४३ करोड लगानीमा हेटौंडामा तरकारी र फलफूल बजार बन्दै, विचाैलियाकाे अन्त्य गर्ने संकल्प

<p>काठमाडौं । ३ नम्बर प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको लगानीमा  हेटौंडामा सुविधा सम्पन्न तरकारी बजार बन्ने भएकाे छ । हेटौंडा ११ थानाभर्याङमा २ विगहा क्षेत्रफलमा तरकारी तथा फलफूलको थोक बजार निर्माण गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिए । उक्त बजार निर्माणकाे लागि ४३ करोड रुपैयाँ लगानी गरिने भएकाे छ । त्यसमा  प्रदेश सरकारको ७० प्रतिशत र उपमहानगरपालिकाको [&hellip;]</p>

काठमाडौं । ३ नम्बर प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको लगानीमा  हेटौंडामा सुविधा सम्पन्न तरकारी बजार बन्ने भएकाे छ । हेटौंडा ११ थानाभर्याङमा २ विगहा क्षेत्रफलमा तरकारी तथा फलफूलको थोक बजार निर्माण गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिए ।

उक्त बजार निर्माणकाे लागि ४३ करोड रुपैयाँ लगानी गरिने भएकाे छ । त्यसमा  प्रदेश सरकारको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत लगानी गर्न लागेकाे मेयर महतले जानकारी दिए । दुई वर्षभित्रमा काम सक्नेगरी निर्माण गर्ने तयारी भएको उनकाे भनाइ छ ।

उपमहानगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष गोर्कण पराजुलीले याे याेजना प्रदेशको सबै भन्दा ठूलो योजना भएकाे बताए । तरकारी तथा फलफूल बजार आधुनिक र वैज्ञानिक ढंगले निर्माण हुन लागेको उनले बताए ।

यो बजारमा उत्पादकले सिधै ल्याएर बिक्री गर्न सक्ने छन् । उत्पादकले सिधै ल्याएर बिक्री गर्न पाउने सुविधा हुनेछ । याे बजारमा बिचौलीयाले प्रवेश नपाउने उनकाे भनाइ छ । यहाँ तरकारी तथा फलफूल बजारमा भन्डारण र बिक्री समेत हुने छ । यस बजारमा लोकल र विकासे तरकारी फरक फरक स्टलमा राखिने छ ।

याे बजार निर्माणसँगै ग्राहकले सस्तो र सुलभ मूल्यमा तरकारी तथा फलफूल प्रयोग गर्न  सरकारी अधिकारीहरूकाे विश्वास छ । तरकारी तथा फलफूल बजारमा विचाैलियाकाे अन्त्य गर्ने संकल्पसहित याे बजार निर्माण गर्न लागेकाे मेयर हरिबहादुर महतले बताए ।

तरकारी बजारमा विचाैलिया हावी भएकाे र विचाैलियाले धेरै नाफा लिँदा किसान र उपभाेक्ता सबै मर्कामा परेकाे बताइन्छ । यही समस्या सम्बाेधन गर्न प्रदेश र स्थानीय सरकारले हातेमालो गरेर काम अगाडि बढाएको देखिन्छ ।

Share News