एण्ड्रिजद्धारा ६७ मेगावाटका चार आयोजना राष्ट्रिय विद्युतिय प्रसारण लाईनमा जडान

<p>काठमाडौं । एण्ड्रिजले आफ्नो सेवाग्राही दिवस(कस्टुमर डे) आफ्ना मूल्यवान ग्राहकहरुसंग अन्तरक्रिया गर्दै आयोजना गरेको छ । अन्तर्राष्ट्रिय प्रविधि समूह, एण्ड्रिजले आज काठमांडौमा आफ्नो चौथौं सेवाग्राही दिवसको आयोजना गरेको हो । उक्त कार्यक्रमको उद्घाटन नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग, अस्ट्रियन दूतावास भारत र नेपालका मिसन उपप्रमख माथियास रेडोजोटिक्स, यातायात र प्रविधिकालागि अटासी माइकल लेडरर, [&hellip;]</p>

काठमाडौं । एण्ड्रिजले आफ्नो सेवाग्राही दिवस(कस्टुमर डे) आफ्ना मूल्यवान ग्राहकहरुसंग अन्तरक्रिया गर्दै आयोजना गरेको छ । अन्तर्राष्ट्रिय प्रविधि समूह, एण्ड्रिजले आज काठमांडौमा आफ्नो चौथौं सेवाग्राही दिवसको आयोजना गरेको हो ।

उक्त कार्यक्रमको उद्घाटन नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग, अस्ट्रियन दूतावास भारत र नेपालका मिसन उपप्रमख माथियास रेडोजोटिक्स, यातायात र प्रविधिकालागि अटासी माइकल लेडरर, एण्ड्रिजको दक्षिण एसिया, दक्षिण पूर्व एसिया तथा ओसिनियाका क्षेत्रीय कार्यकारी जोशेफ उल्मरले संयुक्त रुपमा गरेका छन् ।
एण्ड्रिजले नेपालसँग ३ दशकलामो ऐतिहासिक सम्बन्ध कायम गरेको छ । साथै, नेपालको विकास र प्रगतिको एक हिस्सा हुन गएको छ ।

एण्ड्रिजले नेपालका ३० भन्दा बढि सम्पन्न तथा निर्मार्णाधिन आयोजना गरी लगभग १२०० मेगावाट क्षमताका आयोजनाहरुमा आफ्नो संलग्नता कायम गरको छ । यस वर्षमात्रै लगभग ६७ मेगावाटका ४ आयोजनाहरुलाई सफलताका साथ राष्ट्रिय विद्युतिय प्रसारण लाईनमा जोड्न सफल भएको छ ।

हाल राष्ट्रिय गौरवका आयोजनाहरु, माथिल्लो तामाकोशी जलविद्युत आयोजना(४५६ मेगावाट) र मध्यभोटेकोशी जलविद्युत आयोजना(१०२मेगावाट) साथै निजी क्षेत्रबाट संचालित अन्य धेरै आयोजनाहरुमा संलग्न रहेको छ ।

जोसेफ उल्मरले आफ्नो स्वागत मन्तव्यमा भने “नेपालको विकासमाहामी एक हिस्सा भएकोमा हामी गौरवान्वित भएका छौं र हाम्रो संलग्नतालाई निरन्तरता दिंदै देशलाई विकासको मार्गमा डोर्याउने प्रतिवद्धता जाहेर गर्दछौं ।”
नेपालमा एण्ड्रिजको बढ्दो प्रतिवद्धता संगै यसले सन् २०१७मा काठमाडौंमा आफ्नो कार्यालय स्थापना गरेको छ र नेपालमा बिक्री, सेवा र परियोजना व्यवस्थापनको लागि योग्य समूहको नेतृत्व गरेको छ ।

Share News