
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकासचिव डा. बैकुण्ठ अर्यालले नेपालको कानूनभित्र सबै नागरिक हुने भएकाले व्यापारी व्यवासायी पनि त्यहिभित्र रहेर कार्य गर्नु पर्ने बताएका छन् ।
उनले कानूनमै रहेर कार्य गर्दा कर प्रणाली, उपभोक्त संरक्षण ऐन, कालो बजारी ऐन, सम्पत्तिशुद्धिकरण कहाँ केके बुँदाले अप्ठ्यारो पार्यो सहजकताको लागि आफू तयार रहेको उल्लेख गरे ।
सचिव डा. अर्यालले ऐन कानूनमा भएका अप्ठ्यारो पार्ने बुँदाको बैकल्पिकमा के लेख्यो भने सरल हुन्छ, त्यस्ता बुँदा राखी सुझाब दिन चेम्बरलाई आग्रह गरे ।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उच्च करका दरले उद्योग व्यवसाय फष्टाउन सक्दैन र उपभोक्ता मूल्य वढ्न जाने भएकोले लगानी वृद्धि हुन नसक्ने बताउँदै लगानीको दायरालाई बिस्तृत गर्दै राजश्व वढाउन करको दरलाई न्युन गर्दै लैजानु पर्नेमा जोड दिए ।