विकासन्युज

क्रिकेटर पारस खड्का युथ आइकन घोषित, १ लाख सहितसम्मान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई मंगलबार काठमाडौँ युथ कन्क्लेभ २०१९ मा एक लाख रूपैयाँ सहित सम्मान गरिएको छ । उनलाई युथ आइकन २०१९ पनि घोषणा गरिएको छ । क्रिकेट लगायत अन्य क्षेत्रबाट नेपाली युवाहरूलाई नेपालमै केही गर्न र सफल हुन सकिन्छ भनी प्रेरित गरी युवा क्षेत्रमा योगदानका बापत् उनलाई सम्मान प्रदान गरिएको हो । विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र क्षेत्रका युवा विद्यार्थीहरूलाई एउटै सम्मेलनमा आह्वान गर्दै काठमाडौँका युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाडौँ मोडेल कलेज र हिमालय कलेज अफ इन्जिनियरिङ्गको संयुक्त आयोजनामा आजकाठमाडौँ युथ कन्क्लेभ २०१९सम्पन्न भएको हो । कार्यक्रम चैतन्य इन्टिच्युट अफ म्यानेजमेन्टको सहयोग र राष्ट्रिय युवा परिषद्को प्रवद्र्धनमा सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि सांसद योगेश भट्टराईले युवाहरूको प्रतिभा र कार्यक्षमतामा नेपालको भविष्यको आशा रहेको बताएका छन् । उनले भने, “देश बनाउने दायित्व अब नयाँ युवा पुस्ताको पनि हो भन्ने बुझाउनका लागि यो कार्यक्रम अत्यन्त जरुरी छ ।” लामो समयदेखि शान्ति, सद्भाव र सहिष्णुतालाई अँगाल्दै आएका नेपाललाई अब आधुनिक विश्वमा चिनाउन युवा पुस्ताले देशमै केही गर्नुपर्ने उनले सुझाव दिए । कार्यक्रममा युवा विद्यार्थीहरूलाई सफलताका लागि सही दिशानिर्देश गर्ने उद्देश्यले विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूले प्रेरणात्मक सम्बोधन गरेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले खेलकुदमार्पmत् राष्ट्रियताको भावना र एकता ल्याउन सकिने बताए । कार्यक्रममामिस नेपाल २०१८ शृङ्खला खतिवडाले पर्यटन प्रवद्र्धन मार्फत समृद्धिबारे, प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार असगर अलिले ई–कमर्स र सूचना प्रविधिबारे, युट्युबर सिसन बानियाँले आफ्नो रुचिलाई व्यवसायमा कसरी परिणत गर्ने भन्ने बारे, ज्योति ग्रुपका निर्देशक तथा स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योतिले नेपालको व्यापारिक वातावरणबारे तथा सन्दीप क्षेत्रीले कसरी समूहमा चिनिने भन्नेबारे सम्बोधन गरेका थिए । युवाहरूलाई नेतृत्व, व्यवस्थापन र औद्योगिक सीपहरूमा मद्दत गर्ने लक्ष्यका साथ आयोजित काठमाडौँ युथ कन्क्लेभ २०१९ मा काठमाडौँका विभिन्न कलेजहरूबाट करिब तीन हजार विद्यार्थीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विभिन्न कलेजका तर्पmबाट सांस्कृतिक प्रस्तुतिहरू, प्रदर्शनी, खाना स्टल, गेम जोन लगायत पनि राखिएको थियो ।

उर्जा क्षेत्रमा ९० अर्ब लगानीको प्रतिबद्धता, १९ परियोजनाबाट ५ सय मेगावाट उत्पादन हुने

काठमाडौं । जलविद्युत आयोजनामा ९० अर्ब रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता आएको छ । चालु आर्थिक बर्षको पछिल्लो ८ महिनामा सो प्रतिवद्धता आएको हो । उद्योग विभागको पछिल्लो तथ्यांक अनुसार सौर्य उर्जा, बायु उर्जा तथा जलविद्युत लगायतका १९ ठूला उर्जा क्षेत्रमा लगानी प्रतिबद्धता आएको हो । स्वदेशी लगानीमै बन्न लागेका उर्जा क्षेत्रका विभिन्न १९ परियोजनामा ८९ अर्ब ६४ करोड ८५ लाख रुपैयाँ लगानीको प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ । चालु आर्थिक बर्षको साउन देखि फागुन १५ गतेसम्म ४ सय ९८ मेगावाट क्षमताका आयोजनामा लगानी प्रतिवद्धता आएको हो । सो अवधिमा दर्ता भएका सौर्य उर्जा, बायु उर्जा र जलविद्युत मध्य सबै भन्दा ठूलो सिचुवान वाईपिङ जलविद्युत आयोजना रहेको छ । सो परियोजना ४५ अर्ब रुपैयाँ बराबरको लागतमा निर्माण हुने र २ सय ३५ मेगावाट जलविद्युत उत्पादन गर्ने आयोजना हो । अञ्जु पौडेलको नाममा कम्पनी दर्ता गर्दै लगानी प्रतिवद्धता गरेको हो । सोही अवधिमा सौर्य उर्जामार्फतका २९ मेवा क्षमताका आयोजनामा लगानी प्रतिवद्धता आएको छ । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ महिनामा धनुषाको मिथिला नगरपालिकामा १० मेगावाट क्षमताको सौर्य उर्जा प्लान्ट स्थापनाका लागि लगानी प्रतिवद्धता आएको छ । उक्त प्लान्ट भने नेपाल र भारतका लगानीकर्ताको संयुक्त लगानीमा निर्माण हुने विभागले जानकारी दिएको छ ।

शिवम् सिमेन्टस् र यूनिभर्सल पावर कम्पनीको साढे ६ करोड आईपीओ सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा शिवम् सिमेन्टस् लिमिटेड र यूनिभर्सल पावर कम्पनीको साधारण सेयर(आईपीओ) सूचिकृत भएको भएको छ । मंगलबार यी दुई कम्पनीको ६ करोड ५० लाख ३ हजार ५०० कित्ता आईपीओ नेप्सेमा थपिएको छ । जसमध्ये सबैभन्दा बढी शिवम् सिमेन्टस्को ४ करोड ४० लाख कित्ता सेयर थपिएको छ । त्यस्तै, यूनिभर्सल पावरको २ करोड १० लाख ३ हजार ५०० कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो ।

विरानगरको तीनपैनीमा प्रभु बैंकको शाखा सञ्चालन

काठमाडौँ । प्रभु बैंक लिमिटेडले मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका वडा नं. २ स्थित तिनपैनीमा मंगलबादेखि तीनपैनी शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ । बैंकको तिनपैनी शाखा कार्यालयको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका मुख्य व्यवस्थापक विनोदराज आचार्यले एक समारोहका बीच उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका प्रमुख आचार्यले मन्तव्य व्यक्त गर्दै प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगर पालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवम् गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेको प्रंशसनीय कार्य भएको बताए ।

ज्योति र एभरेष्टबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सो सम्झौता पत्रमा मंगलबार ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् । सम्झौताबाट ज्योति विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुनेछन् साथै बिमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच नेपाल राष्ट्र बैंकबाट निर्देशित “सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान” अन्तर्गत विभिन्न शिर्षकमा प्रदान गरिने कर्जाको सुरक्षणको लागि सम्झौता गरिएकोछ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतम र निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत बिष्णु बाबु मिश्रले हस्ताक्षर गरे । सम्झौता संगै, सेञ्चुरी कमर्सियल बैंकले आउदो दिनमा लघु, साना तथा मझौला उद्यमका साथै विपन्न वर्ग कर्जाहरुमा लगानी बढाउने बैंकले विश्वास लिएको छ ।

मोबाईल पानीमा भिज्यो ? यसरी घरमै बनाउनुहोस्

काठमाडौं। विभिन्न कारणले गर्दा मोबाईल पानीमा पर्ने गर्दछ र यो धेरै मानिसहरुको तनावको बिषय बनेको छ। पानीमा परेपछी मोबाईल बनाउनु धेरै पैसा खर्च हुनेगर्दछ। तर हामी घरमै पनि यस समस्यालाई सुल्झाउन सक्छौं। त्यसैले यदी तपाईको पनि मोबाइल झ्नुक्किएर पानीमा पर्‍यो भने नात्तिनुहोस् बरु चाँडो चाँडो केही तरिका अप्नाउनुभयो भने तपाईंले आफ्नो फोनलाई बिग्रिनबाट जोगाउन सक्नुहुन्छ। के गर्ने ? सर्वप्रथम त मोबाईललाई पानीबाट चाँडो निकाल्नुहोस् किनभने जती लामो समय फोन पानीमा हुन्छ त्यती समय खुल्ला ठाउँहरुबाट पानी त्यती नै धेरै छिर्ने सम्भावना बढेर जान्छ। १। फोन अफ छैन भने त्यसलाई अफ गर्नुहोस् २। फोनमा भएको सिम कार्ड र मेमोरी कार्ड झिक्नुहोस् ३। यदि तपाईसँग पुरानो फोन छ भने पछाडिबाट ब्याट्री खोल्नुहोस् र छुट्टै राख्नुहोस्। यदी तपाईको हालैका स्मार्टफोन हो भने पक्कै पनि त्यसको ब्याट्री निकाल्न मिल्दैन। यसको लागि कि युट्युब भिडियो हेरेर ब्याट्री निकाल्ने काम गर्नुहोस् नत्र भए फोन मर्मत गर्ने पसल जानुहोस्। ४। फोनको पानी हटाउन सुख्खा कपडाको प्रयोग गर्नुहोस्। फोनलाई नहल्लाई कपडाले सफा गर्नुहोस् र सक्ने जति फोनमा लागेको पानीलाई हटाउन प्रयास गर्नुहोस्। ५। यदी फोनमा धेरै पानी पसेको छ भने त्यसलाई तपाईले भ्याक्युमले पनि होसियार भएर निकाल्न सक्नुहुन्छ। ६। फोनलाई चामलको बोरामा राख्नुहोस् यसो गर्दा चामलले फोनमा भएको पानी सोस्ने गर्दछ। ७। फोनलाई २ दिन जति सुक्न दिनुहोस्। सुक्यो भन्दैमा एकै दिनमा फोन सुचारु नगर्नुहोस्। ८। यदी तपाईको फोन अन भएन भने फोनलाई चार्ज गर्नुहोस्। फोन चार्ज भएन भने फोनको ब्याट्री बिग्रिएको हो। के नगर्ने ? १। फोनलाई अन नगर्नुहोस् २। फोनको कुनै पनि नम्बरहरु नथिच्नुहोस् ३। चार्ज नगर्नुहोस् ४। फोनमा नफुक्नुहोस् किनभने यसो गर्दा पानी अझै भित्र पस्न सक्छ। ५। ड्रायरको प्रयोग नगर्नुहोस् किनभने तातोले अझै फोनलाई बिगार्न सक्छ। भविस्यमा भने पानी भएका ठाउँमा फोनलाई नलैजाउनुहोस् अथवा पानीबाट बचाउन सक्ने वाटरप्रुफ ब्यागहरुको प्रयोग गर्नुहोस्। बजारमा पाईने वाटरप्रुफ मोबाईल  साम्सुङ ग्यालेक्सी S9/ S9+ नोट ९ गुगल पिक्सेल ३/३XL एचटिसी यु १२ + हुवावे मेटा २० प्रो एलजी भि४० थिन्क् आईफोन XS/ XS Max/ XR

८४ करोडमा भारतसँग २ वटा रेल किन्ने निर्णय, जनकपुर-जयनगर रेल्वे सेवा बैशाखदेखि सञ्चालन

काठमाडौँ । जनकपुर-जयनगर रेल्वे सेवा २ महिनामा सञ्चालन हुने भएको छ । पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटरमा रेल्वे सेवा सञ्चालन हुने भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ८४ करोडमा रुपैयाँमा २ वटा रेल खरिद गर्ने भएको हो । भारतको कुण्कड रेल्वे कम्पनीसँग रेल खरिद गर्ने निर्णय भएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । कर्मचारी छनोट प्रक्रिया शुरु रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ । पहिलो चरणमा जनकपुर-जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम शुरु गरेको हो । त्यस्तै रेल सञ्चालनका लागि आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि शुरु गरेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । सो मार्गमा निर्माण हुने सात स्टेशनका लागि आवश्यक १५० कर्मचारीको छनोट प्रक्रिया शुरु भएको मिश्रको भनाइ छ । मिश्रले सातै स्टेशनका लागि प्रशासनिक र प्राविधिक गरी कम्तीमा सातदेखि १५ जनासम्म कर्मचारी राख्ने गरी विभागले तयारी गरेको मिश्रले बताए । मुख्य स्टेशनमा भने केही बढी कर्मचारी आवश्यक हुनाले सोहीअनुसारको कार्य्विधि निर्माणमा आफूहरु लागिपरेको मिश्रको भनाइ छ । उनले कुर्था र खजुरीलगायत केही स्टेशनमा बढी कर्मचारी आवश्यक भएकाले आवश्यकतानुसार कर्मचारी परिचालन गरिने बताए । रेल खरिद प्रक्रिया सुरुः विभाग भन्छ-५० करोडले पुग्दैन नयाँ वर्षदेखि जनकपुर-जयनगर रेल चलाउने तयारी, यस्तो छ नेपालमा रेल्वेको इतिहास