सल्लाघारी चौरमा शुरु भयो अन्तर्राष्ट्रिय फुड टिच मेला

<p>काठमाडौँ । भक्तपुरको सल्लाघारी चौरमा बुधबारदेखि ४ दिने अन्तर्राष्ट्रिय फुड टिच मेला शुरु भएको छ । ओलप्पिया मुख्य आयोजकका साथै नेपाल सरकार, चेम्बर अफकमर्स लगायत विभिन्न संघसंस्थाको सहयोगमा शुरु मेलामा विभिन्न मुलुकका १ सय ७७ स्टलहरु रहेको मेला संयोजक किशोर भट्टराईले जानकारी दिए । फुड टिचको उद्घाटन गर्दै नेपाल चेम्बर अफकमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले फूडटिच [&hellip;]</p>


काठमाडौँ । भक्तपुरको सल्लाघारी चौरमा बुधबारदेखि ४ दिने अन्तर्राष्ट्रिय फुड टिच मेला शुरु भएको छ ।

ओलप्पिया मुख्य आयोजकका साथै नेपाल सरकार, चेम्बर अफकमर्स लगायत विभिन्न संघसंस्थाको सहयोगमा शुरु मेलामा विभिन्न मुलुकका १ सय ७७ स्टलहरु रहेको मेला संयोजक किशोर भट्टराईले जानकारी दिए ।

फुड टिचको उद्घाटन गर्दै नेपाल चेम्बर अफकमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले फूडटिच मेला दशैँ आउँदै गर्दाको समयमा सर्हानिय रहेको बताए । उनले यो मेलामा अन्तराष्ट्रिय स्तरमा आर्थिक गतिविधि बढाउने भएकाले सरकारको समृद्ध नेपाल सुखी नेपालीनारालाई आत्मसाथ रहेको दाबी गरे ।

Share News