विकासन्युज

हिरोको कन्सेप्ट बाइक ‘एक्स्ट्रीम १आर’ शोकेस, कहिले आइपुग्ला बजारमा ?

काठमाडाैं । इण्डियन मोटरसाइकल म्यानुफ्याक्चरर कम्पनी ‘हिरो’ ले इटालीको मिलानमा आयोजना भइरहेको ईआईसीएमए मोटरसाइकल शो मा आफ्नो १६० सीसी कन्सेप्ट मोटरसाइकललाई शोकेस गरेको छ । ‘एक्स्ट्रीम १आर कन्सेप्ट’ नाम दिइएको सो मोटरसाइकलले डिस्कन्टिन्यू गरिएको १५० सीसी ‘एक्स्ट्रीम स्पोर्टस्’ को स्थान लिने अनुमान गरिएको छ । ‘एक्स्ट्रीम १आर कन्सेप्ट’ ले एउटा प्रोपर स्ट्रीट फाइटरको लुक्स पाएको देख्न सकिन्छ । यसमा रहेको शार्प लाइनिङ्ग, एग्रेशिभ एलईडी हेडलाइट, मस्कुलर ट्याङ्क, ‘आर’ ब्याज, कलर कम्बिनेसन, रेज्ड टेल सेक्सन, सिङ्गल पिस सिट सेटअप लगायतले यस मोटरसाइकललाई एकदमै स्टाइलिस बनाएको छ । त्यसैगरी, यस मोटरसाइकलमा दिइएको अपसाइड डाउन फर्क, इञ्जिन फेयरिङ्ग र स्लिक टायरहरुले गर्दा एक्स्ट्रीम १आर ले प्रिमियम लुक्स पनि पाएको छ । यो एउटा कन्सेप्ट मोटरसाइकल मात्र भएको हुनाले उत्पादन भएर आइपुग्दा यसमा यी सबै फिचरहरु भने समावेश नहुन सक्छन् । यस कन्सेप्ट मोटरसाइकलमा १६० सीसीको विल्कुलै नयाँ एयर-कुल्ड सिङ्गल-सिलिण्डर इञ्जिन दिइएको छ । अन्य स्पेसिफिकेशनहरुका बारेमा हिरोले केहि नजनाएको भएता पनि प्रोडक्शन भएर आइसक्दा यस मोटरसाइकलले बिएस६ कम्प्लायन्ट फ्युल इन्जेक्टेड इञ्जिन पाउनेछ भन्ने अनुमान गरिएको छ । १५० सीसीको‘एक्स्ट्रीम स्पोर्टस्’ डिस्कन्टिन्यूड भए पश्चात हाल यस सेग्मेन्टमा टक्कर दिने हिरोको अन्य कुनै मोटरसाइकल नरहेको हुँदा एक्स्ट्रीम १आर बजारमा आएपछि भने उक्त सेग्मेन्टमा पुनः पकड कायम राख्न हिरो सफल हुनेछ भन्ने आँकलन गरिएको छ । हिरो एक्स्ट्रीम १आर प्रोडक्शन भएर २०२० को अन्त्य तिर बजारमा आइपुग्ने अनुमान गरिएको छ ।

इन्द्रचोकको स्वस्तिक स्वीट्सद्वारा उपहार योजनाका विजेता घोषणा

काठमाडौँ । काठमाडौँको इन्द्रचोकमा रहेको शोरुम स्वस्तिक स्वीट्स एण्ड स्न्याक्सले नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छठको उपलक्ष्यमा सञ्चालन गरेको उपहार योजनाको नतिजा बुधबार लक्की ड्र मार्फत घोषणा गरेको छ । आफ्नै शोरुममा ग्राहकवर्गको माझमा लक्की ड्र गरी विजेता छनौट गरिएको हो । लक्की ड्र बाट टेकु स्थित गोयल मेटल इण्डष्टिजले स्कुटर उपहार पाएको छ । त्यसैगरी पहिलो उपहारका रुपमा ४३ इन्च सामसुङ स्मार्ट टिभि मखनटोलका संजय अग्रवालले, दोश्रो उपहार एलजी वासिङ मेसिन पुरानो बानेश्वरका रामहरी अर्यालले, तेश्रो उपहार भिडियोकन रेफ्रिजरेटर डल्लूका उमेश कुमारले जितेका छन् भने अन्य थुप्रै ग्राहकहरुले सान्त्वना उपहारहरु जितेको स्वस्तिक स्वीट्सले जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक श्रवण घिराइयाका अनुसार यो उपहार कार्यक्रम गरेपछि आफ्नो ग्राहकहरु माझ अझ बढी लोकप्रिय भएको बताए ।

चार महिनामा वायु सेवा निगममा दुई अर्ब बचत, ऋण झण्डै ४० अर्ब

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आर्थिक मितव्ययिता, प्रणालीगत सुधार र उपलब्ध स्रोतसाधनको प्रभावकारी व्यवस्थापन गरेर उत्साहवद्र्धक आर्थिक उपलब्धि प्राप्त गरेको छ । निगमले आलु आर्थिक वर्ष २०७६/७७ को पछिल्लो चार महिनाको अवधिमा रु दुई अर्ब हाराहारी रकम बचत गर्न सफल दाबी गरेको छ । तर यस अवधिमसम्म आइपुग्दा निगमको ऋण झण्डै रु ४० अर्ब पुगेको छ । निगमको पछिल्लो प्रगति र आगामी रणनीतिबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले प्रणालीगत सुधार, फजुल खर्च कटौती तथा राजश्व बढी उठाएबापत निगमलले सञ्चिती गर्न सफल भएको बताए । उनले निगमको अपरेशन र इन्जिनीयरिङ विभागको प्रणाली परिवर्तन गरी खर्च व्यवस्थापन गरिएको दाबी गरे । निगमको प्रगति विवरणअनुसार चालू आवभित्र प्रणालीगत सुधारतर्फ रु एक अर्ब ६९ करोड ३३ लाख ५२ हजार र आर्थिक मितव्ययिताबापत रु ५८ करोड २८ लाख गरी जम्मा रु दुई अर्ब २७ करोड ६१ ५९ हजार आर्थिक रकम बचत गर्ने प्रक्षेपण गरेको छ । निगमको अन्तर्राष्ट्रिय उडानका गन्तव्य विस्तारको राजश्व, सेवा व्यवस्थापनलाई प्रभावकारी बनाइएकाले पनि निगमलाई फाइदा भएको छ । लामा गन्तव्यमा वाइड बडी जहाजको आर्थिक उपलब्धि सन्तोषजनक रुपमा भइरहेको व्यापारले पनि निमगको आर्थिक अवस्थालाई सुधार्न योगदान पुगेको छ । प्राथमिकतामा जापान निगमले अहिले जापानको ओसाका उडान गरिरहेको छ । शुरुमा यो गन्तव्यमा घाटा भए पनि पछिल्ला दिनमा राम्रै फाइदा भइरहेको अध्यक्ष खरेलले बताए । “ओसाकाको अकुपेन्सी अहिले राम्रो छ, हामीलाई उत्साहित तुल्याएको छ, अहिले जापानकै नारिता गन्तव्यमा चार्टर्ड उडान पनि व्यावसायिक रुपमा सफल भएको छ, छिट्टै व्यावसायिक उडान शुरु गर्नेछौँ”, उनले भने । निगमले आगामी सन् २०२० जनवरीको पहिलो सातादेखि नारिता इन्टरनेशनल एयरपोर्टमा सिधा उडानको तयारी गरेको भए पनि जापानी पक्षको ढिलाइका कारण मार्च २२ सम्म नारिता उडान गर्ने जनाइएको छ । सकेसम्म निर्धारित समयमै उडान सञ्चालनका लागि परराष्ट्र मन्त्रालयमार्फत पहल थालिएको अध्यक्ष खरेलले जानकारी दिए । यो गन्तव्यमा उडानका लागि निगमले सबै तयारी सकेको भए पनि ग्राउन्ड ह्यान्डलिङको टुङ्गो नलागेका कारण अन्योलता भएको छ । निगमले जापान उडानलाई विशेष प्राथमिकता दिएर उडानलाई सहज बनाउन विमानचालक (पाइलट)को अभिमुखीकरण गरिएको तथा जापानिज पर्यटकका लागि विमानस्थलमा सहायता कक्ष स्थापना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । एक वर्षमा १५ पाइलट उत्पादन गरिने निगमले एक वर्षको अवधिमा वाइड बडी जहाज चलाउन सक्ने १५ जना पाइलट उत्पादन गरेको जनाएको छ । चालू आवभित्र थप पाँचजना पाइलट उत्पादन गरिने निगमले जनाएको छ । आन्तरिक उडानमा साना जहाजका लागि पनि पर्याप्त पाइलट व्यवस्थापन भएकाले ग्राउन्डेड जहाज उडान गर्न सहज हुने अध्यक्ष खरेलको भनाइ छ । उनले भने, “अब पाइलट अभावले चिनियाँ जहाज उडाउन समस्या हुँदैन, चारवटा वाई १२ जहाजमध्ये अहिले नै तीन जहाज उडाउन सक्ने क्षमता विकास भइसकेको छ, तर जहाज व्यवस्थापनका लागि अन्य विकल्प पनि खोज्दैछौँ ।” दैनिक १३ घण्टा उड्छ वाइड बडी निगमको वाइड बडी ‘ए’ ३३० जहाजले अहिले दैनिक १३ घण्टा उडान भर्दै आएको छ । यो विश्वव्यापी एयरबसको उडान दरको तुलनामा निकै प्रगति हो । एयरबसको विवरणअनुसार विश्वभर ११.५ घण्टा उडान गर्ने गरेको निगमले जनाएको छ । निगमका अध्यक्ष खरेलले नियमित उडानमै अहिले वाइड बडी जहाजले १३ घण्टा उडान गरिरहेको र बाहिरको तुलनामा उल्लेख्य प्रगति भएको उल्लेख गरे । भ्रमण वर्षका लागि विशेष तयारी नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सहयोग पु¥याउने उद्देश्यले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्ने भएको छ । अहिले एक लाख विदेशी पर्यटक बोकिरहेको निगमले भ्रमण वर्षको अवधिमा दुई लाख ५० हजार विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ लागि परेको अध्यक्ष खरेलले बताए । निगमको यो लक्ष्य पूरा गर्न गन्तव्य विस्तार र बजारीकरण अपरिहार्य भएको उहाँको भनाइ छ । भ्रमण वर्षको प्रचारका लागि निगमले आफ्ना जहाजमा भ्रमण वर्षको लोगो राख्ने तथा भाडादरमा छुट लगायतका सुविधा पनि ल्याउने जनाएको छ । निगमले सेवा स्तरीकरण र व्यवस्थापकीय पक्षलाई खरो रुपमा उतारेर प्रतिस्पर्धी बजारमा आफ्नो हिस्सा ओगट्ने विभिन्न कार्यक्रम पनि आगामी कार्ययोजनामा समेटेको छ । निगमले अहिले विभिन्न सात देशका नौ वटा गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि वाइड बडी ‘ए’३३० जहाज दुई थान र न्यारो बडी ‘ए’३२० दुई थान जहाज छन् । निगमसँग अहिले भएको एक मात्र ७५७ बोइङ बिक्रीका लागि अन्तिम तयारी गरिएको छ । बोइङ बिक्रीका लागि एक÷दुई दिनभित्रै वार्ता हुने निगमले जनाएको छ । रासस

राजधानीमा विधार्थीले गरे प्रदर्शन, भारतीय नक्सामा नेपाली भूमि समेटिएकोमा बिरोध

काठमाडौँ । भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा बुधबार राजधानीमा विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् । सत्तारुढ तथा विपक्षी दल सम्बद्ध विद्यार्थीहरुले बुधबार काठमाडौंमा विभिन्न स्थानमा प्रदर्शन गरेका हुन् । आर आर कलेज लगायतका स्थानमा भेला भएर प्रदर्शनमा उत्रिएको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्याक इण्डिया’को नारा लगाउँदै विभिन्न स्थान परिक्रमा गरेका थिए ।

उद्योगीसँग ११ अर्ब बक्यौता उठाउन बाँकी, सबैसँग उठाउछौँः प्राधिकरण

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले देशभरका उद्योगहरुबाट करिब ११ अर्ब रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको छ । प्राधिकरणले उद्योगीहरुबाट हालसम्म ट्रंक लाइन र डेडिकेटेड लाइनबाट करिब ११ अर्ब रुपैयाँ उठाउन बाँकी रहेको जनाएको हो । प्राधिकरणका अनुसार देशका विभिन्न क्षेत्रका ठुला उद्योगहरुबाट नै बक्यौता रकम असुल्न बाँकी रहेको बताइएको छ । हाल व्यापारी, सरकारी कार्यालय लगायतले पनि विद्युत महसुल समयमै बुझाउने गरेका छैनन्, जसका कारण बिद्युत बक्यौता बढ्दै गएको छ । प्राधिकरणको नियमावलीमा ट्रंक लाइनको सुविधा लिने र निवेदन नदिनेलाई चोरीमा कारबाही गर्न सकिने उल्लेख छ । यस्तो अवस्थामा प्राधिकरणले ट्रंक लाइन लिएका सबै ग्राहकलाई डेडिकेटेड सरहको बिल पठाएपछि उद्योेग व्यवसायीले तिर्न नसक्ने भन्दै विरोध जनाएका थिए । डेडिकेटेड विद्युत लाइनको उपयोगमार्फत उद्योगीहरुसँग रहेको बक्यौताको विषयमा लामो समयदेखि विवाद हुँदा धेरै उद्योगीहरु अदालतसम्म समेत धाए । देशका विभिन्न उद्योगीहरुले दर्ता गरेको मुद्दाहरुको फैसला गर्दै अदालतले पनि रकम किस्ताबन्दीमा तिर्नु पर्ने आदेश निर्णय गरेको छ । हाल केही उद्योगहरुको मुद्दा फैसला भइसकेको छ भने कतिपयको मुद्दा बिचाराधीन अवस्थामा छ । सिमरा वितरणकेन्द्र अन्तर्गतका ६ उद्योगहरुको ३ अर्ब २५ करोड रहेको छ । जसमा २५ करोड जगदम्बाको रहेको छ । जगदम्बा भने अदालतमा गएको छैन । अन्य पाँच उद्योगको मुद्दा भने जनकपुर उच्च अदालतमा विचाराधीन छ । यस्तै विराटनगरका पाँच उद्योगले पनि १ अर्ब ७ करोड रुपैयाँ तिर्न बाँकी छ । तिनीहरुको अदालतबाट किस्ताबन्दीमा तिर्नु पर्ने फैसला भइसकेको छ । त्यसमा पनि निगाली सिमेण्टको मुद्दा बिचाराधीन अवस्थामा छ भने अन्य चार उद्योगले किस्ताबन्दीमा महसुल तिर्नु पर्ने भन्ने फैसला भइसकेको छ । नेपालकै पुरानो रघुपति जुटमिलले पनि ४४ महिना किस्ता तिर्नु पर्ने फैसला भइसकेको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले उद्योगहरुले एकै पटक तिर्न नसक्ने भएका कारण अदालतले पनि किस्तामा तिर्नु पर्ने फैसला गरेको बताए । उनले १५ प्रतिशत प्रिमियम थप गरेर नयाँ व्यवस्था गरेको बताउँदै अब सबै उद्योगहरुबाट रकम उठाउने प्रतिक्रिया दिए । अब याे अवस्था  चाँडै टुङ्गोमा पुग्ने  उनले बताए । प्राधिकरणले विद्युत महसुल नतिर्ने ग्राहकलाई कालोसूचीमा राख्ने र कतिपयको विद्युत सेवा नै काटिदिने गरेको छ।

ओखलढुंगाको रमाइलो डाँडामा ग्लोबल आइएमईको शाखा बिस्तार

काठमाडौँ । ग्लोबल आइएमई बैंकले बुधबार प्रदेश नं. १को ओखलढुङ्गा जिल्ला, सिद्धिचरण नगरपालिका वडा नं. ११ रमाइलो डाँडाबजारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । ओखलढुङ्गा शाखा सञ्चालनसंगै बैंकको शाखा कार्यालय संख्या १४९ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथाशाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । बैंकले १४९ वटा शाखा, ३० वटा राजश्व संकलनतथाएक्सटेन्सन काउण्टर, १५० एटिएम तथा१९३शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्पmत ११लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको हो । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ । साथै अष्टे«लिया, बेलायत र भारतमाप्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको जनाएको छ ।

कालापानी क्षेत्र नेपालको भूभाग हो: नेपाल सरकार

काठमाडौँ । नेपाल सरकारले कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट गरेको छ । भारत सरकारले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्शालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट गरेको हो । नेपाल तथा भारतका परराष्ट्रमन्त्रिस्तरीय संयुक्त आयोगका बैठकबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याको समाधानका लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवले काम गर्ने गरी जिम्मेवारी दिइएको बताउँदै मन्त्रालयले केहीबेरअघि जारी गरेको प्रेस विज्ञप्तिमा “दुई देश बीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउनुपर्ने र एकपक्षीय ढङ्गबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ,” भनिएको छ । नेपाल सरकार नेपालको अन्तरराष्ट्रिय सिमाना रक्षाका लागि प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवम् तथ्य प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको विज्ञप्तिमा स्पष्ट रुपमा उल्लेख गरिएको छ ।

१७ औँ हस्तकला व्यापार मेला मङ्सिर १२ देखि १६ सम्म हुने

काठमाडौँ । १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिता आगामी मङ्सिर १२ देखि १६ गतेसम्म हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नविल बैँक, नेपाल चेम्बर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य महासंघलगायतको संयोजन तथा नेपाल हस्तकला महासङ्घको आयोजनामा आगामी मङ्सिर १२ देखि १६ गतेसम्म भृकुटीमण्डपमा मेला आयोजना गर्न लागिएको हो । महासङ्घले बुधबार पत्रकार सम्मेलन गरी नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उदेश्यका साथ मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । मेलामा नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बीचमा व्यवसायीक सम्बन्ध विकास गर्नु, नेपाली उद्यमीलाई कम खर्चमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलामा सहभागिता गर्ने, व्यापार मेलाको माध्यामबाट नेपाली कला संस्कृतिको प्रचारप्रसार गर्न मेला आयोजना गरिएको मेलाका महासङ्घका निवर्तमान अध्यक्ष एवं संयोजक धर्मराज शाक्यले जानकारी दिए । मेलामा आठ प्याभिलियनसहित २०० कक्ष रहनेछन् । मेलामा ७७ वटै जिल्ला हस्तकलाको सहभागिता रहनेछ । मेलामा छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापानलगायतका युरोपका विभिन्न मुलुकमा २० भन्दा बढी स्टल रहनेछन् भने बाँकी नेपाली स्टल हुनेछन् । नेपालको हस्तकला हाल विश्वका अधिकाशं मुलुकमा निर्यात हुँदै आएको छ । मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरु प्रदर्शनमा राखिनेछन् । पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष सुरेन्द्रभाई शाक्य, नेपाल सरकार व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक सुयस खनाल, महासङ्घका उपाध्यक्ष तथा १५ औँ हस्तकला प्रतियोगिताका संयोजक राजमान बज्राचार्य, महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यलगायतले मेलाको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।