विकासन्युज

होली खेल्दै हुनुहुन्छ ? छाला र कपाललाई रंगको प्रभावबाट बचाउन यसो गर्नुहोस्

काठमाडौं। रंगहरुको पर्व होली बिहीबार काठमाडौं उपत्यका लगायत पहाडी जिल्लाहरुमा मनाइँदै छ । होलीको रंगसँग युवा र बालकहरुमा मात्रै रमाउँदैनन्,बृद्धाबृद्धहरुले पनि होलीमा जीवन रंगहरु जस्तै खुसी र रंगिन होस् भन्दै रंगहरु एकआपसमा दलेर खुसी साट्ने गर्दन् । होलीको समयमा दिनभरी अनुहारमा दलेको रंगले छालाको प्राकृतिक रुप बिगार्ने गर्दछ। यसले गर्दा छाला सुख्खा हुनुका साथै विभिन्न समस्याले मानिसलाई सताउने गर्छ। छालाको साथसाथै कपालहरु पनि रंगको कारणले बिग्रिने गर्दछ। त्यसैले यस्तो अवस्थामा आफ्नो छाला र कपाललाई बिशेष ध्यान दिनुपर्ने हुन्छ। होली खेल्दा यस्ता कुरामा ध्यान दिनुस्  : १। छालामा रंगले धेरै नै प्रभाव पर्ने गर्दछ छ त्यसैले होली खेल्न जानु भन्दा अगाडि मोस्टराईजर र सनक्रिमको प्रयोग गर्नुहोस्। यसले तपाईको छालालाई सुख्खा हुनबाट जोगाउनको साथै रङले छालालाई पार्ने प्रभावबाट बचाउन मद्त गर्दछ। २। होलीको रंगमा विभिन्न केमिकल मिसाएको हुन्छ । जसले होलीपछि शरीरमा लागेको रंग निकाल्न निकै मेहनत गर्नुपर्छ। यसकारण होली खेल्नु अघि शरीर र कपालनमा तेल लगाउनुहोस् । यसले कपाल र शरीरमा रंग बस्नबाट रोक्छ ३। होली खेल्दा हातको नङमा धेरै नै रंग लाग्ने गर्छ । नङमा रंग लाग्दा हात र नङ कुरुप बन्न सक्छ । यसकारण होलीको रंग हातमा लाग्नु भन्दा पहिले नङमा नेल पोलिस लगाउन नबिर्सनुहोस् । यसले नङको सौन्दर्य पनि बढ्छ र रंगबाट पनि जोगाउँछ। ४। आँखामा चस्मा तथा ग्लासको प्रयोग गर्ने । होली खेलेपछि यसाे गर्नुस् : १। कपालमा नछुट्ने रंग लागेको छ भने त्यसलाई निकाल्नका लागि सिधै स्याम्पू लगाउनु हुँदैन । पहिले सादा पानीले  कपाललाई राम्रोसँग सफा गर्ने । यसले कपालमा लागेको रंग सफा हुन्छ । त्यसपछि मात्रै स्याम्पू लगाएर कपाल धुने गर्नुपर्छ । यस बाहेक कपालमा स्याम्पू लगाउनु भन्दा पहिले अण्डाको पहेँलो भाग लगाएर लगभग ३० मिनेट सम्म छोड्नुहोस् । साथै दहीमा मेथी मिसाएर पनि लगाउन सकिन्छ। २। होली खेलीसकेपछी अनुहारको रङ सफा पानीले पखाल्नुहोस्। पानीले राम्रोसँग रंग नगएको खण्डमा तपाईले फेसवासको प्रयोग गर्नसक्नु हुन्छ। ३। अन्त्यमा राती सुत्ने समयमा टोनर र मोस्टराईजरको प्रयोग गर्नुहोस्।

२० वर्षसम्म सबै कर छुट दिने प्रदेश-२ सरकारको निर्णयलाई परिसंघले गर्यो स्वागत

काठमाण्डौ । प्रदेश नं. २ मा उद्योग खोलेमा २० वर्षसम्म सबै कर छुट दिने प्रदेश सरकार मन्त्री परिषदको निर्णयको नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । परिसंघले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै प्रदेश २ सरकारको निर्णयको स्वागत गरेको हो । गत हप्ता जनकपुरमा परिसंघ तथा प्रदेश सरकारको संयुक्त आयोजनामा “प्रदेश नं. २ को समृद्धिको मार्गचित्र” विषयमा व्यापक छलफल तथा अन्तरक्रियाको आयोजना गरेको थियो । सो अन्तरक्रिया कार्यक्रममा प्रदेश नं. २ का सम्पूर्ण मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, विभिन्न राजनैतिक दलका नेताहरु लगायत सबै जिल्लाका उच्चस्तरीय सरोकारवालाहरु समेतको सहभागिता थियो । जसमा उद्योग र कृषि बीचको अन्तर सम्बन्धलाई प्रदेश सरकारबाट जोड दिइ लगानीमैत्री वातावरण तयार गरिनु पर्ने कुरामा जोड दिइएको थियो । परिसंघको विज्ञप्तिमा अगाडि भनिएको छ–‘प्रदेश नं. २ को समृद्धिका लागि लगानी विस्तार गर्ने उद्देश्यले उक्त प्रदेश सरकारले गरेको निर्णयलाई कार्यान्वयनमा ल्याउन प्रदेश सरकारबाट यो कदमलाई तदारुकता साथ विद्यमान ऐन कानुनमा आवश्यक परिमार्जन, संशोधन, पुनर्लेखन गरी उद्योग र लगानीमैत्री वातावरण तयार गर्न समेत परिसंघले आव्हान गर्दछ ।’ साथै उद्योगमैत्री वातावरण, भूमी बैँकको व्यवस्था गरी उद्योगलाई चाहिने जग्गा सहज रुपमा उपलब्ध गराइदिने, ३ घण्टामै उद्योग दर्ताको काम सम्पन्न गर्ने र उद्योग क्षेत्रमा नियमित विद्युत आपूर्ति गर्ने निर्णय र सोको व्यवस्था अन्य प्रदेशहरुको लागि समेत अनुकरणीय भएको परिसंघको ठहर छ–विज्ञप्तिमा उल्लेख छ ।

सेन्ट्रल फाइनान्सको ७ प्रतिशत नगद लाभांश पारित, केन्द्रिय कार्यालय सारिँदै

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको प्रस्तावित ७ प्रतिशत नगद लाभांश पारित भएको छ । मंगलबार सम्पन्न संस्थाको २२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम संस्थाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई सो मात्राको नगद लाभांश वितरण गर्ने भएको छ । हाल ८ स्थानमा शाखा संचालन गरिरहेको यस फाइनान्सले आगामी साताबाट सिन्धुलीको भिमानमा थप एक शाखा संचालनमा ल्याउने तयारी गरेको छ । साथै, आगामी दिनमा थप शाखा स्थापना गरी शाखा सञ्जाल र कार्यक्षेत्र थप विस्तार गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रजोजमान श्रेष्ठले बताएका छन् । ललितपुरको कुपण्डोलमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्ता पुँजी ८२ करोड ३५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, निक्षेप ३ अर्ब १३ करोड र कर्जा लगानी २ अर्ब ९८ करोड रुपैयाँ रहेको सीईओ श्रेष्ठले बताए । त्यस्तै, प्रविधिको उच्चतम प्रयोग गरी थप आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले आगामी २०७६ साल असार मसान्तदेखि ललितपुरको कुपण्डोलस्थित संस्थाको जग्गामा केन्द्रिय कार्यालय सारिने सीईओ श्रेष्ठले बताएका छन् । हाल उक्त जग्गामा कर्पोरेट भवन निर्माण कार्य भइरहेको उनले जानकारी दिए ।

मर्यादित रुपमा होली मनाउन गृहमन्त्रालको अनुरोध, कानून विपरीतका कार्य गरे कारवाही गरिने

काठमाडौँ । गृह मन्त्रालयले खुशियाली साटासाट गरी मनाइने होली (फागु) पर्व मर्यादित रुपमा मनाउन अनुरोध गरेको छ । यही चैत ६ र ७ गते मनाइने होली पर्वका अवसरमा देश÷विदेशमा रहनुहुने सबै नेपालीलाई शुभकामना दिँदै मन्त्रालयले मंगलबार एक सन्देश जारी गरी धार्मिक र सांस्कृतिक दृष्टिले मर्यादित र सभ्य भएर होली पर्व मनाउन आग्रह गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पर्व मनाउने नाममा इच्छा विपरीत जबर्जस्ती, अमर्यादित, गैरकानूनी र उच्छृङ्खल किसिमका गतिविधि प्रचलित कानून विपरीत हुने भएकाले यसतर्फ सचेत हुन आग्रह गरेको छ । “कानून विपरीतका कार्य र असभ्य व्यवहार कोही कसैप्रति नगर्न र नगराउन गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा कोही कसैको इच्छा एवं स्वीकृति बेगर कानून विपरीतका कार्य गरेमा कारवाही गरिने उल्लेख छ ।

सात महिनामा १४ वटा हिमाल चढ्ने उद्देश्य बोकेका निर्मल पूर्जालाई प्रिमियर ईन्स्योरेन्सले सहयोग गर्ने

काठमाडौ । प्रिमियर ईन्स्योरेन्स कम्पनीले ७ महिनामा विश्वका ८ हजार मिटर उचाई भएका १४ वटा हिमाल चढ्ने उद्देश्य राखेका निर्मल पूर्जा‘निम्स’ लाई सहयोग गर्ने भएको छ । चितवनमा जन्मिएका पूर्जालाई ईन्स्योरेन्स कम्पनीले दुर्घटना बीमा, व्यक्तीगत दुर्घटना बीमा, हाई अल्टिच्यूट बीमा तथा आवश्यकताको अवस्थामा रेक्यूसम्ममा साथ दिने भएको छ । पर्यटकीय क्षेत्रमा रहेको जोखिम बहन गर्न ईन्स्योरेन्स कम्पनीले आफ्नो तर्फबाट सहयोग गर्न लागेको जनाएको छ । पूर्जालाई हामा आईरन स्टिलको समेत साथ रहने जनाईएको छ । पर्वतारोहण कै सन्दर्भलाई लिएर मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रिमियर ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सुधुम्नप्रसाद उपाध्याय तथा हामा आईन एण्ड स्टीलका प्रबन्ध निर्देशक राजनकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रिमियर ईन्स्योरेन्सका सिईओ उपाध्यायले भने– ‘नेपालमा पर्यटकीय क्षेत्रमा धेरै अवसरहरु छन्, जोखिमहरुपनि प्रशस्तै रहेका छन्, यदी हामीले बीमाको बारेमा जानकारी लिएमा यस्ता जोखिम बहन गर्न सघाउ पुग्दछ ।’ को हुन त निर्मलपूर्जा ? निर्मल पूर्जा सन् २००३ मा ब्रिटिश गोर्खा बिग्रेडमा नियुक्त भई हाल ‘ब्रिटिश स्पेशल बोट सर्भिस’ को विषेश अंगको रुपमा कार्यरत छन् । उनले सन २०१२ देखी पर्वतारोहणमा सहभागी भई एभरेष्ट बेस क्याम्पसम्मको अनुभव प्राप्त गरेका छन् । पर्वतारोहणको ज्ञान नभएपनि पूर्जाले लबोचे इस्ट हिमाल ६ हजार १ सय मिटर चढ्ने निर्णय गरे । उनले १३ गोर्खालाई चुचुरोमा पुर्याउन सफल भएका थिए । १० घण्टा १५ मिनेटमा एभरेष्टदेखी लोत्से आरोहण गरी २० घण्टाको लोत्से, मकालु कम समयमा चढेर किर्तिमान समेत कायम गरेका छन् । विश्वका १४ वटा ८ हजार मिटरभन्दा माथिका हिमालहरु ७ वर्ष ११ महिना १४ दिनमा चढेर पहिले नै एक पर्वतारोहीले आरोहण गरी पूरा गरी विश्व रेकर्ड कायम राखेको पाईन्छ । पूर्जाले सो विश्व रेकर्ड ७ महिनामा पूरा गर्ने लक्ष्य राखेका छन् ।

सिद्धार्थ बैंकले थप्यो २ नयाँ शाखा

काठमाडौँ । सिद्धार्थ बैंकले मंगलबार इचंगुनारायण र धनेश्वर स्थित दुई शाखाहरुको औपचारिक उद्घाटन गरेको छ । बैंकको इचंगुनारायण शाखाको उद्घाटन नागार्जुननगरपालिकाका उपमेयर सुशीला अधिकारीबाट र धनेश्वर शाखाको उद्घाटन टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डङ्गोलबाट भएको थियो । सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखाहरु सहित बैंकले देशभर १४६ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५६ एटीएम र १,२०० भन्दा बढी पीएसओ मेसिन मार्फत उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

आशा लघुवित्तले पर्साको परवानीपुरमा ५६ जना महिलालाई दियो सीपमूलक तालिम

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले चैत्र ३ र ४ गते २ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय परवानीपुर, पर्सामा आबद्ध सदस्यहरु मध्ये ५६ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सरफ बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख चौधरी चरण यादवले यस्ता सीपमूलक तालिमहरुबाट यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिनुभएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा चुरा तथा श्रृङ्गार सामग्री बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै २६२ विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।

सनराइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्सबीच बैंकास्योरेन्स संझौता

काठमाडौं । सनराइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा सनराइज बैंकका प्रमुखकार्यकारी अधिकृत रत्नराज बज्राचार्य र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले बैंकास्योरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । ग्र्राहकहरुले सनराइज बैंकका देशभरिका शाखाबाट शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने छन् । यो सम्झौताले निर्जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेमा बैंकले विश्वास लिएको छ ।