नाै बुँदे घोषणापत्र पारितसँगै खानेपानी उपभोक्ता महासंघको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

<p>काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल सरकार खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्य र महासंघका अध्यक्ष टोरुप प्रसाईको अध्यक्षतामा आइतबार काठमाण्डौमा सम्पन्न भएको हो । सभामा प्रतिनिधी सभाका सांसद माननीय खगराज अधिकारी, खानेपानी मन्त्रालयका सचिव माधब बेल्बासे, खानेपानी बिभागका महानिर्देशक सुनिल [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल सरकार खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्य र महासंघका अध्यक्ष टोरुप प्रसाईको अध्यक्षतामा आइतबार काठमाण्डौमा सम्पन्न भएको हो ।

सभामा प्रतिनिधी सभाका सांसद माननीय खगराज अधिकारी, खानेपानी मन्त्रालयका सचिव माधब बेल्बासे, खानेपानी बिभागका महानिर्देशक सुनिल कुमार दास, साना शहरी खानेपानी आयोजनाका आयोजना निर्देशक बिद्यानाथ भट्टराई, ईसाउका प्रमुख डा. रजित ओझा, टिम लिडर रामदिप साह, श्री हर्क क्षेत्री, नगर बिकास कोषका सुबास पन्त लगायत बिभिन्न ब्यक्तित्वको उपस्थिति थियो ।

खुला सत्र र बन्द सत्र गरी दुई सत्रमा संचालन भएको सभामा हाल खानेपानी आयोजनालाई परिरहेको समस्या र त्यसको समाधानको लागि उपभोक्ता संस्था स्वयं र राज्यको तर्फबाट गर्नुपर्ने नीतिका बिषयमा बृहत छलफल भई तपसिलका ९ बुंदे घोषणपत्र उक्त सभाले पारित गरेको हो ।

१. संघियता कार्यान्वयन संगै मुलकभर बितरण भएका खानेपानी गुणस्तरीय हुनु पर्ने भएकोले , प्राबिधी मैत्री गुणस्तरिय खानेपानी बितरण गर्न संम्बन्ध पक्षसंग आवह्वान गर्ने ।
२. मुलुकमा तिब्र गतिमा भएको पूर्वाधार बिकासले खानेपानीका संरचना र बितरण प्रणलिमा साथै बाताबरणीय असन्तुलन हुने गरी खानेपानीका संरचनाहरुमा प्रत्यक्ष क्षति पुग्ने गरेको हुंदा यसले खानेपानी उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरेको कारण बाताबरणिय सन्तुलन हुने गरी बिकासका गति अघी बढाउन आह्वान गर्ने ।
३. राजमार्ग, सडक तथा भित्री सडक बिस्तारले खानेपानीको मूल एवं संरचना एक पछी अर्को क्षति भएकोले समयमै क्षति मुल्याङ्कन गरी म्एच् मा राखी द्यइत्त बनाउन नेपाल सरकार, सडक बिभाग, प्रदेश सरकार स्थानियतहको गम्भिर ध्यानाकर्षण गराउने ।
४. खानेपानी आयोजनाको म्एच् बनाउदा सरसफाईलाई महत्वराखी सरसफाईको पक्षमा जोड दिन आह्वान गर्ने ।
५. आन्तरिक राजश्वमा एब्ल् वा ख्ब्त् मा समाबेस हुनु पर्ने भएबाट अत्यावश्यक दैनिक जिवनमा नभैनहुने खानेपानी उत्पादन गर्ने मुनाफारहित संस्थालाई असर पर्ने भएकोले सहज बाटो बनाउन सरकारलाई अनुरोध गर्ने ।
६. खानेपानी उत्पादनमा बिधुत महसुलको कारण लागत बढी भई खानेपानी महसुल शुल्क समेत बढी हुन गएकोले बिधुत महसुल न्यूनतम सिचाई सरहको सुबिधा प्राप्त गर्न सरकारलाई जोडदार माग गर्ने ।
७. सेवामुलक खानेपानी उपभोक्ता संस्थाहरुलाई नगर बिकास कोषबाट लिई आएको क्रण समायोजन गरी शुलभ सेवा प्रबाह हुन संम्बन्ध पक्ष संग अनुरोध गर्ने
८. साना सहरी÷शहरी खानेपानी महासंघ कुनै पनि प्रकारका संघ संस्था र निकायसंग सम्बन्वय गरी सहयोगी संस्थाको रुपमा अगाडी बढने ।
९. खानेपानीलाई शुद्ध र मापदण्ड अनुरुप गुणस्तरिय कायम राख्ने प्रतिबद्धता सहित पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।

Share News