आइएमईका १५ व्यावसायिक साझेदार बाकु भ्रमणमा

<p>काठमाडौं । आइएमई लिमिटेडले आफ्ना १५ व्यावसायिक साझेदारलाई पाँच दिवसीय भ्रमणका लागि अजरबैजानस्थित ‘बाकु’ को भ्रमणमा पठाएको छ । आइएमईका व्यवसायिक साझेदारका लागि अघिल्लो आर्थिक वर्षको माघदेखि असारसम्म विभिन्न शीर्षकमा दिइएको लक्ष्य पुरा गर्ने १५ व्यावसायिक साझेदार यो भ्रमणका लागि छनोट भएका थिए । यसमा ‘आइएमई पे’ को कारोबारमा सबैभन्दा बढी योगदान पुर्याउने व्यावसायिक साझेदारलाई [&hellip;]</p>

काठमाडौं । आइएमई लिमिटेडले आफ्ना १५ व्यावसायिक साझेदारलाई पाँच दिवसीय भ्रमणका लागि अजरबैजानस्थित ‘बाकु’ को भ्रमणमा पठाएको छ । आइएमईका व्यवसायिक साझेदारका लागि अघिल्लो आर्थिक वर्षको माघदेखि असारसम्म विभिन्न शीर्षकमा दिइएको लक्ष्य पुरा गर्ने १५ व्यावसायिक साझेदार यो भ्रमणका लागि छनोट भएका थिए । यसमा ‘आइएमई पे’ को कारोबारमा सबैभन्दा बढी योगदान पुर्याउने व्यावसायिक साझेदारलाई पनि समावेश गरिएको छ ।

आइएमई केन्द्रीय कार्यालय पानीपोखरी काठमाडौंमा आयोजित एक विशेष समारोहकावीच आइएमईका महाप्रवन्धक रुद्रराज पौडेल र खिलेन्द्र पौडेलले भ्रमण टोलीलाई बिदाई गरेका थिए । कार्यक्रममा महाप्रवन्धक पौडेलले आइएमईको व्यावसायिक यात्रामा आइएमईका व्यावसायिक साझेदारहरूको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

आइएमईले आफ्नो स्थापना कालदेखि नै आमसेवाग्राहीमूखी र व्यावसायिक साझेदारमूखि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

Share News