नेपाल प्रहरीको फुटबल टिमको मूख्य प्रयोजकमा टेलिकम, टिमले ३२ लाख पाउने
काठमाडौं । नेपाल टेलिकम एक वर्षका लागि नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको मूख्य प्रयोजक भएको छ । यस सम्बन्धी दुबै निकायबीच आज (२०७६ मंसिर ११ गते) सम्झौता भएको छ । सो सम्झौता पत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र नेपाल प्रहरीको तर्फबाट केन्द्रीय खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपाल टेलिकम आजदेखि नै लागू हुने गरी आगामी एक वर्षसम्म नेपाल प्रहरी खेलकुद समिति अन्तर्गत रहेको नेपाल पुलिस क्लब पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रायोजक भएको छ । सो प्रायोजन वापत नेपाल टेलिकमले नेपाल प्रहरीको फुटबल टिमलाई ३२ लाख रुपैयाँ(बत्तिस लाख) रुपैयाँ उपलब्ध गराउने छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई कम्पनीको लोगो अंकित जर्सी र फुटबल हस्तान्तरण गरेका छन् । सम्झौता अवधिभर नेपाल पुलिस क्लबका पुरुष तथा महिला खेलाडीहरुले नेपाल टेलिकमको नाम तथा लोगो अंकित जर्सी लगाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलमा खेल्ने छन् । जर्सीको अगाडि भागको माथि दाहिने पट्टि नेपाल टेलिकमको लोगो रहने र बीच भागमा नेपाल टेलिकमको नाम लेखिने छ । त्यसैगरी, हाफ पाइन्टको अगाडि भागको बायाँ पट्टि नेपाल टेलिकमको ‘एनटी फोरजी’ लोगो हुनेछ । त्यसैगरी नेपाल टेलिकमले आफ्ना विभिन्न प्रवद्र्धनात्मक सामग्रीहरुमा नेपाल पुलिस क्लबका पुरुष तथा महिला फुटबल टिमको नाम तथा फुटबल खेलाडीहरुको निःशुल्क प्रयोग गर्न सक्नेछ । उक्त अवसरमा प्रबन्ध निर्देशक अधिकारीले खेलको माध्यमबाट राष्ट्रको गरिमा अभिवृद्धि हुने र राष्ट्रिय एकता समेत थप मजबुत हुने बताउँदै यस्तो कार्यमा सहयोग गर्न पाएकोमा कम्पनी गौरवान्वित भएको बताएका छन् । त्यस्तै, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी र नेपाल टेलिकम बीचको यो सम्झौतामार्फत फुटबलको माध्यमबाट खेलका साथै राष्ट्रिय एकता प्रवद्र्धन गर्न समेत विशिष्ट योगदान पुग्ने बताएका छन् ।
सिटिजन्स बैंक र चिरायु नेसनल हस्पिटलबीच सेवासम्बन्धि सहकार्य
काठमाडौं । सिटिजन्स बैंक र बसुन्धरामा रहेको चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटबीच बैंकका ग्राहकलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिटर प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटमा उपचार गराउँदा तथा अन्य सेवा लिँदा विशेष छुट पाउँने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । “योर पार्टनर फर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा एटिएम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँचलाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
प्रभु बैंकको ऋणपत्र निष्काशनमा नबिल इन्भेष्टमेन्ट बैंकिङ् नियुक्त
काठमाडौं । प्रभु बैंकले २ अर्ब बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्लाई नियुक्त गरेको छ । बैंकले बुधबार “प्रभु बैंक डिबेन्चर २०८४” नामक २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न नबिल इन्भेष्टमेन्टलाई बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्बन्धि सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंकले १० प्रतिशत व्याज सहित आठ वर्ष अवधिको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले कूल २० लाख कित्ता डिबेन्चरमध्ये १२ लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र ८ लाख कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । ।
हेरचार र ब्लुबर्ड मार्टबीच विशेष छुट सम्बन्धि सहमति
काठमाडौं । हेरचार डट कम प्रा लि र दरबारमार्गमा रहेको ब्लुबर्ड मार्टबीच एक अर्काका ग्राहकलाई विशेष छुट दिने बारे सम्झौता भएको छ । बुधबार ब्लुबर्ड मार्ट भएको सम्झौतामा ब्लुबर्डका तर्फबाट निर्देशक प्रेम पोख्रेल तथा हेरचारका तर्फबाट प्रबन्धक उत्सब भट्टराईले हस्ताक्षर गरेका हुन् । सो सम्झौतामा ब्लुबर्ड मार्ट दरबारमार्गले हेरचारका ग्राहकलाई त्यहाँ समान खरिद गरेबापत विशेष छुट दिने र हेरचारले ब्लुबर्ड मार्टसँग सम्बन्धित ग्राहकहरुलाई आफुले दिने सुविधा बापत लिने सेवा शुल्कमा विशेष छुट दिने उल्लेख गरिएको ब्लुबर्डका प्रबन्धक सचेत शाक्यले बताए । ूसमस्या हामीलाई समाधान हजुरलार्इ भन्ने मूल नाराको साथ अगाडी बढेको हेरचारले आफ्नो ग्राहकको हरेक समस्या समाधानमा विशेष ध्यान दिदै समयमै समाधान गर्दै आएको छ। छोटो समयमै पाँच सयभन्दा बढी व्यवसायि घराना तथा ७०० भन्दा आम ग्राहकलाई सेवा दिदै आएको हेरचारका प्रबन्धक उत्सब भट्टराईले बताए ।
युवालाई सहुलियतपूर्ण कर्जा दिन तीन बैंक सहमत, अर्थमन्त्री भन्छन्-‘ग्राहकलाई सानो भनेर नहेप’
काठमाडाैं । युवाहरुलाई सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान दिन तीन बैंक सहमत भएका छन् । बुधबार राष्ट्रिय युवा परिषद र बैंकहरुको सयुंक्त आयोजनामा भएको कर्जा घोषणा कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक र कृषि बिकास बैंकले युवाहरुलाई सहुलियतपूर्ण कर्जा दिन सहमति जनाएका हुन् । उनीहरुले नेपाल सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यक्रममा सहमति जनाउँदै राष्ट्रिय युवा परिषदसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलसँग राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकरी अधिकृत किरण कुमार कार्की, नेपाल बैंकका सिइओ कृष्ण बहादुर अधिकारी र कृषि बिकास बैंकका सिइओ अनिल कुमार उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । युवाहरुलाई स्वरोजगार तथा उद्यमी बनाउनका लागि सरकारले गत वर्ष ल्याएको यो कार्यक्रम प्रभावकारी रुपमा अगाडि नबढेपछि परिषदले पुनः कार्यबिधि शंशोधनको माग गरेको थियो । अर्थमन्त्रालयले सहुलियतपूर्ण कर्जाक लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधि संशोधन भएसँगै कार्यक्रम प्रभावकारी बनाउन परिषदले कदम चालेको बताइएको छ । कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न, शिक्षित बेरोजगार युवालाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशबाट फर्केका युवाको विदेशमा आर्जन गरेको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न सरकारले गत वर्ष युवा सहुलियतपूर्ण कर्जा कार्यक्रम घोषणा गरेको थियो । अब यि तीन बैंकले कार्यविधिमा उल्लेख भएका नौ प्रकारका कर्जा लक्षित समुदायलाई प्रवाह गर्ने बताइएको छ । यसलाई प्रभावकारी रुपमा अगाडि बढाउन परिषदले एनएमबी बैंकको सहकार्यमा युवाहरुलाई साक्षरताको तालिम र परामर्श प्रदान गर्ने बताइएको छ । ग्राहकलाई सानो ठुलो भनेर विभेद गर्नु हुदैन : अर्थमन्त्री खतिवडा परिषद र बैंकहरुको सयुंक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले बैंकहरुले ग्राहकलाई सानो ठुलो भनेर विभेद गर्न नहुने बताएका छन् । उनले कर्जा लिने ग्राहकहरुको स्तर हेरेर विभेद गर्न नहुने बताएका हुन् । उनले बैंकहरुले त्यस्तो विभेद गरे मन्त्रालयको हट इमेलमा सम्पर्क गरे तत्कालै बैंकलाई कारबाही गर्ने समेत बताए । ‘यो सहुलियतपूर्ण कर्जा सम्झौता कार्यक्रममा म पनि साक्षी छु’ उनले भने यो पुरा गर्नु मेरो पनि दायित्व हुन्छ, कर्जा विभेद मात्र होइन बैंकहरुले सहुलियतपूर्ण कर्जा नदिएपनि कारबाही गर्नेछु ।’ उनले युवाहरुलाई स्वरोजगार र उद्यमी बनाउन बैंकहरुको महत्वपूर्ण भूमिका हुने भएकोले सहुलियतपूर्ण कर्जा दिन समेत आग्रह गरे । कार्यक्रममा बोल्दै राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठले बैंकले हालसम्म ६ हजार ३ सय १४ जनालाई ६ अर्ब ८१ करोड ६० लाख रूपैयाँ सहुलियतको कर्जा वितरण गरेको बताए । राष्ट्रिय वाणिज्य बैंक सधैं युवाको पक्षमा भएको समेत उनको भनाइ छ । यस्तै नेपाल बैंकका सीइओ अनिल कुमार उपाध्यायले पनि कृषि बैंकले ७ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह गरेको बताए । उनले बैंकहरुले उत्पादन क्षेत्रमा लगानी गर्नु सकरात्मक भएको बताए । नेपाल बैंकका सीइओ कृष्ण बहादुर अधिकारीलेले पनि नेपाल बैंकले ३ हजार युवालाई ३ अर्ब ३१ करोड सहुलियतपूर्ण कर्जा प्रवाह गरेको बताए ।
बैंकबाट पैसा चाेरी हुने क्रम बढ्दाे, रकम जोगाउन जोडिहाल्नुस् एसएमएस सेवा
काठमाडौं । तपाई बैंकको एसएसएस सेवा लिन छुटाउनु भएको त छैन ? छुटाएको भए तत्कालै जोडिहाल्नुस् । नत्र बैंकको मौज्दात रकम अरु कसैले लगिसकेको हुनसक्छ । यसरी लगेको पैसा न बैंकलाई थाहा हुन्छ न तपाईलाई । काठमाडौँमा यस्तै एउटा ठूलो घटना सार्वजनिक भएको छ । जुन तपाईले पत्याउनै सक्नुहुन्न । रकम सुरक्षित हुन्छ र चाहेको बेलामा निकाल्न पाइन्छ भनेर ढुक्कसँग बैंकमा पैसा राखिन्छ तर बैंकको कर्मचारीको लापर्वाहीले त्यो पैसा सजिलै अर्कैले निकालेर लान्छ । बैंकको सेवामा प्रश्न चिह्न लाग्ने गरी एउटा गिरोहले यसैगरी अर्कै व्यक्तिको खातामा रहेको झण्डै रु २० लाख नगद निकाल्न सफल भएको छ । कुनै प्रविधिको प्रयोग विनै चेकमार्फत यसरी सजिलै पैसा निकालेर लगिन्छ भने अब बैंकलाई कसरी विश्वास गर्ने ? गम्भिर प्रश्न खडा भएको छ । चिनियाँ ह्याकरले एटिएमको स्वीच ह्याक गरेर गत भदौमा करोडौैँ रकम निकालेका थिए । कृषि विकास बैंक र पानस रेमिटको सफ्वेयर ह्याक गरेर असोजमा रु ६५ लाख निकालिएको थियो । उनीहरुको रु पाँच अर्ब निकाल्ने योजना प्रहरीको सक्रियताले विफल भएको थियो । उक्त घटनामा संलग्न चिनियाँसहित नेपाली अहिले पनि पुर्पक्षका लागि थुनामा छन् । प्रविधिको प्रयोग बढेसँगै बैंकिङ प्रणालीमाथि नै प्रश्न चिह्न लाग्ने गरी भएको घटना सेलाउन नपाउँदै प्रविधिको उपयोग नगरी खातावालको कीर्ते हस्ताक्षर गरेर उसैको नाममा नयाँ चेकबुक बनाई पैसा निकालिएको घटना सार्वजनिक भएको छ । खातावालाले एसएसएम सेवा प्रयोग गर्दा पैसामात्रै जोगिएन गिरोह नै पक्राउ परे । घटना आइतबारको भए पनि महानगरीय प्रहरी परिसर काठमाडौँले आज सार्वजनिक गर्दै फरक खालको गिरोह देखिएको जनाएको छ । उक्त घटनामा संलग्न छ जनालाई पक्राउ गरी उनीहरुबाटरु रु १८ लाख ५० हजार बरामद गरिएको छ भने केही पैसा उनीहरुबीच बाँडेको फेला परेको छ । यसरी भएको थियो घटना आइतबार दिउँसो करिब २ बजे जनता बैंक ग्वार्को शाखामा गोपालमान राजवाहकको नाममा चेकबुक हराएको भन्दै नयाँ चेकबुक बनाउन निवेदन आयो । बैंकका कर्मचारीले २ः३० बजे सजिलै चेकबुक बनाएर पठाइदिए । त्यहीँ शाखाबाट पैसा निकाल्दा शङ्का हुने देखेर उक्त गिरोहले दिउँसो ३ः३० बजे बानेश्वरस्थित उक्त बैंकको शाखाबाट चेकमार्फत रु नौ लाख ९९ हजार पैसा निकाले । दिउँसोको काउण्टर बन्द भएपछि साँझ दुईवटा चेकमार्फत उनीहरुले राजवाहककै खातबाट रु पाँच÷पाँच लाख नगद निकाले । यसरी क्रमैसँग पैसा निकालेको एसएमएस आउँदा राजवाहक दङ्ग थिए । “कसैलाई चेक दिएकै छैन, एटिएम कार्ड पनि दिएको छैन कसरी पैसा निस्कियो”, चकित परे । उक्त एसएसएससहित राजवाहक महानगरीय प्रहरी पसिरको सम्पर्कमा आए । तत्कालै प्रहरी हाइअलट भयो । उनीहरुको निगरानी शुरु भयो । सबै बैंकलाई सर्कुलर गरेर प्रहरीले त्यस्ता व्याक्ति आउने बित्तिकै खबर गर्न भनियो । राजवाहकको खातामा रु पाँच लाख बाँकी रहेको थाहा पाएका गिरोह भोलिपल्ट सोमबार त्यसैगरी तीन वटा चेक बनाएर बैंकबाट पैसा निकाल्ने क्रममा न्यूरोडबाट पक्राउ गर्न सफल भएको परिसरका वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताएका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल घर भई कालीमाटी बस्दै आएका १९ वर्षका सुवास श्रेष्ठ, सोही ठाउँ बस्ने १९ वर्षका कुमार तामाङ, १८ वर्षका मनिष घिमिरे, २१ वर्षका अञ्जन बराल, बाग्लुङ गलकोटका २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोक ज्यामिरे घर भई काठमाडौँ बस्ने ३० वर्षका गोविन्द घिमिरे रहेका छन् । उनीहरुलाई बैंकिङ कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको परिसरले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले नगद रु १८ हजार ५०० सहित विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपि २९० थान, सयौँ व्यक्तिको बैंकमा रहेको रकम उल्लेख भएको २६ वटा हाजिरीखाता खोल्न फोटो टाँसेको फारम ३०० वटा, विभिन्न व्यक्तिको बैंक स्टेटमेन्ट १९५ वटा, विभिन्न व्यक्तिको नाममा जनता बैंकको ५७ वटा चेकबुक बरामद गरिएको छ । यस्तै ज्योति बैंक, एभरेष्ट बैंक, माछापुच्छे बैंक, मुक्तिनाथ बैंक, एनआइसी एशिया बैंकका दर्जनौँ चेकबुक पनि फेला परेको छ । उनीहरुका साथबाट ८२५ जनाको फोटो, एनआइसी एशिया बैंकको ८२ वटा र अन्य बैंकको सात गरी ८९ वटा एक्टिभ भएको एटिएम कार्ड फेला परेको छ । रकम उल्लेख गरेर साट्न ठिक्क पारिएको अवस्थाको ३२९ वटा चेक पनि बरामद गरिएको प्रहरीले जनाएको छ । परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटी उनीहरुले खातावालाको सबै विवरण पहिचान गरेर नक्कली हस्ताक्षर दुरुस्त पारी रकम निकाल्ने गरेको पाइएको बताए । “सामान्य दुई÷तीन लाख पैसा निकाल्दा नै बैंकले खातावालालाई फोन गर्छ, तर यहाँ झण्डै १० लाख निकाल्दा पनि खातावालाई जानकारी नहुनुले कर्मचारीको मिलेमतोको आशंकामा अनुसन्धान जारी छ”, बोगटीले भने । उनका अनुसार दिनभरि गतिविधि गर्ने र रातिमा उनीहरुले नक्कली हस्ताक्षर बनाउन सिक्ने गरेका थिए । हस्ताक्षर बनाउन प्रयोग भएका दर्जनौँ हाजिरीखातासमेत बरामद भएको छ । उनले केही कागजातको अनुसन्धान भइरहेको र अझै दुई बोरा कागज हेर्न बाँकी नै रहेको बताए । अहिले एक व्यक्तिको मात्रै पैसा लगेको पाइएकाले उनीहरुले अन्य धेरै व्यक्तिको रकम लगेको हुनसक्ने आशङ्का प्रहरीको छ । रासस
वर्तमान सरकार पाँच वर्ष चल्छः अध्यक्ष दाहाल
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँच वर्षसम्म चल्ने र यसको स्थिरतामा कमी नआउने स्पष्ट पारेका छन् । नेकपाद्वारा आज आयोजित वृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले पार्टीमा अन्योल पनि नरहेकाले अब मुलुकलाई विकास र समृद्धितर्फ डोर्याउन प्रतिबद्ध भएर लाग्नुपर्ने विषयमा जोड दिए । नेकपाका कारण ७० वर्षपछि मुलुकमा राजनीतिक स्थायित्व भएको जनाउँदैै उनले भने, “नेकपाको जोखिम र साहसिक निर्णयले अराजक स्थितिको अन्त्यसँगै मुलुकमा गणतन्त्र स्थापना भएको छ ।” नेकपाका उम्मेदवार विद्या भट्टराई एक अध्ययनशील र राष्ट्रिय व्यक्तित्व पनि भएकाले पार्टीले उम्मेदवार बनाएको उल्लेख अध्यक्ष दाहालले उनलाई विजयी बनाउन आग्रह गरेका छन् । नेकपाकै अग्रसरतामा नै मुलुकमा महिलालाई राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश बनाएको जनाउँदै उनले गणतान्त्रिक संविधानमा दलित, मधेशी, आदिवासी जनजातिलगायत सबैको अधिकार सुनिश्चित गरिएको उल्लेख गरे । पहिलो पटक राष्ट्रियताको विषयमा मुलुक एकजुट भएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाली भूमिलाई भारतले आफ्नो नक्सामा समावेश गरेको विषयमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाञ्छित गर्दै झुट बोलेको र अब नेपाली काँग्रेसले आत्मसमीक्षा गर्नुपर्ने जनाएका छन् । नेकपा पार्टी र सरकारले राष्ट्रिय एकता, स्वाधीनता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न लागिएको भन्दै सिमाना विवाद समाधान हुने विश्वास व्यक्त गरे । नेकपाका नेता सुवासचन्द्र नेम्वाङले सरकार भ्रष्टाचार अन्त्य गर्न लागि परेको बताएका छन् । नेकपाको सरकारले मुलुकको लिपुलेक, कालापानी र लिम्पीयाधुरालगायत विवादित ठाउँको बारेमा स्पष्ट रुपमा अडान लिएको भन्दै उनले काँग्रेसले गलत प्रचार गरेर जनताबीच भ्रम छर्न खोजेको बताए । उनले नेपालकै इतिहासमै पहिलो प्रधानमन्त्रीको रुपमा ओलीले सिमानाका विषयमा स्पष्ट रुपमा अडान लिनाका साथै भ्रष्टाचार निमूल पार्न र कानूनी राज्य स्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । रासस
सत्ता-सम्बन्धमा दरारसँगै यति ग्रुप संकटमा: हिमालयको सेयर बेच्यो, बुटिक होटल खुलेन
काठमाडौं । ‘व्यवसाय गर्न ठिक छैन । सरकारबाट सहयोग नै छैन’ यति एयरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पाले आफ्ना साथी सर्कलमा बारम्बार दोहोर्याउने भनाई हो यो । उनी अर्बौ सम्पत्तिका मालिक हुन् । उनी र उनको परिवार सदस्यहरुले एक दर्जनभन्दा बढी कम्पनीहरु सञ्चालन गरिरहेका छन् । एति एयरलाईन्स, तारा एयरलाईन्स, थामर्सेकु ट्रेकिङ, यति माउन्टेन होम उनको ठूला कम्पनी हुन् । पर्यटकीय क्षेत्र पोखरा, चितवन, सगरमाथा, अन्नपूर्णसहित हिमाली क्षेत्रमा थुप्रै पर्यटकीय होटल तथा लजहरु चलाउन्छन् । कसरा, केर एण्ड डोउनी लगायत रिसोर्टहरुमा पनि चलाएका छन् । निजीकरणको क्रममा गोकर्ण फरेष्ट रिसोर्ट यहि ग्रुपले लिजमा लिएको हो । घरजग्गादेखि होटलसेवा क्षेत्रमा समेत यति ग्रुपको ठूलो लगानी छ । विभिन्न क्षेत्रमा ठूलो लगानीका साथसाथै सेवा पनि विस्तार गर्दै आएको छ । पछिल्लो समय पर्यटकीय सेवा क्षेत्रबाहेक घरजग्गा व्यवसायमा पनि यति ग्रुपको ठूलो लगानी रहेको छ । थामसेर्कु डेभलपर्सको नाममा राजधानीको ठमेल, दरवार मार्गमा ठूला ठूला विजनेश कम्प्लेक्स बनाएका छन् । एउटै पुस्ताले विस्तार गरेको यति ठूलो विजनेश हुँदा हुँदै पनि सोनाम र उनको परिवार सन्तुष्टि छैनन्, बढो तनाव बोकेर हिडिरहेका छन् । फ्लाई यतिमार्फत अन्तराष्ट्रिय उडानमा उनीहरु असफल भए र अन्तराष्ट्रिय उडान बन्द गरे । ठूलै लगानीमा फ्लाई यति सञ्चालनमा आएको थियो । तर अन्तराष्ट्रिय उडानमा अन्य व्यवसाय जति फस्टाउन नसकेपछि त्यो व्यवसायबाट उनले हात धुनु पर्यो । बरु त्यसको सट्टामा अन्य व्यापार व्यवसाय सुरु गरे । फलाई यति बन्द भएपछि चिनियाँ लगानीकर्तासँगको साझेदारीमा हिमालय एयरलाइन्स चलाए । यसमा पनि यति एयरलाइन्सले ठूलो घाटा खायो । निरन्तर तीन वर्षसम्म कम्पनी घाटामा गएपछि र बजार विस्तारमा पनि असफलता भोगेपछि उसले आफ्नो १६ प्रतिशत सेयर बेचेर बहुमत सेयरसहित व्यवस्थापनकी जिम्मेवारी चिनियाँ लगानीकर्तालाई सुम्पिएको छ । हिमालय एयरलाइन्सकाे नयाँ सञ्चालक समिति शुरुमा यति एयर कम्पनी अन्तरगतको यति वल्र्ड इन्भेष्टमेन्टको शेयर बाहुल्यता थियो । हिमालयमा यतिको ५१ दशमलव ०१ प्रतिशत र तिब्बत एयरलाइन्सको ४८ दशमलव ९९ प्रतिशत शेयर हिस्सा थियो । अहिले यतिको ३५ प्रतिशत छ भने ६५ प्रतिशत शेयर तिब्बत सिभिएल एभिएसन डेभलभमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले लिएको छ । शुरुमा हिमालय एयरलाइन्सको सम्पूर्ण व्यवस्थापन यति इन्भेष्टमेन्टले समालेको थियो । अध्यक्ष आङछिरिङ शेर्पा थिए भने कार्यकारी उपाध्यक्ष विजय श्रेष्ठ थिए । अहिले हिमालयको सम्पूर्ण व्यवस्थापन चिनियाँ लगानीकर्ताले लिएका छन् । ज्यु एनयोङ्ग अध्यक्ष र क्याप्टेन हाओ डी उपाध्यक्ष रहेको कम्पनी सञ्चालक समितिमा यति एयरका तर्फबाट विजय श्रेष्ठ मात्र रहेका छन् । हिमालयमा मात्र होइन, पछिल्लो समय यति ग्रुपले लगानी गरेको यति एयरलाइन्स, होटल, विजनेश कम्प्लेक्स, मिडिया लगायतको विजनेश संकटतर्फ धकेलिएको छ । यति ग्रुपले काठमाडौंको लैनचौरमा सात तारेस्तरको ‘बुटिक होटल’ गर्ने भनेर ठूलो भवन बनायो । तर होटल सञ्चालन गर्न असफल भयो । सँगै देखिएको विल्डिङ बुटिक होटल खोल्न भनेर बनाइएको हो । बीचमा यो भवन एनसेलले भाडामा लिने सहमति भएको थियो । उक्त सहमति एकाएक भाँडिएपछि एनसेल नयाँ भवनको खोजीमा गएको छ । एक अर्ब भन्दा बढी लगानीमा निर्मित यो भवन लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ । तीन दशकको सफलता गत फागुन महिनामा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भयो । सोहि दुर्घटनामा यति ग्रुपका तत्कालिन अध्यक्ष आङछिरिङ शेर्पाको समेत दुःखद निधन भयो । आङछिरिङको निधनपछि लाक्पा सोनामले यति ग्रुपको नेतृत्व गरेका छन् । आङछिरिङका छोरा नोर्बु शेपाले सोनामलाई व्यवसायमा सघाउँदै आएका छन् । थामशेर्खु ट्रेकिङ कम्पनीबाट शेर्पा परिवार विजनेशमा माथि आएको हो, जहाँ अहिले पनि करिव ७०० कर्मचारी छन् । पासाङ ल्हामु शेर्पाको २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी फर्कने क्रममा हिमपहिरोमा परेर मृत्यु भएपछि थामशेर्खु ट्रेकिङ कम्पनीले सफलता चुमेको थियो । सोही कम्पनीबाट भएको आर्जनबाट शेर्पाले यति एयरलाईन्स खोलेको पर्यटन व्यवसायीहरु बताउँछन् । शक्ति केन्द्रसँग दरार करिब तीन दशकको अवधिमा २० औं अर्बका मालिक बनेको शेर्पा परिवार सधैं शक्ति केन्द्रको नजिक हुन्थ्यो । राजाको पालामा पनि निजीकरणको क्रममा गोकर्ण फरेष्ट रिसोर्टको व्यवस्थापन हात पार्न सफल यो परिवारले गणतन्त्र आएपछि पनि नेपाल ट्रष्टसँग दरबार मार्गको जग्गा लिजमा लिन सफल भयो । शक्ति केन्द्रहरुको सहयोगमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि नेपालका धेरै डोमोस्टीएक एयरपोर्टको आन्तरिक व्यापारमा पनि उनले राम्रो होल्ड गरेका छन् । ठूलो होटल वा रिर्सोटमा आङछिरिङ शेर्पा प्राय शक्तिकेन्द्रका पात्रहरुसँगै भेटिन्थे । पर्यटन मन्त्रीदेखि यस क्षेत्रको प्रमुख राजनीतिक नियुक्तीमा बारम्बार शेर्पाको नाम जोडिएर आउने गरेको थियो । धुम्बराईस्थित नेपाल कम्यूनिष्ट पार्टीले प्रयोग गर्दै आएको भवन समेत शेर्पा परिवारले दिएकोले सत्ता र शेर्पा परिवारबीचको लेनदेन खुला आँखाले देखिने लेवलमा आएको थियो । तर पछिल्लो समय शेर्पा परिवार र सत्ताबीचको सम्बन्धमा दरार आएको छ । दरबारमार्गस्थित नेपाल ट्रष्टकाे जग्गामा थामसेर्कुले बनाएको भवन विवादमा आउनुलाई यहि दरारको रुपमा हेरिएको छ ।