राजस्व चुहावट गर्ने ७ जना विरुद्ध अदालतमा मुद्धा दायर
काठमाडाैैं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने ७ जान विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । मूल्य अभिवृद्धि करका झुट्टा तथा नक्कली विजकको प्रयोग गरी भन्सार चोरी पैठारी गर्ने ७ जना विरुद्ध अदालतमा मुद्धा दायर गरेको विभागले जनाएको हो । गरी यस्तो कार्य गर्नेमा काभ्रेपलान्चोक घर भई हाल काठगमाडौं बस्ने रामशरण गौतम, नुवाकोटका सन्त वहादुर ओझा, सन्तोष राई, रन्जिप श्रेष्ठ,बैतडीका कृष्णानन्द भट्ट, विरगञ्ज महानगरपालिका (३ का निजामुद्धिन र तेह्रथुमका अभयराजघिमिरे रहेका छन् । काठमाडौंमा एस एण्ड एस अफसेट प्रेस सञ्चालन गर्दै आएका गौतम विरुद्ध ६ करोड १४ लाख ९७ हजार विगो तथा विगोको दोव्वरसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग दावी लिई काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । उनले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मूल्य मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको जनाएके छ । यस्तै अन्यले भारतबाट भन्सार चोरी पैठारी गरी भारतीय नम्वर प्लेटका गाडीहरु नेपालमा ल्याई नक्कली नम्वर प्लेट लगाई विक्री वितरण गरी राजस्व चुहावट गरेकोले राजस्व चुहावट गरेको विभागले जनाएको छ । उनीहरुले अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ ले निषेधित एबं सोही ऐनको दफा ४ (क), ४(ख) र ४ (ग) बमोजिमको कसुरजन्य कार्य गरी १ करोड ६३ लाख राजस्व चुहावट गरेको बताइएको छ । उनीहरुलाई पनि उक्त रकमकको दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन माग दावी गरी मुद्दा दर्ता गरिएको जनाएको छ ।
एबीएस सहितको ‘एनएस १६०’ नेपाली बजारमा, नन-एबीएस भन्दा ३ हजार मात्र महँगो
काठमाडाैं । बजाज टू-व्हिलर्सको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले एबीएस सहितको एनएस १६० लाई केहि दिन अघि नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले उक्त बाइकको मूल्य दुई लाख ८९ हजार नौ सय रुपैयाँ तोकेको छ । एनएस १६० एबीएसको आगमन भएसँगै नेपालमा यसको नन-एबीएस भेरियन्टलाई चाहिँ डिस्कन्टिन्यू गरिएको छ । बजाजलाई आफ्नो प्रोडक्टहरुको मूल्य सवैलाई सुहाउँदो हुनेगरी राख्ने ब्राण्डको रुपमा चिनिन्छ । यस अघि एनएस १६० को नन-एबीएस भेरियन्ट दुई लाख ८६ हजार नौ सय रुपैयाँमा विक्रीवितरण भइरहेको थियो । एनएस १६० एबीएसको मूल्यमा भने केवल तीन हजार रुपैयाँ मात्र थप गर्नुलाई बजाज नेपालको राम्रो कदमका रुपमा लिन सकिन्छ । उक्त नयाँ मोडेलमा सिङ्गल-च्यानल एबीएस बाहेक अरु नयाँ परिमार्जन केहिपनि नरहेको कम्पनीले जनाएको छ । एबीएसको प्रयोगले यस बाइकको ब्रेकिङ्गलाई थप सुरक्षित समेत बनाएको छ । एनएस १६० मा १६०.३ सीसी ओयल कुल्ड इञ्जिन समावेश गरिएको छ जसले १५.२ बीएचपीको पावर र १४.६ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी ५ गियरहरु रहेको यस बाइकले ४५ केएमपीएल हाराहारीको माइलेज प्रदान गर्दछ भनी कम्पनीले दावी गरेको छ । यस बाइकको अगाडि तर्फ टेलिस्कपिक फर्क जडान गरिएको छ भने पछाडि मोनोशक जडान गरिएको छ । ब्रेकिङ्ग तर्फ दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ । १२ लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको एनएस १६० को तौल १४८ केजी, सिट हाइट ८०५ मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ १७७ मिलिमिटरको रहेको छ ।
कार्डबाट हुने सबै बैंकिङ् कारोबार सुरक्षित हुने, एनआईसी एशियाले ल्याउँदै छ नयाँ स्वीच प्रविधि
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई कार्ड सिस्टममा सरल र विश्वसनीय सुविधा प्रदान गर्नका लागि एसटुएमको सेलेक्ट सिष्टम इएफटी स्वीच प्रयोगमा ल्याउने भएको छ । उक्त स्वीच प्रविधि प्रयोगमा ल्याउन बैंकले एसटुएम (सोसाइटी माघ्रेबिनी डी मोनिटिक्यू लि.) मोरक्कोसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एसटुएम मोरक्कोका तर्फबाट उपाध्यक्ष मोहम्मद अमरति रिफीले हस्ताक्षर गरेका छन् । बैकले उच्च गुणस्तरीय आफ्नै स्वीच प्रयोगमा ल्याएसँगै कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुनुका साथै ग्राहक महानुभावहरुले स्वदेश तथा विदेशबाट कार्डबाट हुने इकमर्श कारोबार सहज रुपमा गर्न सकिने छ । सबै प्राविधिक तयारी गरी केही समयमा बैंकले यो प्रविधि संचालनमा ल्याउने छ । उक्त स्वीचको कार्यान्वयनसँगै कार्डबाट हुने भुक्तानी प्रणालीमा विद्यमान विभिन्न सुरक्षा चुनौतीको समाधान हुने विश्वास बैंकले लिएको छ । हाल बैंकले ३१० शाखा कार्यालयहरु, ४०२ एटिएम, ९४ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
होण्डाको नयाँ शोरुम अब भैरहवामा, सिद्धि विनायक अटोले सञ्चालन गर्ने
काठमाडौं । होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले भैरहवाको अञ्चलपुरमा होण्डा मोटरसाइल तथा स्कूटरहरुको आफ्नो नयाँ शोरुम उद्घाटन गरेको छ । होण्डाले मंसिर २६ गतेका दिनदेखि उक्त शोरुमको उद्घाटन गरेको हो । भैरहवामा अवस्थित होण्डाको दोस्रो शोरुमलाई सिद्धि विनायक अटो इन्टरनेशनलले सञ्चालन गर्नेछ । वर्षौदेखि नेपाली ग्राहकहरुलाई उच्चस्तरीय सेवा र सुविधा प्रदान गर्दै आएको होण्डाले भैरहवामा आफ्नो नयाँ शोरुमको स्थापना गरेर त्यस क्षेत्रभरका ग्राहकहरुलाई सहज रुपमा बिक्री वितरण, सर्भिस तथा स्पेयर पार्टस् उपलब्ध गराउने केन्द्रबिन्दु बनाएको छ । स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ज्योति ग्रुपकै एक भाग हो । सन् १९७६ मा स्याकार कम्पनी लि. को रुपमा स्थापित यस कम्पनी आजको दिनमा होण्डा मोटरसाइकल, स्कूटर, कार तथा पावर प्रोडक्टका लागि नेपालमा एक मात्र अधिकृत बिक्रेताको रुपमा स्थापित भएको छ ।
सेन्सेइ ब्राण्डले थप नयाँ घरायसी सामान भित्र्याउँदै
काठमाडौं । चौधरी ग्रुपअन्तर्गत क्वालिटि प्रोडक्ट रहेको सेन्सेई ब्राण्डले थप नयाँ घरायसी सामाग्री नेपाली बजारमा भित्राउन लागेको छ । हरेक नेपाली ग्राहकहरुको रोजाईमा रहेको सेन्सेई ब्राण्डको अधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्रालिले गर्दै आएको छ । अन्तराष्ट्रिय स्तरको राष्ट्रिय मूल्यमा पाईने सेन्सेइ ब्रान्डका घरायसी सामाग्रीहरुको नेपाली बजारमा लोकप्रियता बढ्दो छ । जापानीज टेक्नोलोजीद्धारा निर्मित सेन्सेई ब्राण्डले नर्मल टि.भी., स्मार्ट टि.भी., अडियो सिस्टम, चेस्ट फ्रिजर, वासिङ्ग मेसिन, भ्याकुम क्लिनर र रेफ्रिजेरेटर नेपाली बजारमा भित्राएको छ ।
सिद्धार्थ बैंकले एकैदिन उद्घाटन गर्यो दुई नयाँ शाखा
काठमाडौं । सिद्धार्थ बैंकले एकैदिन दुई शाखाको उद्घाटन गरेको छ । बैंकले मंसिर २६ गते बिहीबार धनुषा अवस्थित विद्यापति चोक शाखा र जनकपुर शाखाको औपचारिक उद्घाटन गरेको हो । बैंकको विद्यापति चोक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक जनकपुर शाखाका निर्देशक हेमप्रसाद न्यौपानेले गरेका छन् । त्यस्तै, जनकपुर शाखाको उद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार शाहले गरेका हुन् । बैंकले विद्यापति चोक शाखागत २०७५ फागुन २२ गते र जनकपुर शाखा २०७५ चैत्र १७ गतेदेखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो । बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९४ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
ट्याक्सी सेवा प्रविधिमैत्री बन्दै, ट्याक्सीमाण्डू एपको शुभारम्भ
काठमाडौं । यात्रुहरूकाे मागलाई मध्यनजर गर्दै ट्याक्सीमाण्डुले प्रविधीयुक्त एपकाे सुभारम्भ गरेकाे छ । काठमाडाैंमा बिहिबार पत्रकार सम्मेलन गर्दै ट्याक्सीमाण्डु एपको शुभारम्भ गरिएकाे हाे । सुरक्षित महशुस गर्दै समयमा गन्तव्य पुगौँ (फिल सेफ राइड अन टाइम) भन्ने नाराका साथमा एप नेपाली बजारमा ल्याइएको संस्थाले जनाएकाे छ । एपको शुभारम्भको अवसरमा बोल्दै ट्याक्सीमाण्डुका डाइरेक्टर विजय तिमल्सिनाले चालक र यात्रुले एक अर्कोलाई कुर्ने दिन सकिएको बताए । साथै, एप समेत सामान्य किसिमको भएकाले सहजै प्रयोग गर्न सकिने जानकारी दिए । ट्याक्सीमाण्डुका एमडी अर्जुन के.सी.ले विश्व प्रविधि मैत्री बन्दै गएको अवस्थामा नेपाली प्रविधिको सेवा सुविधामा वृद्धी गर्न आवश्यक रहेको बताए । आगामी दिनमा ट्याक्सीका ग्राहक तथा ड्राइभरहरूले एक अर्कालाई भेट्न सहज हुने एपको उदेश्य छ । अन्य एप जस्तै एन्ड्रोइड मोवाइल सेटका ग्राहकहरूले प्लेस्टोर मार्फत ट्याक्सीमाण्डु एप डाउनलोड गर्न सक्ने छन् । यस्तै, एप्पलका ग्राहकहरूले एप्स स्टोर्स मार्फत सो एप डाउनलोड गर्न सक्ने छन् । चालक र यात्रुका लागि छुट्टै किसिमको एप रहेका छन् । यात्रु एप र प्यासेन्जर एप गरेर २ किसिमका एम रहेका छन् । एपको प्रयोगबाट ट्याक्सीमा हुने अपराधिक घटनामा कमी हुने अनुमान गरिएको छ । ह्याम्स अस्पताल र ईसेवाबीच सहकार्य गरेको केसीले बताए । भिजिट नेपाल ट्वान्टी ट्वान्टीको उदेश्य भेट्न एप सहयोगी हुने अनुमान गरिएको छ । अधिकाशं पर्यटकले ट्याक्सीको माध्यमबाट नै आफ्नो यात्रा तय गर्ने भएकाले सो अनुमान गरिएको हो । ट्याक्सीमाण्डुले उपत्यका भित्रका पर्यटकहरुको यात्रालाई सुरक्षित बनाउने जानकारी दिइएको छ ।
विद्युत प्राधिकरणले पहिलो चौमासमा गर्यो १३ अर्ब ३१ करोड खर्च, लक्ष्यभन्दा २ प्रतिशत बढी
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले पहिलो चौमासमा १३ अर्ब ३१ करोड रुपैयाँ खर्च गरेको छ । प्राधिकरणले गरेको याे अवधिमा खर्च लक्ष्यभन्दा २ प्रतिशतले बढी हो । प्राधिकरणले चालु आवको यो समयसम्म १३ अर्ब ११ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो । चालु आर्थिक वर्षकाे पहिलाे चाैमासिकमा नेपाल विद्युत प्राधिकरणद्वारा सञ्चालित आयोजनाको वित्तीय प्रगति १०१.५२ प्रतिशत रहेको छ । प्राधिकरणद्वारा सञ्चालित विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुको वित्तीय प्रगति १०१.५२ प्रतिशत रहेको जनाएको हाे । प्राधिकरणका अनुसार प्राधिकरण द्वारा सञ्चालित आयोजनाहरुले चालु आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिकमा १३ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको जनाएको छ । यसरी हेर्दा लक्ष्य राखेभन्दा २० कराेड खर्च भएकाे छ । ती आयोजनाहरुको भौतिक प्रगति भने ८६ प्रतिशत रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले वन क्षेत्रको जग्गा प्रयोग, जग्गा अधिग्रहणलगायतमा रहेका समस्या समाधान गर्न सबै क्षेत्रबाट तदारुकताका साथ सहयोग भएमा आवको बाँकी अवधिमा निर्माणाधीन आयोजनाको प्रगति अझै बढ्ने बताए । प्राधिकरणले चालु आवमा नेपाल सरकारको स्रोतबाट १० अर्ब ३१ करोड र वैदेशिक ऋण तथा अनुदानबाट ४५ अर्ब ३० करोड गरी ५५ अर्ब ६१ करोड रुपैयाँ बजेट पाएको छ । विभिन्न कारणले रुग्ण बनेका ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजना चालु आवको पहिलो चौमासिकमा निर्माण सम्पन्न भई ७४ मेगावाट विद्युत् उत्पादन सुरु भएको छ । यस अवधिमा प्राधिकरणका र निजी क्षेत्रका ६ आयोजनाको ७३.५ गरी १४७.५ मेगावाट विद्युत् प्रणालीमा थप भएको छ । समीक्षा अवधिमा प्रसारण लाइनतर्फ ६ आयोजनाको एक सय ९३ सर्किट किलोमिटर लाइन निर्माण सम्पन्न भएको छ । यस अवधिमा सात वटा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएका छन् भने आठ वटाको स्तरोन्नति गरिएको छ । सहायक कम्पनीमार्फत ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी र १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । माथिल्लो तामाकोसीले यस अवधिमा दुई अर्ब ४६ करोड बजेट खर्च गर्ने लक्ष्य तय गरेकोमा एक अर्ब ७६ करोड रुपैयाँ खर्च गरेको छ ।