मेगाले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने सैद्धान्तिक सहमति

<p>काठमाडौं । मेगा बैंक नेपालले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले सैद्धान्तिक सहमतिपत्रमा आज हस्ताक्षर  गरेका हुन् । यो प्राप्ती पश्चात् मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथसाथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एक ठूलो क [&hellip;]</p>

काठमाडौं । मेगा बैंक नेपालले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले सैद्धान्तिक सहमतिपत्रमा आज हस्ताक्षर  गरेका हुन् ।

यो प्राप्ती पश्चात् मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथसाथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एक ठूलो क वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताए । गण्डकी विकास बैंकको शेयर रोक्काको प्रक्रिया लगायत नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दर्ता गर्ने कार्य यथाशिघ्र अघि बढाइने उनले जानकारी दिए ।

उक्त सहमतिमा  दुबै बैंकको सञ्चालक समितिका सदस्यहरु लगायत प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

असार मसान्त २०७६ को तथ्यांक अनुसार दुबै बैंकको संयुक्त निक्षेपको आकार १ खर्ब १२ अर्ब रुपैयाँ तथा कर्जा लगानीको आकार ९८ अर्ब रुपैयाँ रहेको र हालको बैंकको शाखा १९१ पुगेको बैंकले जानकारी दिएको छ ।

Share News