विकासन्युज

माछापुच्छ्रे बैंकको ‘एजुकेसन हब’ सेवा शुरु

काठमाडौं । माछापुच्छ्रे बैंकले ‘एजुकेसन हब’सेवा शुरु गरेको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई उक्त सेवा प्रदान गर्ने भएको छ । बैंकले एकद्वार प्रणाली मार्फत सम्पूर्ण शैक्षिक कर्जा रअनलाईन भुक्तानी सेवा सम्बन्धित परामर्श तथा सेवाहरु सहज रुपमा प्रदान गर्ने उद्दश्यले उक्त ‘हब’ सञ्चालनमा ल्याएको हो । बैंकको काठमाडौं स्थित पुतलीसडक शाखाबाट उक्त सेवाहरु प्रदान गरिने बैंकले जनाएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुले शैक्षिक कर्जा सम्बन्धि सम्पूर्ण जानकारी प्राप्तगर्न सक्नेछन् साथै कर्जाको लागि आवेदन समेत दिन सक्नेछन् । यस सेवाबाट विशेष गरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरु लाभान्वित हुने कुरामा बैंक विश्वस्त रहेको साथै उक्त सेवा आउँदा दिनहरुमा आफ्ना अरु शाखा मार्फत समेत विस्तार गर्दै जाने लक्ष्य बैकले राखेको जनाएको छ । हाल बैंकका ९३ वटा शाखाहरु र ५७ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १५० स्थानबाट ग्राहकलाई बैंकिङ्ग सुविधाप्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ११४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

सेवा विस्तारमा आक्रामक बन्दै निजी एयरलाइन्स कम्पनीहरु, एकै महिनाभित्रै आउँदैछ ६ जहाज

काठमाडौं । निजी क्षेत्रमा ३ एयरलाइन्स कम्पनीहरूले फागुन महिनाभित्रै  ६ वटा जहाज ल्याउने भएका छन् । बुद्ध एयर, श्री एयरलाइन्स र यति एयरलाइन्सले एक महिनाभित्रै आन्तरिक उडानका लागि कम्पनीहरुले ७४ सिट क्षमताको उक्त जहाजहरू ल्याउन लागेका हुन् ।  हवाई यात्रुको संख्या बढ्दै जादाँ कम्पनीहरुले सेवा विस्तारलाई तिब्रता दिन थालेका हुन् । कम्पनीहरूकाे जहाज थप्ने प्रतिस्पर्धासँगै  नेपाली एयरलाइन्स व्यवसायमा नयाँ आयाम थपिन लागेकाे छ । बुद्ध एयरले ७४ सिट क्षमताको २ जहाज ल्याउने अन्तिम तयारी गरेको छ । आन्तरिक उडानमा करिब ५० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको बुद्ध एयरले २ जहाज फागुन महिनामै ल्याउने तयारी गरको हो । नयाँ आउने एटीआर ७२–५०० सिट क्षमता ७२ हुनेछ । त्याेमध्ये एउटा जहाज फागुनको तेस्रो साता काठमाडौं आइपुग्ने एयरका मार्केटिङ म्यानेजर रुपेश जोशीले बताए । अर्को जहाज एक हप्तापछि आइपुग्नेछ । उनका अनुसार एटिआरले आन्तरिक उडान समेत गर्नेछ । भरतपुर र पोखरामा एटिआर उडाउने कम्पनीले तयारी गरेको छ । कम्पनीले आगामी बैशाख २ गते एयरले काठमाडौंदेखि कोलकत्ता सिधा उडान शुरु गर्ने पनि तयारी गरेको छ । भर्खरै अन्तराष्ट्रिय उडानको अनुमति पाएको श्री एरलाइन्सले आन्तरिक उडानलाई प्रभावकारी बनाउन कम्पनीले २ जहाज थप्ने तयारी गरेको हो । जहाज फागुन महिनाको अन्त्यसम्म आइपुग्ने प्रबन्धक मानन्धरले जानकारी दिए । ७४ सिट क्षमताको २ वटा जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ, फागुनमा जहाज आएपछि सोहि जहाजले अन्तर्राष्ट्रिय चार्टर गर्न पाउनेछ । विमान खरिदको काम अघि अन्तिम चरणमा पुगेको एयरलाइन्स प्रमुख सुधिर मित्तलले बताए । उनका अनुसार विमान खरिदको लागि कम्पनीले डेढ अर्ब रुपैंया भन्दा बढी खर्च गर्नेछ । ४ वटा जहाजले आन्तरिक उडान गरिरहेको एयरलाइन्सको २ वटा जहाज काठमाडौं आएपछि जहाज संख्या ६ पुग्नेछ । सुरुमा दुबै जहाज नेपालभित्रका उडानमा प्रयोग गर्ने कम्पनीको तयारी रहेको छ भने वैकल्पिक रुपमा सोहि जहाजलाई अन्तर्राष्ट्रिय उडानमा प्रयोग गर्नेछ । हाल एयरलाइन्सले भैरहवा, विराटनगर, भद्रपुर, धनगढी, नेपालगञ्ज लगायत स्थानमा हवाई सेवा उपलब्ध गराइरहेको छ । नयाँ जहाज ल्याएपछि पोखरा र भरतपुरमा उडान सेवा विस्तार गर्ने कम्पनीको तयारी छ । कम्पनीले विदेशमा पनि हेलिकप्टर सेवा सञ्चालन गरिरहेको छ । कम्पनीसँग हाल ८ वटा हेलिकप्टर रहेको छ । यसैगरी यति एयरलाइन्सले पनि जहाज थप्ने तयारी गरिरहेको छ । आन्तरिक उडानलाई थप प्रभावकारी बनाउन २ वटा जहाज थप्ने तयारी गरेको छ । कम्पनीले ७२ सिट क्षमताको २ जहाज फागुनमै ल्याउन लागेको कम्पनी स्रोतले बताएको छ । कम्पनीले आन्तरिक उडानलाई थप प्रभावकारी बनाउन जहाज थप्न लागेको हो । हाल नेपालमा बुद्ध एयर, नेपाल एयरलाइन्स्, सुर्य एयरलाइन्स्, श्री एयरलाइन्स्, सिम्रिक एयरलाइन्स, सिता एयर, सुमित एयर, तारा र यति एयरलाइन्सले आन्तरिक उडान भर्दै आइरका छन् ।

फेब्रुअरीलाई ‘आयोडिन मन्थ’का रुपमा मनाइँदै, नुनबारे जनचेतना बढाउने उद्देश्य

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले अँग्रेजी महिना फेब्रवरीलाई आयोडिन मन्थको रुपमा मनाउने भएको छ ।  आयोडिनयूक्त नूनको प्रवद्र्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्यले उक्त कार्यक्रम गरेको हो । आयोडिनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिनाको रुपमा गत माघ १८ गते (१ फेबुवरी २०१९) देखी १ महिनाभरी सरकारले ‘आयोडिन मन्थ’को रुपमा मनाउने भएको छ । नेपालमा सन् १९९८ देखि फेब्रवरी महिनालाई आयोडिन मन्थको रुपमा मनाउँदै आएकोमा कम्पनीले यो वर्ष पनि निरन्तरता दिन लागेको हो । सरकारले सन् २०१८ सम्ममा ९० प्रतिशत पुर्याउने लक्ष्य लिइएकोमा २०१६ मै ९४.५ प्रतिशत पुगेको थियो । नेपाल यूनिभर्सल साल्ट आयोडिाइजेसनको सदस्य राष्ट्रको हैसियतले फेब्रवरी महिनालाई आयोडिन मन्थ घोषणा गरी महिनाभरी विभिन्न चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने भएको हो । यस कार्यक्रमबाट आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीको सम्बन्धमा आम जनसमुदायलाई जानकारी दिने साल्ट ट्रेडिङ्गले लक्ष्य लिएको छ । अभियानको क्रममा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको झोला टी सर्ट, पम्पेलट जस्ता सामाग्री वितरण गर्न साल्टले टोली समेत खटाउने जनाएको छ । साथै, कम्पनीले उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम संचालन गरकाे हाे ।

युनिभर्सल पावरको आईपीओ मंगलबार बन्द हुने ! अपरकाे भन्दा बढी ओपन रेञ्ज पाउने

काठमाडौं । युनिभर्सल पावर कम्पनीको आईपीओ मंगलबार बन्द हुने भएको छ । युनिभर्सलले दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्रीका लागि खुल्ला गरेको ९३ लाख २७ हजार ४ सय १० कित्ता शेयरमध्ये आइतबारसम्म ३३ लाख ९ हजार कित्ता शेयर बिक्री भएको र मंगलबार पनि उल्लेख्य आवेदक रहेकोले २९ गतेभित्रै सबै शेयरका लागि आवेदन पर्नसक्ने सम्भावना रहेको कम्पनीले जनाएको हो । ‘दुई दिनमा करिब ३८ प्रतिशत शेयर बिक्री भइसकेको छ, मंगलबार पनि आवेदकहरुको चाप उल्लेख्य छ, अन्तिम दिन आवेदकहरुको संख्या थप बढ्ने भएकोले मंगलबार नै शेयर निष्कासन बन्द हुन सक्छ ।’- कम्पनी स्रोतले भन्यो । मंगलबारसम्म सबै शेयर बिक्री नभए फागुन २६ गतेसम्म समय थप गर्न सकिनेछ । उक्त शेयरका लागि न्यूनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आइतबारसम्मको आवेदन र आवेदक संख्या हेर्दा प्रतिआवेदक औसत ८८ कित्ताका लागि आवेदन दिएका छन् । दुई दिनको आवेदन संख्या हेर्दा यदि मंगलबार नै शेयर निष्कासन बन्द हुने हो भने आवेदकले आवेदन गरेकै मात्रामा कम्पनीको शेयर प्राप्त गर्नसक्ने सम्भावना छ । कस्तो छ युनिभर्सलको शेयर ? युनिभर्सल पावरले दोलखा जिल्लाको खारे कोरिडोरमा ११ मे.वा. क्षमताको तल्लोखारे खोला जलविद्युत आयोजना बनाईरहेको छ । यसले ०७६ साउन देखि विद्युत्को व्यवसायिक उत्पादन गर्ने लक्ष्य लिएको छ । उक्त आयोजनामा हालसम्म कुनै पनि अवरोध नभएको र योजनाअनुरुप नै काम अघि बढिरहेको दाबी कम्पनीले गरेको छ । आयोजनामा बैंक अफ काठमाडौंको नेतृत्वमा सानिमा बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, जनता बैंक, लक्ष्मी बैंक र कैलाश विकास बैंकले संयुक्त रुपमा लगानी गरेको छ । आयोजनाको डिस्काउन्टेड पेब्याक अवधि नै १४ वर्ष रहेको उल्लेख गरिएको छ, यो यसअघि शेयर जारी भएका निजी क्षेत्रका विद्युत् परियोजनाको भन्दा राम्रो अवधि हो । यसअघि जोशी हाइड्रोपावर, आँखुखोला जलविद्युत् आयोजना लगायतका आयोजनाको पेब्याक अवधि २० वर्षभन्दा बढी अवधि थियो । युनिभर्सलको आर्थिक वर्ष २०७४/७५ को प्रतिशेयर नेटवर्थ ९९ रुपैंया १४ पैसा छ । त्यसैले, यसले ओपन रेञ्ज नै ९९.१४ देखि २९७.४२ रुपैंयासम्म पाउनेछ, यो भनेको अपर तामाकोशी आयोजनाको भन्दा राम्रो रेञ्ज हो ।

नाफामा राप्ती प्रादेशिक अस्पतालमा सञ्चालित फार्मेसी

काठमाडौं । सरकारी अस्पतालमा सञ्चालित फार्मेसी नाफामा जान थालेका छन् । दाङ तुलसीपुरमा रहेको मा सञ्चालनमा ल्याइएको फार्मेसीले चालू आर्थिक वर्षको छ महीनामा रु साढे ७ लाख बढी आम्दानी गर्न सफल भएको छ । अस्पतालका फार्मेसी इन्चार्ज सुलभ अधिकारीका अनुसार चालू आर्थिक वर्षको पुससम्म रु ७ लाख ५६ हजार १७८ नाफा कमाउन सफल भएको छ । कर्मचारीको तलब, अन्य खर्च कटाएर उक्त नाफा गर्न सफल भएको अधिकारीको भनाइ छ । चालू आर्थिक वर्षको ६ महीनामा बिरामीलाई रु ८ लाख ६६ हजार ८४० छुट प्रदान गरिएको छ । सबै सरकारी अस्पतालमा फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन दिएपनि राप्ती प्रादेशिक अस्पतालमा पनि २०७३ माघमा सञ्चालनमा आएको हो । अस्पतालमा फार्मेसी सञ्चालन भएदेखि अहिलेसम्म करीब रु १४ लाख ४३ हजार ३८८ बचत रहेको उनकाे रहेकाे छ । फार्मेसी सञ्चालनमा आएदेखि अहिलेसम्म रु ३६ लाखभन्दा बढी बराबर बिरामीलाई छुट दिएको जनाएका छन् । अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन भएपछि आम्दानीको राम्रो स्रोत बन्ने गरेको उनको भनाई रहेको छ । औषधिको प्रकारअनुसार पाँचदेखि ५० प्रतिशतसम्म छुट पाउने गरेका छन् । अहिले फार्मेसीमा करीब ९०० प्रकारका औषधि उपलब्ध रहेको अधिकारीले बताए । निजी अस्पताल भन्दा सस्तोमा औषधि पाउन थालेपछि फार्मेर्सीको काउण्टरमा भीड लाग्ने गरेको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सर्वेश शर्माले बताएका छन् । अस्पतालको फार्मेसीबाट दैनिक रु ५० हजार बराबरको औषधि बिक्री हुन्छ । नेपाल फार्मेसी सङ्घ दाङका अध्यक्षसमेत रहनुभएका अधिकारीले सबै स्थानीय तहमा फार्मेसीको दरबन्दी सिर्जना गर्नुपर्नेसमेत बताउनुभयो । उहाँका अनुसार प्रत्येक स्थानीय तहमा फार्मेसी सञ्चालन भए पनि फार्मेसीको दक्ष जनशक्ति नहुँदा अनुमानको भरमा औषधि दिने गरिएको छ । अहिले फार्मेसी सञ्चालनका लागि दुई कोठामात्रै भएकाले सेवा प्रदान गर्न समस्या हुने गरेको फार्मेसी इन्चार्ज सुलभ अधिकारीले भने । औषधि स्टोरका लागि दुई कोठामा मात्रै असहज भएकाले स्टोरका लागि थप कोठा आवश्यक भएको बताएका छन् । रासस

एनएमबि माइक्रोफाइनान्सको सीईओमा मुरलीप्रसाद लम्साल नियुक्त

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मुरलीप्रसाद लम्साल नियुक्त भएका छन् । आइतबार बसेको संस्थाको ८२औँ संचालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा लम्साललाई नियुक्त गरेको हो । सीईओ पदमा नियुक्त भएसँगै नवनियुक्त लम्सालले आगामी फागुन १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नेछन् । अब लम्सालले आगामी ४ वर्षसम्म माईक्रोफाइनान्सको सीईओ पदको जिम्मेवार सम्हाल्ने करार सम्झौता गरेको छन् ।

नेपाल इन्स्योरेन्स आक्रामक बजार विस्तारमा, ५०% प्रिमियमसहित बीमा लेख संख्या १३६ %ले बढ्यो

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षमा आक्रामक बजार विस्तार गरेको छ । सरकारी स्वामित्व समेत रहेको नेपालकै सबैभन्दा पुरानो इन्स्योरेन्स कम्पनीको रुपमा रहेको इन्स्योरेन्सले यो आर्थिक वर्षको पहिलो छ महिनामा कुल बीमालेख संख्या अघिल्लो आर्थिक बर्षको सोही समयको तुलनामा १३६ प्रतिशतले बढाएर ७१ हजार पुर्याउँदा खुद बीमाशुल्कमा करिब ५० प्रतिशतको वृद्धि हासिल गरेको छ । इन्स्योरेन्सले उक्त अवधिमा २४ करोड १ लाख रुपैंया खुद प्रिमियम संकलन गरेको हो । उक्त अवधिमा नेपाल इन्स्योरेन्सले पुनर्बीमा कमिसनबापत ८ करोड १९ लाख रुपैंया आर्जन गरेको छ भने अन्य लगानीबाट ३ करोड ८४ लाख रुपैंया आर्जन गरेको छ । ६१ करोड ७६ लाख चुक्ता पुँजी रहेको नेपाल इन्स्योरेन्सले तीन महिनाको अवधिमा जगेडा कोषमा करिब १ करोड र बीमाकोषमा करिब साढे २ करोड रुपैंया बढाएर क्रमशः २७ करोड ३६ लाख र २३ करोड १४ लाख रुपैंया पुर्याउएको छ । ६ महिनासम्मको अवधिमा कम्पनीले ९२८ ओटा दाबी भुक्तानी गर्दा कुल १७ करोड २३ लाख रुपैंया भुक्तानी गरेको छ । कम्पनीकाे खुद नाफा भने ६ महिनामा ७ करोड कायम भएको छ जुन अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा करिब ७१ प्रतिशतले बढी हो । तत्कालिक प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले समालेपछि खस्कदै गएकाे याे कम्पनीकाे व्यवस्थापकिय नेतृत्व  विजयबहादुर शाहले लिएपछि व्यवसाय विस्तारमा उल्लेख्य वृद्धि अाएकाे छ । नेपाल बैंककाे स्वामित्वमा रहेकाे सेयर लिलामी पछि कम्पनीकाे सेयर संरचना र बाेर्ड संरचनामा पनि परिवर्तन भएकाे छ ।

२०१४ मा शुरू ब्रोडगेज रेल्वे १ वर्षभित्र सञ्चालनमा आउने तयारी

काठमाडौं । २०१४ मा निर्माण शुरू भएकाे ब्रोडगेज रेल्वे १ वर्षभित्र सञ्चालनमा आउने तयारी  भएकाे छ । भारत सरकारको रु ७ अर्ब २० करोडको आर्थिक सहयोगमा ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा शुुरु गरिएको हो । विसं १९९४ शुरु भएको विजलपुरा (भङ्गाहा महोत्तरी)–जनकपुर(धनुषा)–जयनगर ५१ किमी रेलमार्ग विसं २०५८ मा बाढीले विग्हीपुल भत्काएपछि रेल सेवा जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो । सो रेलमार्गमा पनि स्तरोन्नतिको काम शुरु गरिएसँगै विभागले विसं २०७० मै रेल सेवा बन्द गराएको थियो । इजोतीयाजस्तै कुर्था स्टेशन नजिकका महोत्तरी जिल्लाका लोहारपट्टी, बलबा र भङ्गाहा नगरपालिकाका बासिन्दा पनि आफ्नो रेल चढ्ने आस अधुरै रहेको बताउँछन् । बर्दिवास–जयनगरसम्मको ६९ किमी दूरीमा तीन चरणमा काम भइरहेको रेल विभागले जनाउँदै आएको छ । पहिलो जयनगरबाट कुर्था, दोस्रो कुर्थाबाट महोत्तरीको भङ्गाहा (बिजलपुरा स्टेशन) र तेस्रो भङ्गाहाबाट बर्दिवास रहेको छ । पहिलो चरणमा रेल प्राप्त हुनासाथ सञ्चालन हुने र दोस्रो चरणमा कुर्थादेखि भङ्गाहासम्मको १७ किलोमिटर दूरीमा लिक ओछ्याइने र एक वर्षभित्रै सेवा सञ्चालन हुने गरी काम भइरहेको रेल विभागले जनाएको छ । “सन् २०१९ भित्रै कुर्थादेखि भङ्गाहा (विजलपूरा स्टेशन) सम्म रेल सञ्चालन भइसक्छ” रेल विभागका प्रवक्ता अमन चित्रकारले  विभागको तालीकाअनुसार भङ्गाहाबाट बर्दिवाससम्मको १८ किलोमिटर दूरीमा पनि सन् २०२० भित्र रेल सञ्चालन हुने गरी काम हुनेछ जानकारी दिएका छन । यद्यपि बिजलपुरा स्टेशनदेखि बर्दिवाससम्मको १८ किमी दूरीमा भने अझै जग्गा मुआब्जाको कुरा नटुङ्गिएकाले प्रवक्ता चित्रकारको भनाइअनुसार काम हुनेमा यस भेगका सर्वसाधारण आश्वस्त भने देखिँदैनन् । पहिलो चरणको काम सम्पन्न भएर हस्तान्तरणको तयारी रहेको, दोस्रो चरणअन्तर्गतको कुर्थादेखि भङ्गाहासम्मको खण्डमा माटो सम्याउने, ग्राबेल ओछ्याउने र पुलपुलेसा निर्माणको काम अन्तिम चरणमा रहेको विभागले जनाएको छ । यता तेस्रो चरणमा काम सम्पन्न गरिने भनिएको भङ्गाहाको बिजलपुराबाट बर्दिवासम्मको १८ किमी दूरीभित्र काम अघि बढ्न अझै अन्योल नै छ । रासस