विकासन्युज

घरेलु लघुवित्त वित्तीय संस्थाको कारोबार शुरु

काठमाडौँ । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबारबाट विधिवत रुपमा कारोबार शुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट फागुन ३ गते ‘घ’ वर्गको राष्ट्रिय स्तरको इजाजतपत्र प्राप्त संस्थाको रुपमा वित्तीय कारोबार गर्ने इजाजत पाएको वित्तीय संस्थाले कारोबार शुरु गरेको हो । बनेपा–८, काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको सो वित्तीय संस्थाले विभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरुबाट प्रर्वद्घितसंस्थाले लक्षित वर्गसम्म पूगी स्तरीय सेवा प्रदान गर्न कटिवद्घ रहने जनाएको छ ।

सहकारी संस्था स्वेच्छिक एकीकरणमा जान तयार, अध्यक्ष उप्रेती भन्छन्-‘तर दबाब मान्दैनौं’

काठमाडौं । राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबि उप्रेतीले नेपाल भरि रहेका सहकारी संस्था स्वेच्छिक एकीकरणमा जान तयार रहेको बताएका छन् । तर उनले कसैको दबाब भने नमान्ने बताए । राजधानीमा मंगलबार आयोजित सहकारी एकीकरण सम्बन्धी गोष्ठीमा उनले यस्तो कुरा बताएका हुन् । कार्यक्रममा सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनाली महिला सहकारीहरुले एकिकरणमा जोड दिनु पर्ने बताए । त्यसैगरी राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष मिनराज कँडेलले सदस्यको मात्राले नभएर एउटै सहकारीले सबै खालका अवश्यकता पूरा गर्ने बताए । सहकारी महासंघका प्रमुख कार्यकारी निर्देशक बद्रीकुमार गुरागाईले सो कार्यक्रममा सहकारीसम्बन्धी कार्ययोजना प्रस्तुत गरेका थिए । उनले भने–‘सहकारीहरुको मर्जरले नेपालमा भएका सहकारी संस्थालाई बलियो बनाउँछ ।’ उक्त कार्यक्रममा राष्ट्रिय सहकारी विभाग, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय योजना आयोग, जिल्ला सहकारी संघ काठमाडौं महानगरपालिका सहकारी विभाग, लगायत अन्य सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । गोष्ठीले सहकारी मर्चरलाई गम्भीर रुपमा लिंदै कार्यविधिमा राख्ने निश्कर्ष निकालेको छ ।

नेपाल बङ्गलादेश बैंकको नयाँ ४ शाखा सञ्चालन, शाखा संख्या ८५ पुग्यो

काठमाडौँ । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा ८२, ८३, ८४ र ८५औं शाखाहरु संचालनमा ल्याएको छ । बैंकले फागुन २६, २७ र २८ गतेबाट रसुवा जिल्लाको टिमुरेमा, कन्चनपुर जिल्लाको महेन्द्रनगरमा, कैलाली जिल्लाको टीकापुरमा र बाँके जिल्लाको कोहलपुरमा शाखा सञ्चालनमा ल्याई कारोबार शुभारम्भ गरेको छ । बैँकलेसर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको जनाएको छ । शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने छन् ।

पूर्व मुमा वडामहारानी रत्नराज्यलक्ष्मीदेवीको स्वास्थ्यमा सुधार

काठमाडौँ । पूर्व मुमा वडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाहको स्वास्थ्य उल्लेख्य सुधार भएको छ । स्वास्थ्यमा समस्या देखिएपनि उनी फागुन २१ गते देखि नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत छिन् । उनको स्वास्थ्य स्थितिमा उल्लेख्य सुधार भएको छ-हस्पिटलले आज प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘मेगा-इन्डस्ट्री’मा मात्रै विदेशी लगानी भित्र्याऊ, लघु र घरेलु उद्योगमा आवश्यक छैनः चेम्बर

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आन्तरिक पूँजीले सम्भव नहुने र उच्च प्रबिधियुक्त ठूला परियोजना र ‘मेगा–इन्डस्ट्री’ मात्रै विदेशी लगानी खुल्ला गर्नु पर्ने प्रतिक्रिया जनाइएको छ । संसदमा पेश गरिएको र विचाराधीन रहेको बिदेशी लगानी तथा प्रबिधि हस्तान्तरण सम्बन्धि कानूनलाई संसोधन र एकीकरण गर्न बनेको बिधेयक २०७५ मा व्यवस्था गरिएको प्राबधानहरुबारे चेम्बरले यस्तो प्रतिक्रिया जनाएको हो । चेम्बरले मंगलबार बिज्ञप्ति प्रकाशित गर्दै सो ऐनप्रति ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रको समग्र बिकासको लागि बैदेशिक लगानी अपरिहार्य भएतापनि आन्तरिक पूँजी परिचालन गरी स्वदेशी सिपको जगेर्ना, प्रयोग र विकाससंग सम्बन्धित कतिपय क्षेत्रहरुमा नेपालीहरु नै सक्षम रहेकोले सबै क्षेत्रमा बैदेशिक लगानी खुल्ला गर्न आवश्यक देखिदैन–चेम्बरले निकालेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा अगाडि भनिएको छ-‘आन्तरिक पूँजीले सम्भव नहुने उच्च प्रबिधियुक्त ठूला परियोजना र ‘मेगा–इन्डस्ट्री’मा उपयुक्त हुन्छ।’ राष्ट्रको समग्र बिकासको लागि बैदेशिक लगानी अपरिहार्य भएतापनि आन्तरिक पूँजी परिचालन गरी स्वदेशी सिपको जगेर्ना, प्रयोग र विकाससंग सम्बन्धित कतिपय क्षेत्रहरुमा नेपालीहरु नै सक्षम रहेकोले सबै क्षेत्रमा बैदेशिक लगानी खुल्ला गर्न आवश्यक देखिदैन । स्वदेशी ज्ञान, सिप र प्रबिधिको परिचालन गर्न सकिने लघु उद्योग र घरेलु उद्योग अन्तर्गत कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरु, पशु पालन, कुखुरा पालन, मत्स्य पालन, मौरी पालन, दुग्ध प्रशोधन, कार्गो सेवा एबम् शैक्षिक परामर्श जस्ता महत्वपूर्ण व्यवसायहरुमा बैदेशिक लगानी भित्र्याउन नहुने चेम्बरको धारणा रहेको निर्देशक हरिप्रकाश चन्दले बताए । साना साना उद्योग र व्यसायमा विदेशी लगानी भित्र्याउँदा त्यसबाट राष्ट्रलाई फाइदा भन्दा बेफाइदा नै हुन सक्छ-चेम्बरले भनेको छ । लघु उद्योग र घरेलु उद्योगमा विदेशी लगानी भित्र्याउँदा यो क्षेत्रमा क्रियाशील स्वदेशी जनशक्तिमा निराशा पैदा भई पूँजी निस्क्रिय हुने सम्भावना हुन्छ, जसले गर्दा जनशक्ति विस्थापन र पलायन हुनुका साथै स्वदेशी उद्यमशिलतामा ह्रास आउँछ-चेम्बरको विज्ञप्तिमा उल्लेख छ । स्वदेशी सिप, प्रबिधि, जनशक्ति र पूँजी परिचालन गर्न सकिने क्षेत्रहरुमा बैदेशिक लगानीलाई प्रबद्र्धन नगर्न चेम्बरले विज्ञप्ति मार्फत सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ ।

नेप्से २० अंकले बढेर उच्चतम बिन्दुमा, एकदिनमै कारोबार रकममा १० करोडको वृद्धि

पछिल्लाे एक महिनायताकाे नेप्से सुचाङ्क काठमाडौं । मंगलबारको नेप्से परिसूचक २०.३३ अंकले बढेर ११६३.२६ अंकमा पुगेको छ । जुन एकमहिना यताको उच्चतम बिन्दु हो । गत फागुन १ गते ११२१ अंकमा रहेको नेप्से फागुन ७ गते बढेर ११२४ अंकमा पुगेको थियो । त्यसपछि निरन्तर ओरालो लागेको नेप्से केहि दिनयतादेखि बढ्ने क्रममा रहेको नेप्से मंगलबार ११६३.२६ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचक सहित कारोबार रकमपनि वृद्धि हुने क्रममा रहेको छ । सो दिन कुल १७६ कम्पनीका ५० करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १० लाख रुपैयाँ बढी हो । सोमबारको बजारमा कुल ४० करोड २८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । जसमध्ये सबैभन्दा बढी एनसीसी बैंकको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, माछापुच्छ्रे बैंक, प्रभु बैंक, अपर तामाकोशी हाइड्रोपावरको २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सो दिन कारोबारमा आएका सबैसमूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ७७ अंकले बढेको छ । सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था र हिमालयन पावर पार्टनरको सेयर मूल्य क्रमशः ९.८७ र ९.५५ प्रतिशतले बढेको छ । पुँजी बजारको समस्या सम्बन्धि सकारात्मक सुधारका कार्यक्रमहरु भइरहेकाले केहि दिनदेखि सेयर बजारले गति लिन थालेको इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताएका छन् ।

काँग्रेस सभापति देउवाले भने-‘वाइड बडीको छानबिन हुनु पर्छ, एनसेलले कर तिर्नु पर्छ’

पोखरा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री दउवाले एनसेलले राज्यलाई कर तिर्नुपर्ने बताए । सभापति देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौताप्रति आपत्ति जनाए । फौजदारी संहिताका नाममा सरकारले प्रेसमाथि अङ्कुशलगाउन खोजेको सभापति देउवाको आरोप थियो । उनले प्रजातन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका परिपुरक भएको धारणा राखे । वर्तमान सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको उनको आरोप थियो । प्रजातन्त्रका विरुद्ध हुने जुनसुकै गतिविधि काङ्ग्रेसलाई सैह्य नहुने सभापति देउवाको भनाइ थियो ।

जन्ती बस दुर्घटनामा दुईको मृत्यु, १७ जना घाइते, ५ को अवस्था गम्भीर

हेटौँडा । मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा जन्ती बस दुर्घटना हुँदा दुईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौँडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्ति लोकमार्गअन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा दिउँसो करीब २ बजे दुर्घटना भएको छ । दुर्घटनामा परी १७ जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस सडकबाट तल खसेको र हाल उद्धार कार्य जारी रहेको छ । घाइतेलाई उपचारको लगि हेटौँडा अस्पतालमा लगिएको छ ।