इन्द्रचोकको स्वस्तिक स्वीट्सद्वारा उपहार योजनाका विजेता घोषणा

<p>काठमाडौँ । काठमाडौँको इन्द्रचोकमा रहेको शोरुम स्वस्तिक स्वीट्स एण्ड स्न्याक्सले नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छठको उपलक्ष्यमा सञ्चालन गरेको उपहार योजनाको नतिजा बुधबार लक्की ड्र मार्फत घोषणा गरेको छ । आफ्नै शोरुममा ग्राहकवर्गको माझमा लक्की ड्र गरी विजेता छनौट गरिएको हो । लक्की ड्र बाट टेकु स्थित गोयल मेटल इण्डष्टिजले स्कुटर उपहार पाएको छ [&hellip;]</p>


काठमाडौँ । काठमाडौँको इन्द्रचोकमा रहेको शोरुम स्वस्तिक स्वीट्स एण्ड स्न्याक्सले नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छठको उपलक्ष्यमा सञ्चालन गरेको उपहार योजनाको नतिजा बुधबार लक्की ड्र मार्फत घोषणा गरेको छ ।

आफ्नै शोरुममा ग्राहकवर्गको माझमा लक्की ड्र गरी विजेता छनौट गरिएको हो । लक्की ड्र बाट टेकु स्थित गोयल मेटल इण्डष्टिजले स्कुटर उपहार पाएको छ ।

त्यसैगरी पहिलो उपहारका रुपमा ४३ इन्च सामसुङ स्मार्ट टिभि मखनटोलका संजय अग्रवालले, दोश्रो उपहार एलजी वासिङ मेसिन पुरानो बानेश्वरका रामहरी अर्यालले, तेश्रो उपहार भिडियोकन रेफ्रिजरेटर डल्लूका उमेश कुमारले जितेका छन् भने अन्य थुप्रै ग्राहकहरुले सान्त्वना उपहारहरु जितेको स्वस्तिक स्वीट्सले जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक श्रवण घिराइयाका अनुसार यो उपहार कार्यक्रम गरेपछि आफ्नो ग्राहकहरु माझ अझ बढी लोकप्रिय भएको बताए ।

Share News