विकासन्युज

नागरिक समाजद्धारा कृषि मन्त्रीलाई खाद्य अधिकार मस्यौदा हस्तान्तरण

काठमाडाैं ।  खाद्य अधिकारका लागि कार्यरत नागरिक समाजले नागरिक समाज भर्सन नियमावली २०७५को मस्र्यौदा कृषि मन्त्री घनश्याम भुसाललाई हस्तान्तरण गरेका छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै समाजले मन्त्रीलाई नियमावली हस्तान्तरण गरेका हो । अखिल नेपाल किसान महासंघका अध्यक्ष तथा पुर्व कृषि तथा पशुपन्छी विकास मन्त्री हरी पराजुलीको नेतृत्वमा गैर सरकारी संस्था महासंघ, खाद्यअधिकार राष्ट्रिय सञ्जाल, दलित गैर सरकारी संस्थामहासंघ आदि संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा फियान नेपालले नियमावली हस्तान्तरण गरेको हो । नियमावली बुझ्दै मन्त्री भुसालले निमावलीलाई अध्ययन गर्ने र मन्त्रालयले निर्माण गर्ने नियमावलीको लागि उक्त नियमावली महत्वपूर्ण सामाग्रीको रुपमा रहने बताए । उनले खाद्यअधिकार तथा खाद्य सम्प्रभूतको कार्यान्वयनका लागि चाँडो भन्दा चाँडो नियमावली निर्माण गर्ने बताए । नागरिक समाज संघ संस्थाहरुले विगत लामो समयदेखि खाद्यअधिकार र खाद्य सम्प्रभुताका मुद्धालाई उठान गर्दै आएको छ । किसान र कृषि क्षेत्रको आवश्यकता साथै समग्र किसानहरुको अगुवाई गरेको अनुभवको आधारमा सबै सरोकारवाला निकायको तर्फबाट यो नियमावली बनेको पराजुलीले बताए ।

नेपाललाई विश्व बैंकले १६ अर्ब दिने, कुन क्षेत्रमा हुँदैछ खर्च ?

काठमाडौं । नेपालको विकास निर्माणमा सघाउँदै आएको विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाको लागि १६ अर्ब ३७ करोड १३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाको लागि १३ अर्ब ६३ करोड (१२ करोड अमेरिकी डलर) सहयोग गर्न लागेको हो । विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयनको लागि बैंकले २ अर्ब ७४ करोड १३ लाख सहयोग गर्न लागेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । भोलि बुधबार अर्थ मन्त्रालय र विश्व बैंकबीच सो सहायता रकम स्वीकार्ने सम्बन्धि सम्झौता हुँदैछ । हाल बैंकले नेपालमा करीब २ अर्ब ७० करोड डलर अर्थात २ खर्ब ७० अर्ब बराबरको लगानी विभिन्न परियोजनामा गरिरहेको छ । नेपालमा विश्व बैकको सहयोगमा करिब २ दर्जन परियोजना सञ्चालनमा छन् । नेपालको शिक्षा स्वास्थ्यदेखि पूर्वाधार निर्माणमा समेत सघाउँदै आएको विश्व बैंकले पछिल्लो समय नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बर बढाउने रणनीति बनाएको छ । विश्व बैंकले पाँच वर्षीय देशीय साझेदारी ढाँचाअन्तर्गत सहायता रकम बढाउन लागेको हो । सन् २०१९ देखि बैंकले नेपाललाई उपलब्ध गराउने सहयोग रकम चालु वर्षको भन्दा दोब्बर हुने अर्थमन्त्री डा. युवराज खतिवडाले यसअघि नै बताइ सकेका छन् । २०१९ देखि २०२३ सम्म हुने सहायता रणनीतिको खाकाअनुसार नेपालको प्राथमिकताअनुरूप कार्यक्रमहरू कार्यान्वयनमा सहयोग रकम आउने अर्थ मन्त्रालयले बताएको छ । पछिल्लो समय विश्व बैंकसँग नेपालले केही ठूला र बहुउद्देश्यीय परियोजनामा समेत लगानीको सुनिश्चितता खोजिरहेको छ । स्थानीय निकायको क्षमता, नेपालको विकासको मार्गचित्र र प्राथमिकता, सुधारको निरन्तरता, राजश्वको दिगोपना र समग्र व्यावसायिक वातावरण सम्बन्धमा पनि नेपालले विश्व बैंकसँग छलफल गर्दै आएको छ ।

टेलिकमको साइकल र्याली सम्पन्न, फोरजी सिम वितरण तथा व्यापारकाे प्रवद्धन

काठमाडौं । नेपाल टेलिकमले ‘राइड थु्र सिन्धुलीगढी’ साइकल र्याली सम्पन्न गरेको छ । टेलिकमले गत मंसिर ६ देखि काठमाडौंको पशुपतिनाथ परिसरबाट शुरु गरेको उक्त र्याली जनकपुरमा पुगेर मंसिर ९ गते सम्पन्न गरेको हो । साथै, टेलिकमले सांस्कृतिक कार्यक्रमको अवसरमा सिन्धुलीका स्थानीयवासीबीच सिम वितरण गर्नुका साथै सेवा तथा छुटहरुको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । सो कार्यक्रम सिन्धुलीको मुलकोट, खनियाखर्क, सिन्धुलीमाढी र बलेनीका स्थानीय वासीहरुमाझ गरिएको थियो । तत्कालीन नेपालमाथि आक्रमण गरेका बेला सिन्धुलीगढीमा सानो समूहको नेपाली सेनाले ४ हजारभन्दा बढी अंगे्रज सेनामाथि विजय प्राप्त गरेको सम्झनामा संवृद्ध सिन्धुली अभियानद्वारा विजय उत्सवका रुपमा आयोजित साइकल र्यालीका अवसरमा सो कार्यक्रम गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पशुपतिनाथ परिसरबाट कम्पनीको लोगो अंकित झण्डा भएको साइकल कुदाएर शुरुवात गरेका सो र्याली र सांस्कृतिक कार्यक्रममा कम्पनीले सिम वितरण तथा व्यापार प्रवद्र्धन कार्य गरेको हो । र्यालीमा विश्व साइकल यात्री पुष्कर शाहको समेत सहभागीता रहेको थियो । कम्पनीले सहप्रायोजन गरेको साइकल र्यालीका क्रममा मुलकोट र सिन्धुलीमाढीमा आयोजित विशाल सांस्कृतिक कार्यक्रममा कम्पनीको स्टल राखी सेवा प्रवद्र्धनका कार्य गरिएको थियो । सो अवसरमा विशेषतः कम्पनीका सेवा, छुट र फोरजीका बारेमा उपभोक्ताबाट राखिएका जिज्ञासालाई सम्बोधन गरिएको थियो । टेलिकमले नेपालभर फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ । सोही अवसरमा सिन्धुलीमा कम्पनीले यस सम्बन्धी व्यवसाय प्रवद्र्धन कार्य सम्पन्न गरेको छ ।

खानेपानी तथा सरसफाईका आयोजनाहरुमा लगानी गर्न कतार विकास कोष इच्छुक

काठमाडौं । कतार विकास कोष (कतार फण्ड फर डेभलपमेन्ट) ले नेपालका साना तथा मझौला खानेपानी र सरसफाइका आयोजनाहरुमा लगानी गर्न इच्छा व्यक्त गरेको छ । खानेपानी मन्त्रालय सिंहदरबारमा मंगलबार खानेपानी मन्त्री बिना मगरसँग भएको भेटघाटमा कोषका प्रतिनिधिमण्डलले खानेपानी तथा सरसफाइका आयोजनाहरुमा लगानी जुटाउने इच्छा व्यक्त गरेका हुन् । कतार फण्ड फर डेभलपमेन्टको तर्फबाट रिम अल सुलैतीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले साना तथा मझौला आयोजनाहरुमा नेपाललाई अनुदान सहयोग गर्ने बताएको छ । भेटमा मन्त्री मगरले खानेपानी जस्तो विषय मानिसको आधारभूत आवश्यकतासँग जोडिएकाले कोषले देखाएको सहयोगको इच्छाप्रति टोलीलाई धन्यवाद दिए । नेपाल सरकार कोषसँग साझेदार भई कार्य गर्न इच्छुक रहेको उनले बताए । ‘आवश्यकता भएका र कार्यान्वयन गर्न सक्ने योजनाहरु छनौट गरेर हामी अघि बढ्न सक्छौं ।’ उनले भने, ‘चाँडो कार्यान्वयन हुन सक्ने आयोजनाहरुलाई प्राथमिकता दिएर अघि बढिरहेका छौं । कतार विकास कोषसँग मिलेर हामी सँगसँगै सहकार्य गर्न तयार छौं ।’ कोषको तर्फबाट सहभागी हुनु भएकी सुलैतीले शिक्षा र स्वास्थ्यजस्तै स्वच्छ खानेपानी र दिगो सरसफाइका लागि सहयोग गर्न कोष तयार रहेको बताए । ‘सम्भाव्यता अध्ययन भईसकेका चाँडो कार्यान्वयनमा जान सक्ने आयोजनाहरुमा सहयोग गर्ने हाम्रो इच्छा छ ।’ सुलैतीले भने, ‘यस्ता आयोजनाहरुमा लगानी जुटाउन हामी अन्य साझेदारी संस्थासँग मिलेर पनि जान सक्छौं । दिगोपना, क्षमता विकास र रोजगारी सिर्जना गर्ने खालका आयोजनाहरुमा हाम्रो ध्यान केन्द्रित हुनेछ ।’

प्रोग्रेशिभ फाइनान्सको दुई नयाँ शाखा सर्लाही र धनुषामा

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले सर्लाही र धनुषा जिल्लामा दुई नायाँ शाखा विस्तार गरेको छ । फाइनान्सले आइतबार र सोमबार क्रमशः सर्लाहीको मलंगवा नगरपालिका र धनुषाको क्षिरेश्वर नाथनगरपालिका, महेन्द्रनगरमा विस्तारित शाखाको उद्घाटन गरेको हो । मलंगवा नगरपालिकाको शाखाको उद्घाटन सोही नगरपालिकाका नगर प्रमुख निरसल साहले र क्षिरेश्वरनाथ नगरपालिकाकाे शाखाको उद्घाटन नगर प्रमुख योगेन्द्र पजियारले उद्घाटन गरेका हुन् । चुक्तापूँजी ८० करोड रुपैयाँ रहेको फाइनान्सको काठमाडौंको तिनकुनेमा कर्पोरेट कार्यालय रहेको छ । त्यस्तै, न्यूरोडमा मूख्यशाखा सहित बनेपा, पोखरा तथा यी दुई शाखासमेत गरी जम्मा ६ शाखा संचालनमा रहेको छ । त्यसैगरी संस्थाले ललितपुरको पूल्चोक, महालक्ष्मीस्थान, काठमाडौंको तीनकुने तथा भक्तपुरको ठिमीमा गरी ४ एक्सटेन्सन काउण्टरहरुमार्फत निरन्तर वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले निकट भविष्यमा देशका अन्य प्रमुख शहरहरुमा पनि नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याउने योजना बनाएको फाइनान्सका अध्यक्ष किशोरकुमार महर्जनले बताएका छन् । फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईले वित्तीय क्षेत्रमा सरल, सहज र ग्राहकमुखी सेवालाई बढी प्राथमिकतामा राखी आधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गरीबलाई धनी बनाउने माध्यमकाे रूपमा सहकारी : मन्त्री अर्याल

काठमाडौं । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारीलाई विकास गर्दै लगिएको बताए । स्याङ्जाको वालिङ १० भकुण्डेस्थित फूलबारी बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री अर्यालले परनिर्भरताको अन्त्यका लागि सहकारीमार्फत् आत्मनिर्भर तथा स्वाभिमान बनाउने तर्फ सरकार लागि परेको जानकारी दिए । “हिजोका दिनमा परनिर्भरतामा रहेका महिला दिदीबहिनी आत्मनिर्भर बन्दै अगाडि बढ्नसक्ने हुनुभएको छ” मन्त्री अर्यालले भने,“यो सुखद पक्ष हो यसलाई जोगाइ राख्न आवश्यक छ ।” उनले बचत तथा ऋण सहकारी संस्थाले बचत र ऋणको मात्रै कारोवार नगरी उत्पादनसँग जोडिएर जनमैत्री सहकारी कानून निर्माण गरी उत्पादनमा जोडिन पाउने ऐन बनाउने तयारीमा सरकार रहेको जानकारी दिँदै भने, “सरकारले कार्यक्रम दिन्छ, नीति दिन्छ, जीवन बदल्ने कार्यक्रम सहकारीमार्फत शुरु गर्ने तयारीमा सरकार रहेको छ ।” रासस

शिक्षकको तलब बढाउन माग गर्दै हजाराैं प्रदर्शनमा

काठमाडौं । शिक्षकको तलब बढाउन माग गर्दै क्रोएसियामा हजारौ शिक्षकले प्रदर्शन गरेका छन् । देशको राजधानीस्थित मुख्य क्षेत्रमा सोमबार भएको प्रदर्शनमा शिक्षक र उनीहरुका समर्थक गरी २० हजार भन्दा बढी सहभागी भएका थिए । उनीहरुको तलब बृद्धिसँगै काम गर्ने वातारणमा पनि सुधार हुनु पर्ने मागसमेत उठाएको अधिकारीहरुले जनाएका छन् । गत महिना पनि उनीहरुले तलब बृद्धिको माग गर्दै आन्दोलन गरेका थिए । सेवामुलक अन्य काममा भन्दा शिक्षण क्षेत्रमा कम तलब भएको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् । लामो समयदेखिको असन्तुष्टि, सामाजिक प्रतिष्ठा, पेशाप्रतिको आकर्षणलगायतका विषयलाई ध्यान दिन आन्दोलनकारीहरुले आग्रह गरेका छन् । सरकारी पक्ष र आन्दोलनकारीहरुको संगठनकाबीचमा वार्ता हुन लागेको पनि जनाइएको छ । वार्तापछि सहमति भएमा सवै विद्यालयहरु खुल्ला हुने र पढाई हुने आन्दोलनकारीहरुका नेताले बताएका छन् । प्रधानमन्त्री अन्ड्रेज प्लेङ्कोभिकले आन्दोलनकारी र सरकारबीचमा चाडै नै सहमति हुने पत्रकारहरुलाई बताए । “बालबालिकाप्रति उत्तरदायी हुन र उनीहरुको पठनपाठन सुचारु गराउन म सवै युनियन र युनियन नेताहरुलाई अनुरोध गर्दछु,” उनले भने । प्रधानमन्त्री प्लेङ्कोभिकले जतिसक्दो चाँडो आन्दोलन अन्त्य गरेर शिक्षकहरु कक्षाकोठामा फर्किने विश्वास पनि व्यक्त गरे । उनले शिक्षकहरुको तलब यसअघि पनि ११ प्रतिशत बृद्धि गरिएको स्मरण गराउदै आन्दोलन फिर्ता लिन आग्रह पनि गरे। राससर/सिन्ह्वा

एलजी प्युरिकेयर एयर प्युरिफायर नेपाली बजारमा, हावामा हानिकारक पदार्थहरु कम गर्ने

काठमाडौं । सिजीे इलक्ट्रोनिक्सले एलजी प्युरिकेयर एयर प्युरिफायर नेपाली बजारमा भित्र्याएको छ । यस एयर प्युरिफायरले शक्तिशाली फिल्टरेशन प्रदान गर्दछ जसले हावामा हानिकारक पदार्थहरु कम गर्नुका साथै अभिनव शुद्धिकरणहरुले हावामा तैरिरहेको भाइरस र किटाणुहरुलाई हटाउँछ । एलजी प्युरिकेयर एयर प्युरिफायरको डिजाईन यस्तो छ जसले शक्तिशालि प्रदर्शन र सर्कुलेशनले सास फेर्ने हावा सफा र ताजा बजाउँछ ।  यसको ३६० डिग्री डिजाईनको साथ यसले आन्तिरिक ठाउँलाई सुन्दर र सबै दिशाबाट प्रदुषकहरु पनि उवशोषित गर्दछ । यस प्युरिफायरसँग प्रशंसक र एयर प्युरिफायरको अनौठो संयोजन छ जसले सफा हावा ७.५ मिटरसम्म पुर्याउँछ । यसले सम्पुर्ण कोठामा सफा बुस्टरको रोटेसनको साथ सफा हावाको वितरण गर्न मदत गर्दछ । स्मार्ट थिनक्यिू टेक्नोलोजिले प्रदुषण स्तर जाँच गर्न र जहाँसुकैबाट एयर प्युरिफायर नियन्त्रण गर्न मदत गर्दछ । ग्राहकले घर पुग्नुभन्दा पहिले स्मार्ट थिनक्यिूबाट एलजी एयर प्युरिफायर खोल्न र ताजा हावाको तत्काल आनन्द लिन सक्नेछन् ।