत बनाउने उद्देश्य सहित शुभारम्भ गरिएको यो सुजुकीको ३७औं आउटलेट हो । यहाँबाट सेल्स, सर्भिस र स्पेयर पार्टसम्वन्धी सम्पूर्ण सेवा प्रदान गरिएको छ । ग्राहकवर्गको सहजताको लागि यस शोरुमले निश्चय नै उत्कृष्ट सेवा प्रदान गर्ने कुरा सिजि मोटोकर्पका विज्नेस शाखा प्रमुख सिरज पन्तले बताए । ग्राहकको सन्तुष्टिलाई नै आफ्नो प्रमुख ध्येयको रुपमा लिँदै आएको सिजि मोटोकर्पले स्थापना गरेको नक्सालस्थित आउटलेटमा उपलब्ध भएका अत्याधुनिक सुविधाहरुले सेल्स तथा सेल्स सम्वन्धी चरणको एक नयाँ अध्याय स्थापना गर्ने विश्वास लिइएको कुरा कम्पनीका कार्यकारी निर्देशक करण चौधरीले उल्लेख गरे । नेपालमा सुजुकीको ३७ स्थानमा सेल्स आउटलेटहरु, ३९ स्थानमा सर्भिस सेन्टरहरु तथा ३५० भन्दा बढि सर्टिफाइड पार्टस् आउटलेटहरु रहेका छन् । यी स्थानहरुबाट हालै बजारमा उपलब्ध भएका स्मार्ट हाइब्रिड रेन्जलगायत बृहत् उत्पादनहरु उपलब्ध रहेका छन् ।
चेम्बर पदाधिकारी र वाणिज्य तथा आपूर्ति सचिव डा. अर्यालबीच छलफल
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकासचिव डा. बैकुण्ठ अर्यालले नेपालको कानूनभित्र सबै नागरिक हुने भएकाले व्यापारी व्यवासायी पनि त्यहिभित्र रहेर कार्य गर्नु पर्ने बताएका छन् । उनले कानूनमै रहेर कार्य गर्दा कर प्रणाली, उपभोक्त संरक्षण ऐन, कालो बजारी ऐन, सम्पत्तिशुद्धिकरण कहाँ केके बुँदाले अप्ठ्यारो पार्यो सहजकताको लागि आफू तयार रहेको उल्लेख गरे । सचिव डा. अर्यालले ऐन कानूनमा भएका अप्ठ्यारो पार्ने बुँदाको बैकल्पिकमा के लेख्यो भने सरल हुन्छ, त्यस्ता बुँदा राखी सुझाब दिन चेम्बरलाई आग्रह गरे । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उच्च करका दरले उद्योग व्यवसाय फष्टाउन सक्दैन र उपभोक्ता मूल्य वढ्न जाने भएकोले लगानी वृद्धि हुन नसक्ने बताउँदै लगानीको दायरालाई बिस्तृत गर्दै राजश्व वढाउन करको दरलाई न्युन गर्दै लैजानु पर्नेमा जोड दिए ।
सल्लाघारी चौरमा शुरु भयो अन्तर्राष्ट्रिय फुड टिच मेला
काठमाडौँ । भक्तपुरको सल्लाघारी चौरमा बुधबारदेखि ४ दिने अन्तर्राष्ट्रिय फुड टिच मेला शुरु भएको छ । ओलप्पिया मुख्य आयोजकका साथै नेपाल सरकार, चेम्बर अफकमर्स लगायत विभिन्न संघसंस्थाको सहयोगमा शुरु मेलामा विभिन्न मुलुकका १ सय ७७ स्टलहरु रहेको मेला संयोजक किशोर भट्टराईले जानकारी दिए । फुड टिचको उद्घाटन गर्दै नेपाल चेम्बर अफकमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले फूडटिच मेला दशैँ आउँदै गर्दाको समयमा सर्हानिय रहेको बताए । उनले यो मेलामा अन्तराष्ट्रिय स्तरमा आर्थिक गतिविधि बढाउने भएकाले सरकारको समृद्ध नेपाल सुखी नेपालीनारालाई आत्मसाथ रहेको दाबी गरे ।
एनआईसी एशियाले गर्यो खातावालाहरुलाई बीमा रकम भुक्तानी
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले ल्याएको बचत खाताको योजना अन्तर्गत विभिन्न खातावालहरुलाई बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरिएको छ । बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक देउप्रसाद गुरुङ दुर्घटनामा परी निधन भएका कारण खातावालकी श्रीमती रनसुबा गुरुङलाई बीमा दुर्घटना वापतको रकम रु ४,९१,२५३/- भुक्तानी गरिएको छ । यसैगरी बैंकले मेडिकल बीमावापतको रकम काठमाडौंको भोटाहिटी शाखाकी चमत्कारिक नारी बचत खातावाहक मीना चित्रकारलाई रु २६,५१९/-, नेपालगञ्ज शाखाकी चमत्कारिक बचत खातावाहक तारा कुमारी बुढाथोकीलाई रु ६७,९३३/-, कलंकी शाखाका चमत्कारिक तलब बचत खातावाहक ज्ञान बहादुर पराजुलीलाई रु ५९,९०४/-, झापा केचनाकवल शाखाकी चमत्कारिक बचत खातावाहक पद्मा मिश्रलाई रु १०,४३९/- र झापा झिलझिले शाखाका चमत्कारिक बचत खातावाहक शंकर थापालाई रु २८,७५०/- रकम भुक्तानी गरेको जनाएको छ ।
कर्पाेरेट ब्याडमिन्टन टुर्नामेन्टमा कामना सेवाको जित
काठमाडौँ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजित ‘अन्नपूर्ण पोष्ट कर्पाेरेट र एक्जिक्यूटिभ ओपन ब्याडमिन्टन टुर्नामेन्ट’ मा कामना सेवाविकास बैंकले एकल र संयुक्त दुवैतर्पm जित हासिल गरेको छ । असोज ६ देखि १२ सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा एकलतर्पm कामना सेवा विकास बैंकका शाखा प्रमुख विशाल खड्का र संयुक्ततर्फ विशाल खड्का एवम् विश्वास नेपालले जित हासिल गरे । प्रतियोगिताका हालसम्मका ६ वटै संस्करणमा विजेता रहेका विशालले फाइनलमा ज्योति विकास बैंकका विकास महर्जनलाई २१-१२ र २१-१३ को सजिलो सेटमा पराजित गर्न सफल भए । विजेता कर्मचारीलाई कामना सेवा विकास बैंकले केन्द्रीय कार्यालय ज्ञानेश्वरमा बधाई सहित सम्मान गरेको थियो ।
९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा, ६ करोड विगो सहित ६ जनालाई मुद्दा
काठमाडौं । चन्द्रागिरी नगरपालिका बाँडभञ्याङस्थित ९२ रोपनी सरकारी जग्गा किर्ते कागजात बनाइ व्यक्तिको नाममा धनीपूर्जा बनाइ बिक्री गरेकोे अभियोगमा मालपोत अधिकृत सहित अन्य ५ जना विरुद्ध प्रहरीले मुद्दा दायरा गरेको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले आज बुधबार ५ करोड ८९ लाख ६० हजार विगो सहित काठमाडौं जिल्ला अदालतमा सो मुद्दा दायरा गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र आदेश अनुसार मालपोत कार्यालय कलंकीका अधिकृत शिवप्रसाद रिमाल, कानुन व्यवसायी रामवहादुर शाह सहित अन्य चार जनालाई कसूर तथा संगठित अपराध मुद्दामा अनुसन्धानपछि मुद्दा दायरा गरिएको हो । कार्यालयले सुयल हाउजिङ कम्पनीको नाममा नामसारी भएर आएको ब्यूरोले जानकारी दिएको छ । सरकारी वनको जग्गा कानुन व्यवसायी रामवहादुर शाहको योनजामा मिनाकुमारी थापाको नाममा नक्कली जग्गा धनी पूर्जा बनाइ उक्त जग्गा सुयल हाउसिजङ कम्पनीको नाममा बिक्री भएको अनुसन्धानले फेला पारेको छ । सामुदायिक वनको उक्त जग्गामध्ये २ रोपनी व्यक्ति विशेषलाई बिक्री समेत गरेको पाइएको छ । सुयल हाउजिङ कम्पनीका प्रतिवादी राम वहादुर शाहको नाममा ७५ प्रतिशत सेयर भएको सम्झौता समेत भएको कागजात प्रहरीले फेला पारेको छ ।
एनआईसी एशिया क्यापिटलको एजीएम सम्पन्न, ११ प्रतिशत नगद लाभांश पारित
काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारण सभा(एजीएम) बुधबार सम्पन्न भएको छ । सभाले साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै असार मसान्त २०७६ सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गरेको छ । साथै, उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको ११ प्रतिशतका(कर सहित) दरले हुन आउने रु.२,२०,००,०००/–(अक्षेरेपी दुई करोड बीस लाखमात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले जनाएका छन् ।