विकासन्युज

युवालाई सहुलियतपूर्ण कर्जा दिन तीन बैंक सहमत, अर्थमन्त्री भन्छन्-‘ग्राहकलाई सानो भनेर नहेप’

काठमाडाैं । युवाहरुलाई सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान दिन तीन बैंक सहमत भएका छन् । बुधबार राष्ट्रिय युवा परिषद र बैंकहरुको सयुंक्त आयोजनामा भएको कर्जा घोषणा कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक र कृषि बिकास बैंकले युवाहरुलाई सहुलियतपूर्ण कर्जा दिन सहमति जनाएका हुन् । उनीहरुले नेपाल सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यक्रममा सहमति जनाउँदै राष्ट्रिय युवा परिषदसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलसँग राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकरी अधिकृत किरण कुमार कार्की, नेपाल बैंकका सिइओ कृष्ण बहादुर अधिकारी र कृषि बिकास बैंकका सिइओ अनिल कुमार उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । युवाहरुलाई स्वरोजगार तथा उद्यमी बनाउनका लागि सरकारले गत वर्ष ल्याएको यो कार्यक्रम प्रभावकारी रुपमा अगाडि नबढेपछि परिषदले पुनः कार्यबिधि शंशोधनको माग गरेको थियो । अर्थमन्त्रालयले सहुलियतपूर्ण कर्जाक लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधि संशोधन भएसँगै कार्यक्रम प्रभावकारी बनाउन परिषदले कदम चालेको बताइएको छ । कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न, शिक्षित बेरोजगार युवालाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशबाट फर्केका युवाको विदेशमा आर्जन गरेको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न सरकारले गत वर्ष युवा सहुलियतपूर्ण कर्जा कार्यक्रम घोषणा गरेको थियो । अब यि तीन बैंकले कार्यविधिमा उल्लेख भएका नौ प्रकारका कर्जा लक्षित समुदायलाई प्रवाह गर्ने बताइएको छ । यसलाई प्रभावकारी रुपमा अगाडि बढाउन परिषदले एनएमबी बैंकको सहकार्यमा युवाहरुलाई साक्षरताको तालिम र परामर्श प्रदान गर्ने बताइएको छ । ग्राहकलाई सानो ठुलो भनेर विभेद गर्नु हुदैन : अर्थमन्त्री खतिवडा परिषद र बैंकहरुको सयुंक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले बैंकहरुले ग्राहकलाई सानो ठुलो भनेर विभेद गर्न नहुने बताएका छन् । उनले कर्जा लिने ग्राहकहरुको स्तर हेरेर विभेद गर्न नहुने बताएका हुन् । उनले बैंकहरुले त्यस्तो विभेद गरे मन्त्रालयको हट इमेलमा सम्पर्क गरे तत्कालै बैंकलाई कारबाही गर्ने समेत बताए । ‘यो सहुलियतपूर्ण कर्जा सम्झौता कार्यक्रममा म पनि साक्षी छु’ उनले भने यो पुरा गर्नु मेरो पनि दायित्व हुन्छ, कर्जा विभेद मात्र होइन बैंकहरुले सहुलियतपूर्ण कर्जा नदिएपनि कारबाही गर्नेछु ।’ उनले युवाहरुलाई स्वरोजगार र उद्यमी बनाउन बैंकहरुको महत्वपूर्ण भूमिका हुने भएकोले सहुलियतपूर्ण कर्जा दिन समेत आग्रह गरे । कार्यक्रममा बोल्दै राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठले बैंकले हालसम्म ६ हजार ३ सय १४ जनालाई ६ अर्ब ८१ करोड ६० लाख रूपैयाँ सहुलियतको कर्जा वितरण गरेको बताए । राष्ट्रिय वाणिज्य बैंक सधैं युवाको पक्षमा भएको समेत उनको भनाइ छ । यस्तै नेपाल बैंकका सीइओ अनिल कुमार उपाध्यायले पनि कृषि बैंकले ७ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह गरेको बताए । उनले बैंकहरुले उत्पादन क्षेत्रमा लगानी गर्नु सकरात्मक भएको बताए ।  नेपाल बैंकका सीइओ कृष्ण बहादुर अधिकारीलेले पनि नेपाल बैंकले ३ हजार युवालाई ३ अर्ब ३१ करोड सहुलियतपूर्ण कर्जा प्रवाह गरेको बताए ।

बैंकबाट पैसा चाेरी हुने क्रम बढ्दाे, रकम जोगाउन जोडिहाल्नुस् एसएमएस सेवा

काठमाडौं । तपाई बैंकको एसएसएस सेवा लिन छुटाउनु भएको त छैन ? छुटाएको भए तत्कालै जोडिहाल्नुस् । नत्र बैंकको मौज्दात रकम अरु कसैले लगिसकेको हुनसक्छ । यसरी लगेको पैसा न बैंकलाई थाहा हुन्छ न तपाईलाई । काठमाडौँमा यस्तै एउटा ठूलो घटना सार्वजनिक भएको छ । जुन तपाईले पत्याउनै सक्नुहुन्न । रकम सुरक्षित हुन्छ र चाहेको बेलामा निकाल्न पाइन्छ भनेर ढुक्कसँग बैंकमा पैसा राखिन्छ तर बैंकको कर्मचारीको लापर्वाहीले त्यो पैसा सजिलै अर्कैले निकालेर लान्छ । बैंकको सेवामा प्रश्न चिह्न लाग्ने गरी एउटा गिरोहले यसैगरी अर्कै व्यक्तिको खातामा रहेको झण्डै रु २० लाख नगद निकाल्न सफल भएको छ । कुनै प्रविधिको प्रयोग विनै चेकमार्फत यसरी सजिलै पैसा निकालेर लगिन्छ भने अब बैंकलाई कसरी विश्वास गर्ने ? गम्भिर प्रश्न खडा भएको छ । चिनियाँ ह्याकरले एटिएमको स्वीच ह्याक गरेर गत भदौमा करोडौैँ रकम निकालेका थिए । कृषि विकास बैंक र पानस रेमिटको सफ्वेयर ह्याक गरेर असोजमा रु ६५ लाख निकालिएको थियो । उनीहरुको रु पाँच अर्ब निकाल्ने योजना प्रहरीको सक्रियताले विफल भएको थियो । उक्त घटनामा संलग्न चिनियाँसहित नेपाली अहिले पनि पुर्पक्षका लागि थुनामा छन् । प्रविधिको प्रयोग बढेसँगै बैंकिङ प्रणालीमाथि नै प्रश्न चिह्न लाग्ने गरी भएको घटना सेलाउन नपाउँदै प्रविधिको उपयोग नगरी खातावालको कीर्ते हस्ताक्षर गरेर उसैको नाममा नयाँ चेकबुक बनाई पैसा निकालिएको घटना सार्वजनिक भएको छ । खातावालाले एसएसएम सेवा प्रयोग गर्दा पैसामात्रै जोगिएन गिरोह नै पक्राउ परे । घटना आइतबारको भए पनि महानगरीय प्रहरी परिसर काठमाडौँले आज सार्वजनिक गर्दै फरक खालको गिरोह देखिएको जनाएको छ । उक्त घटनामा संलग्न छ जनालाई पक्राउ गरी उनीहरुबाटरु रु १८ लाख ५० हजार बरामद गरिएको छ भने केही पैसा उनीहरुबीच बाँडेको फेला परेको छ । यसरी भएको थियो घटना आइतबार दिउँसो करिब २ बजे जनता बैंक ग्वार्को शाखामा गोपालमान राजवाहकको नाममा चेकबुक हराएको भन्दै नयाँ चेकबुक बनाउन निवेदन आयो । बैंकका कर्मचारीले २ः३० बजे सजिलै चेकबुक बनाएर पठाइदिए । त्यहीँ शाखाबाट पैसा निकाल्दा शङ्का हुने देखेर उक्त गिरोहले दिउँसो ३ः३० बजे बानेश्वरस्थित उक्त बैंकको शाखाबाट चेकमार्फत रु नौ लाख ९९ हजार पैसा निकाले । दिउँसोको काउण्टर बन्द भएपछि साँझ दुईवटा चेकमार्फत उनीहरुले राजवाहककै खातबाट रु पाँच÷पाँच लाख नगद निकाले । यसरी क्रमैसँग पैसा निकालेको एसएमएस आउँदा राजवाहक दङ्ग थिए । “कसैलाई चेक दिएकै छैन, एटिएम कार्ड पनि दिएको छैन कसरी पैसा निस्कियो”, चकित परे । उक्त एसएसएससहित राजवाहक महानगरीय प्रहरी पसिरको सम्पर्कमा आए । तत्कालै प्रहरी हाइअलट भयो । उनीहरुको निगरानी शुरु भयो । सबै बैंकलाई सर्कुलर गरेर प्रहरीले त्यस्ता व्याक्ति आउने बित्तिकै खबर गर्न भनियो । राजवाहकको खातामा रु पाँच लाख बाँकी रहेको थाहा पाएका गिरोह भोलिपल्ट सोमबार त्यसैगरी तीन वटा चेक बनाएर बैंकबाट पैसा निकाल्ने क्रममा न्यूरोडबाट पक्राउ गर्न सफल भएको परिसरका वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताएका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल घर भई कालीमाटी बस्दै आएका १९ वर्षका सुवास श्रेष्ठ, सोही ठाउँ बस्ने १९ वर्षका कुमार तामाङ, १८ वर्षका मनिष घिमिरे, २१ वर्षका अञ्जन बराल, बाग्लुङ गलकोटका २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोक ज्यामिरे घर भई काठमाडौँ बस्ने ३० वर्षका गोविन्द घिमिरे रहेका छन् । उनीहरुलाई बैंकिङ कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको परिसरले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले नगद रु १८ हजार ५०० सहित विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपि २९० थान, सयौँ व्यक्तिको बैंकमा रहेको रकम उल्लेख भएको २६ वटा हाजिरीखाता खोल्न फोटो टाँसेको फारम ३०० वटा, विभिन्न व्यक्तिको बैंक स्टेटमेन्ट १९५ वटा, विभिन्न व्यक्तिको नाममा जनता बैंकको ५७ वटा चेकबुक बरामद गरिएको छ । यस्तै ज्योति बैंक, एभरेष्ट बैंक, माछापुच्छे बैंक, मुक्तिनाथ बैंक, एनआइसी एशिया बैंकका दर्जनौँ चेकबुक पनि फेला परेको छ । उनीहरुका साथबाट ८२५ जनाको फोटो, एनआइसी एशिया बैंकको ८२ वटा र अन्य बैंकको सात गरी ८९ वटा एक्टिभ भएको एटिएम कार्ड फेला परेको छ । रकम उल्लेख गरेर साट्न ठिक्क पारिएको अवस्थाको ३२९ वटा चेक पनि बरामद गरिएको प्रहरीले जनाएको छ । परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटी उनीहरुले खातावालाको सबै विवरण पहिचान गरेर नक्कली हस्ताक्षर दुरुस्त पारी रकम निकाल्ने गरेको पाइएको बताए । “सामान्य दुई÷तीन लाख पैसा निकाल्दा नै बैंकले खातावालालाई फोन गर्छ, तर यहाँ झण्डै १० लाख निकाल्दा पनि खातावालाई जानकारी नहुनुले कर्मचारीको मिलेमतोको आशंकामा अनुसन्धान जारी छ”, बोगटीले भने । उनका अनुसार दिनभरि गतिविधि गर्ने र रातिमा उनीहरुले नक्कली हस्ताक्षर बनाउन सिक्ने गरेका थिए । हस्ताक्षर बनाउन प्रयोग भएका दर्जनौँ हाजिरीखातासमेत बरामद भएको छ । उनले केही कागजातको अनुसन्धान भइरहेको र अझै दुई बोरा कागज हेर्न बाँकी नै रहेको बताए । अहिले एक व्यक्तिको मात्रै पैसा लगेको पाइएकाले उनीहरुले अन्य धेरै व्यक्तिको रकम लगेको हुनसक्ने आशङ्का प्रहरीको छ । रासस

वर्तमान सरकार पाँच वर्ष चल्छः अध्यक्ष दाहाल

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँच वर्षसम्म चल्ने र यसको स्थिरतामा कमी नआउने स्पष्ट पारेका छन् । नेकपाद्वारा आज आयोजित वृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले पार्टीमा अन्योल पनि नरहेकाले अब मुलुकलाई विकास र समृद्धितर्फ डोर्याउन प्रतिबद्ध भएर लाग्नुपर्ने विषयमा जोड दिए । नेकपाका कारण ७० वर्षपछि मुलुकमा राजनीतिक स्थायित्व भएको जनाउँदैै उनले भने, “नेकपाको जोखिम र साहसिक निर्णयले अराजक स्थितिको अन्त्यसँगै मुलुकमा गणतन्त्र स्थापना भएको छ ।” नेकपाका उम्मेदवार विद्या भट्टराई एक अध्ययनशील र राष्ट्रिय व्यक्तित्व पनि भएकाले पार्टीले उम्मेदवार बनाएको उल्लेख अध्यक्ष दाहालले उनलाई विजयी बनाउन आग्रह गरेका छन् । नेकपाकै अग्रसरतामा नै मुलुकमा महिलालाई राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश बनाएको जनाउँदै उनले गणतान्त्रिक संविधानमा दलित, मधेशी, आदिवासी जनजातिलगायत सबैको अधिकार सुनिश्चित गरिएको उल्लेख गरे । पहिलो पटक राष्ट्रियताको विषयमा मुलुक एकजुट भएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाली भूमिलाई भारतले आफ्नो नक्सामा समावेश गरेको विषयमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाञ्छित गर्दै झुट बोलेको र अब नेपाली काँग्रेसले आत्मसमीक्षा गर्नुपर्ने जनाएका छन् । नेकपा पार्टी र सरकारले राष्ट्रिय एकता, स्वाधीनता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न लागिएको भन्दै सिमाना विवाद समाधान हुने विश्वास व्यक्त गरे । नेकपाका नेता सुवासचन्द्र नेम्वाङले सरकार भ्रष्टाचार अन्त्य गर्न लागि परेको बताएका छन् । नेकपाको सरकारले मुलुकको लिपुलेक, कालापानी र लिम्पीयाधुरालगायत विवादित ठाउँको बारेमा स्पष्ट रुपमा अडान लिएको भन्दै उनले काँग्रेसले गलत प्रचार गरेर जनताबीच भ्रम छर्न खोजेको बताए । उनले नेपालकै इतिहासमै पहिलो प्रधानमन्त्रीको रुपमा ओलीले सिमानाका विषयमा स्पष्ट रुपमा अडान लिनाका साथै भ्रष्टाचार निमूल पार्न र कानूनी राज्य स्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । रासस

सत्ता-सम्बन्धमा दरारसँगै यति ग्रुप संकटमा: हिमालयको सेयर बेच्यो, बुटिक होटल खुलेन

काठमाडौं । ‘व्यवसाय गर्न ठिक छैन । सरकारबाट सहयोग नै छैन’ यति एयरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पाले आफ्ना साथी सर्कलमा बारम्बार दोहोर्याउने भनाई हो यो । उनी अर्बौ सम्पत्तिका मालिक हुन् । उनी र उनको परिवार सदस्यहरुले एक दर्जनभन्दा बढी कम्पनीहरु सञ्चालन गरिरहेका छन् । एति एयरलाईन्स, तारा एयरलाईन्स, थामर्सेकु ट्रेकिङ, यति माउन्टेन होम उनको ठूला कम्पनी हुन् । पर्यटकीय क्षेत्र पोखरा, चितवन, सगरमाथा, अन्नपूर्णसहित हिमाली क्षेत्रमा थुप्रै पर्यटकीय होटल तथा लजहरु चलाउन्छन् । कसरा, केर एण्ड डोउनी लगायत रिसोर्टहरुमा पनि चलाएका छन् । निजीकरणको क्रममा गोकर्ण फरेष्ट रिसोर्ट यहि ग्रुपले लिजमा लिएको हो । घरजग्गादेखि होटलसेवा क्षेत्रमा समेत यति ग्रुपको ठूलो लगानी छ । विभिन्न क्षेत्रमा ठूलो लगानीका साथसाथै सेवा पनि विस्तार गर्दै आएको छ । पछिल्लो समय पर्यटकीय सेवा क्षेत्रबाहेक घरजग्गा व्यवसायमा पनि यति ग्रुपको ठूलो लगानी रहेको छ । थामसेर्कु डेभलपर्सको नाममा राजधानीको ठमेल, दरवार मार्गमा ठूला ठूला विजनेश कम्प्लेक्स बनाएका छन् । एउटै पुस्ताले विस्तार गरेको यति ठूलो विजनेश हुँदा हुँदै पनि सोनाम र उनको परिवार सन्तुष्टि छैनन्, बढो तनाव बोकेर हिडिरहेका छन् । फ्लाई यतिमार्फत अन्तराष्ट्रिय उडानमा उनीहरु असफल भए र अन्तराष्ट्रिय उडान बन्द गरे । ठूलै लगानीमा फ्लाई यति सञ्चालनमा आएको थियो । तर अन्तराष्ट्रिय उडानमा अन्य व्यवसाय जति फस्टाउन नसकेपछि त्यो व्यवसायबाट उनले हात धुनु पर्यो । बरु त्यसको सट्टामा अन्य व्यापार व्यवसाय सुरु गरे । फलाई यति बन्द भएपछि चिनियाँ लगानीकर्तासँगको साझेदारीमा हिमालय एयरलाइन्स चलाए । यसमा पनि यति एयरलाइन्सले ठूलो घाटा खायो । निरन्तर तीन वर्षसम्म कम्पनी घाटामा गएपछि र बजार विस्तारमा पनि असफलता भोगेपछि उसले आफ्नो १६ प्रतिशत सेयर बेचेर बहुमत सेयरसहित व्यवस्थापनकी जिम्मेवारी चिनियाँ लगानीकर्तालाई सुम्पिएको छ । हिमालय एयरलाइन्सकाे नयाँ सञ्चालक समिति शुरुमा यति एयर कम्पनी अन्तरगतको यति वल्र्ड इन्भेष्टमेन्टको शेयर बाहुल्यता थियो । हिमालयमा यतिको ५१ दशमलव ०१ प्रतिशत र तिब्बत एयरलाइन्सको ४८ दशमलव ९९ प्रतिशत शेयर हिस्सा थियो । अहिले यतिको ३५ प्रतिशत छ भने ६५ प्रतिशत शेयर तिब्बत सिभिएल एभिएसन डेभलभमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले लिएको छ । शुरुमा हिमालय एयरलाइन्सको सम्पूर्ण व्यवस्थापन यति इन्भेष्टमेन्टले समालेको थियो । अध्यक्ष आङछिरिङ शेर्पा थिए भने कार्यकारी उपाध्यक्ष विजय श्रेष्ठ थिए । अहिले हिमालयको सम्पूर्ण व्यवस्थापन चिनियाँ लगानीकर्ताले लिएका छन् । ज्यु एनयोङ्ग अध्यक्ष र क्याप्टेन हाओ डी उपाध्यक्ष रहेको कम्पनी सञ्चालक समितिमा यति एयरका तर्फबाट विजय श्रेष्ठ मात्र रहेका छन् । हिमालयमा मात्र होइन, पछिल्लो समय यति ग्रुपले लगानी गरेको यति एयरलाइन्स, होटल, विजनेश कम्प्लेक्स, मिडिया लगायतको विजनेश संकटतर्फ धकेलिएको छ । यति ग्रुपले काठमाडौंको लैनचौरमा सात तारेस्तरको ‘बुटिक होटल’ गर्ने भनेर ठूलो भवन बनायो । तर होटल सञ्चालन गर्न असफल भयो । सँगै देखिएको विल्डिङ बुटिक होटल खोल्न भनेर बनाइएको हो । बीचमा यो भवन एनसेलले भाडामा लिने सहमति भएको थियो । उक्त सहमति एकाएक भाँडिएपछि एनसेल नयाँ भवनको खोजीमा गएको छ । एक अर्ब भन्दा बढी लगानीमा निर्मित यो भवन लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ । तीन दशकको सफलता गत फागुन महिनामा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भयो । सोहि दुर्घटनामा यति ग्रुपका तत्कालिन अध्यक्ष आङछिरिङ शेर्पाको समेत दुःखद निधन भयो । आङछिरिङको निधनपछि लाक्पा सोनामले यति ग्रुपको नेतृत्व गरेका छन् । आङछिरिङका छोरा नोर्बु शेपाले सोनामलाई व्यवसायमा सघाउँदै आएका छन् । थामशेर्खु ट्रेकिङ कम्पनीबाट शेर्पा परिवार विजनेशमा माथि आएको हो, जहाँ अहिले पनि करिव ७०० कर्मचारी छन् । पासाङ ल्हामु शेर्पाको २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी फर्कने क्रममा हिमपहिरोमा परेर मृत्यु भएपछि थामशेर्खु ट्रेकिङ कम्पनीले सफलता चुमेको थियो । सोही कम्पनीबाट भएको आर्जनबाट शेर्पाले यति एयरलाईन्स खोलेको पर्यटन व्यवसायीहरु बताउँछन् । शक्ति केन्द्रसँग दरार करिब तीन दशकको अवधिमा २० औं अर्बका मालिक बनेको शेर्पा परिवार सधैं शक्ति केन्द्रको नजिक हुन्थ्यो । राजाको पालामा पनि निजीकरणको क्रममा गोकर्ण फरेष्ट रिसोर्टको व्यवस्थापन हात पार्न सफल यो परिवारले गणतन्त्र आएपछि पनि नेपाल ट्रष्टसँग दरबार मार्गको जग्गा लिजमा लिन सफल भयो । शक्ति केन्द्रहरुको सहयोगमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि नेपालका धेरै डोमोस्टीएक एयरपोर्टको आन्तरिक व्यापारमा पनि उनले राम्रो होल्ड गरेका छन् । ठूलो होटल वा रिर्सोटमा आङछिरिङ शेर्पा प्राय शक्तिकेन्द्रका पात्रहरुसँगै भेटिन्थे । पर्यटन मन्त्रीदेखि यस क्षेत्रको प्रमुख राजनीतिक नियुक्तीमा बारम्बार शेर्पाको नाम जोडिएर आउने गरेको थियो । धुम्बराईस्थित नेपाल कम्यूनिष्ट पार्टीले प्रयोग गर्दै आएको भवन समेत शेर्पा परिवारले दिएकोले सत्ता र शेर्पा परिवारबीचको लेनदेन खुला आँखाले देखिने लेवलमा आएको थियो । तर पछिल्लो समय शेर्पा परिवार र सत्ताबीचको सम्बन्धमा दरार आएको छ । दरबारमार्गस्थित नेपाल ट्रष्टकाे जग्गामा थामसेर्कुले बनाएको भवन विवादमा आउनुलाई यहि दरारको रुपमा हेरिएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा उपस्थित १०२ मध्ये ७८ जनाले रक्तदान गरेका थिए । कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रम संचालन गरिएको हो । उक्त कार्यक्रममा रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

निजी प्रतिष्ठान मात्र नभई सबै क्षेत्रलाई सामाजिक सुरक्षा कोषमा ल्याउछौं: श्रममन्त्री यादव

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले  रोजगारदाता, श्रमिक र सरकारबीचको साझेदारीबाट मात्र सामाजिक सुरक्षा कोषले सफलता प्राप्त गर्न सक्ने  बताएका छन् । सामाजिक सुरक्षा दिवसको अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै उनले सामाजिक सुरक्षा काेषमलाइ सफल पार्न सबैकाे भूमिका महत्वपूर्ण हुने बताएका हुन् । सामाजिक सुरक्षा कोषको पहिलो चरणमा सरकारले निजी प्रतिष्ठानबाट शुरु भएपनि आगामी दिनमा व्यक्ति तथा अनौपचारिक क्षेत्रका तथा सबै श्रमिकहरुलाई कोषको दायरामा लैजाने उनले बताए । उनले  श्रमिक तथा राेजगारदातालाई सामाजिक सुरक्षा कोषमा सहभागी रहि सुरक्षित भविष्यप्रति सजक हुन आग्रह गरे । यस्तै उप प्रधानमन्त्री ईश्वर पोखरेले सामाजिक सुरक्षा कोषको सुरुवातको समय चुनौती पुर्ण भएता पनि आगामी दिनमा सबै श्रमिक तथा रोजगारदाता कोषमा आवद्ध हुन अनिवार्य रहेको बताए । कल्याणकारी दायित्वका साथ लागेका श्रमिक तथा रोजगारदाताका विषयमा कोषले निर्माण गरेको नीति, कानुन तथा कार्यविधि लागुमा केहि समस्या देखिएपनि सबै क्षेत्रका प्रतिष्ठानसँग छलफल गरी सरकार अगाडी बढ्न चाहेको उनकाे भनाइ छ । ‘सन् २०३० सम्ममा गरिबी अन्त्यका लागि कोषले प्रमुख भूमिका खेल्ने छ’ उनले भने, श्रमिकलाइ भोक भाकै मारेर उद्योग मोटाउने तथा कम्पनी डुबाएर श्रमिक मोटाउने कार्यको गर्ने कोषको लक्ष्य नभई, श्रमप्रति कर्तव्यनिष्ठ र श्रमिकको उच्च सम्मको सहि मूल्याकंनका साथ कोषले काम गर्छ ।’ हालसम्म कोषमा १० हजार ४ सय ७७ रोजगारदाता र एक लाख १५ हजार ६०६ योगदानकर्ता कोषमा सूचीकृत भएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । १८ करोड १३ लाख २ हजार ७८१ रुपैयाँ श्रमिक तथा रोजगारदाताको योगदान स्वरुप रकम जम्मा भएको छ । गतवर्ष प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा औपचारिक रुपमा शुरु भएको सामाजिक सुरक्षा कोष गतवर्ष मंसिर ११ गतेदेखि शुरु भएको थियो । श्रमिकको सुरक्षित भविष्यका लागि लक्षित गरि शुरु गरिएको सो कोषमा ६९ वटा जिल्लाका संघसंस्थाहरु समेठिएका छन् भने कोषबाट दुई आश्रित परिवारले सामाजिक सुरक्षा रकम प्राप्त गरेका छन् ।

अब एनआरएनले नेपाली र विदेशी दुबैको हैसियतले नेपालमा लगानी गर्न पाउने

काठमाडौं । अब गैरआवासीय नेपाली (एनआरएन)का एउटै लगानीकर्ताले स्वदेशी वा विदेशी लगानीकर्ताको रूपमा नेपालमा लगानी गर्न पाउनेछन् । उद्योग विभागले हालै गरेको आन्तरिक निर्णयअनुसार एनआरएनले अब स्वदेशी र विदेशी लगानीकर्ता दुबैको हैसियतमा नेपालमा लगानी गर्न पाउने बाटो खुलेको हाे । यसअघि एनआरएनले विदेशी लगानीकर्ताको हैसियतमा मात्रै लगानी गर्न पाउने प्रावाधान रहेको थियाे । यससँगै स्वदेशी लगानीकर्ताको रूपमा लगानी गर्दा त्यसबाट भएको नाफा र लगानी फिर्ता लान पाउने छैनन् भने विदेशी लगानीकर्ताको रूपमा स्वीकृति लिएमा त्यसबाट प्राप्त नाफा र लगानी दुबै फिर्ता लान पाउनेछन् । नयाँ व्यवस्थाअनुसार गैरआवासीय नेपालीहरुले इच्छाएमा वा चाहेमा एउटै कम्पनीमा स्वदेशी र विदेशी लगानी भनेर पनि लगानी गर्न पाउने विभागका सूचना अधिकारी विनोदकुमार खड्काले बताए । ‘निश्चित प्रतिशतका आधारमा लगानीकर्ताले एउटै कम्पनीमा पनि स्वदेशी र विदेशी लगानीको हिस्सा राख्न मिल्छ’, उनले भने । आफ्नो पुर्ख्याैली सम्पत्ति देखाएर वा विदेशमा कमाएको सम्पत्ति नेपाल ल्याएर पनि स्वदेशी लगानीकर्ताको हैसियतमा लगानी गर्न सकिन्छ । तर विदेशी लगानीका लागि भने नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्पत्तिको स्रोत देखाउनु पर्ने छ । गैरआवासीय नेपाली ऐन, २०६४ मा नै गैरआवासीय नेपालीहरुले स्वदेशी र विदेशी लगानीकर्ताको हैसियतले लगानी गर्नसक्ने व्यवस्था भए पनि कार्यान्वयनका लागि नियमावली नबन्दा त्यसअनुसार लगानी गर्न पाएका थिएनन् । नियमावली नबन्दा यसअघि गैरआवासीय नेपालीले विदेशी लगानीकर्ताको हैसियतमा मात्रै लगानी गर्दै आएका थिए । गैरआवासीय नेपाली संघका हेमन्त दवाडीले भने नयाँ निर्णयले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न थप सहज हुने छ । अब प्रत्येक गैरआवासीय नेपालीले आफ्नो इच्छा अनुसार स्वदेशी लगानीकर्ताका वा विदेशी लगानीकर्ताका रूपमा लगानी गर्न पाउने छन् । विभागले गैरआवासीय नेपालीको लगानीमा नयाँ व्यवस्था गरे पनि यसअघि आएको गैरआवासीय लगानी विदेशीका रुपमा आउने गरेको थियो । गैरआवासीय नेपालीलाई नेपालको राजनीतिकबाहेक अरु अधिकार नेपाली बराबर नै हुने व्यवस्था संविधानले गरेको छ । तर, कार्यान्वयनका लागि आवश्यक नियमावली भने बनिसकेको छैन ।

नक्कली हस्ताक्षर गरी जनता बैंकबाट २० लाख रकम चोरी गर्ने ६ जना प्रहरीद्वारा सार्वजनिक

काठमाडौं । जनता बैंकबाट रकम चोरी गर्ने आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरीे विभिन्न बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी लाखौँ रुपैयाँ निकाल्ने ६ आरोपीलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रे पाँचखालका सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, बाग्लुङ गलकोटका सुमन पौडेल र सिन्धुपाल्चोकका गोविन्द घिमिरे रहेका छन् । प्रहरीका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जनता, एनाआईसी र मुक्ति विकास बैंकका कर्मचारीमाथि अनुसन्धान गरिरहेको छ । जनता बैंकमा व्यक्तिको खातामा रहेको १९ लाख ९९ हजार रुपैयाँ निकालिएको  प्रहरीले बताएकाे छ। प्रहरीकाे  अनुसन्धानले ५ लाख रुपैयाँका २ वटा चेक र ९ लाख ९९ हजार रुपैयाँको एउटा चेकमार्फत् उक्त रकम निकालिएको थाहा भएकाे छ। जनता बैंकमा  गोपालमान राजबाहकको नाममा रहेको खाताबाट उक्त रकम निकालिएको हो । ५ लाख रुपैयाँको चेक अनिल कार्कीको नाममा काटिएको छ भने अर्को ९ लाख ९९ हजार रुपैयाँको चेक जनता बैंकमै रहेको तेजबहादुर भुजेलमा नाममा काटिएको र उनकै नामकै खातामा डिपोजिट भएको छ । यसरी खाताबाट पैसा चोरिएको थाहा पाएपछि राजवहाकले प्रहरीलाई उजुरी गर्छन् र प्रहरीले जनता बैंकमा रहेको उनको खाता रोक्का गरिदिएको छ ।