इलेक्ट्रिक गाडीका लागि युरोपमा तीन हजारभन्दा बढि अर्डर, नेपालकाे तर्फबाट १५० थान
काठमाडौं । ब्रिटिस ब्राण्ड एमजी (मोरिस ग्यारेज) कोगाडीले युके, नेदरल्याण्ड र नर्वेमा सार्वजनिक भएदेखि नै सकरात्मक प्रतिक्रिया प्राप्त गर्याे र ३ वटा देशबाट ३ हजारभन्दा बढि अर्डरहरु प्राप्त गरिसकेको छ । त्यस्तै नेपालबाट पनि यो गाडीले निकै उत्साहजनक प्रतिक्रिया पाइरहेको छ । पारामाउन्ट मोटर्स प्रा.लि. नेपालका लागि एमजी गाडीको अधिकृत आयातक र वितरकले गत जुलाई महिनामा नयाँ इलेक्ट्रिक एसयूभी एमजी जेडएसका लागि शुरुवातीमा ४९ लाख ९९ हजार रुपैयाँमा प्रिबुकिङग खुलाएको थियो । ९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड एमजी (मोरिस ग्यारेज) को युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अष्ट्रेलिया, न्यूजील्याण्ड, मिडल इस्ट र नेपालमा उच्च माग रहेको छ । एस्एआईसी मोटर्सले एमजी जेडएस इभीका लागि युरोपबाट ३ हजार अर्डर प्राप्त गरेको छ । पाँच सयथान एमजी जेडएस यही महिनामा नेदरल्याण्ड र नर्वेमा निर्यता गरिनेछ । अहिलेसम्म कम्पनीले एमजी जेडएस इभीका लागि १५० थान भन्दा बढि बुकिङग प्राप्त गरिसकेको छ । एमजीले लन्डन, सिलिकन भ्याली, टेल अभिभमा रिसर्च एण्ड डेभलप्मेन्ट सेट गरेर थाइल्याण्ड, इन्डोनेशिया र भारतमा सवारी साधन निर्माण स्थापना गरेर ९३ वटा ओभरसि अर्टो पार्ट निर्माण गरेर विश्वभर पूर्ण अटो उद्योग संञ्जाल स्थापना गरेको छ । एमजीका उत्पादनहरु विश्वभरका ६० भन्दा बढि देशहरुमा बिक्री हुन्छ । यो नयाँ एसयूभीमा सुरक्षालाई सुनिश्चित गर्दै ६ वटा एयरब्याग छ साथै प्रिमियम प्यानारोमिक सनरुफ र आरमदायीक इलेक्ट्रिकल समायोज्य सिटजस्ता विशेषता रहेको छ । यसबाहेक यो गाडीमा ३ वटा ड्राइिभिङ मोडहरु रहेको छ जसमा चालकहरुले आफुलाई मनपर्ने ढंगबाट गाडी चलाउन सक्छन् ।
यी हुन् नेपालका सस्ता आइसियु बेड भएका अस्पताल, कुनमा कति मूल्य ?
काठमाडौं । राजधानीको एउटा अस्पतालमा एक रात बिताउन कति खर्च लाग्छ होला ? यस विषयमा थोरै व्यक्तिलाई मात्र जानकारी होला र भएपनि आफु गईरहेको अस्पतालको बारेमा मात्र ज्ञान होला । स्वास्थ्यमा कुन समयमा कस्तो समस्या आउँछ भन्ने कुराको बारेमा हामी अनविज्ञ छौं । अझ ईमर्जेन्सी सेवाको लागि कति तिर्नुपर्छ भन्ने विषयमा हामीहरु जानकार नै छैनौं । यस्ता मूल्यहरुको बारेमा जानकार नहुँदा मानिसहरु हतारमा लाखौं रुपैंया खर्च गर्न बाध्य हुन्छन् । आफ्नो क्षमता अनुसारको अस्पतालको शुल्कको बारेमा पहिला जानकार नहुँदा मानिसहरु वर्षौंदेखि साँचेर राखेको बचत खर्चन बाध्य हुन्छन् । विकासन्युजले राजधानीका पाँच सरकारी र पाँच प्राइभेट गरी दश प्रमुख अस्पतालको बारेमा लिएकाे जानकारीका अनुसार तिनीहरुले प्रदान गर्दै आएको आइसियु सेवाको मूल्य फरक-फरक पाइएको छ । राजधानीमा सञ्चालित पाँच प्रमुख सरकारी अस्पतालहरु मध्ये वीर अस्पताल, टिचिङ अस्पताल, नेशनल ट्रमा सेन्टर, पाटन अस्पताल र गंगालाल अस्पताल रहेका छन् । यस्तै प्राइभेट अस्पतालहरुमा धापासी स्थित ग्राण्डी अस्पताल, जावलाखेल स्थित अल्का अस्पताल, धापाखेल स्थित सुमेरु अस्पताल, पुल्चोक स्थित निदान अस्पताल र थापाथली स्थित नर्भिक अस्पताल प्रमुख अस्पतालहरुको रुपमा चिनिन्छन् । यस्तो छ सरकारी अस्पतालको आइसियु बेड चार्ज राजधानीका प्रमुख पाँच सरकारी अस्पतालहरुको रकम तुलना गर्दा महाराजगंजस्थित टिचिंङ अस्पतालमा आइसियु सेवा सबैभन्दा सस्तो रहेको पाइएको छ । उक्त अस्पतालमा आइसियु सेवाको प्रति दिन बेड चार्ज १७ सय रुपैंयाँ र अस्पतालले डिपोजिट रकम १५ हजार रुपैंया तोकेको छ । यद्यपी आर्थिक स्थिति कमजोर भएकालाई अस्पतालले ३ हजार रुपैयाँ मात्र लिने गरेको छ । यस्तै बाँसबारी स्थित गंगालाल हृदयरोग अस्पतालले पनि सस्तो रकममा सेवा दिदै आएको छ । अस्पतालमा आइसियु सेवाको प्रति दिन बेड चार्ज २ हजार र सुरुमा डिपोजिटको रुपमा २० हजार रकम बझाउनु पर्दछ । जेठो अस्पताल अर्थात वीर अस्पताल र राष्ट्रिय ट्रमा अस्पताल आइसियु सेवाको तेस्रो सस्तो सरकारी अस्पताल रहेका छन् । यी दुवै अस्पतालहरुले आइसियु सेवाको प्रति दिन बेड चार्ज ३ हजार रुपैयाँ तोकेको छ । वीर अस्पतालले डिपोजिट रकम १० हजार र ट्रमाले २१ हजार लिने गरेको छ । राजधानीमा रहेका प्रमुख ५ सरकारी अस्पतालमध्ये पाटन अस्पताल अन्यको तुलनामा थोरै महंगो रहेको पाइएको छ । अस्पतालले आइसियु सेवाको प्रति दिन बेड चार्ज ३५ सय रुपैंयाँ डिपोजिट रकम १५ हजार तोकेको छ । निजी अस्पतालमा कस्तो छ ? राजधानीमा सयौंको संंख्यामा निजी अस्पतालहरु छन् । राजधानीमा सञ्चालित पाँच प्रमुख अस्पतालहरुले दिँदै आएको आइसियु सेवा बेड चार्जमा ठूलो रकमको अन्तर नदेखिए पनि केही हजारको अन्तर भने रहेको छ । यद्यपी यो केही हजारको अन्तरले भने धेरैलाई ठूलो मद्दत गर्दछ । राजधानीको प्रमुख निजि अस्पतालमा धापाखेल स्थित सुमेरु अस्पतालमा आइसियु सेवाको प्रति दिन बेड चार्ज सबैभन्दा सस्तो रहेको छ । अस्पतालले आइसियु र सिसियु बेड चार्ज २४ घण्टाको ६ हजार रुपैयाँ तोकेको छ । यसको अर्थात यदि बिरामीलाई ३ घण्टा मात्रै आइसियमा राखिएमा उनले ३ घण्टाको रकम स्वरुप सात सय पचास मात्र तिर्नुपर्न छ । अस्पतालले एनआइसियु अर्थात १४ वर्षभन्दा कम उमेरको बालबालिकाको लागि २४ घण्टाको ३ हजार १ सय ५० मात्र तोकेको छ। यस्तै दोस्रो सस्तोमा जावलाखेल स्थित अल्का अस्पताल रहेको छ । यहाँ आइसियु सेवाको प्रति दिन बेड चार्ज ४ हजार ५ सय रहेको छ । तेस्रोमा पुल्चोक स्थित निदान अस्पताल रहेको छ । निदानले आइसियुको प्रति दिन बेड चार्ज ६ हजार ५ सय तोकेको छ। यस्तै चौथौमा धापासी स्थित ग्राण्डी अस्पताल रहेको छ। ग्राण्डी अस्पतालले आइसियुको प्रति दिन बेड चार्ज १० हजार रुपैंया तोकेको छ ।
उत्कृष्ट कलाकारलाई सम्मान गर्दै १७ औँ हस्तकला मेला समापन
काठमाडौं । नेपाल हस्तकला महासंघले आयोजना गरेको १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विजयी तथा उत्कृष्ट प्यभिलियन, उत्कृष्ट स्टल र उत्कृष्ट वस्तु उत्पादकलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको हाे । मेलाको अवसरमा आयोजना गरिएको दुई विधाका प्रतियोगिता अन्तर्गत विजयी कलाकारहरुलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले पुरस्कृत गरेका हो । परम्परागत विधा अन्तर्गत तामा तथा पित्तलका भाँडाकुडा बनाउनेमा प्रकाश ताम्राकारले प्रथम हुँदै ५० हजार नगद पुरस्कार प्राप्त गरे, भने विशाल ताम्राकारले द्धितीय हुँदै नगद ३० हजार प्राप्त गरेका छन् । त्यस्तै चन्द्रबहादुर ताम्राकारले तृतीय हुँदै नगद २० हजार प्राप्त गरे । त्यस्तै, समसामयिक विधाअन्तर्गत फरक क्षमता भएकाबीचको चित्रकला प्रतियोगिताका उत्कृष्ट कलाकारलाई पनि पुरस्कृत गरिएको छ । यस विधामा प्रथम हुनुभएका राघब पोख्रेललाई नगद ५० हजारसहित पुरस्कृत गरियो भने द्धितीय लक्ष्मीभक्त भासिमालाई ३० हजार नगदसहित पुरस्कृत गरियो त्यस्तै रश्मी आमात्य तृतीय भइ नगद २० हजार प्राप्त गरे । अन्य पुरस्कृत हुनेहरुमा उत्कृष्ट प्यभिलियनतर्फ फेयर ट्रेड समूह नेपाललाई नगद रु एक लाखसहित पुरस्कार प्रदान गरिएको थियो भने उत्कृष्ट स्टलतर्फ नेपाल हस्तकला उत्पादक संघ काठमाडौंलाई नगद २५ हजारसहित पुरस्कृत गरिएको थियो । त्यसैगरी उत्कृष्ट वस्तु उत्पादनतर्फ पहिलो, दोस्रो र तेस्रोलाई पनि नगदसहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा आरबी ह्याण्डस् क्राफ्टका रामजी सुनारले नगद २० हजारसहित प्रथम पुरस्कार प्राप्त गरे । त्यस्तै नेपाली डी कलेक्सनका मीनु बज्राचार्यले नगद १५ हजारसहित दास्रो पुरस्कार प्राप्त गर्नु भएको थियो जसलाई कल्पाना क्राफ्टले प्रायोजन गरेको थियो । तृतीय पुरस्कार भने अल्लो लेडीब्याग उत्पादक रीतु सौगातलाई नगद १० हजारसहित पुरस्कार प्रदान गरिएको थियो जसलाई एभरेष्ट फेशनले प्रायोजन गरेको थियो । सोही अवसरमा प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा दुबै विधाका गरि ३१ जना सहभागी भएका थिए । विशेषगरि परम्परागत कला तथा बस्तुहरुको जगेर्ना गर्नुका साथै फरक क्षमताभएका व्यक्तिहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको नेपाल हस्तकला महासंघका उपाध्यक्ष एवं १५ औँ हस्तकला प्रतियोगिताका संयोजक राजमान बज्राचार्यले जानकारी दिए ।
उपराष्ट्रपति पुनले भने, ‘स्टेफन हकिंगले देखाएका छन,अपांगहरुमा विशेष क्षमता हुन्छ’
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले अपांगहरुमा विशेष क्षमता हुने भएकोले सोको प्रष्फुटन गराउदै उनीहरुको व्यक्तित्व विकासको लागि राज्य र सामाजिक अगुवाहरुले मिलेर काम गर्नुपर्ने बताए । हरेक अपांगहरुमा विशेष क्षमता हुन्छ , त्यसलाई पहिचान गरेर व्यक्तित्व विकासको अवसर दिने हो भने उनीहरुले पनि हाम्रो समाजलाई निकै ठूलो योगदान दिन सक्छन ,सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले भने, ‘तपाईले स्टेफन हकिंगको नाम सुन्नुभएको छ, उहाँले ब्ल्याकहोलको सिद्धान्तको प्रतिप्रादन गर्नुभयो उहाँ अपांग हुनुहुन्थ्यो ।’ उपराष्ट्रपति पुनले नेपालको संविधानले फरक क्षमता भएका (अपांग) नागरिकहरुको संरक्षणको समुचित व्यवस्था गरेको र संविधानले उनीहरुलाई दिएका संरक्षणात्मक अधिकारको उपयोग गर्ने सम्बन्धमा सरकारले पनि सामाजिक सुरक्षा र कल्याणका विभिन्न कार्यक्रमहरु तर्जुमा गरेको बताए । उपराष्ट्रपति पुनले सम्मेलनबाट पारित प्रस्तावहरु बौद्धिक अपांगता भएका व्यक्तिहरुको लागिमात्र नभएर उनीहरुको हकहित र कल्याणका कार्यक्रम गर्न चाहने विश्वका सबै देशका सरकार र नागरिकहरुका लागि उत्तिकै उपयोगी हुने विश्वास पनि व्यक्त गरेका छन् । समारोहमा एशियाली बौद्धिक अपांग महासंघका अध्यक्ष डा.सच्चिदानन्द श्रीवास्तवले बौद्धिक अपांगता भएका बालबालिकाहरुको हेरचाह, शिक्षा, स्वास्थ्योपचार, तालिम र जिविकोपार्जनका क्षेत्रमा एशियामा भएका प्रयासहरुबाट एकापसमा ज्ञान,सीप,अनुभवको आदानप्रदान गर्न यो सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे । उद्घाटन कार्यक्रममा सम्मेलन आयोजक समितिका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटाले सम्मेलनले बौद्धिक अपांगता भएका व्यक्तिहरुको हेरचाह,शिक्षा,स्वास्थोपचार,तालिम र जीविकोपार्जनका क्षेत्रमा देखिएका समस्या, तिनको समाधानका लािग गरिनु पर्ने कार्यलाई समता,समानता र समावेशिताका मूल नारामा समेटेर सम्मेलनको आयोजना गरिएको जनाए । कार्यक्रममा बौद्धिक अपांगता भएका व्यक्तिहरुको तर्फबाट शशिबाबु तिवारीले उपयुक्त हेरचाह,शिक्षा र तालिम प्राप्त गरेकोले आफूले व्यक्तित्व विकास गरी आत्मनिर्भर भई जीविकोपार्जनमा सक्षम हुनपाएकोमा गर्वको अनुभूति भएको उल्लेख गर्दै बौद्धिक अपांगता भएका व्यक्तिलाई उपयुक्त अवसरको मात्र खाँचो रहेको बताए । कार्यक्रममा उपयुक्त हेरचाह,शिक्षा र तालिमप्राप्त बौद्धिक अपांगता भएका व्यक्तिहरुसंग वैवाहिक बन्धनमा बाँधिएर सफलतापूर्वक गृहस्थ जीवनमा प्रवेश गरेका नमूना जोडीहरुलाई उपस्थित गराएर कदर पनि गरिएको थियो । कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका बौद्धिक अपांगता भएका व्यक्तिहरुको सम्बन्धमा प्रकाशित हुने जर्नलका सम्पादक दायगु विश्वविद्यालय कोरियाका प्राध्यापक योंग वुक किमले पनि सम्बोधन गरेका थिए । सम्मेलनको उद्घाटन शत्रमा बौद्धिक अपांग भएका व्यक्तिहरुको कल्याणमा उत्कृष्ट काम गर्ने नेपाल,सिंगापुर र फिलिपिन्सका संस्थाहरुलाई १ । १ लाख येनको पुरस्कार पनि प्रदान गरिएको थियो ।
सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा काठमाडौंस्थित जरङ्खुमा
काठमाडौं । काठमाडौंको तारकेश्वरस्थित जरङ्खुमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शाखा विस्तार गरेको छ । इन्स्योरेन्सको पहुंच थप विस्तार गर्दै सर्वसाधारण जनतामाझ आफ्नो सशक्त उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो १०५औं शाखा जरङ्खुमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । उक्त नयाँशाखाको उद्घाटन तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा तथा उप–प्रमुख भवानी धिताल डोटेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल एवम् ब्राण्ड एम्बेसेडर द्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । शाखा कार्यालयको सो उदघाटन कार्यक्रममा कम्पनीका प्रमुखबजार व्यवस्थापन अधिकृत कवि फुयाँल, तारकेश्वर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मनोज घिमिरे, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हिरामणि घिमिरे, नगर शिक्षा प्रमुख होमनाथ न्यौपाने, नगर चेम्बर अध्यक्ष रामप्रसाद महर्जन लगायत समाजकालब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो । तारकेश्वरका नगरपालिका लगायत आसपासका बासिन्दाहरुलाई स्थानीय स्तरमा नै सहज र सरल किसिमले बीमा शुल्क भुक्तानी, बीमा दाबी, बीमा योजनाहरु सम्बन्धी जानकारी लगायतका विभिन्न जीवन बीमा सेवाहरु उपलब्ध गराउने उद्देश्यले शाखा संचालनमा ल्याएको हो । ब्राण्ड एम्बेसेडर मदनकृष्ण श्रेष्ठले आफ्नो जन्मथलो समेत रहेको यस स्थानमा कम्पनीले शाखा विस्तार गरी सहज तथा सुलभ रुपमा सेवा उपलब्ध गराउन लागेकोमा कृतज्ञताज्ञापन व्यक्त गरेका छन् । स–सानो बचतलाई बीमा शुल्कको माध्यमबाट संकलन गरी राष्ट्रिय गौरवका काम गर्दै जाने तथा आर्थिक उन्नतिमा समेत मद्दत मिल्ने भनाइ ब्राण्ड एम्बेसेडर हरिवंश आर्चायको थियो । तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले सिटिजन लाइफसँगको सहकार्यमा नगरवासी माझ बीमा सचेतना अभिवृद्धि गर्न तथा जीवन बीमा योजनाहरु लैजान नगरपालिकाले सकरात्मक भूमिका निर्वाह गर्ने बताए । विसं. २०७४ कार्तिक देखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले छोटो समयमा नेपाली लाइफ इन्स्योरेन्स कम्पनीहरुमाझ आफ्नो उपस्थिति सशक्त बनाउन सफल भएको जनाएको छ ।
अजोड इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सेवा प्रदान गर्ने सम्झौता
काठमाडौं । अजोड इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सहकार्य गर्दै अनलाईन भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै एनआईसी एसिया बैंकबाट अजोड इन्स्योरेन्सका सम्पूर्ण ग्राहकहरुले बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा एनआईसी. एसिया बैंकको सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्सले जानकारी दिएको छ ।
युनाईटेड इन्स्योरेन्सका ग्राहकले एसआरएल डायग्नो स्टिक्सको सेवा सुविधामा १५% छुट पाउने
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कं. (नेपाल)का ग्राहकले एसआरएल डायग्नो स्टिक्स नेपाल प्रा. लि.को सेवा सुविधामा १५ प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच मंगलबार द्धिपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा युनाईटेड इन्स्योरेन्सका का.मु. प्रमुखकार्यकारी अधिकृत रमेशकुमार भट्टराई र एसआरएल डायग्नो स्टिक्स नेपालका आधिकारिक प्रतिनिधि रविन्द्र रत्न तुलाधरले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएसँगै एसआरएल डायग्नो स्टिक्सबाट प्रदान गरिने सुविधाहरु ल्याब टेष्ट परिक्षण गर्दा युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरु तथा कर्मचारीहरु र निजका परिवारका सदस्यहरुले सो मात्राको छुट पाउने कम्पनीले जनाएको छ ।
मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ्ग अभियान सञ्चालन
काठमाडौं । मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ्ग अभियान सञ्चालन आएको छ । नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगद रहितकारोवारलाई प्रोत्साहन गर्नको लागि मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको हो । यस अभियानमा हाल सम्म बैंकको मोवाईल बैंकिङ्ग मार्फत कुनै पनि कारोवार नगरेका ग्राहकहरुले एनटिसी, एनसिएल, स्मार्ट सेल मोवाइलमा टप अप गर्दा पहिलो पटक टप अप गरेको रकमको २० प्रतिशत क्यास व्याक प्राप्त् गर्नेछन् । यो अभियान २०७६ मंसिर १५ गते देखि लागु भई २०७६ फाल्गुन १४ गते सम्म संचालन हुनेछ । हाल सम्म मुक्तिनाथबाट मोवाईल बैंकिङ्ग नलिएका वालिएर पनि कारोवार नगरेका ग्राहकहरुले यो फाईदा लिन सक्नेछन् । यसबाट ग्राहकहरुले मोवाईल रिर्चाज कार्ड किन्ने झन्झटबाट मुक्ति पाउनुको साथै नगदलाभ पनि लिने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।