विकासन्युज

मेडिकल काउन्सिलको सञ्चालक समितिमा ५ जना नियुक्त, रजिष्ट्रारमा कृष्णप्रसाद अधिकारी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सञ्चालक समितिले पूर्णता पाएको छ । सरकारले काउन्सिलको रिक्त ६ पद पूर्ति गरेको छ । काउन्सिलको सञ्चाल समिति सदस्यमा ५ जना नियुक्त भएका छन् । त्यस्तै काउन्सिलको रजिष्ट्रारमा डा कृष्णप्रसाद अधिकारी नियुक्त भएका छन् । सदस्यहरूमा स्याङजाका किशोर विक्रम मल्ल, काडमाडौंका डा हरिहर वस्ती, भक्तपुरका डा.सध्या चापागाई, मोरङका डा सुप्रभा श्रेष्ठ र काठमाडौंका डा अनिल पोखरेल नियुक्त भएकाे सूचना तथा सञ्चार मन्त्री गाेकुल बास्काेटाले जानकारी दिए । सरकारले यसअघि मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइरालालाई नियुक्त गरेको थियो । मेडिकल काउन्शिल स्वास्थ्य शिक्षा क्षेत्रको नियामक निकाय हो ।

सहसचिवदेखि शाखा अधिकृतसम्म सात सय कर्मचारीको दरबन्दी रिक्त

काठमाडौंल । शाखा अधिकृतभन्दा माथिका करिब सात सय कर्मचारीको दरबन्दी रिक्त रहेको छ । दरबन्दी रिक्त हुँदा सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव देखिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले प्रशासन सेवाका सहसचिवदेखि शाखा अधिकृतसम्म करिब ७ सय कर्मचारी दरबन्दीअनुसार नभएको बताए । उनले दरबन्दीअनुसार कर्मचारी नहुँदा काम प्रभावित भएका छन् । उहाँका अनुसार सहसचिव १ सय, उपसचिव २ सय र शाखा अधिकृत ४ सय पद रिक्त छन् । सचिव रिक्त हुँदा भने मन्त्रिपरिषद्ले रिक्त भएको १५ दिनभित्र नियुक्त गर्ने गर्दछ । तर सो पद भने लोक सेवा आयोगबाट मात्र नियुक्त भएर आउने भएकाले नियुक्तिमा ढिलाइ हुने भएको हो । उक्त पदका दरबन्दी खाली भएपछि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत निमित्तको भरमा सञ्चालन भएका छन् । प्रवक्ता बरालका अनुसार अहिले १ सय १६ नगरपालिका र ६६ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खाली छन् । नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ । गत वर्ष कर्मचारी समायोजनका कारण पद पूर्ति हुन नसकेपछि उक्त पदका दरबन्दीमा कर्मचारी अभाव भएका हुन् । प्रवक्ता बरालले पदपूर्तिका लागि प्रक्रिया लोकसेवा आयोगले अगाडि बढाएको जानकारी गराए । आयाेगले विज्ञापन खोली सो पदमा कर्मचारी पदपूर्तिको प्रक्रियासमेत थालेको छ । “आयोगबाट सिफारिस गर्न अझै दुई/तीन महिना लाग्छ’’, उनले भने ,‘‘ त्यति बेलासम्म ज्येष्ठताका आधारमा कर्मचारीलाई निमित्तको जिम्मेवारी दिइएको छ ।’’ रासस

कर वृद्धिका कारण चीन–अमेरिका बीचको व्यापारमा मन्दी

बेइजिङ । चीन र संयुक्तराज्य अमेरिकाबीचको व्यापारमा कमी आएको बताइएको छ । यी दुई देशबीचको व्यापारमा यस वर्षको नोभेम्बर महिनामा कमी आएको बताइएको हो । यी दुई देशबीच विगतका केही समयदेखि व्यापार युद्ध नै जारी रहेको बताएको थियो । यसैकारण चीन र अमेरिकाबीच गत महिनाको व्यापारमा मन्दी आएको हो । विश्लेषकहरुले अघिल्लो वर्षको तुलनामा नोभेम्बरमा चीनबाट संयुक्तराज्य अमेरिकातर्फको व्यापारमा कमी आएको बताएका हुन् । उनीहरुका अनुसार यो व्यापारमा २३ प्रतिशतले कमी आई ३५ अर्ब ६० करोड अमेरिकी डलरमा सीमित भएको बताइएको छ । दुवै देशले एकअर्काका सामानमा २५ प्रतिशतसम्म करवृद्धि गरेपछि यस्तो अवस्था आएको हो । अमेरिकाबाट चीनतर्फ हुने आयातमा पनि २.८ प्रतिशतले कमी आएको उनीहरुको भनाई छ । अमेरिकाबाट चीनतर्फ करिब ११ अर्ब डलर बराबरको वस्तु आयात भएको देखिएको उनीहरुको भनाई छ । तर पनि अर्को एक समाचारमा जनाएअनुसार चीनबाट फ्रान्सतर्फ भएको निकासीमा भने सुधार भएको देखिएको छ । संयुक्तराज्य अमेरिका र चीनबीच व्यापार वार्ताहरु भए पनि नोभेम्बरमा ठोस सहमति हुन नसक्दा यस्तो अवस्था आएको पाइएको हो । अमेरिकाले चीनले आफ्नो प्रविधि जबर्जस्ती लगेको आरोप लगाएको छ । वर्तमान ट्रम्प प्रशासनले चीनमाथि व्यापार युद्ध नै शुरु गरेको थियो । उनीहरुका कारण विश्वव्यापी रुपमा नै आर्थिक मन्दीको सम्भावना बढेको बताइएको छ । दुवै देशले एकअर्काका सामानमा २५ प्रतिशतसम्म करवृद्धि गरेपछि यस्तो अवस्था आएको हो । रासस

क्रिसमस मनाउने क्रममा तेह्र जनाको मृत्यु, २ सय ७५ जना पक्राउ

तेगुसिगाल्पा । क्रिसमस मनाउने क्रममा हन्डुरसमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार भएका विभिन्न घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएका मध्ये अधिकांशको मृत्यु सडक दुर्घटनामा परी भएको पाइएको छ । सडक तथा यातायात राष्ट्रिय निर्देशनालयका उप निरिक्षक जोस कार्लोस लागोसले सडक दुर्घटनामा परी आठ जनाको मृत्यु भएको पत्रकारहरुलाई जानकारी दिए । दुर्घटनाहरु कोमायागुय, बाय आइल्याण्ड र सान्त बार्बारामा दुर्घटना भएको उनले बताए । सो अवधिमा गलत क्रियाकलाप गर्ने २ सय ७५ जनालाई पक्राउ गरिएको र ४० ओटा सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । रासस

कुखुरा तथा अण्डाको बजार मूल्य निर्धारण, कृषक भए उत्साहित

बेझाड । कुखुरा तथा अण्डाको बजार मूल्य निर्धारण भएको छ । जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो रु २००, मासु प्रतिकिलो थोक रु ३०० र खुद्रा मूल्य प्रतिकिलो रु ३४० दरभाउ कायम गरिएको रामपुर नगरपालिका पशुसेवा शाखा प्रमुख मोहनप्रसाद भट्टराईले बताए । ठूला अण्डाको खुद्रा मूल्य प्रतिपेटी रु दुई हजार ३००, साना अण्डाको रु दुई हजार २०० मूल्य कायम भएको छ । थोक मूल्य ठूला अण्डाको प्रतिपेटी रु दुई हजार २०० र साना अण्डाको रु दुई हजार १०० मूल्य कायम भएको छ । कुखुरा तथा अण्डाको बजार मूल्य नपाएर हैरानी खेपेका रामपुरका कृषक बजार मूल्य निर्धारण भएपछि उत्साहित भएका छन् । लागत नै नउठ्ने गरी बिक्री गर्न बाध्य यहाँका कुखुरापालक कृषक निश्चित मूल्य कायम भएपछि खुशी हुन् । “कृषकले लागतअनुसार मूल्य नै नउठ्ने गरी कुखुरा बिक्री गर्छुभन्दा पनि बिक्री गर्न नसक्ने अवस्था, बाहिरबाट सस्तो मूल्यमा कुखुरा भित्रने र यहाँको उत्पादनले बजार नपाउदा कृषक मारमा परेको गुनासो आएपछि सरोकारवालाको बैठक बसेर निश्चित दरभाउ कायम गरेका छौँ”, उनले भने । कुखुरापालन व्यवसायबाट राम्रो आम्दानी गर्ने सोच बनाएका कृषकले लगानी पनि नउठ्ने गरी दिन खोज्दा व्यापारीले खरिद गर्न आलटाल गर्ने गरेको व्यवसायी कृषक मेगराज न्यौपाने बताउँछन् । अहिले भने निश्चित दरभाउ कायम गरेपछि व्यवसायमा हौसला बढेको उनले बताए । रामपुर कुखुरापालक कृषक समूहका अध्यक्ष धातानन्द अर्यालले बाहिरबाट कुखुरा सस्तो मूल्यमा व्यापारीले खरिद गर्ने र महङ्गो मूल्यमा उपभोक्तालाई बेच्ने प्रवृत्तिले स्थानीय उत्पादनले बजार नपाएको बताउँछन् । “अब मूल्य कायम गरिएपछि कृषकले ठूलो राहत पाएको महसुस गरेका छन्, यसलाई नियमित अनुगमन र बाहिरबाट भित्रने कुखुरा निरुत्साहित नै पूर्ण रुपमा गर्न सकियो भने कृषकको पनि आयस्रोत बढ्नेछ”, अर्यालले भने । जिउँदो कुखुराको मूल्य प्रतिकेजी रु १६० को हाराहारीमा बिक्री गर्न खोज्दा पनि बजार नपाएर हैरानीमा परेका कृषक अब भने निश्चित दरभाउ कायम भएपछि उत्साहित भएका छन् । अण्डा उत्पादक कृषक पनि बिचौलियाको चरम मारमा छन् । स्थानीय उत्पादनले बजार पाउँदैन तर बाहिरबाट ल्याइएका अण्डाले रामपुर बजार ढाकेको छ । निश्चित दरभाउ कायम गरिएपछि व्यवसायमा हौसला बढेको अण्डा व्यवसायी भुवन अर्यालको भनाइ थियो । “बाहिरबाट आएका अण्डाले बजार भाउ लिइरहेको, स्थानीय उत्पादनले बजार नपाउने समस्याले व्यवसाय गर्ने कि छाड्ने अवस्थामा रहेका बेला रामपुर नगरपालिकामा ढिलै भए पनि दरभाउ तोकिएकोमा खुशी लागेको छ”, अर्यालले भने । रामपुर बजारमा दैनिक आठ हजार अण्डा खपत भइरहेको छ । रामपुर नगरपालिकाभित्र अण्डा उत्पादन गर्ने चार वटा व्यावसायिक फार्म छन् । यहाँ दैनिक पाँच हजार अण्डा उत्पादन हुने गरेको छ तर बजार पाउन सकस छ । यहाँ उत्पादन भएको अण्डा प्रतिगोटा रु ९ मा बिक्री भइरहे पनि उपभोक्ताले भने रु १५ मा खरिद गर्न बाध्य थिए । अहिले कुखुराको दानाको मूल्य बढेको छ । रामपुर नगरपालिकालाई कुखुरामा आत्मनिर्भर गराउन बाहिरबाट यहाँ भित्रने कुखुराहरु कम गरी यहीको उत्पादनलाई प्राथमिकता दिएपछि कृषक आत्मनिर्भर हुने आर्थिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता हुमनाथ न्यौपाने बताउँछन् । “रामपुरको उत्पादनले बजार थेग्न सक्ने अवस्था हुँदासम्म बाहिरबाट कुखुरा ल्याएर किनबेच गर्ने कार्यलाई रोक्ने अभियानमा छौँ र बाहिरबाट ल्याउन लैजान परेमा पशुसेवा शाखाबाट अनुमती लिनुपर्नेछ”, उनले भने । रासस

बजार विस्तारमा आक्रामक बन्यो प्राइमलाइफ इन्स्योरेन्स

काठमाडौं । प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश ५ अन्तर्गत वुटवलमा एकैदिन ३ कार्यालय शुभारम्भ गरेको छ । कम्पनीले दाङ जिल्लाको भालुबाङ, रुपन्देहीको रामापुर र नवलपरासीको बर्दघाटमा तीन वटै कार्यालय सञ्चालनमा ल्याएको हाे । उक्त तीनै कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले गरेका हुन् । सम्पुर्ण नेपाली नागरिकलाई जीवन बीमाको दायरामा ल्याउने उद्देश्यका साथ कम्पनीले कार्यालय विस्तार गरेको उनले बताए । कम्पनीले बजारमा ल्यायका विभिन्न बीमा योजनाहरुको बारेमा जानकारी गराउदै गत वर्षबाट बीमा बजारमा आएको बीमा क्षेत्रकै अत्यन्तै नौलो र फरक बीमा योजना प्राइम जीवन उपहार बीमा योजनाको बारेमा थप जानकारी गराउदै यो बीमा योजना नेपाली बीमा बजारमा पृथक र ग्राहक मैत्री भएको भट्टराईले प्रस्ट्याएका छन् । कम्पनीका ५ नं. प्रदेश कार्यालय बुटवलका प्रमुख शिव प्रसाद पौड्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कम्पनीका सम्बन्धित शाखाका शाखा प्रमुखको सञ्चालनमा भएको थियो ।

गोरखा चाइनिज इटाको स्ट्रेन्थ बढ्दै, मापदण्डभन्दा नौ एमपीए बढी

काठमाडौं । गोरखा चाइनिज इट्टाको स्ट्रेन्थ वढ्दै गएको छ । काभ्रेको बासडोलमा कारखाना राखी उत्पादन सुरु गरेको गोर्खा इको रेड व्रिक्स प्रालिबाट उत्पादित गोर्खा चाइनिज इटाको स्ट्रेन्थ पछिल्लो समय बढ्दै गएको हो । ललितपुरको कुपण्डोलस्थित मल्टिल्याब प्रालिमा ६ वटा इटा नमूनाको रुपमा टेष्ट गर्दा औसतमा १४ एमपीए पाइएको हो । सिनियर जियोटेक्निकल इन्जिनियर प्राडा रामकृष्ण पौडेलका अनुसार इटाको टेष्ट गर्दा घटीमा १४ दशमलब पाँच एमपीए पाइएको छ । यसअघि ख्वप कलेज अफ इन्जिनियरिमा गरेको कम्परेन्सिभ स्ट्रेन्ट टेष्टमा कम्पनीका १० एमपीए देखिएको थियो । त्यसबेला इटाहरु घटीमा पनि १० दशमलब २३ एमपीए पाइएको थियो । गुणस्तरीय इटा हुनका लागि एमपीए न्युनतम पनि पाँच एमपीए हुनुपर्छ । विद्यार्थीले इटाको गुणस्तरको विभिन्न पक्षकाबारेमा टेष्ट गरेका थिए । टनेल क्लिन प्रविधिमा इटा पोली चाइनिज इटाको उत्पादन सुरु गरेको यो उद्योगको इटाको आकार साढे नौ इन्च लम्वाई, साढे चार इन्च चौडाई र सवा दुई इन्च मोटाइको रहेको छ । यो इटा तुलनात्मक रुपमा अझ बढी मजबुत, सबैतिर सीधा आकार मिलेको र स्मुथ फिनिसिङको हुने कम्पनीको दाबी छ । यसका लागि तापक्रम नाप्न तापक्रम मापन यन्त्र ९थर्मोमिटर० पनि जडान गरिएको छ । थर्मोमिटरमा तापक्रम हेरी आवश्यकता अनुसार कोइला थपी इटा पोल्ने गरिन्छ । यसले गर्दा इटा एकनासले पाकेर निस्किन्छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराम देउपालाका अनुसार यो प्रविधिबाट इटा बनाउँदा काँचो इटालाई घाममा नसुकाई डा«इ टनेलमा पठाई इटालाई सुकाइन्छ । यसपछि फायर टनेलमा आठ सयदेखि नौ सय डिग्रीसम्मको तापक्रममा राखेर इटा पोल्ने गरिन्छ । फायर्रिग टनेलमा भएको तातो हावालाई डाइ टनेलमा लगी काँचो इटा सुकाउने गरिन्छ ।

इन्दुशङ्कर चिनी उद्योग शुक्रबारदेखि सञ्चालनमा

सर्लाही । हरिऔनस्थित इन्दुशङ्कर चिनी उद्योगले किसानलाई उखु ल्याउने चलान पूर्जी वितरण शुरु गरेको छ । चलान पुर्जी वितरण शुरु भएसंँगै किसानले धमाधम उखु काट्न थालेका छन् ।उखु काटेर उद्योगमा ल्याउन किसानलाई चलान पूर्जी वितरण शुरु गरिएको इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताएका छन् । गत सालको तुलनामा यस वर्ष अलि चाँडै उखु कटानको चलान पूर्जी वितरण थालिएको हो । उद्योगमा गत मङ्सिरमा नै डोंगा पूजा गरेर उद्योग सञ्चालनको तयारी गरिएको थियो । चालु याममा करिब ४८ लाख क्विन्टल उखु उत्पादन गरिए पनि ३५ लाख क्विन्टल उखु उद्योगले कटान गर्ने लक्ष्य राखेको उद्योगका उखु प्रबन्धक रजकले जानकारी दिए । गत वर्ष माघ १ गतेदेखि सञ्चालन शुरु गरी चैत १५ गतेसम्म उद्योगले ३५ लाख क्विन्टल उखु पेलेको थियो । सरकारले अहिलेसम्म उखुको मूल्य निर्धारण नगरेको भए पनि उद्योगले किसानसँग सहमति गरी गत वर्षको मूल्य निर्धारण गरेर कटाउन चलान पूर्जी वितरण गरेको हो । शुक्रबारदेखि उद्योग सञ्चालन शुरु गरिने उद्योगका उखु प्रबन्धक रजकले बताए । चालु यामका लागि उद्योगले उखुको मूल्य रु ४७१ र पैसा २८ तोक्दै सरकारको अनुुदानवापत किसानलाई रु ६५ र पैसा २८ उपलब्ध गराउने निर्णय गरेको छ । चिनी उद्योगीले चिनीको मूल्य अत्यन्त कम भएकाले किसानलाई उक्त मूल्य दिन नसकिने भन्दै उद्योग चलाउन आलटाल गर्दै आएका थिए । सरकारकोे योजनानुसार चिनी उद्योग सञ्चालनमा आलटाल भएकाले यही पुस ६ गते किसान र उद्योगबीच बसेर छलफल भएपछि उद्योगले उखु कटान चलान पुर्जी शुरु गरेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताएका हुन् । उद्योगहरुले उखु कटानको चलान पुर्जी वितरण शुरु गरेपछि किसानलाई उखु काट्न हतार भएको उनले बताए । यस वर्ष सर्लाही जिल्लामा करिब १७ हजार हेक्टरमा उखु खेती लगाइएको छ । सर्लाही नेपालकै सबैभन्दा बढी उखु उत्पादन हुने जिल्ला हो । सर्लाहीबाट महोत्तरी, रौतहट, बारालगायत जिल्लाका चिनी उद्योगमा समेत उखु गएको पाइएको छ । रासस