हिमालयन बैंकको नयाँ शाखा सिन्धुलीको खुर्कोटमा

<p>काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा सिन्धुलीको खुर्कोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबारदेखि सञ्चालनमा ल्याइएको उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथिले यस नयाँ शाखा कार्यालय मार्फत बैंकिंग सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले स्थानीयलाई सहयोग [&hellip;]</p>

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा सिन्धुलीको खुर्कोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबारदेखि सञ्चालनमा ल्याइएको उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथिले यस नयाँ शाखा कार्यालय मार्फत बैंकिंग सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले स्थानीयलाई सहयोग पु¥याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्न यो शाखा उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

साथै, देशको राजधानी काठमाडौलाई तराई मधेशसंग जोड्ने विपी राजमार्गको मध्य भाग तिर पर्ने खुर्कोट व्यापारिक दृष्टिकोणले सिन्धुली जिल्लाको महत्वपूर्ण स्थान हुनुका साथै रामेछाप जिल्ला जाने मुख्य नाका पनि भएकोले उद्योग तथा व्यवसायिक लगानीका लागि यस क्षेत्रमा राम्रो सम्भावना रहेको धारणा व्यक्त गरे ।

Share News