नेपालकै पहिलो ‘वान डे थ्री डी आर्ट’ रेष्टुरेन्ट सञ्चालनमा

<p>काठमाडौं । नेपालमै पहिलो पटक स्थापना भएको वान डे थ्री डी आर्ट रेष्टुरेन्ट शुक्रबारदेखि सञ्चालनमा आएको छ । कुमारीपाटीस्थित उक्त रेष्टुरेन्टको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता एवम् प्रतिनिधिसभा सदस्य महेश बस्नेत र विशिष्ठ अतिथि वरिष्ठ गायकद्धय रामकृष्ण ढकाल र धिरज राईले गरेका हुन् । अहिले अधिकांश व्यक्तिहरुले खाना मात्र नभई खाना खाने [&hellip;]</p>

काठमाडौं । नेपालमै पहिलो पटक स्थापना भएको वान डे थ्री डी आर्ट रेष्टुरेन्ट शुक्रबारदेखि सञ्चालनमा आएको छ । कुमारीपाटीस्थित उक्त रेष्टुरेन्टको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता एवम् प्रतिनिधिसभा सदस्य महेश बस्नेत र विशिष्ठ अतिथि वरिष्ठ गायकद्धय रामकृष्ण ढकाल र धिरज राईले गरेका हुन् ।

अहिले अधिकांश व्यक्तिहरुले खाना मात्र नभई खाना खाने ठाउँको वातावरणलाई पहिलो प्राथमिकतामा राख्ने गरेको पाइन्छ । यहि आवश्यकतालाई मध्यनजर गरी ललितपुरको कुमारीपाटीमा नेपालमै पहिलो पटक वान डे थ्री डी आर्ट रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालक सुन्दर विष्टको भनाइ छ ।

सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको अवस्थामा रेष्टुरेन्टले पा्रकृतिक रुपमै नयाँ स्थानमा गएको आभाष हुने खालका थ्री डी आर्ट गरेकाले वान डे आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि नयाँ गन्तव्य बन्न सक्ने उनले बताए ।

वान डेमा सरकार सञ्चालन गर्ने व्यक्तित्वहरुदेखि नेता, कलाकार, समाजसेवी, बालक, बृद्ध सबैखाले र सबै उमेर समूहका ग्राहकका लागि उपर्युक्त भएको विष्टको दावी छ । 

Share News