विकासन्युज

एण्ड्रिजद्धारा ६७ मेगावाटका चार आयोजना राष्ट्रिय विद्युतिय प्रसारण लाईनमा जडान

काठमाडौं । एण्ड्रिजले आफ्नो सेवाग्राही दिवस(कस्टुमर डे) आफ्ना मूल्यवान ग्राहकहरुसंग अन्तरक्रिया गर्दै आयोजना गरेको छ । अन्तर्राष्ट्रिय प्रविधि समूह, एण्ड्रिजले आज काठमांडौमा आफ्नो चौथौं सेवाग्राही दिवसको आयोजना गरेको हो । उक्त कार्यक्रमको उद्घाटन नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग, अस्ट्रियन दूतावास भारत र नेपालका मिसन उपप्रमख माथियास रेडोजोटिक्स, यातायात र प्रविधिकालागि अटासी माइकल लेडरर, एण्ड्रिजको दक्षिण एसिया, दक्षिण पूर्व एसिया तथा ओसिनियाका क्षेत्रीय कार्यकारी जोशेफ उल्मरले संयुक्त रुपमा गरेका छन् । एण्ड्रिजले नेपालसँग ३ दशकलामो ऐतिहासिक सम्बन्ध कायम गरेको छ । साथै, नेपालको विकास र प्रगतिको एक हिस्सा हुन गएको छ । एण्ड्रिजले नेपालका ३० भन्दा बढि सम्पन्न तथा निर्मार्णाधिन आयोजना गरी लगभग १२०० मेगावाट क्षमताका आयोजनाहरुमा आफ्नो संलग्नता कायम गरको छ । यस वर्षमात्रै लगभग ६७ मेगावाटका ४ आयोजनाहरुलाई सफलताका साथ राष्ट्रिय विद्युतिय प्रसारण लाईनमा जोड्न सफल भएको छ । हाल राष्ट्रिय गौरवका आयोजनाहरु, माथिल्लो तामाकोशी जलविद्युत आयोजना(४५६ मेगावाट) र मध्यभोटेकोशी जलविद्युत आयोजना(१०२मेगावाट) साथै निजी क्षेत्रबाट संचालित अन्य धेरै आयोजनाहरुमा संलग्न रहेको छ । जोसेफ उल्मरले आफ्नो स्वागत मन्तव्यमा भने “नेपालको विकासमाहामी एक हिस्सा भएकोमा हामी गौरवान्वित भएका छौं र हाम्रो संलग्नतालाई निरन्तरता दिंदै देशलाई विकासको मार्गमा डोर्याउने प्रतिवद्धता जाहेर गर्दछौं ।” नेपालमा एण्ड्रिजको बढ्दो प्रतिवद्धता संगै यसले सन् २०१७मा काठमाडौंमा आफ्नो कार्यालय स्थापना गरेको छ र नेपालमा बिक्री, सेवा र परियोजना व्यवस्थापनको लागि योग्य समूहको नेतृत्व गरेको छ ।

नेपालकाे २५ जिल्लामा टेलिकमको एफटीटीएच सेवा, मुलुकभर विस्तार गर्ने तयारी

काठमाडौं । नेपाल टेलिकमले नेपालभर विभिन्न स्थानहरुमा तीब्र गतिको डाटा र भ्वाइस सेवा समेत चलाउन मिल्ने एफटीटीएच अर्थात फाइबर टु द होम सेवा उपलब्ध गराइरहेको छ । काठमाडौं उपत्यकाबाट वितरण प्रारम्भ गरिएको एफटीटीएच सेवा हाल नेपालभर २५ जिल्लाका विभिन्न स्थानमा उपलब्ध छ । काठमाडौंमा यो सेवा कीर्तिपुर कार्यालय अन्तर्गत भत्केकोपाटी रुट, एक्सचेन्ज एरिया, नगाउँ दोबाटो चोक, नगाउँ, कीर्तिपुर विहार, कीर्तिपुर, कीर्तिपुर ढोकासी, चिखु प्लानिङ, कुमारी क्लब र ट्याङ्लाफाँट क्षेत्रमा यो सेवा वितरण भइरहेको छ । त्यसैगरी गोंगबु कार्यालय अन्तर्गत चमती, गोंगबु चोक रिङरोड, खुशिबु टाउन प्लानिङ, खुशिबु नयाँ बजार र बसुन्धरा क्षेत्रमा सेवा वितरण भइरहेको छ । नक्साल एक्सचेञ्जबाट पुतलीसडकमा कुमारी बैंकको विपरित क्षेत्र, पुतलीसडक, स्टार मल, डिल्लीबजार, डिल्लीबजार पिपलबोट, चारखाल, ज्ञानेश्वर, घट्टेकुलो, मैतीदेवी, खसीबजार र कृष्ण पाउरोटी क्षेत्रमा एफटीटीएच सेवा उपलब्ध छ । छाउनी कार्यालय अन्तर्गत कालिमाटी, ताहाचल, छाउनी, बाफल र गाईबाच्छा पाटी क्षेत्रमा र नैकाप अन्तर्गत सिभिल होम्स तीनथाना, अर्किड कोलोनी, ढुंगेअड्डा तथा ढुंगेअड्डा देखि तीनथाना क्षेत्रमा यो सेवा वितरण भइरहेको छ । सुन्धारा कार्यालयबाट ठहिटी चोक, भेडासिंह, असन, वागदरबार र टेकु तथा हात्तिगौडा अन्तर्गत बसुन्धरा, महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट नजिक, सुकेधारा र धुम्बाराही नजिक क्षेत्रमा यो सेवा उपलब्ध छ । बबरमहल कार्यालय अन्तर्गत अल्फा बिटा नजिक, बीआईसीसीको उत्तर, ह्वाइट हाउस नजिक र भेनस हस्पिटलको विपरित क्षेत्रमा यो सेवा उपलब्ध छ । त्यसैगरी ठिमी(गोठाटार) अन्तर्गत नमुना चोक, सनराइज चोक, काँडाघारी चोक नजिक र सनसिटी तथा चाबहिलमा कार्यालय नजिकको क्षेत्रमा यो सेवा उपलब्ध छ । ललितपुर जिल्लामा सैंबु, पाटन र ठैब कार्यालयबाट एफटीटीएच सेवा वितरण भइरहेको छ । सैंबु अन्तर्गत संैबु कार्यालय, विनायक कोलोनी, जनता आवास र कार्यविनायक तथा पाटन कार्यालय अन्तर्गत बखुन्डोल नजिक, सानेपा चोक, झम्सिखेल, घुसिंगाल, कुपन्डोल र कानदेवता स्थानमा यो सेवा उपलब्ध छ । त्यसैगरी ठैब कार्यालय अन्तर्गत झरुवारासी, नयाँ बस्ती र दमाईटारमा यो सेवा उपलब्ध छ । भक्तपुर जिल्लामा भक्तपुर र ठिमी कार्यालयले एफटीटीएच सेवा उपलब्ध गराइरहेका छन् । भक्तपुर अन्तर्गत जितपुर र नगरकोट तथा ठिमी अन्तर्गत आँखा अस्पताल क्षेत्र, पुल नजिकै, क्याबिनेट २५मा र कौशलटार क्षेत्रमा यो सेवा उपलब्ध छ । कास्कीको पोखरा तथा पार्दी क्षेत्रमा हल्लन चोक, जरेबर र लेक साइडमा यो सेवा लिन सकिन्छ । रुपन्देहीको भैरहवास्थित अन्चलपुर, मिलनचोक र एक्सचेन्ज चोक, मंगलापुरस्थित पारामाउन्ट चोक, नयाँ मिल एरिया, एनटी एक्सचेन्ज क्षेत्र र भक्तपुर चोक एरिया, बुटवलस्थित महेन्द्र चोक, ट्राफिक चोक र अमरपथ तथा सूर्यपुरामा यो सेवा उपलब्ध छ । काभ्रेको बनेपा कार्यालय नजिक यो सेवा उपलब्ध छ । त्यसैगरी दाङको घोराही, बागलुङको बागलुङ बजार, बाँकेको नेपालगन्जस्थित भृकुटीनगर, बसपार्क, कारकान्दो अन्तर्गत नेपाल विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय, धम्बोझी क्षेत्र, राँझा एयरपोर्ट, कोहलपुर र शिव मन्दिरमा यो सेवा उपलब्ध छ । चितवनको सौराहास्थित हात्तिचोक र बछौली चोक, भरतपुर क्षेत्र, टाँडी चोक, प्रहरी कार्यालय र दूरसञ्चार मोडमा यो सेवा उपलब्ध छ । मकवानपुरको हेटौंडास्थित वस्तीपुर, हेटौडा टेलिकम कार्यालय नजिकको क्षेत्र, बुद्धचोक, ओमभवन र चौकी टोल ओरालोमा यो सेवा उपलब्ध छ । मोरङको विराटनगरस्थित जलजला चोक, धनकुटाको त्रिवेणी चोक र हाइवे, धनुषाको जनकपुरस्थित शिवचोक, भानुचोक, महाविर चोक, मुरली चोक र प्रदेश २ का मुख्यमन्त्रीको कार्यालय क्षेत्रमा यो सेवा वितरण भइरहेको छ । झापाको दमकस्थित नाइट बस स्टप र विर्तामोडस्थित मुक्ति चोक र बस स्टपको पश्चिम क्षेत्रमा यो सेवा लिन सकिन्छ । त्यसैगरी कैलालीको धनगढीस्थित हुलाकी रोडको क्याम्पस चोक, शिवनगर चोक, ज्ञानु प्लाजा चौराहा र चौराहाको विपरित क्षेत्रमा यो सेवा उपलब्ध छ । कन्चनपुरको महेन्द्रनगरस्थित बजार लाइन तथा म्याग्दीको बेनी बजार र बेनी एक्सचेन्ज तथा नवलपरासीको बर्दघाटस्थित बाढीपीडित क्षेत्र र क्याविनेट २ क्षेत्रमा यो सेवा उपलब्ध छ । पाल्पाको बजार क्षेत्रमा पनि यो सेवा उपलब्ध छ । सिन्धुपाल्चोकको तातोपानी ड्राइपोर्ट एरिया, सोलुखुम्बुको लुक्लास्थित चौरीखर्क, सुर्खेतको बजार नजिक १९ क्याबिनेट र वीरेन्द्र चोकमा यो सुविधा उपलब्ध छ । एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पुर्याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकका लागि यो सेवा प्रभावकारी र उपयोगी पनि छ । यो सेवा मुलुकभर विस्तार गर्न कम्पनीले तीब्र रुपले कार्य योजना अघि बढाएको छ । कम्पनीले यो सेवालाई ‘एनटी फाइबर’को नाममा ब्राण्डिङ गरेको छ । नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका साथै कम्बो प्याकेज समेत उपलब्ध गराइरहेको छ । यस अन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ । हाल एफटीटीएच प्याकेज अन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् । हालसम्म कम्पनीका यस सेवाका ग्राहक संख्या १५ हजार ८ सय रहेको छ ।

‘भिबोन’ ब्राण्डका कुर्सी अब नेपाली बजारमा, शरीरको बनावट अनुसार समायोजन गर्ने

काठमाडौं । अन्तराष्ट्रिय शोधकर्ताहरुको संस्था बिआईएफएमएबाट ईर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिङ्गापुर स्थित ब्लुबेल ईर्गाेनोमिक्सको “भिबोन” ब्राण्डका कुर्सी अब नेपालमा उपलब्ध छ । यसले हाम्रो शरीरको बनावट अनुसार समायोजन गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ । चक्रपथ, महराजगंज स्थित हलेशी डेकोरमा कम्पनीले ईर्गाेनोमिक्स कुर्सीको अनुभव तथा बिक्री केन्द्र स्थापित गरेको छ भने आगामी दिनमा देशका अन्य प्रमुख भागहरुमा यस्तो केन्द्रहरु स्थापना गर्ने कम्पनीले जनाएको छ । घर, अफिस तथा अन्य प्रयोजनको लागी ४० भन्दा बढी डिजाईनका भिबोन इर्गाेनोमिक्स कुर्सीको अनुभव अब नेपालीले सजिलै पाउने कम्पनीले जनाएकाे छ ।

राजस्व चुहावट गर्ने ७ जना विरुद्ध अदालतमा मुद्धा दायर

काठमाडाैैं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने ७ जान विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । मूल्य अभिवृद्धि करका झुट्टा तथा नक्कली विजकको प्रयोग गरी भन्सार चोरी पैठारी गर्ने ७ जना विरुद्ध अदालतमा मुद्धा दायर गरेको विभागले जनाएको हो । गरी यस्तो कार्य गर्नेमा काभ्रेपलान्चोक घर भई हाल काठगमाडौं बस्ने रामशरण गौतम, नुवाकोटका सन्त वहादुर ओझा, सन्तोष राई, रन्जिप श्रेष्ठ,बैतडीका कृष्णानन्द भट्ट, विरगञ्ज महानगरपालिका (३ का निजामुद्धिन र तेह्रथुमका अभयराजघिमिरे रहेका छन् ।  काठमाडौंमा एस एण्ड एस अफसेट प्रेस सञ्चालन गर्दै आएका गौतम विरुद्ध ६ करोड १४ लाख ९७ हजार विगो तथा विगोको दोव्वरसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग दावी लिई काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । उनले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मूल्य मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको जनाएके छ । यस्तै अन्यले भारतबाट भन्सार चोरी पैठारी गरी भारतीय नम्वर प्लेटका गाडीहरु नेपालमा ल्याई नक्कली नम्वर प्लेट लगाई विक्री वितरण गरी राजस्व चुहावट गरेकोले राजस्व चुहावट गरेको विभागले जनाएको छ । उनीहरुले अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ ले निषेधित एबं सोही ऐनको दफा ४ (क), ४(ख) र ४ (ग) बमोजिमको कसुरजन्य कार्य गरी १ करोड ६३ लाख राजस्व चुहावट गरेको बताइएको छ ।  उनीहरुलाई पनि उक्त रकमकको दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन माग दावी गरी मुद्दा दर्ता गरिएको जनाएको छ ।

एबीएस सहितको ‘एनएस १६०’ नेपाली बजारमा, नन-एबीएस भन्दा ३ हजार मात्र महँगो

काठमाडाैं । बजाज टू-व्हिलर्सको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले एबीएस सहितको एनएस १६० लाई केहि दिन अघि नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले उक्त बाइकको मूल्य दुई लाख ८९ हजार नौ सय रुपैयाँ तोकेको छ । एनएस १६० एबीएसको आगमन भएसँगै नेपालमा यसको नन-एबीएस भेरियन्टलाई चाहिँ डिस्कन्टिन्यू गरिएको छ । बजाजलाई आफ्नो प्रोडक्टहरुको मूल्य सवैलाई सुहाउँदो हुनेगरी राख्ने ब्राण्डको रुपमा चिनिन्छ । यस अघि एनएस १६० को नन-एबीएस भेरियन्ट दुई लाख ८६ हजार नौ सय रुपैयाँमा विक्रीवितरण भइरहेको थियो । एनएस १६० एबीएसको मूल्यमा भने केवल तीन हजार रुपैयाँ मात्र थप गर्नुलाई बजाज नेपालको राम्रो कदमका रुपमा लिन सकिन्छ । उक्त नयाँ मोडेलमा सिङ्गल-च्यानल एबीएस बाहेक अरु नयाँ परिमार्जन केहिपनि नरहेको कम्पनीले जनाएको छ । एबीएसको प्रयोगले यस बाइकको ब्रेकिङ्गलाई थप सुरक्षित समेत बनाएको छ । एनएस १६० मा १६०.३ सीसी ओयल कुल्ड इञ्जिन समावेश गरिएको छ जसले १५.२ बीएचपीको पावर र १४.६ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी ५ गियरहरु रहेको यस बाइकले ४५ केएमपीएल हाराहारीको माइलेज प्रदान गर्दछ भनी कम्पनीले दावी गरेको छ । यस बाइकको अगाडि तर्फ टेलिस्कपिक फर्क जडान गरिएको छ भने पछाडि मोनोशक जडान गरिएको छ । ब्रेकिङ्ग तर्फ दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ । १२ लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको एनएस १६० को तौल १४८ केजी, सिट हाइट ८०५ मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ १७७ मिलिमिटरको रहेको छ ।

कार्डबाट हुने सबै बैंकिङ् कारोबार सुरक्षित हुने, एनआईसी एशियाले ल्याउँदै छ नयाँ स्वीच प्रविधि

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई कार्ड सिस्टममा सरल र विश्वसनीय सुविधा प्रदान गर्नका लागि एसटुएमको सेलेक्ट सिष्टम इएफटी स्वीच प्रयोगमा ल्याउने भएको छ । उक्त स्वीच प्रविधि प्रयोगमा ल्याउन बैंकले एसटुएम (सोसाइटी माघ्रेबिनी डी मोनिटिक्यू लि.) मोरक्कोसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एसटुएम मोरक्कोका तर्फबाट उपाध्यक्ष मोहम्मद अमरति रिफीले हस्ताक्षर गरेका छन् । बैकले उच्च गुणस्तरीय आफ्नै स्वीच प्रयोगमा ल्याएसँगै कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुनुका साथै ग्राहक महानुभावहरुले स्वदेश तथा विदेशबाट कार्डबाट हुने इकमर्श कारोबार सहज रुपमा गर्न सकिने छ । सबै प्राविधिक तयारी गरी केही समयमा बैंकले यो प्रविधि संचालनमा ल्याउने छ । उक्त स्वीचको कार्यान्वयनसँगै कार्डबाट हुने भुक्तानी प्रणालीमा विद्यमान विभिन्न सुरक्षा चुनौतीको समाधान हुने विश्वास बैंकले लिएको छ । हाल बैंकले ३१० शाखा कार्यालयहरु, ४०२ एटिएम, ९४ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

होण्डाको नयाँ शोरुम अब भैरहवामा, सिद्धि विनायक अटोले सञ्चालन गर्ने

काठमाडौं । होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले भैरहवाको अञ्चलपुरमा होण्डा मोटरसाइल तथा स्कूटरहरुको आफ्नो नयाँ शोरुम उद्घाटन गरेको छ । होण्डाले मंसिर २६ गतेका दिनदेखि उक्त शोरुमको उद्घाटन गरेको हो । भैरहवामा अवस्थित होण्डाको दोस्रो शोरुमलाई सिद्धि विनायक अटो इन्टरनेशनलले सञ्चालन गर्नेछ । वर्षौदेखि नेपाली ग्राहकहरुलाई उच्चस्तरीय सेवा र सुविधा प्रदान गर्दै आएको होण्डाले भैरहवामा आफ्नो नयाँ शोरुमको स्थापना गरेर त्यस क्षेत्रभरका ग्राहकहरुलाई सहज रुपमा बिक्री वितरण, सर्भिस तथा स्पेयर पार्टस् उपलब्ध गराउने केन्द्रबिन्दु बनाएको छ । स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ज्योति ग्रुपकै एक भाग हो । सन् १९७६ मा स्याकार कम्पनी लि. को रुपमा स्थापित यस कम्पनी आजको दिनमा होण्डा मोटरसाइकल, स्कूटर, कार तथा पावर प्रोडक्टका लागि नेपालमा एक मात्र अधिकृत बिक्रेताको रुपमा स्थापित भएको छ ।

सेन्सेइ ब्राण्डले थप नयाँ घरायसी सामान भित्र्याउँदै

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत क्वालिटि प्रोडक्ट रहेको सेन्सेई ब्राण्डले थप नयाँ घरायसी सामाग्री नेपाली बजारमा भित्राउन लागेको छ । हरेक नेपाली ग्राहकहरुको रोजाईमा रहेको सेन्सेई ब्राण्डको अधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्रालिले गर्दै आएको छ । अन्तराष्ट्रिय स्तरको राष्ट्रिय मूल्यमा पाईने सेन्सेइ ब्रान्डका घरायसी सामाग्रीहरुको नेपाली बजारमा लोकप्रियता बढ्दो छ । जापानीज टेक्नोलोजीद्धारा निर्मित सेन्सेई ब्राण्डले नर्मल टि.भी., स्मार्ट टि.भी., अडियो सिस्टम, चेस्ट फ्रिजर, वासिङ्ग मेसिन, भ्याकुम क्लिनर र रेफ्रिजेरेटर नेपाली बजारमा भित्राएको छ ।