विकासन्युज

कम्पनी रजिष्ट्रार कार्यालयको कामकाज बन्द, दुव्र्यवहार गर्नेलाई कारवाहीको माग

काठमाडौँ । कर्मचारीलाई दुव्र्यवहार गर्नेहरुलाई कानूनी कारवाही नभएसम्म त्रिपुरेश्वर स्थित कम्पनी रजिष्ट्रारको कार्यालयबाट कामकाज बन्द हुने भएको छ । कार्यालयले बुधबार सूचना प्रकाशित गरी कर्मचारीको सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्मका लागि सम्पूर्ण काम कारवाही बन्द रहने र यसबाट सेवाग्राहीमा पर्न जाने असुबिधाप्रति क्षमा मागेको छ । यसैबीच, काठमाडौँ त्रिपुरेश्वरमा रहेको कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार भूवनहरि अर्याल र उपरजिष्ट्रार हरिनारायण बेल्वासे माथि आज हातपात भएको थियो । सेवाग्रहीको रुपमा आएका कम्पनी दर्ता गर्न आएका गुणराज आचार्य र टीकाध्वज खड्काले रजिष्ट्रार र रजिष्ट्रार माथि कुटपीट गरेका हुन् । कम्पनी ऐन अनुसार कुनै देशको नाम राखेर कम्पनी दर्ता गर्न पाइदैन, तर आचार्य र खड्का चीनको नाम राखेर कम्पनी दर्ता गराउन आएका थिए । देशको नाम राखेर कम्पनी दर्ता गर्न नपाइने भन्दा रजिष्टार र उपरजिष्टार माथि हातपात भएको हो । अभियुक्त मध्येका आचार्यलाई प्रहरीले पक्राउ गरेको र अर्का अभियुक्त खड्का भने फरार भएका छन् । उनीहरुले कर्मचारीलाई हातपात गर्नुका साथै टेबुलका शिशा समेत फुटाएका थिए ।

घोराहीमा सुजुकीको नयाँ स्कूटर बर्गम्यान १२५ को प्रदर्शन हुँदै

काठमाडौं । घोराहीमा सुजुकीको नयाँ स्कूटर बर्गम्यान १२५ को प्रदर्शन हुने भएको छ । फागुन ३ गते घोराहीमा रहेको सुजुकी शोरुमबाट ११.३० मा नयाँ स्कुटर वर्गम्यान १२५ सीसीको लन्च हुने एस अटो दाङका निर्देशक माधव योगी जानकारी दिएका छन् । सुजुकी स्कूटर तथा बाईक घोराइको लागी आधिकारिक बिक्रेताः एस अटोले सो दिनमा स्कुटर र्याली तथा ट्राफिक अवार्नेस कार्यक्रम आयोजना गर्ने भएको छ ।

तातोपानी पिउँदा फाईदै फाईदा, कहिलेपनि उठेर र एकैपटकमा धेरै पानी नपिऔं

काठमाडौं। पानी हाम्रो शरीरको लागि अति आवश्यक तत्व हो। पानी पिउनको अनेक फाईदा छन्। यसले रोगबाट बच्नको साथै छालामा ताजापन र शरीरमा स्फूर्ती पनि ल्याउने गर्दछ। यसमा पनि तातो पानी धेरै फाईदाजनक मानिन्छ। बिहान उठेपछि र राती सुतेपछि तातो पानी पिउनाले पेट सफा गरिदिन सक्छ। जसले गर्दा पेटका रोग, जस्तै : ग्यास्ट्रिक, पाचन शक्तिको कमजोरीबाट छुटकारा दिन्छ। पानी पिउँदा धेरै तातो पिउनु हुँदैन । मनतातो पिउनुपर्छ र पानी पिउँदा कहिले पनि उठेर र एकैपटकमा पिउनु हुँदैन। उठेर र एकै पटकमा पिएको पानीले बसेर विस्तारै पिएको पानीले जति फाइदा गर्दैन । पानी पिउँदा खाना भन्दा आधा घण्टा अगाडी र खान पछि १ घण्टा पछाडी मात्र पिउनुपर्छ। गुलियो पदार्थ र फलफूलसंग पानी पिउनु हुँदैन। तातो पानी पिउनाले मोटोपन कम हुन्छ। किनभने तातो पानीले कोलेस्ट्रोल र फ्याटलाई कम गरिदिन्छ। तातो पानी पिउनाले पेटको पाचन शक्ति राम्रो बनाउनुका साथै, ग्यास्ट्रिक, एसिडिटीलाई भगाईदिन्छ। पेट सफा गर्नको लागि हरेक बिहान खाली पेटमा ३ वा चार गिलास तातो पानी पिउनुपर्छ। तातो पानी पिएपछि त्यसले चिसो पानीको तुलनामा बढी पसिना निकालिदिन्छ। जसले गर्दा हाम्रो शरीरको विकार बाहिरिन्छ। तातो पानी पिउनाले रगत सफा र सही गतीमा हुनुका साथै शरीरमा चिसो पनि लाग्दैन। जसले गर्दा रुघा-खोकीको समस्याबाट छुटकारा मिल्छ। त्यस्तै तातो पानी, ज्वरो आएका व्यक्ति तथा शरीरका अंग दुखेको व्यक्ति, बाडुली लागिरहेका व्यक्तिलाई पनि औषधी सावित हुन्छ। नियमले तातो पानी पिउनाले छालामा रहेको दाग धब्बा हट्दै जान्छ र अनुहार सुन्दर तथा ताजा देखिन्छ। तातो पानीले खराब कोलेस्ट्रोल कम गरिदिने र रगतको सर्कुलेसनलाई सहि ठाउँमा ल्याउने हुँदा मुटुको रोगबाट पनि छुटकारा मिल्छ। एजेन्सी

नेपाल टेलिकमले बक्यौता बुझाउने ग्राहकलाई जरिवाना छुट दिने

काठमाडौँ । नेपाल टेलिकमले ल्याण्ड लाइन टेलिफोन तथा मोबाइल सेवाका ग्राहकहरुले ०७४ असार मसान्त सम्मको बक्यौता ०७५ फाल्गुण मसान्तसम्म बुझाएमा जरिवाना छुट दिने भएको छ । टेलिकमले बुधबार उक्त बक्यौतामा लाग्ने जरिवाना छुट गरिएको जनाएको हो । तोकिएको अवधि भित्र भुक्तानी गरी छुटको लाभ लिन हुन सबैलाई सुचित गरिन्छ–टेलिकमले सूचना उल्लेख गरेको छ ।

उत्कृष्ट म्यानेजर अवार्ड आइएमईका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई

काठमाडौं । नेपाल व्यवस्थापन संघले आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई वर्षकै उत्कृष्ट म्यानेजरबाट सम्मानित गरेको छ । प्रधानमन्त्री केपी. शर्मा ओलीले राजधानी काठमाडौंमा आयोजित नेपाल व्यवस्थापक संघको ३८औँ साधारण सभामा पोखरेललाई सम्मान गरेका हुन् । सम्मानपछि संक्षिप्त मन्तब्य दिँदै पोखरेलले आफुलाई प्राप्त भएको सम्मानले समस्त युवा पुस्तालाई प्रेरणा प्रदान गरेको बताउँदै सामाजिक र देश विकासको कार्यमा आफु र आफ्नो पुस्तालाई थप उत्प्रेरणा प्रदान गरेको जानकारी दिए। नेपाल रेमिटर्स एसोसिएसन (एनआरए) का अध्यक्ष समेत रहेका पोखरेल विगत आठ वर्षदेखि आइएमईको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका छन् । कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका सबै क्षेत्रलाई समेट्ने गरी १ सय ९२ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ४ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा प्रदान गर्दै आएको छ ।

सेयर बजार ओरालो लाग्ने क्रम जारी, परिसूचक साताकै न्युनतम बिन्दुमा

काठमाडौं । केही समययता सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । साताको शुरुदेखि ओरालो लागेको परिसूचक बुधबार पनि ७.११ अंकले घटेर ११२१.०८ अंकमा पुगेको छ । जुन यस साताकै न्युनतम बिन्दु हो । बजारमा परिसूचक सँगै समूह सूचक पनि राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ९५.७५ अंकले ओरालो लागेको छ । सो दिन उत्पादनमूलक समूह मात्रै ४७.३ अंकले उकालो लागेको छ । कुल १७४ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी नागरिक लगानी कोषको सेयर कारोबार भएको छ । कोषको बुधबार एक करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २ हजार ६१० रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंकको एक करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता २८५ रुपैयाँ रहेको छ । बजारमा सबैभन्दा बढी चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८२ प्रतिशतले बढेको छ । त्यस्तै, यूनिलिभर नेपालका लगानीकर्ताले ५.९९ प्रतिशत कमाएका छन् । बुधबार नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, जेबिल्स फाइनान्सको सेयर मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ५.६७ प्रतिशतले घटेको छ ।

मार्चको पहिलो सातामा भी भोभी १५ प्रो ल्याउने तयारी, यस्ता छन् डिजाइनहरू

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर भीभो आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन ल्याउने तयारीमा रहेकाे छ । कम्पनीले फेब्रुअरीमा छिमेकी मुलुक भारतमा र मार्चको पहिलो साता नेपाली बजारमा भीभो भी १५ र भीभो भी १५ प्रो नामक स्मार्टफोन ल्याउँदैछ । जसमा पप–अप सेल्फी क्यामरा राखिएको देखाईएको छ । यस्तो डिजाइनमा भीभोले यसअघि भीभो नेक्स स्मार्टफोन ल्याएको थियो । सोहि थीमलाई भी १५ सिरिजमा पनि कायम राखिएको छ । यो स्मार्टफोनमा सूपर एमोलेड डिस्प्ले राखिनेछ भने फोनमा स्न्यापड्रागन ६७५ चीपसेट हुनेछ । यसबाहेक भी १५ स्मार्टफोन सिरिजमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर राखिएको छ भने फोटोग्राफीका लागि ४८ मेगापिक्सेल प्लस ८ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप हुनेछ । हालै अमेजन इण्डियाको आफिशियल ल्याण्डिंग पेजमा देखिए अनुसार भीभो भी १५ प्रो स्मार्टफोनको मुख्य क्यामरा ४८ मेगापिक्सेलको हुने प्रमाणित भएको छ । फेब्रुअरी २० तारिखमा लन्च हुने तयारीमा रहेको भीभो भी १५ प्रो स्मार्टफोनमा ६.३९ इन्चको सूपर एमोलेड फूल एचडी प्लस स्क्रीन छ । त्यसैगरि फोनमा स्न्यापड्रागन ६७५ चीपसेट हुनेछ भने ८ जीबी र्याम र १२८ जीबी स्टोरेज हुनेछ । यो स्मार्टफोनमा ३,७०० एमएएचको ब्याट्री प्याक हुनेछ । भीभो भी १५ प्रो स्मार्टफोनको मूल्य भारतमा करिब ३० हजार भारु अर्थात ४८ हजार रुपैयाँ हुने अनुमान छ । स्मार्टफोन भारतमा फेब्रुअरी २० मा लन्च हुनेछ जसको प्रि अर्डर ५ दिन अगाडि शुरु हुने बताईएको छ । नेपाली बजारमा भीभो भी १५ प्रो उपलब्ध हुनेछ, जून मार्चको पहिलो साता सार्वजनिक हुने अनुमान गरिएको छ । यो स्मार्टफोनको मूल्य नेपाली बजारमा ५० हजार रुपैयाँ माथि हुने अनुमान गरिएको छ ।

कामना सेवा विकास बैंकको सीईओमा प्रविण बस्नेत

काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रविण बस्नेत नियुक्त भएका छन् । विकास बैंकको माघ २९ गते बसेको संचालक समितिको बैठकले बस्नेतलाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ बस्नेत यसअघि सोही बैंकको कायम मुकायम(कामु) सीईओ पदमा रहेको थिए । अब बस्नेतले फागुन १ गते(बुधबार)देखिनै आगामी ४ वर्षसम्म आफ्नो पद तथा कार्यभार सम्हाल्ने छन् ।