विकासन्युज

शिवम् सिमेन्टले घटायो आईपीओको मूल्य, स्थानीयबासीलाई दोश्रो अवसर

काठमाडौं । शिवम् सिमेन्टले प्रस्तावित आईपीओको मूल्य १०० रुपैयाँले घटाएको छ । मूल्य घटाएपछि शिवमले प्रिमियम सहित सर्वसाधारणलाई प्रतिकित्ता ३०० रुपैयाँ र स्थानियबासीलाई २०० रुपैयाँमा सेयर बिक्री गर्न लागेको हो । यसअघि शिवम्ले सर्वसाधारणलाई प्रतिकित्ता ४०० रुपैयाँमा सेयर बिक्री गर्ने प्रस्ताव गरेको थियो । साथै, स्थानियबासीलाई अंकित मूल्य १०० रुपैयाँमा २०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३०० रुपैयाँमा सेयर बिक्री गरिसकेको थियो । अब शिवमले अंकित मूल्य १०० रुपैंयामा २०० रुपैयाँ प्रिमियम थपेर ३०० रुपैयाँको दरमा सर्वसाधारणलाई सेयर निष्काशन गर्ने भएको छ । साथै, स्थानियबासीलाई भने अंकित मूल्यमा १०० रुपैयाँ प्रिमियम थप गरी २०० रुपैयाँको दरमा पुनः सेयर निष्काशन गर्न लागेको हो । शिवम्ले सर्वसाधारण र स्थानियवासीलाई गरी कुल ४९ लाख ७९ हजार ६४० कित्ता आईपीओ जारी गर्न लागेको हो । जसमा सर्वसाधारणलाई ४४ लाख र आयोजना प्रभावित स्थानिय बासिन्दालाई ५ लाख ७९ हजार ६४० कित्ता सेयर बिक्री गर्ने भएको छ । साधारण सेयर मध्ये संस्थाका कर्मचारीलाई २ लाख २० हजार छुट्याएको छ । त्यस्तै, सामूहिक लगानी कोषलाई २ लाख २० हजार कित्ता सेयर छुट्याएको जसमध्ये जम्मा ६० हजार मात्र बिक्री भएको छ । यसबाट बाँही रहेको एक लाख ६० हजार समेत गरी सर्वसाधारणलाई ४१ लाख २० हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले यसअघि स्थानियबासीलाई प्रतिकित्ता ३०० रुपैयाँमा ८ लाख ८० हजार कित्ता सेयर निष्काशन गरेको थियो । सो मध्ये जम्मा २ लाख २४० कित्ता सेयर मात्र बिक्री भएको थियो । उक्त सेयर किन्नेलाई शिवम्ले थप एक लाख १२० कित्ता सेयर दिने भएको छ । साथै, निष्काशित उक्त सेयरमध्ये बिक्री नभएको बाँकी सेयर ५ लाख ७९ हजार ६४० कित्ता सेयर पुनः बिक्री गर्ने भएको छ । उक्त सेयर भर्न इच्छुक बासिन्दाले प्रतिकित्ता २०० रुपैयाँमा आवेदन दिन सक्नेछन् । इच्छुकले उक्त सेयरमा न्युनतम ५० कित्तादेखि आवेदन दिन सक्नेछन् । जसमा सर्वसाधारणले बढीमा ४४ लाख कित्ता र उद्योग प्रभावित क्षेत्रका वासिन्दा(स्थानियबासी)ले ५ लाख ७९ हजार ६ सय ४० कित्ताका लागि आवेदन गर्न सक्ने शिवमले जनाएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्लापिटल लिमिटेड रहेको छ । कम्पनीको उक्त सेयर आगामी फागुन ६ गतेदेखि बिक्री हुने छ । इच्छुकले आगामी ९ गतेसम्म(छिटोमा) आवेदन दिन सक्नेछन् भने ढिलोमा आगामी चैत ५ गतेसम्म सेयर बिक्री हुने कम्पनीले जनाएको छ ।

स्प्राईटकाे ब्राण्ड एम्बेस्डरमा अनमोल के.सी. नियुक्त

काठमाडौं । पेय पदार्थ ब्राण्ड स्प्राईटका लागि नेपालको पहिलो ब्राण्ड एम्बेस्डरमा अनमोल के.सी. नियुक्त गरेको छ । कोका–कोला नेपालका लागि कन्ट्री डाइरेक्टर अम्बुज सिंहले “स्प्राईटले विश्वव्यापी रुपमा प्यासनेट यूवाहरुसँग सहकार्य गर्दै आएको छ, जुन अनमोलको छवि र व्यक्तित्व छ, ब्राण्ड स्प्राईटसँग पूर्ण रुपमा मिल्ने बताएका छन् । यो कदम नेपाली कलाकारहरुलाई प्रवद्र्घन गर्ने विश्वव्यापी पिय पदार्थको प्रतिबद्घता हो । आकर्षक र प्रभावसाली लुक र व्यक्तित्वका धनी नेपाली कलाकार अनमोलले स्प्राईटसँग सहकार्य गरेर नेपालका लागि पदोन्नतीमा सहयोग गर्नेछन् । स्प्राईटका नवनियूक्त ब्राण्ड एम्बेस्डर अनमोल के.सीले आफ्नो अनुभव सुनाउदै स्प्राईटको हिस्सा बन्न पाउँदा निकै उत्साहित रहेको जानकारी दिएकाे छ ।

रुपन्देहीका सैनामैनामा गण्डकी विकास बैंकको शाखा

काठमाडौं । रुपन्देहीका सैनामैनामा गण्डकी विकास बैंकको शाखा उद्घाटन भएको छ । गण्डकी विकास बैंकले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५, बुद्धनगरमा रहेको सैनामैना शाखाको औपचारिक उद्घाटन गरेको छ । प्रमुख अतिथि सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले सो शाखाको औपचारीक उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै चित्रबहादुर कार्कीले गण्डकी विकास बैंकले यस क्षेत्रका जनताको माग र चाहना अनुसार शाखा विस्तार गरी जनताको वित्तीय स्तरलाई उकास्ने अवसर प्रदान गरेको छन् । बैंकका अध्यक्ष शुशील गौचनकोे अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सोही नगरपालिका वडा नं. ५ का समाजसेवी जिवन ज्ञवाली तथा सैनामैना नगरपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले मन्तव्य राखेका थिए । बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस्, एटिएम, सि एएस्बिए, आईपिएस, मोबाइल बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ । बैंकले आ.व. २०७५/७६ को दोस्रो त्रैमासमा संचालन मुनाफा करिव रु. ४१ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. २६ अर्ब १९ करोड र कर्जा तर्फ रु.२३ अर्ब ३८ करोड पुर्याएको छ ।

खानेपानी मन्त्री र फिनल्याण्ड राजदुतबीच भेटवार्ता

काठमाडौं । खानेपानी मन्त्री बिना मगर र नेपालका लागि फिनल्याण्डका राजदुत पेर्ती आन्तिनेनबीच सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा राजदूत आन्तिनेनले नेपालका विभिन्न ग्रामीण भेगमा भईरहेको खानेपानीको समस्यालाई समाधान गर्न फिनल्याण्ड सरकारले सहयोग गर्ने बताएका छन् । घण्टौं घण्टासम्म हिंडेर पानी लिन जानुपर्ने ग्रामीण क्षेत्रको समस्यालाई समाधान गर्न फिनल्याण्ड सरकार तयार रहेको राजदूत आन्तिनेनले भने । ग्रामीण भेगमा खानेपानीको व्यवस्था मिलाउन फिनल्याण्ड सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको राजदूतको भनाई छ । भेटमा मन्त्री मगरले फिनल्याण्ड सरकारले देखाएको सहयोगको प्रतिबद्धता ग्रामीण भेगका जनताका लागि महत्वपूर्ण हुने बताएका छन् । ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्याउने सरकारको योजनालाई पुरा गर्न फिनल्याण्ड सरकारले गरेको सहयोगको प्रतिबद्धताको जनाएको छ ।

सानिमा बैंक र दक्षिण कोरियाको भि.पि. आईएनसीबीच रेमिटयान्स सम्झौता

काठमाडौं । सानिमा बैंक र दक्षिण कोरियाको भि.पि. आईएनसीबीच रेमिटयान्स सेवा सम्झौता भई संचालनमा आएको छ । यस सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र भि.पि. आईएनसिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जुनकिमले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत दक्षिण कोरियाबाट पठाएको रकम नेपालभरि १०हजार भन्दा बढि आधिकारिक प्रतिनिधि मार्फत भुक्तानी लिन सकिनेछ । दक्षिण कोरियाबाट नेपाल पैसा पठाउदा नेपालमा भएको सानिमा बैंक लगायत कुनै पनि बैंकको खातामा जम्मा गर्न सकिनेछ । सानिमा बंैकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेसले यू.ए.ई, मलेशिया, कतार, यू.के, दक्षिण कोरिया, अस्ट्रेलिया लगायत विश्वभरि बाट रेमिटयान्स सेवाका साथै आन्तरिक रेमिटयान्स सेवा प्रदान गर्दै आएको छ । सानिमा बैंकको हाल ७६शाखा, १ एक्टेन्सन काउन्टर र ७२ एटिएम रहेको छ ।

पञ्चकन्याद्धारा डिलरहरुको लागि अष्ट्रेलिया भ्रमण आयोजना

काठमाडौं । पञ्चकन्याद्धारा डिलरहरुको लागि अष्ट्रेलिया भ्रमणआयोजना गरेको हाे । पञ्चकन्या गु्रपद्धारा माघ २१ गतेदेखि फागुन १ गतेसम्म आफ्ना आधिकारिक विक्रेताहरु र तिनका परिवारहरुलाई १० दिनको अष्ट्रेलियाको हौसला भ्रमणको आयोजना गरेको थियो । अष्ट्रेलियाको मेलबर्न, गोल्डकोइष्ट, ब्रिशवेन, सिड्नी जस्ता प्रमुख शहरहरुको भ्रमण गराइएको थियो । भ्रमणमा डिलर र तिनका परिवारहरु गरी जम्मा ६५ जनाको सहभागिता थियो भने यात्रा अवधिभरको खानेबस्ने व्यवस्था, हवाई टिकट, स्थानीय यातायात तथा अन्य सम्पूर्ण खर्च पञ्चकन्या गु्रपले व्यहोरेको थियो । डिलरहरुलाई नजिकका छिमेकी राष्ट्र तथा एशियाका पर्यटकीय देशको भ्रमण गराउनु जति सजिलो छ अष्ट्रेलिया भ्रमणको चाँजोपाजो मिलाउन ठूलै परिश्रम र विभिन्न चुनौतिको सामना गर्नु परेको ग्रुपले जनाएको छ । साथै गु्रपले आफ्ना डिलरहरुको लागि यस्ता प्रकारका हौसला अभिवृद्धि गर्ने कार्यक्रमहरु प्रत्येक वर्ष नियमित रुपमा आयोजना गर्ने गरेको छ ।

सीएफएहरुको नयाँ संस्था जन्मियो, पहिलो सम्मेलन शुक्रबार

काठमाडौं । चार्टर फाइनान्सियल एनालिष्ट (सीएफए)हरुको नयाँ संस्था जन्मिएको छ । नेपालका समग्र वित्तीय विश्लेषकहरुको समूहले एसोसियसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नामक संस्था स्थापना गरिएको हो । नेपालमा समग्र सामाजिक हितको लगानी र पुँजी बजारमा नैतिक व्यावसायिकताको अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यले संस्था स्थापना गरिएको बताइएको छ । नवगठित संस्थाले फागुन ३ गते शुक्रबारका दिन गर्भनर डा. चिरञ्जीवी नेपालको प्रमुख आतिथ्य र धितोपत्र बोर्डका अध्यक्ष तथा लगानी बोर्डका अध्यक्षको समेत सहभागितामा सम्मेलन गर्ने र सोही सम्मेलनमार्फत् संस्थाको औपचारिक उद्घाटन गरिने बताइएको छ । यो सम्मेलन सीएफए क्षेत्रका सक्रिय स्वदेशी तथा विदेशी विज्ञहरु र विद्यार्थीहरु, धितोपत्र बोर्डका प्रतिनिधिहरुका साथै बीमा, बैकिङ, मर्चेण्ट बैकिङ लगायतका क्षेत्रका प्रतिनिधिहरु समेत गरी करिब १३० जनाको सहभागिता रहने एशोसियसनका अध्यक्ष डा. मनोज शाहीले बताए । अध्यक्ष डा. शाहीले सानातिना लगानीकर्ताको हितका लागि र समग्र वित्तिय विश्लेषणका लागि संस्थाले आफ्ना गतिविधिहरु बढाउने बताए । हाल संस्थामा सीएफए पूरा गरेका एनालिष्टहरु १२ जना मात्र छन् भने ३१७ विद्यार्थी अध्ययरत छन् । अन्र्तराष्ट्रिय क्षेत्रसँग सम्बन्ध राखेर वित्तिय विश्लेषण र यससँग सम्बन्धित विभिन्न कामहरु अघि बढाउन लागेको अध्यक्ष शाहीले जानकारी दिए । एशोसियसनअन्तर्गत एडभोकेसी कमिटी, युनिभर्सिटी आउटरिच कमिटी, मेम्बर भ्यालु कमिटी र सञ्चालन तथा बजेट कमिटी गरी ४ ओटा समितिहरु छन् । एडभोकेसी कमिटि हो जसले कानुन नीति नियम तर्जुमा गर्न सरोकारवालासँग छलफल गरेर नीति निर्माणकर्तालाई सुझाव दिनेछ । युनिभर्सिटी आउटरिच कमिटीले सीएफए कार्यक्रम तथा विश्वविद्यालयको पाठ्यक्रमको समय सापेक्ष सुधार गर्दै अन्तर्राष्ट्रिय स्तरको बनाउने र स्थानीय वित्त व्यवस्थापनको अध्ययन अध्यापनको गुणस्तर बढाउन नीतिगत वकालत तथा प्राविधिक सहायता हस्तान्तरण गर्न सघाउने, मेम्बर भ्यालु कमिटीले सदस्यमा व्यावसायिक नैतिक आचरणको विकास गर्न र करियर काउन्सिलिङ र रोजगारदातामा व्यवसायिक महत्वको जानकारी अभिबृद्धि गराउन सघाउनेछ भने सञ्चालन तथा बजेट समितिले बार्षिक सञ्चालन र योजना निर्माण गरी संस्थाको नियमित सञ्चालनमा सघाउने एशोसियसनले जनाएको छ ।

फागुन ३ गतेदेखि नेपाल काष्ठ अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु हुँदै

काठमाडौं । पाचौँ नेपाल काष्ठ अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ फागुन ३ गते देखि शुरु हुने भएको छ । विश्वभरका विभिन्न देश सहभागि हुने प्रदर्शन भृकृटीमण्डपमा हुने भएको हो । मिडिया स्पेस सोलुसन्स र फ्यूचर्स टेड फिअर एण्ड इभेन्टले संयुक्त आयोजनामा विभिन्न देशका २०० भन्दा बढी ब्रान्डहरुका रहने छन्र भने १२० भन्दा बढी स्टल रहने छन् । उक्त प्रदर्शनीको उद्घाटन वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले फागुन ३ गते विहान ११ बजे गर्ने भएका छन् ।  तीन दिनसम्म हुने प्रदर्शनमा फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसंग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराएका छन् । यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउन को लागि यो प्रदर्शनी ४ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आएको छ । नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने उद्देश्यले प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति,आम नागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस् तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहने छ ।