विकासन्युज

नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता

काठमाडौँ । नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच रणनीतिक साझेदारी तथा प्राज्ञिक सहयोग आदान–प्रदान सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा नर्भिक इन्स्टीच्युट अफ नर्सिङ एजुकेशनका तर्फबाट कार्यकारी निर्देशक पारस शाक्य र माहिडोल विश्वविद्यालयका तर्फबाट त्यहाँका प्रेसिडण्ट वाञ्चोङ्ग माहासायारियाले हस्ताक्षर गरेका छन् । दुई संस्थाबीच भाईचाराको अभिवृद्धि गर्ने, पाठ्यक्रम विकास, अनुसन्धान लगायतका अन्य शैक्षिक गतिविधिहरुमा सहयोग आदानप्रदान गर्ने, शैक्षिक ज्ञान तथा स्रोतसाधन आदान–प्रदान गर्ने, आपसी सहकार्यमा शैक्षिक कार्यक्रमहरुको विकास गर्ने, आपसी सहकार्यमा कार्यशाला गोष्ठी, सेमिनार, सभा सम्मेलनको आयोजना गर्ने तथाथप सहकार्यका अन्य सम्भावनाहरुको खोजी गर्ने समझदारी पत्रमा उल्लेख छ । समझदारी आगामी ५ बर्षसम्म कायम रहने जनाइएको छ ।

१५ तस्वीरमा यस्तो देखियो काठमाडौँको तिहार बजार

काठमाडौँ । नेपालीहरुको महान् चाड तिहार नजिकिंदै गएको छ । तिहार पर्व नजिकिंदै जाँदा दीपावली र भाइटीकाका लागि आवश्यक सामाग्री खरिद गर्नेहरुको भीड बजारमा बढ्न थालेको छ । काठमाडौँका असन, महाबौद्ध, इन्द्रचोक, भोटाहिटी, मखनगल्ली, याख्टा, नरदेवी, विशालबजार लगायतका क्षेत्रमा रहेका पसलहरु अहिले तिहार विशेष सामाग्रीहरुले भरिभराउ देखिएका छन् । झिलिमिली बत्ति, भाइमसला, टीका सामाग्री, दाजुभाईहरुका लागि उपहार दिइने ढाका टोली जस्ता वस्तु बिक्रीका लागि राखिएका छन् । १५  तस्वीरमा हेरौँ तिहार बजार ।

दुई महिनामै २८ अर्ब ३६ करोडको धितोपत्र थपियो, आईपीओ मात्रै २० अर्बको

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम दुई महिनामा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा २८ अर्ब ३८ करोड रुपैयाँ बराबरको धितोपत्र थपिएको छ । गत साउनदेखि भदौ मसान्तसम्ममा साधारण सेयर(आईपीओ), बोनस, हकप्रद, डिबेन्चर र अन्य सेयर गरी सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये सबैभन्दा बढी आईपीओ सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/७७ को दुई महिनामा नेप्सेमा २० अर्ब ९४ करोड रुपैयाँ बराबरको आईपीओ थपिएको हो । त्यस्तै, चार अर्ब ४८ करोड रुपैयाँ बराबरको बोनस र एक अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर थपिएको छ । त्यसैगरी, साउन र भदौमा गरी ३५ करोडको डिबेन्चर(ऋणपत्र) र एक अर्ब १४ करोडको अन्य धितोपत्र नेप्सेमा सूचीकृत भएको हो । उक्त अवधिमा नेपाल धितोपत्र बोर्डले विभिन्न बैंकहरुलाई एक अर्ब ८० करोड बराबरको ऋणपत्र निष्काशनको अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तमा सूचीकृत ४ अर्ब ३७ करोड सेयरको चुक्ता मूल्य ४२८ अर्ब ५० करोड रुपैयाँ रहेको छ । सो अवधिसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या २१८ पुगेको छ । जुन अघिल्लो वर्षको सो अवधिको तुलनामा २२ वटा बढी कम्पनी थपिएका हुन् । २०७५ भदौमा सूचीकृत कम्पनीको संख्या १९६ रहेको थियो । सूचीकृत कम्पनीमध्ये १५५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३२ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन् ।

रुग्ण जलविद्युत आयोजनाको अध्ययन गर्न उर्जा मन्त्रालयलद्वारा समिति गठन

काठमाडाैं । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले रुग्ण जलविद्युत आयोजनाहरुको अध्ययन गर्न समिति गठन गरेको छ । नीजि क्षेत्रबाट सञ्चालन भएका रुग्ण आयोजनाहरुका समस्याहरुको अध्ययन गर्न मन्त्रालयले उर्जा महाशाखा प्रमुख सहसचिव प्रविणराज अर्यालको संयोजकत्वमा बुधबार दश सदस्यीय समिति गठन गरेको हो । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय (सचिवस्तर) को कात्तिक ४ गतेको निर्णयअनुसार समिति गठन गरेको बताइएको छ । समितिमा मन्त्रालय अन्तर्गतको कानुन तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिव,अर्थमन्त्रालयका प्रतिनिधि, विद्युत नियमन आयोगका प्रतिनिधि, विद्युत विकास विभागकाका उपमहानिर्देशकको सदस्यतामा समिति गठन भएको छ । यस्तै नेपाल राष्ट्र बैकका प्रतिनिधि, विद्युत व्यापार विभागका प्रमुख, इप्पानका दुई प्रतिनिधि, नेपाल बैंकर्स संघका प्रतिनिधि र उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रादयका सिडिइ सदस्य सचिव रहने गरी समिति गठन भएको हो ।

रोयल इन्फिल्डको बाइक किन्ने सोच्दै हुनुहुन्छ ? यस्ता छन् मोडल(मूल्य सहित)

काठमाडौँ । इण्डियन मोटरसाइकल मेनुफेक्चरिङ्ग ब्राण्ड ‘रोयल इन्फिल्ड’ को नेपालका लागि आधिकारिक बिक्रेता विवेक अटोमोवाइल्स प्रालिले नेपालमा उक्त ब्राण्डका ३५० सीसीदेखि ४१० सीसीसम्मका मोटरसाइकलहरु बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले जनाए अनुसार रोयल इन्फिल्डका चार लाख ६७ हजार रुपैयाँदेखि लिएर आठ लाख ९८ हजार रुपैयाँसम्म मूल्य पर्ने मोटरसाइकलहरु नेपाली बजारमा बिक्री हुँदै आइरहेका छन् । हाल नेपालमा ४१० सीसी सम्मका ५ अलग मोडेलहरुको विक्री हुँदै आइरहेका छन् । विगतमा भने कम्पनीले ५०० सीसीका केही थप मोडेलहरु पनि बिक्री गर्ने गरेको थियो । कम्पनीले जनाए अनुसार अहिलेलाई भने उक्त बाइकहरुको बिक्री बन्द गरिएको छ । कम्पनीको अहिलेको चाडपर्वलाई लक्षित योजना मुताविक ग्राहकहरुले रोयल इन्फिल्डका कुनैपनि मोडेलका बाइकको खरिदमा एउटा हेल्मेट र लेग गार्ड उपहार स्वरुप प्राप्त गर्ने छन् । रोयल इन्फिल्ड संसारभर आफ्नो दमदार बाइकहरुको लागि लोकप्रिय रहेको छ भने यो इण्डियन मेनुफेक्चरिङ्ग ब्राण्डले ३५० सीसी देखि लिएर ६५० सीसी सम्मका बाइकहरु मेनुफेक्चर गर्दै आइरहेको छ ।

बिएसआर मुभिजको पहिलो शाखा बागलुङमा, संचालनमा दुई सिनेमा हल 

काठमाडौं । गोंगबुस्थित बीजी मलमा रहेको बीएसआर मुभिजको पहिलो शाखा बागलुङमा सञ्चालनमा आएको छ । सो मुभिजको उद्घाटन कलाकार नीर शाहले गरेका हुन् । उक्त मुभिज बीएसआर ग्रुपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधा सहितको मल्टिप्लेक्स सञ्चालनमा आएको हो । जसको चार सय २६ सिट क्षमता रहेको छ । यसैगरी, बिहीबारबाट व्यवसायिक रुपमा सञ्चालनमा आउने दुईवटा हलहरु मध्ये औडी–१ मा २०० र औडी–२ मा २२६ सिट क्षमता छ । यसरी, थ्रिडी प्रविधिसहित सुरु भएको बीएसआर सिनेमामा चलचित्र हेर्ने दर्शकलाई चलचित्रमा भैरहेका सबै कृयाकलाप वास्तविक जस्तै महसुस गराउने छ । अत्याधुनिक साउण्ड सिष्टममा दर्शकले पर्दामा जुन दिशामा जस्तो वस्तु देखिन्छ सोही दिशाबाट आवाज आएको महसुस गर्न सक्ने र एसी, डिजिटल सराउण्डिङ साउण्ड सिष्टम, लक्जरी सिटले बागलुङ र आसपास क्षेत्रका दर्शकलाई नयाँ अनुभव दिने बीएसआर मुभिजका निर्देशक राजु गिरीले बताएका छन् । बीएसआरले अन्तर्राष्ट्रिय जगतमा प्रचलनमा रहेको पछिल्लो प्रविधि डल्बी अटमस साउण्ड सिष्टम नेपालमा भित्र्याउँदै दुई वटा अत्याधुनिक सिनेमा हल काठमाडौँको बिजी मलमा विसं २०७३ देखि सञ्चालन गरिरहेको छ ।

भारत र बंगलादेशको समन्वयमा उर्जा सम्मेलन हुने, त्रिदेशीय व्यापारमा टेवा पुग्ने

काठमाडाैं । पावरीङ द एसियन सेन्चुरी भन्ने नाराकासाथ मंसिर ५ गतेदेखि उर्जा सम्मेलन २०१९ काठमाडाैंमा आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) ले आयोजना गर्न लागिएको सम्मेलनमा छिमेकी राष्ट्र भारत र बंगलादेशका प्रतिनिधीहरुको विशेष प्रतिनिधित्व हुने गरी आयोजना हुने इप्पानले जनाएको हो । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले भारत, बंगलादेश र चीनबाट ठुलो संख्यामा सहभागिता रहने जनाएको छ । ति राष्ट्रहरुसँगै भुटान, नर्वे, दक्षिण कोरिया, क्यानडा, नेदरल्याण्ड, बेलायत, सयुक्तराज्य अमेरिका र जापानबाट समेत उत्साहजनक सहभागिता रहने जनाएकाे छ । स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष शैलेन्द्र गुरागाँईले सम्मेलनमा बिज्नेस टु बिज्नेस मिटिङलाई प्रोत्साहन दिइ लगानी तथा ब्यापारमा टेवा पु¥याउने बताए । उनले सम्मेलनमा आधा दर्जन भन्दा बढि बिद्युत व्यापार, वातावरणीय उत्तम अभ्यासहरु तथा समावेशी उर्जा क्षेत्र सम्बन्धी सम्झौताहरु हुने बताए । यस्तै इप्पानका उपाध्यक्ष कुमार पाण्डेले हाल नेपालको उर्जा क्षेत्र देशको आवश्यकताभन्दा बढि उर्जा उत्पादन गर्ने अवस्थामा भएकोले उर्जा निर्यातका लागि पनि सम्मेलन मार्फत धेरै बाटाहरु खोलिन सक्ने बताए । ‘सम्मेलनले त्रिदेशीय उर्जा सम्झौता गर्न धेरै सहयोग गर्छ’ उनले भने भारतीय लगानीकर्ता पनि नेपालमा काम गर्न इच्छुक छन्, यसले बंगलादेश र भारतसँगको ब्यापार सम्झौतालाई अझ प्रभावकारी रुपमा अगाडी बढ्न सहयोग पुग्छ ।’ सम्मेलन नेपाल सरकारको उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको अभिभावकत्वमा आयोजना हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन,अर्थमन्त्री युवराज खतिवडा र विद्युतसँग सम्बन्धित संघ संस्थाका प्रमुखहरुको समेत सहभागिता रहने छ । यस्तै विदेशी अतिथीहरुमा भारतका जलस्रोत मन्त्री गजेन्द्रसिहं शेखावत, बंगलादेशका उर्जा तथा खनिज संसाधन राज्यमन्त्री नास्रुल हमिद रहेका छन् । सम्मेलनमा करिब सात सयभन्दा बढिको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मलेन मंसिर ५ र ६ गते आयोजना हुनेछ ।

वीरगञ्जमा कात्तिक २१–२३ गतेसम्म नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ हुने

काठमाडौं । नेपाल चलचित्र सघंले अब फिल्म सुटिङ हुने स्थानका कलाकारहरुलाई पनि फिल्ममा खेलाउने भएको घोषणा गरेको छ । नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ को जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलमा नेपाल चलचित्र सघंका अध्यक्ष आकाश अधिकारीले यस्तो कुरा बताएका हुन् । उनले भने-‘अब फिलिम सुटिङ हुने ठाँउका स्थाननीय कलाकारले पनि फिल्ममा स्थान पाउने छन ।’ नेपाली फिल्म नचल्नुको कारण स्थानीय कलाकार नसमेटिनु पनि भएकाले अब स्थानीय कलाकारहरु समेटिने बताए । महोत्सव कार्तिक २१, २२ र २३ गते प्रदेश नं. २ को वीरगञ्जमा हुने भएको छ । वीरगञ्जको आदर्शनगर रंगशालामा नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ सञ्चालन हुने भएको हो । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाली बजार पनि विश्वका लागि फिल्म सुटिङको राम्रो गन्तव्य हो भनेर चिनाउन सकिने बताइन् । निर्माता ताथ हास्य कलाकार दीपकराज गिरीले नेपालमा विदेशी फिल्म चलाउँदा नेपालीभन्दा १०० रुपैयाँ मंहगो लिनु पर्ने बताए । उनले भने-‘नेपालीभन्दा सस्तोमा वा बराबरी मूल्यमा विदेशी फिल्म नेपाली हलहरुमा लाग्ने भएकाले पनि नेपाली फिल्मजगत माथि उठ्न कठिन भएको बताए । महोत्सवमा नेपाली र भारतीय निर्माता तथा कलाकारको सहभागिता रहने छ । महोत्सव ६० देखि ७० हजार जनाले अबलोकन गर्ने आयोजकको जानकारी दिएको छ । प्रत्येक वर्ष एक-एक वटा प्रदेशमा फिल्म महोत्सव हुने जनाइएको छ ।