होण्डाको नयाँ शोरुम अब भैरहवामा, सिद्धि विनायक अटोले सञ्चालन गर्ने
काठमाडौं । होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले भैरहवाको अञ्चलपुरमा होण्डा मोटरसाइल तथा स्कूटरहरुको आफ्नो नयाँ शोरुम उद्घाटन गरेको छ । होण्डाले मंसिर २६ गतेका दिनदेखि उक्त शोरुमको उद्घाटन गरेको हो । भैरहवामा अवस्थित होण्डाको दोस्रो शोरुमलाई सिद्धि विनायक अटो इन्टरनेशनलले सञ्चालन गर्नेछ । वर्षौदेखि नेपाली ग्राहकहरुलाई उच्चस्तरीय सेवा र सुविधा प्रदान गर्दै आएको होण्डाले भैरहवामा आफ्नो नयाँ शोरुमको स्थापना गरेर त्यस क्षेत्रभरका ग्राहकहरुलाई सहज रुपमा बिक्री वितरण, सर्भिस तथा स्पेयर पार्टस् उपलब्ध गराउने केन्द्रबिन्दु बनाएको छ । स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ज्योति ग्रुपकै एक भाग हो । सन् १९७६ मा स्याकार कम्पनी लि. को रुपमा स्थापित यस कम्पनी आजको दिनमा होण्डा मोटरसाइकल, स्कूटर, कार तथा पावर प्रोडक्टका लागि नेपालमा एक मात्र अधिकृत बिक्रेताको रुपमा स्थापित भएको छ ।
सेन्सेइ ब्राण्डले थप नयाँ घरायसी सामान भित्र्याउँदै
काठमाडौं । चौधरी ग्रुपअन्तर्गत क्वालिटि प्रोडक्ट रहेको सेन्सेई ब्राण्डले थप नयाँ घरायसी सामाग्री नेपाली बजारमा भित्राउन लागेको छ । हरेक नेपाली ग्राहकहरुको रोजाईमा रहेको सेन्सेई ब्राण्डको अधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्रालिले गर्दै आएको छ । अन्तराष्ट्रिय स्तरको राष्ट्रिय मूल्यमा पाईने सेन्सेइ ब्रान्डका घरायसी सामाग्रीहरुको नेपाली बजारमा लोकप्रियता बढ्दो छ । जापानीज टेक्नोलोजीद्धारा निर्मित सेन्सेई ब्राण्डले नर्मल टि.भी., स्मार्ट टि.भी., अडियो सिस्टम, चेस्ट फ्रिजर, वासिङ्ग मेसिन, भ्याकुम क्लिनर र रेफ्रिजेरेटर नेपाली बजारमा भित्राएको छ ।
सिद्धार्थ बैंकले एकैदिन उद्घाटन गर्यो दुई नयाँ शाखा
काठमाडौं । सिद्धार्थ बैंकले एकैदिन दुई शाखाको उद्घाटन गरेको छ । बैंकले मंसिर २६ गते बिहीबार धनुषा अवस्थित विद्यापति चोक शाखा र जनकपुर शाखाको औपचारिक उद्घाटन गरेको हो । बैंकको विद्यापति चोक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक जनकपुर शाखाका निर्देशक हेमप्रसाद न्यौपानेले गरेका छन् । त्यस्तै, जनकपुर शाखाको उद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार शाहले गरेका हुन् । बैंकले विद्यापति चोक शाखागत २०७५ फागुन २२ गते र जनकपुर शाखा २०७५ चैत्र १७ गतेदेखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो । बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९४ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
ट्याक्सी सेवा प्रविधिमैत्री बन्दै, ट्याक्सीमाण्डू एपको शुभारम्भ
काठमाडौं । यात्रुहरूकाे मागलाई मध्यनजर गर्दै ट्याक्सीमाण्डुले प्रविधीयुक्त एपकाे सुभारम्भ गरेकाे छ । काठमाडाैंमा बिहिबार पत्रकार सम्मेलन गर्दै ट्याक्सीमाण्डु एपको शुभारम्भ गरिएकाे हाे । सुरक्षित महशुस गर्दै समयमा गन्तव्य पुगौँ (फिल सेफ राइड अन टाइम) भन्ने नाराका साथमा एप नेपाली बजारमा ल्याइएको संस्थाले जनाएकाे छ । एपको शुभारम्भको अवसरमा बोल्दै ट्याक्सीमाण्डुका डाइरेक्टर विजय तिमल्सिनाले चालक र यात्रुले एक अर्कोलाई कुर्ने दिन सकिएको बताए । साथै, एप समेत सामान्य किसिमको भएकाले सहजै प्रयोग गर्न सकिने जानकारी दिए । ट्याक्सीमाण्डुका एमडी अर्जुन के.सी.ले विश्व प्रविधि मैत्री बन्दै गएको अवस्थामा नेपाली प्रविधिको सेवा सुविधामा वृद्धी गर्न आवश्यक रहेको बताए । आगामी दिनमा ट्याक्सीका ग्राहक तथा ड्राइभरहरूले एक अर्कालाई भेट्न सहज हुने एपको उदेश्य छ । अन्य एप जस्तै एन्ड्रोइड मोवाइल सेटका ग्राहकहरूले प्लेस्टोर मार्फत ट्याक्सीमाण्डु एप डाउनलोड गर्न सक्ने छन् । यस्तै, एप्पलका ग्राहकहरूले एप्स स्टोर्स मार्फत सो एप डाउनलोड गर्न सक्ने छन् । चालक र यात्रुका लागि छुट्टै किसिमको एप रहेका छन् । यात्रु एप र प्यासेन्जर एप गरेर २ किसिमका एम रहेका छन् । एपको प्रयोगबाट ट्याक्सीमा हुने अपराधिक घटनामा कमी हुने अनुमान गरिएको छ । ह्याम्स अस्पताल र ईसेवाबीच सहकार्य गरेको केसीले बताए । भिजिट नेपाल ट्वान्टी ट्वान्टीको उदेश्य भेट्न एप सहयोगी हुने अनुमान गरिएको छ । अधिकाशं पर्यटकले ट्याक्सीको माध्यमबाट नै आफ्नो यात्रा तय गर्ने भएकाले सो अनुमान गरिएको हो । ट्याक्सीमाण्डुले उपत्यका भित्रका पर्यटकहरुको यात्रालाई सुरक्षित बनाउने जानकारी दिइएको छ ।
विद्युत प्राधिकरणले पहिलो चौमासमा गर्यो १३ अर्ब ३१ करोड खर्च, लक्ष्यभन्दा २ प्रतिशत बढी
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले पहिलो चौमासमा १३ अर्ब ३१ करोड रुपैयाँ खर्च गरेको छ । प्राधिकरणले गरेको याे अवधिमा खर्च लक्ष्यभन्दा २ प्रतिशतले बढी हो । प्राधिकरणले चालु आवको यो समयसम्म १३ अर्ब ११ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो । चालु आर्थिक वर्षकाे पहिलाे चाैमासिकमा नेपाल विद्युत प्राधिकरणद्वारा सञ्चालित आयोजनाको वित्तीय प्रगति १०१.५२ प्रतिशत रहेको छ । प्राधिकरणद्वारा सञ्चालित विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुको वित्तीय प्रगति १०१.५२ प्रतिशत रहेको जनाएको हाे । प्राधिकरणका अनुसार प्राधिकरण द्वारा सञ्चालित आयोजनाहरुले चालु आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिकमा १३ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको जनाएको छ । यसरी हेर्दा लक्ष्य राखेभन्दा २० कराेड खर्च भएकाे छ । ती आयोजनाहरुको भौतिक प्रगति भने ८६ प्रतिशत रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले वन क्षेत्रको जग्गा प्रयोग, जग्गा अधिग्रहणलगायतमा रहेका समस्या समाधान गर्न सबै क्षेत्रबाट तदारुकताका साथ सहयोग भएमा आवको बाँकी अवधिमा निर्माणाधीन आयोजनाको प्रगति अझै बढ्ने बताए । प्राधिकरणले चालु आवमा नेपाल सरकारको स्रोतबाट १० अर्ब ३१ करोड र वैदेशिक ऋण तथा अनुदानबाट ४५ अर्ब ३० करोड गरी ५५ अर्ब ६१ करोड रुपैयाँ बजेट पाएको छ । विभिन्न कारणले रुग्ण बनेका ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजना चालु आवको पहिलो चौमासिकमा निर्माण सम्पन्न भई ७४ मेगावाट विद्युत् उत्पादन सुरु भएको छ । यस अवधिमा प्राधिकरणका र निजी क्षेत्रका ६ आयोजनाको ७३.५ गरी १४७.५ मेगावाट विद्युत् प्रणालीमा थप भएको छ । समीक्षा अवधिमा प्रसारण लाइनतर्फ ६ आयोजनाको एक सय ९३ सर्किट किलोमिटर लाइन निर्माण सम्पन्न भएको छ । यस अवधिमा सात वटा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएका छन् भने आठ वटाको स्तरोन्नति गरिएको छ । सहायक कम्पनीमार्फत ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी र १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । माथिल्लो तामाकोसीले यस अवधिमा दुई अर्ब ४६ करोड बजेट खर्च गर्ने लक्ष्य तय गरेकोमा एक अर्ब ७६ करोड रुपैयाँ खर्च गरेको छ ।
एमजीको नयाँ विद्युतीय गाडी सार्वजनिक, मूल्य ४९ लाख ९९ हजार रुपैयाँ
काठमाडौं । नेपालका लागि एमजी गाडीको अधिकृत वितरक तथा आयातक पारामाउन्ट मोटर्स प्रा.लि.ले नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी आधिकारिक रुपमा सार्वजनिक गरेको छ । पारामाउन्ट मोटर्सले नक्साल शोरुमबाट सार्वजनिक गरेको उक्त गाडीको शुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीले यही हप्ताभित्र ४० जना ग्राहकहरुलाई एमजी जेडएस इभी हस्तान्तरण गरिसकेको जनाएको छ । एमजी जेडएस इभीले यो भेरियन्टका लागि जुलाईमा प्रिबुकिङ्ग खुलाएको थियो जसमा नेपालमा १५० भन्दा बढि बुकिङ्ग भइसकेको छ । विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ । एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ । पारामाउन्ट मोटर्स प्रा.लि.का जनरल म्यानेजर सचिन अर्यालले भने, “हाम्री नयाँ विद्युतीय एसयुभी एमजी जेडएस इभी नेपालमा सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं । एमजी जेडएस इभीले नेपालको विद्युतीय गाडीको बजारमा नयाँ बेन्चमार्क कायम गर्नेछ भन्ने आशा राखेका छौं । हामीले अन्य ६६ थान गाडीहरु जनावरी २०२० को पहिलो हप्ताभित्रै ग्राहकहलाई हस्तान्तरण गर्नेछौं र वितरण प्रत्येक महिना जारी रहनेछ ।” एमजी, मोरिस ग्यारेज ९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड हो जसको युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अष्ट्रेलिया, न्यूजील्याण्ड, मिडल इस्ट र नेपालमा उच्च माग रहेको छ । यसको नयाँ भेरियन्ट एमजी जेडएस इभीले युरोपमा ३००० भन्दा बढि अर्डर प्राप्त गरिसकेको छ । विश्वभर एमजीका उत्पादनहरु ६० भन्दा बढि देशहरुमा बिक्री हुँदै आइरहेको छ ।
आकर्ष ग्रुपद्धारा तिब्बतको छ्याङ्ग नेपाली बजारमा, प्रमुख शहरमा यही महिनादेखि बिक्री शुरू
काठमाडौं । छ्याङ्ग पारखीहरुको यसप्रतिको चाहनालाई मध्यनजर गर्दै आकर्ष ग्रुपले तारागोब तिबेत छ्याङ्ग कम्पनीद्धारा उत्पादित जौंको बार्ली छ्याङ्ग उपभोक्तामाझँ बजारमा ल्याएको छ । बार्ली छ्याङ्ग पारखीहरुलाई उनीहरुको स्वादको प्राथमिकताको आधारमा बिशिष्ट स्वाँदको उत्पादन बजारमा ल्याएको हो । तिब्बतको ३,५०० मिटरभन्दा बढी उचाईमा खेती भएको शुद्ध जौंबाट उत्पादन गरिएको बार्ली छ्याङ्ग नेपाली पारखीहरुलाई उचित हुने स्वाँद अनुसार रहेको छ । ३५० एमएलको क्यानमा पाईने यो १.५ प्रतिशत अल्कोहल रहेको छ्याङ्गको १२५ रुपैयाँ र १० प्रतिशत अल्कोहल रहेको छ्याङ्गको २२५ रुपैयाँमा उपलब्ध हुनेछन् । अन्तर्राष्ट्रियस्तरको छ्याङ्ग अनुभवको माग पारखीहरुमा बढेकाले, त्यो मागको पूर्ति गर्न आकर्ष ग्रुपले बजारमा ल्याएको हो । राजधानी र नेपालका प्रमुख शहरहरुमा यसै महिनादेखि बिक्री वितरण शुरु हुने भएपनि नेपाल भरी भने केहि समयमै शुरु हुने छ ग्रुपले जनाएको छ ।
धौलागिरी लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा शिवराम जोशी नियुक्त
काठमाडौं । बाग्लुङस्थित धौलागिरी लघुवित्त वित्तीय संस्थाकाे नायब प्रमुख कार्यकारी अधिकृत(डिसीईओ)मा बैंकर शिवराम जोशी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिले मंसिर २५ गतेबाट लागु हुने गरि जोशीलाई सो पदमा नियुक्त गरेको हो । २०६३ चैत्रबाट छिमेक लघुवित्तमा फिल्ड सहायकबाट लघुवित्त सेवामा प्रवेश गरेका जोशीले, २०६६ मा मुक्तिनाथ विकास बैंकको लघुवित्त विभाग र २०६७ देखि २०७५ साउन २ गते सम्म तत्कालिन ओम डेभलपमेन्ट बैंकको लघुवित्त विभागमा प्रमुख भई कार्य गरेका थिए । २०७५ श्रावण देखि २०७६ मंसिर २२ सम्म कालिका लघुवित्त वित्तीय संस्थाको सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका जोशी लघुवित्त क्षेत्रका अनुभवी व्यक्ति मानिन्छन् । जोशीको आगमनले धौलागिरी लघुवित्तको वित्तीय कारोबारमा थप टेवा पुग्ने सञ्चालक समितिले विश्वास लिएको छ । ३६ वटा शाखा मार्फत लघुवित्त सेवा प्रदान गरिरहेको धौलागिरी लघुवित्त वित्तीय संस्थाको हालसम्म ७० करोड लगानी र ४७ करोड बचत रहेको बताइएको छ ।