नागरिक समाजद्धारा कृषि मन्त्रीलाई खाद्य अधिकार मस्यौदा हस्तान्तरण

<p>काठमाडाैं ।  खाद्य अधिकारका लागि कार्यरत नागरिक समाजले नागरिक समाज भर्सन नियमावली २०७५को मस्र्यौदा कृषि मन्त्री घनश्याम भुसाललाई हस्तान्तरण गरेका छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै समाजले मन्त्रीलाई नियमावली हस्तान्तरण गरेका हो । अखिल नेपाल किसान महासंघका अध्यक्ष तथा पुर्व कृषि तथा पशुपन्छी विकास मन्त्री हरी पराजुलीको नेतृत्वमा गैर सरकारी संस्था महासंघ, खाद्यअधिकार राष्ट्रिय सञ्जाल, [&hellip;]</p>

काठमाडाैं ।  खाद्य अधिकारका लागि कार्यरत नागरिक समाजले नागरिक समाज भर्सन नियमावली २०७५को मस्र्यौदा कृषि मन्त्री घनश्याम भुसाललाई हस्तान्तरण गरेका छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै समाजले मन्त्रीलाई नियमावली हस्तान्तरण गरेका हो ।

अखिल नेपाल किसान महासंघका अध्यक्ष तथा पुर्व कृषि तथा पशुपन्छी विकास मन्त्री हरी पराजुलीको नेतृत्वमा गैर सरकारी संस्था महासंघ, खाद्यअधिकार राष्ट्रिय सञ्जाल, दलित गैर सरकारी संस्थामहासंघ आदि संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा फियान नेपालले नियमावली हस्तान्तरण गरेको हो ।

नियमावली बुझ्दै मन्त्री भुसालले निमावलीलाई अध्ययन गर्ने र मन्त्रालयले निर्माण गर्ने नियमावलीको लागि उक्त नियमावली महत्वपूर्ण सामाग्रीको रुपमा रहने बताए । उनले खाद्यअधिकार तथा खाद्य सम्प्रभूतको कार्यान्वयनका लागि चाँडो भन्दा चाँडो नियमावली निर्माण गर्ने बताए ।

नागरिक समाज संघ संस्थाहरुले विगत लामो समयदेखि खाद्यअधिकार र खाद्य सम्प्रभुताका मुद्धालाई उठान गर्दै आएको छ । किसान र कृषि क्षेत्रको आवश्यकता साथै समग्र किसानहरुको अगुवाई गरेको अनुभवको आधारमा सबै सरोकारवाला निकायको तर्फबाट यो नियमावली बनेको पराजुलीले बताए ।

Share News