राजस्व चुहावट गर्ने ७ जना विरुद्ध अदालतमा मुद्धा दायर

<p>काठमाडाैैं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने ७ जान विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । मूल्य अभिवृद्धि करका झुट्टा तथा नक्कली विजकको प्रयोग गरी भन्सार चोरी पैठारी गर्ने ७ जना विरुद्ध अदालतमा मुद्धा दायर गरेको विभागले जनाएको हो । गरी यस्तो कार्य गर्नेमा काभ्रेपलान्चोक घर भई हाल काठगमाडौं बस्ने रामशरण गौतम, नुवाकोटका [&hellip;]</p>

काठमाडाैैं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने ७ जान विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । मूल्य अभिवृद्धि करका झुट्टा तथा नक्कली विजकको प्रयोग गरी भन्सार चोरी पैठारी गर्ने ७ जना विरुद्ध अदालतमा मुद्धा दायर गरेको विभागले जनाएको हो ।

गरी यस्तो कार्य गर्नेमा काभ्रेपलान्चोक घर भई हाल काठगमाडौं बस्ने रामशरण गौतम, नुवाकोटका सन्त वहादुर ओझा, सन्तोष राई, रन्जिप श्रेष्ठ,बैतडीका कृष्णानन्द भट्ट, विरगञ्ज महानगरपालिका (३ का निजामुद्धिन र तेह्रथुमका अभयराजघिमिरे रहेका छन् ।  काठमाडौंमा एस एण्ड एस अफसेट प्रेस सञ्चालन गर्दै आएका गौतम विरुद्ध ६ करोड १४ लाख ९७ हजार विगो तथा विगोको दोव्वरसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग दावी लिई काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

उनले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मूल्य मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको जनाएके छ । यस्तै अन्यले भारतबाट भन्सार चोरी पैठारी गरी भारतीय नम्वर प्लेटका गाडीहरु नेपालमा ल्याई नक्कली नम्वर प्लेट लगाई विक्री वितरण गरी राजस्व चुहावट गरेकोले राजस्व चुहावट गरेको विभागले जनाएको छ ।

उनीहरुले अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ ले निषेधित एबं सोही ऐनको दफा ४ (क), ४(ख) र ४ (ग) बमोजिमको कसुरजन्य कार्य गरी १ करोड ६३ लाख राजस्व चुहावट गरेको बताइएको छ ।  उनीहरुलाई पनि उक्त रकमकको दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन माग दावी गरी मुद्दा दर्ता गरिएको जनाएको छ ।

Share News