विकासन्युज

सनफ्लो सनफ्लावर तेल किन्दा पाटनकी सुनिता लामाले पाइन हिराको हार

काठमाडौं । सनफ्लो सनफ्लावर तेल खरिद गर्दा पाटनकी सुनिता लामाले हिराको हार पाएकी छिन् । “सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार” योजना अन्तर्गत तेस्रो लक्की ड्र कार्यक्रम अन्तर्गत उनले हिराको नेकलेस पाएकी हुन् । तेस्रो लक्की ड्र कार्यक्रम अन्तर्गत हिराको हार र हिराका अन्य उपहार विजेताहरुलाई हिराको हार तथा अन्य उपहारहरु हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, पेप्सीकोला निवासी सृजना कार्कीले हिराको लकेट प्राप्त गरेकी छन् । पाल्पाका कमल नेपालले हिराको लकेट जितेका छन् । त्यसैगरी, राजविराज निवासी अबिनाश यादव र नारायणघाट निवासी राजन गुरुङले हिराको टप जितेका छन् । के.एल. दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिज प्रा.लि.ले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि शुरु भई सीमित अवधिका लागि मात्र लागु रहने कम्पनीले जनाएको छ । यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्नेछ । लक्की ड्र मार्फत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र मार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् ।

एनएमबि बैंकद्धारा बीमा रकम भुक्तानी

काठमाडौं । एनएमबि बैंकले बीमित भुवन सापकोटाको दुर्घटनामा परी मृत्यु भएकोले जीवन बीमा बापतको क्षतिपूर्ति बीमा रकम ७ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले उक्त रकमको चेक मृतको आमा गंगादेवी सापकोटालाई हस्तान्तरण गरेको हो । बैंकका कार्यकारी अधिकृत सुनिल के.सी तथा प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे तथा प्रदेश ४ का प्रदेश प्रमुख, गणेश पराजुलीको उपस्थितिमा गोरखा स्थित बैंकका जेष्ठ संस्थापक सदस्य धिरज वहादुर मास्केले उक्त रकम बरावरको चेक हस्तान्तरण गरेका थिए । बीमित सापकोटाको श्रावण २६ गते आरुघाट गाउपालिका, आरुआर्वाङको वायाक टोलमा विजुलीकोतार टाग्ने क्रममा दुर्घटना भई मृत्यु भएको थियो । निजले आरुघाट स्थित एनएमबि बैंकबाट बचत कारोबार गर्दै आएका थिए ।

ग्लोबल आइएमई बैंकद्धारा नवलपरासीका विपन्न समुदायलाई दुई सय थान ब्लाङ्केट वितरण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५, पक्लिहवामा २०० थान ब्लाङ्केट वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निजामती कर्मचारी संघसँगको सहकार्यमा नवलपरासीको सुस्ताका विपन्न समुदायलाई जाडोमा ब्लाङ्केट वितरण गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. ५ का सचिब रामप्रसाद खरेल, मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रदेश नं. ५ का सचिब टेकनारायण पाण्डे, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे, निजामती कर्मचारी संघका अध्यक्ष चन्द्रकला रेग्मी तथा बैंकका प्रदेश नं. ५ का सहायक प्रमुख कविन्द्र रेग्मीले शनिबार आयोजित एक कार्यक्रममा सुस्ताका विपन्न समुदायका २०० परिवारलाई संयुक्त रुपमा ब्लाङ्केट हस्तान्तरण गरेका हुन् । ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

सनराइज बैंकको नवलपुरमा दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौं । सनराइज बैंकले नवलपुरमा दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले सोमबार नवलपुरको मदनपुरमा ४१औं र पिथौलीमा ४२औं शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो । बफर जोन युुजर कमिटीको अध्यक्ष तथा समाज सेवी दोमन भण्डारी र कुमारवर्ती विद्यालयको प्रधानाध्यापक दर्शन राज अमात्यले संयुक्त रुपमा मदनपुरको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन् । सोही दिन कावासोती नगरपालिकाको अध्यक्ष खेमप्रसाद काफ्ले, शान्ति निकुन्ज उच्च माध्यमिक विद्यालयको प्रधान अध्यापक हरि प्रसाद न्यौपानेले संयुक्त रmपमा एक समारोहकाबीच पिथौलीमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा बैंकका प्रदेश ४ का प्रमुख रबिन्द्र के.सीले बैंकले कृषिक्षेत्र तथा महिला उद्यमीलाई सघैं प्रोत्साहन गर्न पहल गर्दै आएको र आगामी दिनहरुमा पनि यस बैंक मार्फत उक्त कामहरु गर्ने प्रतिवद्ता गरेका छन् । बैंकले हालसम्म १२८ वटा शाखा, ४२ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा एटीएममार्फत आफ्नाकरिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सिद्धार्थ बैंकको नँया शाखा लुम्बिनीमा, एकैदिन चार शाखाको उद्घाटन

काठमाडौं । सिद्धार्थ बैंकले लुम्बिनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोही दिन सुनसरी अवस्थित दुहबी शाखा र गढी शाखा, सिरहाअवस्थित गोलबजार शाखा र लहान शाखाको उद्घाटन गरेको छ । बैंकको दुहबी शाखाको उद्घाटन दुहबी नगरपालिकाका मेयर श्रीबेद नारायण गच्छदार, गढी शाखाको उद्घाटन गढीगाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव, गोलबजार शाखाको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह र लहान शाखाको उद्घाटन लहान नगरपालिकाका मेयर मुनिशाह सुडीबाट भएको थियोे । बैंकले दुहबी शाखा गत २०७५ फागुन २७ गते, गढी शाखा गत २०७४ माघ ७ गते, गोलबजार शाखा गत २०७६ कार्तिक १५ गते र लहान शाखा गत २०७५ वैशाख २३गतेदेखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो । उक्त लुम्बिनी शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७६ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजाएटिएम कार्ड सेवाकामार्फत् उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सेञ्चुरी बैंकका ग्राहकलाई ग्रान्डी अस्पतालको विभिन्न सेवा छुट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले धापासीस्थित ग्रान्डी ईन्टरनेशनल अस्पतालको विभिन्न सेवा छुट पाउने भएका छन् । दुई संस्थाबीच विभिन्न सेवा सुविधामा छुट दिने सम्बन्धि सम्झौता भएसँगै ग्राहकले उक्त सेवा पाउने भएका हुन् । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शेयरधनीहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शेयरधनीहरुले अस्पतालको थुप्रै सेवामा आकर्षक छुट पाउनेछन् । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक बिकास मान सिंहले हस्ताक्षर गरेका छन् ।

आइएमईका १५ व्यावसायिक साझेदार बाकु भ्रमणमा

काठमाडौं । आइएमई लिमिटेडले आफ्ना १५ व्यावसायिक साझेदारलाई पाँच दिवसीय भ्रमणका लागि अजरबैजानस्थित ‘बाकु’ को भ्रमणमा पठाएको छ । आइएमईका व्यवसायिक साझेदारका लागि अघिल्लो आर्थिक वर्षको माघदेखि असारसम्म विभिन्न शीर्षकमा दिइएको लक्ष्य पुरा गर्ने १५ व्यावसायिक साझेदार यो भ्रमणका लागि छनोट भएका थिए । यसमा ‘आइएमई पे’ को कारोबारमा सबैभन्दा बढी योगदान पुर्याउने व्यावसायिक साझेदारलाई पनि समावेश गरिएको छ । आइएमई केन्द्रीय कार्यालय पानीपोखरी काठमाडौंमा आयोजित एक विशेष समारोहकावीच आइएमईका महाप्रवन्धक रुद्रराज पौडेल र खिलेन्द्र पौडेलले भ्रमण टोलीलाई बिदाई गरेका थिए । कार्यक्रममा महाप्रवन्धक पौडेलले आइएमईको व्यावसायिक यात्रामा आइएमईका व्यावसायिक साझेदारहरूको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । आइएमईले आफ्नो स्थापना कालदेखि नै आमसेवाग्राहीमूखी र व्यावसायिक साझेदारमूखि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

नेपाल बङ्गलादेश बैंकको १२ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको प्रस्तावित १२ प्रतिशत लाभांश पारित भएको छ । पुस ७ गते सम्पन्न बैंकको २५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै बैंकका शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ७ प्रतिशत नगद गरी सो मात्राको लाभांश पाउने छन् । समिक्षा अवधिमा बैंकको कुल निक्षेप २४.५५ प्रतिशतले वृद्धि भई ५९ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । कुल कर्जा २९.१६ प्रतिशतले वृद्धि भई ५५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । बैंकको वासलातको आकार २४.२४ प्रतिशतले वृद्धि भई ७६ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।