सिद्धार्थ बैंकद्धारा बुटवलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

<p>काठमाडौं । सिद्धार्थ बैंकले बुटवलको तिलोत्तमा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । यूकेएड सक्षम एक्सेस टुफाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले दायित्व नेपालसंग सहकार्य गर्दै उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले बुटवलको तिलोत्तमा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । यूकेएड सक्षम एक्सेस टुफाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले दायित्व नेपालसंग सहकार्य गर्दै उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो ।

कार्यक्रममा त्यस क्षेत्रका ४५ भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए ।

Share News