विकासन्युज

स्वयंम्भुमा कृषि विकास बैंकको नयाँ शाखा

काठमाडौं । कृषि विकास बैंकको नयाँ शाखा स्वयंम्भुमा तत्कालिन कार्यरत कर्मचारी केदार गौतम खाताको दुरुपयोग गरेको देखिन्छ । बैंकको आन्तरिक रेमिट खाताको दुरुपयोग गरी करिब ३४ करोड रुपैयाँ रकम हिनामिना गरेको देखिएको सन्र्दभमा केदार गौतम लगायत अनियमिति कार्यमा संलग्न अन्य व्यक्तिलाई बैकिङ्ग कसुर अन्र्तगत अदालतमा मुद्दा चलिरहेको र केदार गौतम लगायत अनियमिततामा संलग्न व्यक्तिहरु कैद भोगिरहेका छन । उक्त हिनामिना भएको रकममा बैंकका कुनै पनि निक्षेप ग्राहकहरुबाट राखीएको निक्षेपको दुरुपयोग तथा हिनामिना नभएको तथा निक्षेप ग्राहकहरुको निक्षेप पूर्ण सुरक्षीत रहेको । हालसालै उल्लेखित विषयमा सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानविन भै तत्काल बैकमा कार्यरत कर्मचारी केदार गौतम लगायत अनियमिततामा संलग्न विरुद्ध भ्रष्टाचार मुद्धा समेत दायर भएको ।

बीमा संस्थानद्वारा ५० जना अभिकर्तालाई आधारभुत तालिम प्रदान

काठमाडाैं । राष्ट्रिय बीमा संस्थानले ५० जना अभिकर्तालाई तालिम दिएको छ । संस्थानले मंसिर ७ गतेदेखि ९ गतेसम्म अभिकर्ताहरुलाई तालिम दिएको हो । बजारमा संस्थानको उपस्थिती मजदुत पार्नका लागि अभिकर्ताहरुलाई तालिम दिएको बताएको छ । तालिममा बीमा महत्व, बीमा सम्बन्‍धी ऐन, नियमावली तथा विनियमहरु, अभिकर्ताहरुको सेवा तथा सुविधाहरु, बीमा बजारीकरण तथा बिक्रयकलाछको बारेमा जानकारी गराइएको संस्थानका नायव(महाप्रबन्धक महेश रिमालले बताए । विगत लामो समयदेखि निरन्तर आफ्ना अभिकर्ताहरु मार्फत बीमासेवा प्रदान गर्दै आएको संस्थानले आक्रामक रुपमा अभिकर्ता संख्यमा बृद्धि गर्ने योजनामा छ । यससँगै देशभर अभिकर्ताहरुको संख्यामा बृद्धि गर्ने कार्यमा अघि बडेको संस्थानले पश्‍चिमको सुर्खेत, धनगढि र नेपालगंजमा बीमा बजार विस्तार गर्नको लागि यो तालिम संचालन गरिरहेको छ। हाल संस्थानले सावधिक जीवन बीमा, बालबच्चाको शिक्षा तथा विवाह जीवन बीमालेख, बालउमङ्ग जीवन बीमा, जीवन साथी जीवन बीमा , जीवन सुरक्षा जीवन बीमा जस्ता बिभिन्‍न बीमालेखहरु बीक्रि गरिरहेको छ।  जन्मेदेखि टछ बर्षसम्म जुनसुकै उमेर समुहको जीवन बीमा संस्थानमा गर्न सकिने कुरा संस्थानले दावि गरेको छ।

२६ वर्षदेखि बन्द गोकुलेश्वर विमानस्थलको काम यसै वर्ष शुरु

दार्चुला । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाको गोकुलेश्वर विमानस्थल चालू आर्थिक वर्षभित्रै निर्माण शुरु हुने भएको छ । छब्बीस वर्षदेखि बन्द विमानस्थलको प्राविधिक प्रतिवेदन तथा स्थलगत निरीक्षण भएसँगै विमानस्थल निर्माण सञ्चालन हुने भएको हो । गत कात्तिक अन्तिम साता नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले दिएको प्रतिवेदनका आधारमा राष्ट्रिय योजना आयोगको टोलीले गोकुलेश्वर विमानस्थलको स्थलगत निरीक्षण गरेको थियो । आयोगका सदस्य डा. रामकुमार फुयाँलले विमानस्थल निर्माण चालू आवभित्रै सञ्चालन हुने जानकारी दिएका छन् । “प्राविधिक प्रतिवेदनका आधारमा गोकुलेश्वर विमानस्थललगायत सुदूरपश्चिमका अन्य विमानस्थलको निरीक्षणमा आएका हौँ”, उनले भने, “गोकुलेश्वर विमानस्थल सञ्चालन गर्न धेरै समस्या छैन ।” दार्चुला–बैतडी जोड्ने चमेलिया पुलका कारण त्यति धेरै समस्या नभएको तर विमानस्थल सञ्चालन गर्न मैदानमा माटो थप्नुपर्ने बताए । यस्तै सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा रहेको गोकुलेश्वर बहुमुखी क्याम्पसका केही भाग तथा चार निजी घरले थोरै समस्या भए पनि विमानस्थल सञ्चालन गर्न गाह्रो नभएको उनको भनाइ छ । विमानस्थल माटो भरेर निर्माण गर्न सकिन्छ । यसका लागि झण्डै रु पाँच करोड खर्च हुने अनुमान गरिएको छ । दुई जिल्ला जोड्ने मोटरेवल पुल हटाउँदा रु ३० करोड खर्च हुन्छ । नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर प्रतीक प्रधानको टोलीले दिएको प्राविधिक प्रतिवेदनअनुसार अहिले विमानस्थलको अवस्थाबारे निरीक्षण भइरहेको छ । आयोगका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसमेत हेर्दै आएका सदस्य फुयाँलले विमानस्थल निर्माणको औचित्यसहितको प्रतिवेदन स्वीकृतिसँगै निर्माण अघि बढ्ने बताएका छन् । विसं २०५०÷५१ देखि पूर्णरूपमा बन्द गोकुलेश्वर विमानस्थल सञ्चालन गर्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद गणेशसिंह ठगुन्नालगायतको पहलले गर्दा अहिले प्राविधिक निरीक्षण भएको हो । चालू आवमा विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन, सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन, स्तरोन्नतिलगायतका लागि सरकारले रु एक करोड बजेट विनियोजन गरेको छ । तत्कालीन बोहरीगाउँको देवथलीमा प्रस्ताव गरिएको विमानस्थल निर्माण गर्न स्थानीयवासीले स्वीकृति नदिएपछि चमेलिया नदी किनारमा रहेको गोकुलेश्वरमा विसं २०४४÷४५ तिर विमानस्थल निर्माणको काम शुरु भएको थियो । विसं २०४६ देखि सञ्चालनमा आएको गोकुलेश्वर विमानस्थल २०५० देखि पूर्णरूपमा बन्द भएको हो । तत्कालीन सशस्त्र द्वन्द्वका कारण विमानस्थल पुनः सञ्चालन गर्न सकिएको थिएन । विसं २०६० देखि कार्यालय सहयोगीका भरमा छाडिएको विमानस्थल अहिले जीर्ण छ । यो विमानस्थल गाई, भैंसी चरन तथा खेलमैदानका रूपमा प्रयोग हुँदै आएको छ । नेपाल भ्रमण वर्ष शुरु हुनै लाग्दा सरकारले देशभर बन्द रहेका र नयाँ निर्माण गर्नुपर्ने विमानस्थलको निरीक्षण, सम्भाव्यता अध्ययन र स्तरोन्नतिको काम थालनी गरेको छ । विमानस्थल सञ्चालन गर्न सके दार्चुला, बैतडी र बझाङका नागरिक लाभान्वित हुनेछन् । पर्यटन विकास, जनजीविका, व्यापार र यस क्षेत्रको विकासका लागि यो विमानस्थल निर्माण जरुरी रहेको आयोगका सदस्य फुयाँल बताउँछन् । प्राविधिक रूपले यो विमानस्थलको लम्बाइ चौडाइ पनि बढी नै छ । बैतडीको पाटन विमानस्थलभन्दा गोकुलेश्वर विमानस्थलको लम्बाइ र चौडाइ बढी छ । विमानस्थलका लागि सामान्यतया ६०० मिटर लम्बाइ र ४० देखि ५० मिटर चौडाइ हुनुपर्ने हुन्छ तर गोकुलेश्वर विमानस्थलको लम्बाइ ६५० तथा चौडाइ ८७ देखि १३५ मिटर रहेका कारण विमानस्थल सञ्चालन गर्न उपयुक्त रहेको फुयाँलको भनाइ छ । विमानस्थल सञ्चालन नहुँदा पर्यटकीय र व्यापारिक सम्भावना बोकेको दार्चुलाको पर्यटन प्रवद्र्धन हुनसकेको छैन । प्रदेश राजधानीबाट झण्डै ३५० किलोमिटर सडकमार्गबाट पुगिने दार्चुला सदरमुकामसम्म पुग्न कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । “यो विमानस्थल सञ्चालन गर्न हामी निरन्तर पहल गर्छौँ”, सदस्य फुयाँलले भने, “हामीले प्रतिवेदन दिएपछि मन्त्रीस्तरको भ्रमण हुन सक्छ, यो विमानस्थल बन्नेमा अब कुनै दुविधा छैन ।” “दार्चुला जडीबुडी, पर्यटन र उद्योगको लागि उपयुक्त छ । यी सबै कुरा जोड्नका लागि सडक यातायात र हवाई यातायात पूर्वाधार आवश्यक हुन्छ”, उनले भने । यस क्षेत्रको पर्यटकीय विकासका लागि आयोगले विशेष ध्यान दिएको भन्दै उनले सरकारको प्राथमिकतामा रहेको राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माणाधीन दार्चुला–तिङ्कर सडक, महाकाली करिडोर निर्माण र अन्य सडक प्राथमिकताका साथ अघि बढाइने बताए । हामीले महाकाली करिडोरअन्तर्गतको दार्चुला–तिङ्कर सडक निर्माणलाई कूटनीतिक र रणनीतिकरूपमा निर्माण गर्नुपर्नेमा उनको जोड छ । यस क्षेत्रको विकासका लागि दार्चुलामा निर्माणाधीन महाकाली करिडोरअन्तर्गत दार्चुला–तिङ्कर, गोकुलेश्वर–विटुले–पारिबगर–खण्डेश्वरी, गोकुलेश्वर–खार–खलङ्गा सडक तथा महाकाली करिडोरको लाली क्षेत्र भएर आउने सडक निर्माण पहिलो प्राथमिकतामा राखेर योजना अघि बढाइनुपर्ने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सुझाव दिएका छन् । यी सडक पूर्वाधार र हवाई यातायात सञ्चालन गर्न सकिने हो भने दार्चुलाको पर्यटकीय दृष्टिकोणले महत्व बढ्ने उनको भनाइ छ । जिल्लाको अपि नाम्पा संरक्षण क्षेत्र सरकारले घोषणा गरेको सय पर्यटकीय गन्तव्यको सूचीमा छ । अपि नाम्पा संरक्षण क्षेत्रभित्र अपि हिमाल, नाम्पा हिमाल, कापु, जेठबहुरानीलगायत उच्च हिमशृङ्खला छन् । यार्सागुम्बालगायत ७५ प्रकारका जडीबुटी र २२ प्रकारका वन्यजन्तु यही क्षेत्रमा छन् । दार्चुला उद्योग वाणिज्य सङ्घका अध्यक्ष मङ्गलसिंह ठगुन्ना पर्यटकीय क्षेत्रको विकासका लागि हवाई र सडक यातायात प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । हामीसँग सडक पूर्वाधार निर्माण गरिएका छैनन् । होटल व्यवस्थापन गरिएको छैन । नेपाल भ्रमण वर्षका लागि भए पनि सरकारले पूर्वाधार क्षेत्रको विकासलाई दु्रतगतिमा निर्माण गर्नुपर्नेमा उनको जोड छ । सरकारले यस वर्ष दार्चुलामा पदमार्ग निर्माण, पूर्वाधार निर्माणलगायतमा झण्डै रु डेढ करोड बजेट विनियोजन गरेको छ । सोअनुसार राप्ला–व्यास हुँदै कैलाशमार्ग निर्माणका लागि रु ३५ लाख, खण्डेश्वरी–घुसा हुँदै अपि आधार शिविरसम्मको पदमार्ग निर्माणका लागि रु २५ लाख, उकु–महललगायत पूर्वाधार निर्माणमा रु ६० लाख विनियोजन गरेको छ । आयोगको टोलीले बैतडीमा निर्माणाधीन पाटन विमानस्थलको पनि स्थलगत निरीक्षण गरेको छ । पुस मसान्तभित्र निर्माण सक्ने लक्ष्य लिइएको पाटन विमानस्थलको काम यही महिनाभित्र सकिने आयोगका सदस्य फुयाँलले बताए । विमानस्थलको पर्खाल, ढल निकास तथा टावर निर्माण गर्न सकियो भने चाँडै बैतडीको पाटन विमानस्थल सञ्चालन हुने उनको भनाइ छ । टोलीले डडेल्धुराको अजयमेरुकोट विमानस्थल तथा धनगढी विमानस्थलसमेत निरीक्षण गरेको छ । रासस

भन्सार शुल्कबाट २४ अर्ब राजश्व संकलन, लक्ष्यभन्दा ४६ प्रतिशतले वृद्धि

रसुवा । रसुवागढी नाकाबाट सामान आयात निर्यात हुन थालेपछि प्राप्त राजश्वको यकिन तथ्याङ्क सार्वजनिक भएको छ । विसं २०७२ मङ्सिर १५ देखि २०७६ मङ्सिर ७ सम्मको कूल भन्सार शुल्क तथा मूल्य अभिवृद्धि करसमेतको राजश्व रु २४ अर्ब ६६ करोड ७१ लाख ५० हजार सङ्कलन भएको छ । नेपाली बजारका लागि चीनबाट आयात हुने मालवस्तुमा जुत्ता, चप्पल, बच्चाका खेलौना, थर्मस, यान्त्रिक पार्टपुर्जा, विद्युतीय सामान, लत्ताकपडा तथा खाद्यान्नलगायत सामग्रीको शुल्कवापत भन्सार राजश्व प्राप्त भएको भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिएका छन् । यसैगरी, नेपालबाट चीनतर्फ बाँसबाट निर्मित मुढा, हस्तकला, क्युरियोका सामान, तामाका भाँडाकुँडा र गलैँचा रसुवागढी नाकाबाट जाने गरेको छ । चालु आवको साउनदेखि कात्तिक मसान्तसम्म हेर्दा लक्ष्यभन्दा ४६ प्रतिशत राजश्व वृद्धि भएकोे छ । सामान आयातको परिमाण बढेपछि भन्सार शुल्कसमेत दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । चिनियाँ सामग्री बोकेर भन्सार हातामा प्रवेश गरेका मालवाहक ट्रकमध्ये सरदर दैनिक ६०÷७० वटा जाँच हुने गरेको छ । छिटोछरितोे जाँच परीक्षणका लागि ३० जाँचकी अहोरात्र खटिरहेको भन्सार कार्यालयले जनाएको छ । कर्मचारीको मेहनेतबाटै मङ्सिरको पहिलो हप्तामै रु ३० करोड ६० लाख भन्सार शुल्क असुली गर्न सफल भएको बताइएको छ । भन्सारको कार्यसम्पादन गर्न १० अधिकृतसहित समग्रमा ६१ कर्मचारी कार्यरत छन् । तिनको तलबभत्तालगायतमा मासिक रु ५० लाख खर्च हुने गरेको जनाइएको छ । पूर्वाधारको कमी, सडक जीर्ण र चाडपर्वका बेला ल्याइने सामान काठमाडौं पुर्याउन राजमार्गमा हुने बाढीपहिराको समस्या जस्ता चुनौती भए पनि सडक सुधार र स्तरोन्नति तथा एकीकृत भन्सार तथा सुख्खा बन्दरगाह निर्माण अगाडि बढिरहेकाले अबको केही समयपछि नेपालको उत्तरी नाका व्यवस्थित र आकर्षण हुने अपेक्षा गरिएको प्रमुख भन्सार अधिकृत खड्काले बताए । घरेलु प्रयोजनका लागि भन्दै सानातिना पोके व्यापारीले दिनानुदिन बोकेर ल्याउने क्रम बढेपछि भन्सार शुल्क बेगरको सामान ल्याउन रोक लगाएको छ । जुन व्यापारीले व्यावसायिक प्रयोजनका लागि ल्याउने सबै प्रकारका सामानको परिमाणका आधारमा निर्धारित दररेटअनुसारको भन्सार शुल्क तिर्नुपर्ने र राजश्व चुहावट रोक्न सशस्त्र प्रहरी २१ नं गुल्मले पहरा दिइरहेको भन्सार कार्यालयले जनाएको छ । राजश्व चुहावट रोक्न नाकाको अलावा सम्भावित गौँडा र भन्सारको हातामा समेत आफ्नो गुल्मले अहोरात्र गस्ती दिइरहेको सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं राजश्व गस्ती २१ नं गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिएका छन् । रासस

अंग्रेजी भाषालाई व्यवहारिक बनाउन विद्यार्थीलाई शिक्षण तालिम प्रदान

काठमाडाैं ।  कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीहरूको अङ्ग्रेजी भाषा कलालाई व्यवहारिक बनाउने उद्धेश्यकासाथ सुरु गरिएको एकदिवसिय शिक्षण तालिम दिइएकाे छ । उनीहरुमा अंग्रेजी भाषाको ज्ञानलाई थप मजबुत बनाउने लक्ष्यका साथ कार्यक्रम गिरएकाे हाे । ललितपुरकाे सेन्ट जेभियर्स स्कुलमा भएको कार्यक्रममा अक्सफोर्ड युनिभर्सिटी प्रेसको पुस्तक समेत बिमोचन गरिएको छ । अक्सफोर्ड न्यू पाथ–फाइन्डर : एन इन्टरएक्टिभ कोर्ष इन इङ्गलिस नामको पुस्तक बिमोचन गरिएको हो । पुस्तकको लेखक गायत्री खन्ना हुन । उनके प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा डि.ए.भी.विद्यालयकी प्रिन्सिपल भुवनेश्वरी राव, सेन्ट जेभियर्स स्कुल जाउलाखेल, ललितपुरका प्रिन्सिपल फादर जर्ज एम.पी.एस.जे लगाएत काठमाण्डौँ उपत्यकाका विभिन्न प्रतिष्ठित विद्यालयहरूका प्रिन्सीपल, डाइरेक्टर र शिक्षक–शिक्षिकाहरूको उलेख्य सहभागिता थियो ।

पोर्चुगलको सडकमा नेपाली युवाको वास, हालसम्म २९ जनाकाे अकालमा मृत्यु

लिस्वन । नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । त्यसमा पनि युरोपेली मुलुक पोर्चुगलमा आउने नेपालीको सङ्ख्या दैनिकजसो बढेको बढ्यै छ । उनीहरु सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, नागरिकता र युरोपियन पासपोर्ट (रातो पासपोर्ट) का कारण पोर्चुगल आउने गर्दछन् । नेपालबाट सपना बुनेर पोर्चुगल आइपुगेकाको जीवन भने कष्टकर नै छ । साहुसँग चर्को ब्याजमा ऋण काढेर युरोप आएका तिनै नेपाली जागिरकै लागि दिनरात भौतारिनुपर्ने अर्को चुनौती पनि छ । पछिल्लो समय समस्यै समस्याका कारण नेपाली युवाको वास पोर्चुगलका मुख्य सडक बन्ने गरेको छ । तर यसप्रति कसैको चासो भने छैन । सडक जीवन बिताउने नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेको भनाइ छ । उनका अनुसार गलत सङ्गत र धैर्य गर्न नसक्दा नेपाली युवाको वास सडकमा पुगेको हो । ‘साथीभाइ पोर्चुगलमा यथार्थ भन्दा धेरै ठूलो सपना बोकेर आउनुहुन्छ वा महत्वाकांक्षी सपना बुन्नु हुन्छ तर त्यस्तो खालको सोचाइ र सपना रातारात पूरा हुने अवस्था छैन, यहाँ मात्र होइन कहींँ गए पनि त्यस्तो हुँदैन । उनले भने, “सडकको वास नेपाली समुदायमा निकै जटिल समस्याको रुपमा देखापरेको छ । यसको समाधान चुनौतीको रुपमा देखा पर्न थालेको छ ।” किन सुत्छन् सडकमा कामका लागि भन्दै नेपालमा साहु महाजनसँग ऋण लिएर पोर्चुगल छिर्नैहरु काम नपाएर छटपटाउनुपर्ने विकराल समस्या पैदा भएको छ । विकृति, गलत सङ्गत, कुलत, महत्वाकांक्षा र अस्वभाविक सपना टुट्ने र फुट्ने हुँदै जीवन सडकको पेटीमा पुग्ने गरेको जानकारहरु बताउँछन् । पोर्चुगलको व्यस्त सडकमा सडक जीवन बिताइरहेका पोखरा र काठमाडौँका दुई युवाले आफ्नो परिचय नखुलाउने सर्तमा आफ्नो पीडा सुनाए । “सपना ठूलो थियो । तर सपना देख्दादेख्दै सडकमा आइपुगेको पत्तै भएन्”, उनीहरु भन्छन्, “हामी सम्पन्न परिवारमा हुर्के बढेका । तर आज गलत सङ्गत र कुलतकै कारण सडकछापमा परिणत भयौं ।” सडकमै खाने, सडकमै सुत्ने र सडकमै रमाउने उनीहरु नेपाल फर्किने सोचमा भने छैनन् । घरपरिवारबाटसमेत साथ पाउन छाडेका उनीहरुले नेपाल गएर पारिवारिक स्नेह र वातावरणमा सुध्रन्छु भन्ने आशा नरहेको गुनासो गर्छन् । मनोविज्ञानका ज्ञाता पनि परिवारले आफ्ना सन्तानको ख्याल नगर्दा कुलतमा फस्ने बताउँछन् । कुलत, डिप्रेसन अस्वथ्य र बैराग भएर सडक जीवन बिताउने नेपालीलाई उद्धार गर्नुपर्नेमा मनोविज्ञानका जानकार राज क्षेत्रीको भनाइ छ । सरोकारवाला उत्तिकै अग्रसर सडकजीवन बिताइरहेका नेपालीप्रति नेपाली समुदाय र लिस्वनस्थित अवैतानिक वाणिज्यदूतावास निकै गम्भिर बनेको छ । समस्यामा परेका आफ्ना नेपालीलाई सहयोग गर्ने र नेपाल फर्कन चाहनेलाई नेपाल पठाएको तथ्याङ्क पनि वाणिज्यदूतावाससँग छ । कामको सिलसिलामा पोर्चुगल आउनेलाई ठूलो सपना नदेख्न र कूलतमा नफस्न लिस्वनका लागि अवैतानिक वाणिज्यदूत मकरबहादुर हमालको सुझाव छ । उनी समस्याको समाधान र न्यूनीकरण गर्न आफूले यथाशक्य प्रयत्न गरिरेको बताएका छन्् । एनआरएनए पोर्चुगल, नेपाली समाज र अवैतानिक वाणिज्यदूतावासको सामूहिक पहलमा सडकमा पुगेका नेपालीलाई उद्धार गर्न सकिन्छ । उनीहरुको अवस्थाबारे परिवारलाई जानकारी गराएर नेपाल फर्काउन वा सुधार केन्द्रमा पठाउन सकिने जानकारहरु बताउँछन् । समस्या समाधानको लागि उनीहरुलाई काउन्सिलिङ गर्ने, हेल्प डेक्स सञ्चालनमा ल्याउने र पोर्चुगलको परोपकारी सङ्घ संस्था सङ्गसमन्वय गरी उद्दार गर्न सकिन्छ । पोर्चुगलमा ३० हजार नेपाली कुनैबेला रोजगारीका लागि छिमेकीमुलुक भारत, मलेसिया, कतार, साउदी, दुवईलगायतका मुलुकमा पुग्ने नेपाली पछिल्लो समय पोर्चुगल आउन थालेका छन् । अहिले दैनिकजसो पोर्चुगलमा नेपाली आइरहेका छन् । त्यसैले पनि पोर्चुगलमा ३० हजार नेपाली बसोवास गरिरहेको अनुमान छ । रातो पासपोर्ट पाउने र सुविधायुक्त जीवनयापन गर्न पाइने भन्दै दिनप्रतिदिन यो सङ्ख्या बढ्दो छ । विशेषगरी कृषि र रेष्टुरेन्टमा काम पाइने हुनाले नेपालीको आकर्षण पनि बढेको जानकारहरु बताउँछन् । सन् २०१० देखि हालसम्म पोर्चुगलमा २९ जना नेपालीले अकालमा मृत्यु भएको तथ्याङ्क छ । रासस

थप २ बन्दरगाह प्रयोग गर्न दिन भारतसँग माग, पानीजहाज सञ्चालनमा सम्झौता हुँदै

काठमाडौं । नेपालले भारतसँग थप २ ओटा सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न पाउनुपर्ने माग गरेको छ । मंगलबारबाट काठमाडौंमा सुरु भएको नेपाल नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठकमा नेपालले भारतसमक्ष मुन्द्रा र धाम्रा बन्दरगाह प्रयोग गर्न दिन माग गरेको हो । मुन्द्रा गुजरातको बन्दरगाह हो भने धाम्रा उडिसा राज्यको सामुन्द्रिक बन्दरगाह हो । अहिले नेपालले पश्चिम बंगालको कलकत्ता बन्दरगाह, पश्चिम बंगालकै हल्दिया बन्दरगाह र आन्द्र प्रदेशको विशाखापटनम बन्दरगाह प्रयोग गर्न पाउने सम्झौता भएको छ तर अहिलेसम्म पनि कोलकत्ता बन्दरगाह नै मूलतः प्रयोग हुँदै आएको छ । तर यी दुई बन्दरगाह प्रयोग पायो भने महेन्द्रनगर नाका र विराटनगर नाकाबाट आयात निर्यातको अवस्था थप बढ्नेछ । त्यसका साथसाथै नेपालले भारत समक्ष पानीजहाज सञ्चालन गर्न दिन समेत माग गरेको छ । नेपालले ठूला नदीहरुमार्फत् नेपाली सीमासम्मै पानीजहाज चलाउन सक्नेगरी भारतका नदीहरुको उपयोग गर्न दिन माग गरेको हो । यो विषयमा भारत सैद्धान्तिक रुपमा सहमत भए पनि त्यसलाइृ कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा विस्तृत छलफल हुन सकेको थिएन । त्यस्तै नेपालले भारतसमक्ष विद्युतीय कार्गो निगरानी प्रणाली इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम (ईटीएस) प्रणाली सञ्चालन गर्न समेत माग गरेको छ । यसले तारत बाहेकका तेस्रो मुलुकबाट आउने कन्टेनरहरु बिना रोकतोक नेपाल प्रवेश गराउने बाटो खुल्नेछ जसले गर्दा नेपाललाई तेस्रो मुलुकसँग व्यापारका लागि सहज हुने र पहुँच विस्तार हुनेछ । पारवहन सन्धि पुनरावलोकनले नेपाल भारत व्यापारमा समेत सहजीकरणमा हुनेछ । सन्धिको संशोधनमा थपिने बुँदाको ड्राफ्टलाई बैठकले अन्तिम रूप दिने गरी मंगलबार बिहान काठमाडौंमा बैठक सुरू हो । बैठकमा नेपाली टोलीमा वाणिज्य सहसचिव नवराज ढकालको नेतृत्वमा यातायात, परराष्ट्र, कानुन मन्त्रालयका सहसचिव लगाएत १० सदस्यीय सहभागी छन् । भारतीय टोलीको नेतृत्व एडिस्नल सेक्रेटरी भूपेन्द्र सिंह भल्लसहित ७ सदस्यीय टोली सहभागी छन् । बैठक बुधबार सकिनेछ ।

१३औं वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकले गर्यो रक्तदान कार्यक्रम

काठमाडाैं ।  गरिमा विकास बैंक लिमिटेडले आफ्नो १३ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । बैंकले देशका ११ स्थानमा रक्तदान कार्यक्रम गरेर १३ औं वार्षिकोत्सव मनाएको हो । बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, शाखा कार्यालय स्याङ्गजाको वालिङ्ग, रुपन्देहीको बुटवल, म्याग्दीको वेनी, चितवनको नारायणगढ, झापाको विर्तामोड र दमक, सुनसरीको धरान,सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रमबाट बैंकले ५०० युनिटभन्दा बढी रगत गरेको जनाएको छ । काठमाण्डौंको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौंमा १० वटा शाखा सहित देशभर ९० शाखा र ४९ वटा एटीएम संचालनमा छन । हालसम्म बैंकले करिब ३६ अर्ब निक्षेप संकलन गरी ३२ अर्ब कर्जा लगानी गरेको छ ।