काठमाडौं । सिद्धार्थ बैंकले एकैदिन दुई शाखाको उद्घाटन गरेको छ । बैंकले मंसिर २६ गते बिहीबार धनुषा अवस्थित विद्यापति चोक शाखा र जनकपुर शाखाको औपचारिक उद्घाटन गरेको हो ।
बैंकको विद्यापति चोक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक जनकपुर शाखाका निर्देशक हेमप्रसाद न्यौपानेले गरेका छन् । त्यस्तै, जनकपुर शाखाको उद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार शाहले गरेका हुन् ।
बैंकले विद्यापति चोक शाखागत २०७५ फागुन २२ गते र जनकपुर शाखा २०७५ चैत्र १७ गतेदेखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।
बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९४ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।