३ महिनाभित्र एकीकृत कारोबार गर्न निर्देशन दिंदै राष्ट्र बैंकले दियो ग्लोबल र जनतालाई एलओआई

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ महिनाभित्र एकीकृत कारोबार गर्न निर्देशन दिंदै ग्लोबल आईएमई बैंक र जनताको मर्जर गर्न सैद्दान्तिक सहमति (एलओआई) दिएको छ । केही दिन अघि बसेको राष्ट्र बैंक संचालक समितिको बैठकले ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जरलाई सैद्दान्तिक सहमति दिएको हो । बुधबार दुई बैंक मर्जर जानका लागि सैद्दान्तिक सहमतिको पत्र [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ महिनाभित्र एकीकृत कारोबार गर्न निर्देशन दिंदै ग्लोबल आईएमई बैंक र जनताको मर्जर गर्न सैद्दान्तिक सहमति (एलओआई) दिएको छ । केही दिन अघि बसेको राष्ट्र बैंक संचालक समितिको बैठकले ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जरलाई सैद्दान्तिक सहमति दिएको हो ।

बुधबार दुई बैंक मर्जर जानका लागि सैद्दान्तिक सहमतिको पत्र आएको ग्लोबल बैंकका अध्यक्ष चन्द्र ढकालले बताए । ‘बैंकहरूको डीडीए यसै साता सम्पन्न हुँदैछ,’ उनले भने ‘ढिलोमा पनि हामी मंसिर आधासम्म एकीकृत कारोबारमा गइसक्छौ ।’

ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरको सम्झौतालाई सैद्दान्तिक सहमति दिँदै तीन महिनाभित्र एकीकृत कारोबार गर्नुपर्ने निर्देशन दिएको राष्ट्र बैंकले जानकारी दिएको छ । ग्लोबल आइएमई र जनता बैंकले एक आपसमा मर्जरमा जाने सम्झौता गत असारमा नै गरेका थिए ।

Share News