विकासन्युज

ब्रुमर सञ्चालनको पाँच महिना, सडकको अवस्था उस्तै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ब्रुमर सञ्चालन गरेको पाँच महिना बितिसक्दा पनि काठमाडौँको सडकमा कुनै परिवर्तन आउन सकेको छैन । सडकमा धुलो उस्तै रहेको देखिन्छ भने पानी परेको बेला हिलो पार गर्नुपर्ने काठमाडौँवासीको बाध्यता हो । नियमितजस्तो पानी परेकाले बु्रमर सञ्चालन गर्न समस्या भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । कामपाले बु्रमर सञ्चालन गरेको पाँच महिना भयो, महानगरको सडकमा धुलो कम भएको छैन । कामपा वतावरण विभागका अनुसार हरेक दिनजसो पानी पर्दा बु्रमरले नियमित सडक सफा गर्न पाएको छैन, जसका कारण जनअपेक्षाअनुसार धुलो कम हुन सकेको छैन् । कामपा वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एकातिर पानी परिरहेको छ भने अर्कातिर पानीको कारण हुने हिलो सफा गर्नु अर्को थप चुनौती हो । दैनिक १० टन धुलो सङ्कलन गर्दै आएका सात यान्त्रिकका कुँचोले अहिलेसम्ममा करीब ५०० टन धुलो सङ्कलन गरिसकेको श्रेष्ठको भनाइ छ । सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको पनि उनले जानकारी दिए । महानगरले सुन्दर, स्वच्छ र सफा शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थाले पनि नगरवासीले सफा काठमाडौँको अनुभूति गर्न पाएका छैनन् । गत फागुन २८ गते इटालीबाट ल्याइएका पाँच र त्यसको केही समयपछि चीनको सहयोगमा आएको दुई गरी सात बु्रमर प्रयोगमा रहे पनि काठमाडौँको सडक सफा हुनसकेको छैन । सात वटै बु्रमर सञ्चालनका लागि कामपाले पाँच वटा रुट निर्धारण गरेको छ । सोही रुट अनुरुप काम गरिहेको भए पनि सबै दिनमा काम गर्ने वातावरण नहुँदा समस्या भएको बताइएको छ । प्रमुख श्रेष्ठका अनुसार अर्को प्रमुख समस्याको रुपमा सडकमा रहेका खाल्डाखुल्डी हो । यो समस्या समाधानका लागि सडक विभागले केही स्थानको सडकको खाल्डाखुल्डी पुर्ने काम गरे पनि धेरै स्थानको काम हुन बाँकी रहेको छ । जसका कारण बु्रमर सञ्चालन गर्न समस्या भएको छ । न्यूरोड, रत्नपार्क, जमल, कालीमाटी, कलङ्की, पुतलीसडक, बिजुलीबजारलगायतका स्थानमा खाल्डाखुल्डी रहेकाले महानगरले सडक विभागसँग पुर्न आग्रह गरेको छ । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र कामपाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गर्दै आएको थियो । महानगरसँग यसअघि रहेको एक बु्रमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको छ । उक्त यन्त्रले पानी नपरेको दिन साँझ ८ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सडक सफा गर्दै आएको छ । सञ्चालनमा रहेका ब्रुमर रु १० करोड ८० लाखमा ल्याइएको हो । ती ब्रुमर दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमताको रहेका छन् । यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लाष्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् । खाल्डाखुल्डी र भूकम्पका कारण भत्किएका संरचना पुनःनिर्माणको कामले पनि समस्या भएको विभागले जनाएको छ । मुख्य सडक सुन्धारास्थित धरहरा, दरबार हाइस्कूल, रानीपोखरी, काठमाडौँ भ्यूटावर र बसपार्कमा विभिन्न स्थानबाट आएका सवारी साधनले ल्याएका हिलो माटोका कारण सफा गर्न समस्या भएको विभागले जनाएको छ । कानूनीरुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र महानगरकोे जिम्मेवारीमा पर्दछन् भने अरु सडकहरु सडक विभागको मातहतमा रहेको छ । रासस

मेगाले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने सैद्धान्तिक सहमति

काठमाडौं । मेगा बैंक नेपालले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले सैद्धान्तिक सहमतिपत्रमा आज हस्ताक्षर  गरेका हुन् । यो प्राप्ती पश्चात् मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथसाथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एक ठूलो क वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताए । गण्डकी विकास बैंकको शेयर रोक्काको प्रक्रिया लगायत नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दर्ता गर्ने कार्य यथाशिघ्र अघि बढाइने उनले जानकारी दिए । उक्त सहमतिमा  दुबै बैंकको सञ्चालक समितिका सदस्यहरु लगायत प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो । असार मसान्त २०७६ को तथ्यांक अनुसार दुबै बैंकको संयुक्त निक्षेपको आकार १ खर्ब १२ अर्ब रुपैयाँ तथा कर्जा लगानीको आकार ९८ अर्ब रुपैयाँ रहेको र हालको बैंकको शाखा १९१ पुगेको बैंकले जानकारी दिएको छ ।

नेपाल इन्स्योरेन्स उद्घोष, ‘दुई वर्षमा नम्बर वान बन्छौं, हात हातमा बीमा पोलिसी पुर्याउँछौ’

काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी २ वर्षमा निर्जीवन बीमातर्फ नेपालको नम्बर वान बीमा कम्पनी बन्ने उद्घोष गरेको छ । ७२ वर्ष पुरा गरी ७३ औ वर्षमा प्रवेश गरेको अवसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले दुई वर्षमा नम्बर वान बन्ने आधारहरु समेत पेस गरेका छन् । ‘दुई वर्षपछि हामी प्लाटिनियम जुब्ली (हिरक महोत्सव) मनाउँदै छौ । त्यतिबेला हामी नेपालको टप थ्री कम्पनी बन्ने छौं । टप थ्री भित्र टप वान पनि हुन्छ’ सीईओ शाहले भने । ‘विगत दुई वर्षमा कम्पनीको व्यवसाय ६० प्रतिशतले वृद्धि भएको छ । आगामी दुई वर्षमा उच्च दरको वृद्धि हासिल गर्ने आधारहरु हामीले तयार गरिसकेका छौं’ शाहले भने । प्रमुख कार्यकारी अधिकृतको घोषणालाई कम्पनीको अध्यक्ष अर्जुन पौडेल शर्माले समर्थत गरे । ‘नेपाल इन्स्योरेन्स कम्पनीको साधारणसभाले सञ्चालक समितिलाई मर्जर तथा एक्जिशनको अख्तियारी दिएको छ । हामीले मर्जर कमिटि बनाएर काम थालेका छौं’ अध्यक्ष शर्माले भने–‘बीमा कम्पनीको संख्या बढी नै भएको भन्ने महसुश बजारले गरेको छ । नियामक निकाय बीमा समितिको चाहानालाई समेत ध्यानमा राखेर हामीले मर्जर प्रक्रियालाई प्राथमिकतामा राखेका छौं ।’ आक्रामक बजार विस्तर र मर्जरको प्रक्रियाबाट दुई वर्षमा नेपालको सबैभन्दा ठूलो बीमा कम्पनी बन्ने अध्यक्ष र सीईओको भनाई रहेको छ । ‘हवाई बीमाको बीमा शुल्क बढी भएपनि पुर्नबीमामा ९९.५ प्रतिशत जान्छ । हामीले हवाई बीमामा जोड नदिएकोले बीमा शुल्कको आधारमा हामी टप थ्री बन्न नसकौला, अरु सबै परिसूचकको आधारमा हामी टप थ्री, हुन सक्स टप वान बन्ने छौं’ सीईओ शाहले भने । स्थापनाको आधारमा सबैभन्दा जेष्ठ कम्पनी रहेको नेपाल इन्स्योरेन्स कम्पनीका सेवाको आधारममा श्रेष्ठ बन्ने उनको दावी छ । ‘साईबर क्राइम इन्स्योरेन्स हामीले नै पहिलो पटक ल्याएका छौं । हामी बीमालाई गाउँ गाउँ पुर्याउछौ भनिरहेका छैनौ, प्रविधिको प्रयोग गरेर सबैको हातहातमा बीमा पुर्याउने रणनीतिक योजनासहित हामी अगाडि बढेको छौ’ शाहले भने । कम्पनीका नायब महाप्रबन्धक बिक्रान्त पाण्डेले नेपाल इस्योरेन्स कम्पनीले लामो इतिहास बोकेको जनाउँदै भने–‘इतिहासले विश्वास बोक्छ । विश्वासको आधारमा नै बीमा व्यवसाय संचालन हुन्छ । नेपाल इन्स्योरेन्सले सबै नेपालीको विश्वास जितेको छ । कर्मचारीहरु पुरस्कृत ७२ औ वार्षिक उत्सवको अवसरमा नेपाल इन्स्योरेन्सले आयोजना गरेको अर्को कार्यक्रममा कम्पनीमा २५ वर्षसम्म काम गर्ने कर्मचारीलाई दीर्घ सेवा पदक, २० वर्षसम्म काम गर्ने कर्मचारीलाई प्रशंसा पत्र तथा उत्कृष्ट कर्मचारीहरुलाई समेत नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल इस्योरेन्स कम्पनीका विरागटनगर, हेटौडा, धनगढी, सतुङ्गल, न्युरोड, तथा कम्पनीको प्रधान कार्यालय कर्मचारीहरु पुरस्कृत भएका हुन् ।

३ महिनाभित्र एकीकृत कारोबार गर्न निर्देशन दिंदै राष्ट्र बैंकले दियो ग्लोबल र जनतालाई एलओआई

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ महिनाभित्र एकीकृत कारोबार गर्न निर्देशन दिंदै ग्लोबल आईएमई बैंक र जनताको मर्जर गर्न सैद्दान्तिक सहमति (एलओआई) दिएको छ । केही दिन अघि बसेको राष्ट्र बैंक संचालक समितिको बैठकले ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जरलाई सैद्दान्तिक सहमति दिएको हो । बुधबार दुई बैंक मर्जर जानका लागि सैद्दान्तिक सहमतिको पत्र आएको ग्लोबल बैंकका अध्यक्ष चन्द्र ढकालले बताए । ‘बैंकहरूको डीडीए यसै साता सम्पन्न हुँदैछ,’ उनले भने ‘ढिलोमा पनि हामी मंसिर आधासम्म एकीकृत कारोबारमा गइसक्छौ ।’ ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरको सम्झौतालाई सैद्दान्तिक सहमति दिँदै तीन महिनाभित्र एकीकृत कारोबार गर्नुपर्ने निर्देशन दिएको राष्ट्र बैंकले जानकारी दिएको छ । ग्लोबल आइएमई र जनता बैंकले एक आपसमा मर्जरमा जाने सम्झौता गत असारमा नै गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा सनराइजले विभिन्न स्थानमा गर्यो स्वास्थ्य परीक्षण

काठमाडौँ । सनराइज बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको छ । बैंकको भैसीपाटी, बिराटनगर, भैरहवा, गुठीचौर र धनगढी शाखाबाट स्वास्थ्य परिक्षण शिविर कार्यक्रम गरेको हो । त्यसैगरी बंैकले ९ गते राजबिराज र ११ गते बेशिसहर शाखामा स्वास्थ्य परिक्षण शिविर आयोजना गर्ने जनाएको छ ।

नक्सालमा सुजुकीको विश्व स्तरीय शोरुम शुभारम्भ

काठमाडौँ । सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले हालै काठमाडैंको नक्सालमा आधिकारिक शोरुमको शुभारम्भ गरेको छ । उक्त शोरुमको उद्घाटन किन्जी साइतो (शुजुकी मोटर कर्पोरेशन, जापानका प्रबन्ध अधिकारी) तथा सिजि होल्डिङ्गसका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले सामूहिक रुपमा गरेका हुन् । हालै सञ्चालनमा ल्याइएको शोरुम ४५५४ स्क्वायर फिट क्षेत्रमा फैलिएको छ । शोरुममा अत्याधुनिक ग्राहक लन्ज, मिटिङ्ग एसिया, एक्स्चेन्ज सुविधा तथा फाइनान्स सुविधाका लागि पर्याप्त क्षेत्र रहेको छ । अन्तर्राष्ट्रिय सुजुकी ब्राण्डको निर्देशन अनुरुप निर्माण गरिएको यस शोरुममा सहजै आवतजावत गर्न र अवलोकन गर्न सकिन्छ । यस शोरुममा हालै बजारमा ल्याइएका स्मार्ट हाइब्रिड गाडिका रेन्जहरु स्क्रस, सियाज, एर्टिगा तथा एक्सएल ६ उपलब्ध छन् । ग्राहक एवम् कम्पनी बिचको सम्वन्धलाई अझै मजबुत बनाउने उद्देश्य सहित शुभारम्भ गरिएको यो सुजुकीको ३७औं आउटलेट हो । यहाँबाट सेल्स, सर्भिस र स्पेयर पार्टसम्वन्धी सम्पूर्ण सेवा प्रदान गरिएको छ । ग्राहकवर्गको सहजताको लागि यस शोरुमले निश्चय नै उत्कृष्ट सेवा प्रदान गर्ने कुरा सिजि मोटोकर्पका विज्नेस शाखा प्रमुख सिरज पन्तले बताए । ग्राहकको सन्तुष्टिलाई नै आफ्नो प्रमुख ध्येयको रुपमा लिँदै आएको सिजि मोटोकर्पले स्थापना गरेको नक्सालस्थित आउटलेटमा उपलब्ध भएका अत्याधुनिक सुविधाहरुले सेल्स तथा सेल्स सम्वन्धी चरणको एक नयाँ अध्याय स्थापना गर्ने विश्वास लिइएको कुरा कम्पनीका कार्यकारी निर्देशक करण चौधरीले उल्लेख गरे । नेपालमा सुजुकीको ३७ स्थानमा सेल्स आउटलेटहरु, ३९ स्थानमा सर्भिस सेन्टरहरु तथा ३५० भन्दा बढि सर्टिफाइड पार्टस् आउटलेटहरु रहेका छन् । यी स्थानहरुबाट हालै बजारमा उपलब्ध भएका स्मार्ट हाइब्रिड रेन्जलगायत बृहत् उत्पादनहरु उपलब्ध रहेका छन् ।

चेम्बर पदाधिकारी र वाणिज्य तथा आपूर्ति सचिव डा. अर्यालबीच छलफल

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकासचिव डा. बैकुण्ठ अर्यालले नेपालको कानूनभित्र सबै नागरिक हुने भएकाले व्यापारी व्यवासायी पनि त्यहिभित्र रहेर कार्य गर्नु पर्ने बताएका छन् । उनले कानूनमै रहेर कार्य गर्दा कर प्रणाली, उपभोक्त संरक्षण ऐन, कालो बजारी ऐन, सम्पत्तिशुद्धिकरण कहाँ केके बुँदाले अप्ठ्यारो पार्यो सहजकताको लागि आफू तयार रहेको उल्लेख गरे । सचिव डा. अर्यालले ऐन कानूनमा भएका अप्ठ्यारो पार्ने बुँदाको बैकल्पिकमा के लेख्यो भने सरल हुन्छ, त्यस्ता बुँदा राखी सुझाब दिन चेम्बरलाई आग्रह गरे । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उच्च करका दरले उद्योग व्यवसाय फष्टाउन सक्दैन र उपभोक्ता मूल्य वढ्न जाने भएकोले लगानी वृद्धि हुन नसक्ने बताउँदै लगानीको दायरालाई बिस्तृत गर्दै राजश्व वढाउन करको दरलाई न्युन गर्दै लैजानु पर्नेमा जोड दिए ।

सल्लाघारी चौरमा शुरु भयो अन्तर्राष्ट्रिय फुड टिच मेला

काठमाडौँ । भक्तपुरको सल्लाघारी चौरमा बुधबारदेखि ४ दिने अन्तर्राष्ट्रिय फुड टिच मेला शुरु भएको छ । ओलप्पिया मुख्य आयोजकका साथै नेपाल सरकार, चेम्बर अफकमर्स लगायत विभिन्न संघसंस्थाको सहयोगमा शुरु मेलामा विभिन्न मुलुकका १ सय ७७ स्टलहरु रहेको मेला संयोजक किशोर भट्टराईले जानकारी दिए । फुड टिचको उद्घाटन गर्दै नेपाल चेम्बर अफकमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले फूडटिच मेला दशैँ आउँदै गर्दाको समयमा सर्हानिय रहेको बताए । उनले यो मेलामा अन्तराष्ट्रिय स्तरमा आर्थिक गतिविधि बढाउने भएकाले सरकारको समृद्ध नेपाल सुखी नेपालीनारालाई आत्मसाथ रहेको दाबी गरे ।