
काठमाडौं । एनएमबि बैंकले बीमित भुवन सापकोटाको दुर्घटनामा परी मृत्यु भएकोले जीवन बीमा बापतको क्षतिपूर्ति बीमा रकम ७ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले उक्त रकमको चेक मृतको आमा गंगादेवी सापकोटालाई हस्तान्तरण गरेको हो ।
बैंकका कार्यकारी अधिकृत सुनिल के.सी तथा प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे तथा प्रदेश ४ का प्रदेश प्रमुख, गणेश पराजुलीको उपस्थितिमा गोरखा स्थित बैंकका जेष्ठ संस्थापक सदस्य धिरज वहादुर मास्केले उक्त रकम बरावरको चेक हस्तान्तरण गरेका थिए ।
बीमित सापकोटाको श्रावण २६ गते आरुघाट गाउपालिका, आरुआर्वाङको वायाक टोलमा विजुलीकोतार टाग्ने क्रममा दुर्घटना भई मृत्यु भएको थियो । निजले आरुघाट स्थित एनएमबि बैंकबाट बचत कारोबार गर्दै आएका थिए ।