विकासन्युज

टेलिकमले हटाएको छैन सापटी सेवा, ‘आवश्यक परे यसो गर्नुस्’

काठमाडौ । नेपाल टेलिकमले सापटी सेवामा परिमार्जन गरेको छ । ग्राहकले ईच्छाएको अवस्थामा मात्र सेवा प्रदान गर्ने उद्देश्यले टेलिकमले यस्तो योजना ल्याएको हो । ‘आवश्यक पर्दा तथा चाहेको अवस्थामा सापटी सेवा राम्रो भएपनि नचाहेको अवस्थामा प्रयोग गर्नुपर्ने बाध्यता भने राम्रो होइन भन्ने गुनासो ग्राहकवर्गले गर्दै आएका थिए’- नेपाल टेलिकमका सहायक–प्रवक्ता सोभन अधिकारीले विकासन्यूजसँग भने । अधिकारीले आगामी दिनमा समेत ग्राहकको माग अनुसार काम गर्दै जाने बताए । उनले अघिल्लो सिस्टमभन्दा पछिल्लो सिस्टममा केही भिन्नता रहेको समेत जानकारी दिएका छन् । यसरी लिन सकिन्छ सापटी: नेपाल टेलिकमको सिम कार्ड प्रयोग गर्ने ग्राहकहरुले सापटी सेवामा सहभागी हुन सक्ने छन् । सापटी सेवा सुचारु गर्नको लागि १४७७ मा सन्देश पठाउनु पर्नेछ । सन्देश पठाएपछि एसटिएआरटी(स्टार्ट) थिचेमा सेवा सुचारु हुन्छ । यस्तै, सुचारु गरिएको सेवा बन्द गर्न चाहेमा १४७७ मै एसटीओपि(स्टप)थिच्नु पर्नेछ । आफूले लिएको सेवाको बारेमा थप केही जानकारी लिन चाहेमा एसटिएटियूएस(स्टयाटस)थिचेर १४७७ मै सन्देश पठाउनु पर्नेछ । सेवा सुचारु भएको अवस्थामा २० रुपैयाँसम्म सापटी लिन सकिने छ । यसरी सापटी लिएको पैसा भ्वाईस कल तथा डाटा दुवैको लागि उपयोगी हुनेछ । पहिले यस्तो थियो: नेपाल टेलिकम मार्फत पाईने सापटी सेवाको लागि अहिले केही प्रकृया राखिएको भएपनि पहिले स्वतः सेवा सञ्चालन हुन्थ्यो । पहिले ग्राहकले मोवाइल फोनमा बोल्दै गर्दा ब्यालेन्स सकिएमा कल काटिदैन थियो । पछिल्लो सिस्टममा समेत कल नकाटिने भएपनि सापटीको रुपमा २० रुपैयाँ मात्र रहेको छ । तर, सो भन्दा अगाडि ४० रुपैयाँसम्म सापटी पाईने व्यवस्था नेपाल टेलिकमले गरेको थियो । नेपाल टेलिकमले सापटी सेवा गत माघ २९ गतेदेखि बन्द गरेको थियो । टेलिकमले सबै मोवाईल फोन प्रयोगकर्ताहरुलाई सन्देश पठाएर सापटी सेवा बन्द गरेको हो । टेलिकमले सिस्टम मर्मत सम्भार गर्नु पर्ने भएकाले २ दिनको लागि सेवा अवरुद्ध गरेको बताएको थियो । साथै, फागुन २ गते देखी परिमार्जित रुपमा सापटी सेवा उपलब्ध गराउने समेत जनाएको थियो । तर, परिमार्जन भएको सापटी सेवा भने गत फागुन १६ गतेबाट मात्र सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ । अहिले नयाँ सिस्टम अनुसार सापटी सेवा सञ्चलनामा रहेको छ । टेलिकमबाट सापटी लिईएको शुल्क आफूले रिचार्ज गर्दा कट्ने गर्छ ।

बंगलादेशमा भएको कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन

बंगलादेश । बंगलादेशमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले ८ स्वर्ण, ३ रजत र ५ कास्य पदक जित्दै टिम च्याम्पियन बन्न सफल भएमो छ । उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाल टिम च्याम्पियन भएको हो । पुरुषतर्फ दिनेश ताम्राकार, रुपेस श्रेष्ठ, लोकेन्द्र राई, एजुक थिङ प्रथम हुँदै स्वर्ण पदक जितेका थिए । त्यसैगरी महिलातर्फ अलिशा धामी, रोहिनी पण्डित, रश्मिता श्रेष्ठ र निर्मला तामाङले स्वर्ण पदक जिते । अन्तर्राष्ट्रिय निर्णयक राजु महर्जनको नेतृत्वमा बंगलादेश पुगेको टोलीमा नेपालका अन्तर्राष्ट्रिय निर्णायक सुरेन्द्र श्रेष्ठ , अशोक पहाडी, बिनोद राउत, वीरेन्द्र कर्ण लगायतको सहभागिता रहेको थियो । नेपालका टिम म्यानेजर प्रिमेश शिवाकोटीका अनुसार नेपाली टिमले उत्कृष्ट खेल प्रदर्शन गरेक‍ो थियो ।

निर्मला पन्त हत्या प्रकरणः फरार पूर्व प्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित

भीमदत्तनदगर । कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दामा फरार अभियुक्त डिल्लीराज विष्ट आज बिहान अदालतमा उपस्थित भएका छन् । विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक हुन्, हाल उनी बर्खास्त भएका छन् । कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले अदालतको ३५ दिने सूचना जारी भएका बेला बर्खास्त प्रहरी उपरीक्षक विष्ट केहीबेर अघि अदालतमा निवेदनसहित उपस्थित भएको बताए । निर्मला पन्त हत्या प्रकरणमा विष्टसहित केही प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसुरमा गत पुसमा उजुरी दिएका थिए । श्रेष्तेदार अवस्थीले अदालतमा उपस्थित भएका विष्टको बयानपछि थुनछेक बहस हुने जानकारी दिए । उनीसँगै अदालतमा अनुपस्थित रहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी भने उपस्थित भएका छैनन् । मुद्दाका आरोपी अन्य प्रहरी कर्मचारी यसअघि जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरले उनीहरुलाई दुई लाख ५० हजारदेखि पाँच लाखसम्म धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो ।

एशियन लाईफको जीवन बीमा सेवा माछापुच्छ्रे बैंकबाट पनि पाइने

काठमाडौँ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच ‘जीवन बीमा सेवा’ सम्बन्धी संझौता पत्रमा हस्ताक्षर भएको छ । उक्त संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र माछापुच्छ्रे बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक नारायणप्रकाश भुजुले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । अब माछापुच्छ्रे बैंकको ९७ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

सिजी इलेक्ट्रोनिक्सले डिलरलाई गरायो कोरिया भ्रमण

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्डको इलेक्ट्रोनिक्स लगायत घरायसी सामाग्रीको नेपालको लागि एकमात्र आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले आफ्ना डिलरहरुलाई कोरिया भ्रमण गराएको छ । प्रत्येक वर्ष नेपालभरिका एलजी डिलरहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथसाथै ब्राण्डको प्रबद्र्धनको लागि प्रोत्साहन गर्नको लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

घुम्ती बीमामा एनसिस र प्रभु लाइफ इन्स्योरेन्सबीच सहकार्य

काठमाडौँ । घुम्ती बीमा राष्ट्रिय सचेतना अभियान सञ्चालन गर्न नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एनसिस) र प्रभु लाइफ इन्स्योरेन्सबीच विशेष सहकार्य भएको छ । प्रदेश १, २ र ३ का विभिन्न स्थानमा हुने १० वटा कार्यक्रममा सहकार्य गर्ने विषयमा दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा एनसिसका तर्फबाट मनिष प्रसाईं र प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किशोर लामिछानेले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै प्रभु लाइफ इन्स्योरेन्स घुम्ती बीमा अन्तर्गत हुने १० कार्यक्रमको मुख्य प्रायोजकको रुपमा एनसिससँग जोडिएको छ । बीमा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सुरु हुन लागेको घुम्ती बिमा राष्ट्रिय सचेतना अभियानको चैत ९ गते उदयपुरको बेलका नगरपालिकाबाट उद्घाटन हुँदैछ ।

राष्ट्रिय वाणिज्य बैंकको साधारण सभा, आगामी दिनमा थप सृदृढ बनाउने प्रतिबद्धता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १३ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभाले आ.व. २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारण सभामा अध्यक्ष गुरुङ्गले प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय वाणिज्य बैंक विश्वासनीय भएको र आगामी दिनमा थप सृदृढ बनाउने प्रतिबद्धता ब्यक्त गरे । साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकारका अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण शेयरधनिहरुको उपस्थिति रहेको थियो । अध्यक्ष गुरुङ्गले प्रस्तुत गर्नुभएको प्रतिवेदन माथी शेयरधनिहरु दामोदरप्रसाद रेग्मी, निरज्नकुमार तिवेडेवाल र अमृतनाथ रेग्मीेले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारण राखेका थिए । सो टिप्पणी एवम् जिज्ञासाबारे बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले जवाफ दिएका थिए । सो साधारण सभामा बैंकका संचालक समितिका सदस्यहरु निर्मलहरि अधिकारी, रबीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, अर्जुनबहादुर अधिकारी, डा. माधबप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारी, सुशिल श्रेष्ठ, उपकार्यकारी अधिकृत टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी र विभागीय प्रमुखहरु लगायतकोे उपस्थिती रहेको थियो । साभारण सभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गरेका थिए । बैंकको हाल ७७ जिल्लामा २१७ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । चालु आवको दोश्रो त्रैयमास सम्म बैंकले १ खर्ब ८१ अर्ब रुपैंया निक्षेप संकलन, १ खर्ब ३४ अर्ब रुपैंया कर्जा लगानी र २ अर्ब ४१ करोड रुपैंया खुद मुनाफा गरेको बैंकले जनाएको छ ।

नेपाली जुत्ता घरमा भित्रिए शैक्षिक सत्रका लागि नयाँ डिजाइन, छुट पनि निरन्तर

काठमाडौं । नयाँ शैक्षिक सत्रलाई लक्षित गरेर नेपाली जुत्ता घरले नयाँ डिजाइनका जुत्ताहरु ल्याएको छ । नयाँ शैक्षिक सत्रलाई जुत्ता उद्योगीहरुले बजार विस्तारको उपयुक्त अवसरका रुपमा लिने गरेका छन् । आगामी शैक्षिक सत्रका लागि केन्द्रित गरेर हरेक जसो जुत्ता उद्योगीले नयाँ नयाँ डिजाइनका जुत्ता ल्याउने गरेका छन् । नयाँ वर्ष समेत नजिकै रहेकाले जुत्ता घरमा ६ महिनाको वारेण्टीसहित ५० प्रतिशतसम्मको छुट सुबिधाले समेत निरन्तता पाएको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।‘स्कुल र कलेजका लागि नयाँ डिजाइनका जुत्ता ल्याएका छौं, नयाँ वर्ष पनि आएकाले १० देखि ५० प्रतिशतसम्मको छुट सुबिधालाई पनि निरन्तरता दिएका हौं’, अध्यक्ष उपाध्यायले भने । बिएफ डियरका नयाँ लेदर स्याण्डलहरु पनि थपिएका छन् । शु ल्याण्डका नयाँ लेडिज स्याण्डल पनि आएको उपाध्यायले जानकारी दिए । नेपाली जुत्ताघरले स्वदेशी लगानी, स्वदेशी शिप र स्वदेशी परिश्रमबाट निर्मित जुत्ताहरुमा बिभिन्न अवसर पारेर बिभिन्न सुबिधाहरु उपलब्ध गराउँदै आएको छ । नेपाली जुत्ता घरमा ४ सय रुपैंयाँदेखि ५ हजार मूल्यसम्मका जुत्ता पाइन्छन् । कहाँ कहाँ छन् जुत्ता घर ? नेपाली जुत्ता घर अब तपाईको नजिकैसम्म आईपुगिसकेको छ । काठमाडौं उपत्यका र पोखरामा गरि ५ वटा आउटलेट विस्तार भैसकेका छन् । काठमाडौंमा जमलको नाँचघरमा, माछापोखरीको बुद्धमलमा शोरुम छ । महाराजगंज चक्रपथबाट गंगाला अस्पताल जानेबाटोमा १०० मिटर अगाडी दायाँ तर्फ छ, कुमारीपाटीमा कुमारी बैंकको ठिक अगाडी नेपाली जुत्ता घरका आउटलेट छन् । पोखरामा सिद्धार्थ चोक स्थित चिप्लेढुंगामा नेपाली जुत्ता घरको आउटलेट छ । कुन कुन ब्राण्डका जुत्ता पाइन्छन् ? नेपाली जुत्ता घरमा बिएफ डिअर हिल सुज, शिखर, कोशेली, क्रसरोड, स्काई सुज, टाकुरा, लेदर विंग्स, शु ल्याण्ड, सफ्ट टच ब्राण्डका जुत्ता छानीछानी खरिद गर्न सकिन्छ । एकापसमा प्रतिष्पर्धा गरिरहेका नेपाली ब्राण्डहरुले सामुहिक बिक्रि केन्द्रको अवधारणामा जुत्ता घरको आरम्भ गरेका हुन् । प्रतिष्पर्धा छाडेर सहकार्यमा आएको नजिर बजार विस्तारमा प्रतिष्पर्धा गरिरहेका ब्राण्डहरुले एउटै शोरुमबाट आ आफ्ना उत्पादनहरुको प्रवद्र्धन गरिरहेका छन् । नेपाली जुत्ताघरले नेपाली जुत्ताहरुको बजार प्रवद्र्धन र प्रतिष्पर्धी कम्पनीहरुको सहकार्यतामा जोड दिँदै आएको छ ।