काठमाडौं । अन्तराष्ट्रिय शोधकर्ताहरुको संस्था बिआईएफएमएबाट ईर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिङ्गापुर स्थित ब्लुबेल ईर्गाेनोमिक्सको “भिबोन” ब्राण्डका कुर्सी अब नेपालमा उपलब्ध छ । यसले हाम्रो शरीरको बनावट अनुसार समायोजन गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।
चक्रपथ, महराजगंज स्थित हलेशी डेकोरमा कम्पनीले ईर्गाेनोमिक्स कुर्सीको अनुभव तथा बिक्री केन्द्र स्थापित गरेको छ भने आगामी दिनमा देशका अन्य प्रमुख भागहरुमा यस्तो केन्द्रहरु स्थापना गर्ने कम्पनीले जनाएको छ ।
घर, अफिस तथा अन्य प्रयोजनको लागी ४० भन्दा बढी डिजाईनका भिबोन इर्गाेनोमिक्स कुर्सीको अनुभव अब नेपालीले सजिलै पाउने कम्पनीले जनाएकाे छ ।