विद्युत प्राधिकरणका १ सय ३८ कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता
काठमाडौं । विद्युत् चुहावट नियन्त्रण, विद्युतीकरण र सेवा प्रवाह सुधारमा केन्द्रित भई प्राधिकरणका वितरण तथा ग्राहक सेवातर्फका १ सय ३८ कार्यालय प्रमुखहरुले व्यवस्थापनसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । चालू आर्थिक वर्ष २०७६/७७का लागि प्राधिकरणका सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय प्रमुखहरु र मातहतका एक सय २९ वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरिएको छ । प्राधिकरण व्यवस्थापनसँग शनिबार प्रदेश नं ५को प्रादेशिक कार्यालय बुटवलका प्रमुख र मातहतका वितरण केन्द्र प्रमुखहरुले सम्झौता गरेसँगै चालू आवका लागि वितरण तथा ग्राहक सेवातर्फको कार्यसम्पादन सम्झौता सकिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय प्रमुखहरुले र वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखहरुले कार्यसम्पादन सम्झौता गरेका हुन् । कार्यसम्पादन सम्झौता मार्गनिर्देशक निर्देशिका भएकाले ग्राहकलाई दिने सेवामा सुधार र कार्यालयभित्रको कार्यसम्पादनमा चुस्तता आई समग्ररुपमा संस्थाको प्रशासनिक तथा वित्तीय अवस्थामा सकारात्मक प्रभाव पर्ने प्राधिकरण कार्यकारी निर्देशक घिसिङले बताए । ‘मैले नेपाल सरकारसँग गरेको कार्यसम्पादन सम्झौतालाई नतिजामुखी वनाउन उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानमा जिम्मेवारी दिई कार्य सम्पादन सम्झौता गरिएको छ’ उनले भने, ‘सम्झौतामा विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी वक्यौता असुल गर्ने, गुणस्तरिय, भरपर्दो तथा सुरक्षित विद्युत सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरबृद्धि गर्ने लगायतका कार्यसम्पादन सूचांक निर्धारण गरिएकाले यसको कार्यान्वयनबाट उपभोक्तालाई विश्वसनीय,भरपर्दो गुणस्तरीय सेवा प्रवाह उपलब्ध हुने र संस्थाको वित्तीय स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने छ ।’ आर्थिक अनुशासन एवं नैतिक आचरणमार्फत हरेक व्यक्तिको सोच एवं दृष्टिकोणमा परिवर्तन गराउन जरुरी रहेको उल्लेख गर्दै घिसिङले यसका लागि आन्तरिक व्यवस्थापन र नियन्त्रण प्रणालीलाई चुस्त दुरुस्त वनाउदै संस्थाभित्र सुशासन कायम गर्न निरन्तर क्रियाशील रहेको बताए । प्राधिकरणले चालू आव २०७६/७७मा वितरणतर्फको विद्युत चुहावट ८.५० प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७५÷७६मा वितरणतर्फको ११.२८ प्रतिशतको चुहावटलाई २.७८ प्रतिशत विन्दुले घटाएर ८.५० प्रतिशतमा झार्ने लक्ष्य तय गरेको हो । तीन वर्षअघिसम्म विद्युत् चुहावट २५.७८ प्रतिशत रहेकोमा गत आवसम्ममा १५.३२ प्रतिशतमा झारिएको छ । तीन वर्षभित्रमा १०.४६ प्रतिशत विद्युत चुहावट नियन्त्रणबाट मात्र प्राधिकरणले वार्षिक करिब ७ अर्व रुपैयाँ थप आम्दानी गरेको छ । तीन वर्ष भित्रमा मुलुकलाई पूर्ण रुपमा विद्युतीकरण गर्ने सरकारको लक्ष्यलाई पूरा गर्न व्यापक रुपमा अभियान नै चलाइएको कार्यकारी निर्देशक घिसिङले बताए । सरकारले तीन वर्षभित्र शत्प्रतिशत विद्युतीकरण गर्ने र पाँच वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत सात सय युनिट पुर्याउने घोषणा गरेको छ । विद्युतीय सुरक्षा, आफ्नो कार्यालय अन्तर्गत ग्रामिण विद्युतीकरण, गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति लगायतका विषयलाई सम्झौतामा समेटिएको छ । सम्झौतामा विद्युत् चुहावट नियन्त्रणलाई उच्च प्राथमितामा राखी यसको अंकभार ५० राखिएको छ । कार्यसम्पादनमा राखिएका सूचकहरुको वस्तुनिष्ठ मूल्याकंन गरी शाखा प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था गरिएको छ । प्राधिकरण व्यवस्थापनले कार्यसम्पादन सम्झौता हरेक प्रादेशिक, प्रदेश डिभिजन कार्यालय र वितरण केन्द्रप्रमुखबाट चुहावट नियन्त्रण, विद्युतीकरण, सेवा प्रवाहमा रहेका समस्या र चुनौतीका लगायतका विषयमा जानकारी लिएको छ । प्राधिकरण व्यवस्थापनले वितरण टान्सफर्मर, मिटर, केवल, पोल लगायतका उपकरण समयमै उपलब्ध गराउने र कानुनी परिधिभित्र रहेर स्वतन्त्रपूर्वक काम गर्न दिने प्रतिबद्धता जनाएको छ । बुटवल क्षेत्रको विद्युत् चुहावट ९.२६ प्रतिशतमा झारिने नेपाल विद्युत प्रधिकरणले प्रदेश नं ५को प्रादेशिक कार्यालय वुटवल मातहतका वितरण केन्द्रहरुको वितरणतर्फको विद्युत् चुहावटलाई ९.२६ प्रतिशतमा झार्ने भएको छ । प्राधिकरणले प्रादेशिक कार्यालय बुटवललाई गत आर्थिक वर्ष (आव) २०७५÷७६मा १२.३९ प्रतिशत रहेको विद्युत् चुहावटलाई घटाएर चालू आवमा ९.२६ प्रतिशतमा झार्ने लक्ष्य दिएको हो । कार्यालयको मंसिरसम्ममा औसत विद्युत् चुहावट १०.३२ प्रतिशत छ । प्रादेशिक कार्यालय बुटवल मातहत प्रदेश नं ५मा पर्ने ६ जिल्लाका ११ वितरण केन्द्रहरु छन् । कार्यलयअन्तर्गतका ग्राहकको संख्या चार लाख ३९ हजार छ भने ८४.४८ प्रतिशत विद्युतीकरण भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रादेशिक कार्यालयका प्रमुख नवराज सुवेदीले कार्यसम्पादन सम्झौता गरे । कार्यक्रममा कार्यकारी निर्देशक घिसिङ, उपकार्यकारी निर्देशक न्यौपाने, अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइराला र प्रशासन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक तुलाराम गिरीले चुहावट नियन्त्रण गर्न, वित्तीय अनुशासन कायम गर्न, विद्युतीय सुरक्षामा ध्यान दिन, कार्यालयमा उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गर्न लगायतका निर्देशन दिए । प्रादेशिक कार्यालय र वितरण केन्द्र प्रमुखहरुले कार्यसम्पादन सम्झौतामा रहेका प्रावधानहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित हुनु भएको छ । मुलकमा विकराल अवस्थामा रहेको लोडसेडिङलाई अन्त्य गरी पर्यटन लगायत सबै क्षेत्रलाई नयाँ जीवन दिएको भन्दै क्षेत्रीय होटल संघ, चितवनले शुक्रबार कार्यकारी निर्देशक घिसिङलाई सम्मान गरेको हो । संघले चितवनको सौराहामा आयोजना गरेको १६ औं हात्ती महोत्सव समापन समारोहमा प्रदेश नं ३का प्रदेश प्रमुख विष्णु प्रसाईंले सम्मानपत्रसहित दोसल्ला ओडाएर घिसिङलाई सम्मान गरे । सरकारले दिएको जिम्मेवारी सबैको साथ र सहयोगले पूरा गर्दा लोडसेडिङ अन्त्य गर्ने गर्न सानो सफलता हासिल भएको उल्लेख गर्दै घिसिङले अब ग्राहकलाई भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण क्रियाशील रहेको बताए ।
फाेटाे फिचरः ग्लाेबल आइएमई बैंककाे १३ औं वार्षिक उत्सवमा सहभागि हुँदै कर्पाेरेट आइकन
ग्लाेबल आइएमई बैंककाे १३ औं वार्षिक उत्सवमा सहभागि अथितिसँग रमाउदै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल । (माथिल्लाे फाेटाेमा) ग्लाेबल आइएमई बैंकमा जनता बैंक नेपाल गाभिएकाे र ग्लाेबल आइएमई बैंककाे १३ औं वार्षिक उत्सवकाे अवसरमा बैंकले रात्री भाेज कार्यक्रम आयाेजना गरेकाे थियाे । उक्त कार्यक्रममा बैंकका सञ्चालक, प्रवर्द्धक, उच्च व्यवस्थपक, मन्त्रीहरू, राजनीतिक नेताहरू, उच्च तहका सरकारी अधिकारीहरूकाे सहभागिता थियाे । आगन्तुकलाइ स्वागत गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पुरशुराम कुँवर क्षेत्री, सञ्चालक केशवबहादुर रायमाझी लगायत । नेपाल उद्याेग बाणिज्य महासंघका वेटिङ प्रेसिडेन्ट शेखर गाेल्छा फुटवेयर उद्यमी रविन्द्र श्रेष्ठसँग नेपाल उद्याेग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ नाडा नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालसँग महासंघकाे चुनावी कुरा गर्दै कसरी उत्कृष्ट कम्पनी बन्ने ? सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकत राजनबाबु श्रेष्ठ ग्लाेबल आइएमई बैंकका डेपुटी सिइअाे महेश ढकालसँग गफिदै । सेयर बजार कसरी उकास्ने ? नेपाल इन्भेष्टमेन्ट फाेरमका निवर्तमान अध्यक्ष तथा पुँजीबजारकाे ठूला लगानीकर्ता अम्बिका पाैडेल सहकर्मीसँग गफिदै उद्याेगपति शशिकान्त अग्रवाल अन्य व्यवसायीसँग जाउलाखेल ग्रुप अफ डिस्ट्रलरीका प्रमुख कार्यकारी अधिकृत सशीन जाेशी र नेपाल धिताेपत्र बाेर्डकाे सञ्चालक भिष्मराज ढुंगाना । नेपाल उद्याेग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल, गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्ट साथीहरूसँग फाेटाेकाे लागि पाेज दिँदै । खासखुस ! डेपुटी गभर्नर चिन्तमणि शिवाकाेटीसँग व्यवसायिक कुरा गर्दै कैलास हेलिकप्टरका प्रवन्ध निर्देशक प्रतावजंग पाण्डे । सिवाकाेटी भावी गभर्नरकाे रूपमा चर्चामा छन् । युवा उद्यमी तथा व्यवसायीक साझेदार प्रवलजंग पाण्डे र भरतराज आचार्य नेपाल उद्याेग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, नेपाल चम्वर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, आइएमइ ग्रुपका कार्यकारी निर्देशक हेमराज ढकाल लगायत ज्याेति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनाेज ज्ञवाली साथीसर्कलसँग फाेटाे खिचाउँदै ।
जापान रोजगारीका लागि दुई हजार बढी कामदार लैजाने तयारी
काठमाडौं । जापान रोजगारीका लागि नेपाली झण्डै दुई हजार तीन सय कामदार लैजाने तयारी गरेको छ । जापान फाउण्डेशनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३ सय नेपाली कामदार लैजाने तयारी थालेको छ । फाउण्डेसनले एक सूचना जारी गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । जनवरी ७, ८, १४–१६, २१–२३, २८ र २९ तारिखमा भाषा परीक्षा हुनेछ । यस्तै आगामी मार्च ३–५, ९–११, १२ र १५–१९ तारिखसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षा शुल्क दुई हजार ५ सय तोकिएको छ । कम्प्युटरमा आधारित परीक्षा प्रणालीका आधारमा लिखित, सीप परीक्षणलगायत परीक्षा हुनेछ । परीक्षार्थीले साधारण बोलिचाली तथा प्रस्तुती, जापानी भाषा सुनाइ र पढाइमा उर्तिण हुनुपर्नेछ । २ सय ५० अङ्कको परीक्षामा सहभागीले न्यूनतम् २ सय अङ्क ल्याउनुपर्ने छ । परीक्षामा सहभागी हुन चाहने युवाले नेपाली नागरिकता, राहदानी वा सवारीचालक परिचय पत्र बुझाउनु पर्ने छ। दैनिक जीवनमा आइपर्ने कामका लागि जापानी भाषा सहजै बुझ्ने, बोल्ने र लेख्न सक्ने तथा आफ्नो र आफ्नो वरिपरिको परिस्थितिको बारेमा जापानी भाषामा सहजै बोल्न सक्नुपर्नेछ । फाउण्डेशनले डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एण्ड कम्प्युटर इन्स्टिच्युटमा परीक्षा सञ्चालन गर्दै आएको छ । गत चैतमा नेपाल र जापानबीच कामदार लैजानेसम्बन्धी समझदारी भएको थियो । पहिलो चरणमा जापान रोजगारीका लागि १३ हजार युवाले सहभागिता जनाएका थिए । नेपालबाट नर्सिङ केयरगिभरमा कामदार लैजाने जापानको तयारी छ । जापानले गतवर्ष विभिन्न १४ क्षेत्रमा विदेशी कामदार ल्याउने घोषणा गरेको हो ।
आर्थिक संघको २९औं वार्षिक साधारणसभा, अध्यक्षमा प्राडा प्याकुरेल
काठमाडौं । नेपाल आर्थिक संघको अध्यक्षमा अर्थशास्त्री प्राडा विश्वम्भर प्याकुरेल चयन भएका छन् । संघको २९औं वार्षिक साधारणसभाले प्याकुरेलको अध्यक्षतमा आगामी ३ वर्षका लागि १७ सदस्यीय कार्य समिति चयन गरेको हो । नेपालका अर्थशास्त्रीहरुको एकमात्र पेशागत संगठन नेपाल आर्थिक संघ नेपालको आर्थिक क्षेत्रमा विभिन्न नीतिगत तथा अनुसन्धानमुलक कार्यमा संलग्नहुँदै आएको छ । संघले नेपाल सरकारलाई खास गरी बजेट निर्माण तथा अन्य आर्थिक नीतिनिर्माण सम्बन्धमा समय समयमा स्वतन्त्र रुपले परामर्श दिँदै आएको संघका नवनिर्वाचित महासचिव गोपाल तिवारीले बताए । नेपालका वरिष्ठ अर्थशास्त्रीहरु, संघका साधारण सदस्य तथा आजिवन सदस्यको सहभागिता भएको उक्त भेलाले वरिष्ठ अर्थशास्त्री प्राध्यापक डाक्टर विश्वम्भर प्याकुरेलको अध्यक्षतामा आगामी ३ वर्षका लागि १७ सदस्यीयकार्य समिति चयन गरेको हो । उक्त वार्षिक भेलालाई सम्बोधन गर्दै श्रीलंकाका लागि नेपालका पूर्वराजदुत प्याकुरेलले संघले युवा अर्थशास्त्रीहरुलाई आर्थिक नीति तथा कार्यविधिहरुमा नयाँ दृष्टिकोण सहित पेश हुन सक्ने बनाउने विश्वास व्यक्त गरे । वरिष्ठ अर्थशास्त्रीको अनुभव र नयाँ पुस्ताको भिजन तथा उर्जाले नेपालको आर्थिक क्षेत्रमा उल्लेख्य टेवा दिन सक्ने र त्यसको आधार स्तम्भको रुपमा संघलाई परिचालित गरिने उनको भनाइ छ । ‘संघ नयाँ पुस्तालाई आर्थिक नीति तर्जुमादेखि कार्यान्वयनसम्मका कार्यमा सरकार तथा विकासका सहयात्रीहरुलाई तयार गर्ने स्वतन्त्र पेशागत संगठनको रुपमा विकास गरिनेछ,’ अध्यक्ष प्याकुरेलले भने । आगामी कार्यक्रमका रुपमा देशका सातै प्रदेशमा राष्ट्रिय आर्थिक मुद्दाहरु तथा वित्तीय संघीयता सम्बन्धी विषयहरुमा प्रदेशस्तरीय संवादहरु सञ्चालन गर्ने कार्यक्रम रहेको तथा राष्ट्रिय तहमा अनुसन्धान सम्मेलन गरिने संघका नवनिर्वाचित महासचिव तिवारीले बताए । संघका अध्यक्ष प्राडा प्याकुरेलले संघले राष्ट्रिय बजेट तथा सरकारले तोकेका अन्य प्राथमिकताका क्षेत्रमा नीति निर्माण सम्बन्धमा स्वतन्त्र राय दिने कार्यलाई निरन्तरता दिइने समेत बताए । कार्यक्रममा सहभागीहरुले संघ दरिलो थिंक ट्याङ्कको रुपमा विकसित हुँदै गइरहेको तथा यसको साख विस्तार हुँदै गइरहेको अवस्थामा यसका गतिविधिले विशेष महत्व राख्ने भएकोले नयाँ कार्यसमितिले उक्त साख विस्तारका लागि थप चनाखो र सक्रिय भएर लाग्नु पर्ने बताए । संघको नवनिर्वाचित कार्यसमितिमा प्राडा प्याकुरेल अध्यक्ष, डा. भवानी ढुंगाना वरिष्ठ उपाध्यक्ष, प्राडा गोविन्द नेपाल उपाध्यक्ष, गोपाल तिवारी महासचिव, डा. खोमराज खरेल सचिव र प्राडा शान्ता सिंह कोषाध्यक्ष छन् । कार्यसमिति सदस्यहरुमा प्राडा विजय श्रेष्ठ, प्राडा केशवराज खड्का, केशवप्रसाद आचार्य, डा. पोषराज पाण्डे, प्राडा शिवराज अधिकारी, प्राडा माधवप्रसाद दाहाल, डा. मणिकुमार नेपाल, डा यादवमणि उपाध्याय, नविन अधिकारी तथा जमुना श्रेष्ठ छन् । संघमा त्रिवि केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख प्राडा कुसुम शाक्य पदेन सदस्य रहेका छन् ।
मुक्तिनाथ विकास बैंकको १३ औं वार्षिक उत्सव, डिजिटल माध्यमद्धारा १८ वटा शाखा उद्घाटन
काठमाडौं । मुक्तिनाथ विकास बैंकले १३ औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेश गरेको अवसरमा १८ वटा शाखा विस्तार गरेको छ । वार्षिक उत्सवको अवसरमा बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ १८ वटा शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको हो । काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनासताल, तनँहुको आँबुखैरेनी, लमजुङ्गको बेसीशहर, चितवनको टाँडी, नवलपुरको गैंडाकोट,पाल्पाको रामपुर, दाङ्गको लमही, बाँकेको कोहलपुर, कैलालीको लम्की र धनगढी,झापाको काँकरभिट्टा, ईलामको इलाम, धनकुटाको धनकुटा, सुनसरीको दुहवीमाऔपचारीक रुपमा शाखा उद्घाटन गरेको हो । उक्त समारोहको समुद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले बताए । अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे । उक्त उद्घाटन समारोहमा बैंकका पूर्व सञ्चालक, वर्तमान सञ्चालक, संस्थापक सेयरधनी तथा बैंकका उच्चपदाधिकारीहरुको उपस्थिति रहेको थियो । बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरुमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु गरेको छ, जसमध्ये, विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, विद्यालयमा स्टेशनरीका सामाग्रीहरु तथा फर्निचर वितरण, विभिन्न अनाथलय तथा वृद्धा श्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, चेपाङ्ग संरक्षण समितिलाई खाद्यान्न वितरण, विभिन्न ठाउँहरुमा डस्वीन वितरण, तराईका शीतलहरबाट प्रभावित क्षेत्रहरुमा कम्बल वितरण, एम्बुलेन्सलाई आवश्यक मर्मत सम्भार, अस्पतालमा विरामी कुरुवा बस्ने कुर्सी सहयोग गरेको छ । यसैगरी बैंकले वाग्मती सरसफाई, गोदावरी सरसफाइ तथा पोखरा उपत्यका सरसफाई अभियानका सहयोग पुराएको छ । यसै अन्तर्गत बैंकका क्षेत्रीय÷शाखा कार्यालयहरुले वृहत रक्तदान कार्यक्रम सञ्चालनमा ल्याएको थियो । बैंकले काठमाडौको कमलादी, काभ्रेको बनेपा, धादिङ्गको धादिङ्ग बेशी, रुपन्देहीको बुटवल, धनुषाको जनकपुर र कास्कीको नदीपुर शाखा कार्यालयहरुमा वृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका हो । बैंकले रक्तदान कार्यक्रमबाट कुल ४ सय ३० पोका रगत संकलन गर्याे । बैंकले यस वार्षिक उत्सवको अवसरमा गरेका माथि उल्लेखित सामाजिक उत्तर दायित्व कार्यक्रमहरुका लागि कुल ८ लाख बराबरको खर्च गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १ सय ३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गरेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवा प्रदान गर्दै आएको छ ।
त्रिभुवन विमानस्थलमा राखियो एक टनको बुद्धको प्रतिमा
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बद्धको प्रतिमा राखिएको छ । विमानस्थललाई बुटीक विमानस्थलका रुपमा रुपान्तरण गर्ने उद्धेश्यकासाथ शनिबार विमानस्थलको आगमन क्षेत्रमा बुद्धको प्रतिमा राखिएको हो । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बुद्धको मुर्तिको अनावरण गर्दै प्रतिमा स्थापित भएकाे बताएका छन् । मुर्ति करिब एक टनको रहेको बताइएको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा विकास गर्न तिव्र गतिमा काम भइरहेको छ ।
धान उत्पादनमा गिरावट, देशकाे अर्थतन्त्रमा ठूलाे धक्का
काठमाडौं । नेपालको प्रमुख अन्नबाली धान उत्पादनमा यस वर्ष भारी गिरावट आउँदा यसले राष्ट्रिय अर्थतन्त्रमा नै नराम्रो धक्का पुग्ने देखिन्छ । धानको उत्पादन घटेकाले कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा समेत असर पर्ने भएकाले अर्थतन्त्रमा धक्का पुग्ने विज्ञहरुको धारणा रहेको छ । गत वर्ष कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ दशमलव पाँच नौ प्रतिशत थियो । आर्थिक सर्वेक्षण २०७५/७६ मा भने कूल कृषि क्षेत्र (कृषि, वन तथा मत्स्यपालन) को योगदान २६ दशमलव नौ आठ प्रतिशत पुग्ने अनुमान थियो । कृषि क्षेत्रको प्रमुख खाद्यान्न बाली धान उत्पादनले कूल गार्हस्थ्य उत्पादनमा १२ प्रतिशत हिस्सा ओगटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष गत वर्षभन्दा एक दशमलव शून्य पाँच प्रतिशतले धान उत्पादनमा गिरावट आएको जनाएको छ । मन्त्रालयका अनुसार उत्पादन घट्नुमा समयमा वर्षा नहुनु, खेतीयोग्य जमिन खण्डीकरण हुँदै जानु, तराई क्षेत्रमा डुबान हुनु, पर्याप्त मात्रमा सिँचाइ सुविधा नपुग्नु र युवा वर्ग खेती किसानी कार्यबाट पलायन हुनुलाई जनाएको छ । गत आर्थिक वर्षमा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष भने सो उत्पादनमा एक दशमलव शून्य पाँच प्रतिशतले उत्पादन घट्न गई ५५ लाख ५१ हजार मेट्रिक टनमा सीमित हुन पुग्यो । यसका कारण ५९ लाख मेट्रिक टन धान उत्पादन घटेको भए पनि जनसङ्ख्या भने बढ्दै गएको छ । विसं २०६८ सालको जनगणनालाई आधार मान्दा नेपालीका लागि झण्डै ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । कृषि गणना २०६८ ले नेपालको कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ प्रतिशत रहेको उल्लेख छ । त्यसमा धानको योगदान १२ प्रतिशत छ । नेपालको प्रमुख खाद्यन्न बाली धान भएपनि गत वर्ष लगभग रु २८ अर्बको चामल आयात गरेको थियो । नेपालमा चैते, बर्खे र घैँया धानको खेती हुँदै आएको छ । आव २०६०/६१ देखि २०७४/७५ सम्मको तथ्याङ्कलाई केलाउँदा नेपालमा धानको उत्पादन बढ्नु र घट्नुमा मौसम मुख्य कारक देखिन्छ । मौसम अनुकूल भएको वर्ष धानको उत्पादन बढेको देखिन्छ भने मौसम प्रतिकूल भएमा धानको उत्पादन घटेको छ । नेपालमा कूल खेतीयोग्य जमिन ३० लाख ९१ हजार हेक्टर छ । एक हेक्टर जमिन भनेको २० रोपनी हो । कूल खेतीयोग्य जमिनमध्ये लगभग ५० प्रतिशत जमिनमा धान खेती हुन्छ । अधिकांश जमिन आकासे सिँचाइमा निर्भर छ । धान लगाउने मौसम (असार–साउन)मा वर्षा भएन भने सिफारिस भए जति जमिनमा धान रोपाइँ हुन सक्दैन । नेपालमा २०६०/६१ देखि २०७४/७५ अर्थात् १५ वर्षमा सबैभन्दा धेरै धान खेती भएको वर्ष २०६०/६१ साल हो । सो वर्ष १५ लाख ५९ हजार ४३६ हेक्टर जमिनमा धान खेती भएको थियो । उक्त वर्ष ४४ लाख ५५ हजार ७ सय ७२ मेट्रिक टन धान फलेको थियो । त्यसैगरी, त्यसको ११ वर्षपछि सबैभन्दा कम २०७२/७३ मा १३ लाख ६२ हजार ९ सय ८ हेक्टर जमिनमा धान खेती भएको थियो । सो वर्ष ४२ लाख ९९ हजार ७८ मेट्रिक टन धान उत्पादन भएको थियो । पन्ध्र वर्षको अवधिमा सबैभन्दा धेरै धान फलेको वर्ष २०७३/७४ साल हो । उक्त वर्ष ५२ लाख ३० हजार ३२७ मेट्रिक टन धान उत्पादन भएको थियो । प्रत्येक वर्ष धान खेती गर्ने जमिन घटिरेहेको छ । आव २०६०/६१ मा १५ लाख ५९ हजार ४ सय ३६ हेक्टरमा धान खेती भएको थियो । पन्ध्र वर्षपछि २०७४/७५ मा १४ लाख ६९ हजार ५ सय ४५ हेक्टर जमिनमा सीमित हुन पुग्यो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कले धान खेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको देखाएको छ । कृषि विभागको तथ्याङ्कअनुसार १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ । वरिष्ठ धान विशेषज्ञ भोलामान सिंह बस्नेतका अनुसार नेपालीलाई लगभग वार्षिक ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर हो भने सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । झापा जिल्लालाई सरकारले धान उत्पादनको ‘सुपर जोन’ घोषणा गरी लागू गरेको छ । हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुन्छ । विगत १५ वर्षदेखिको तथ्याङ्कलाई विश्लेषण गर्दा धानको उत्पादन सन्तोषजनक छैन । सरकारले आगामी पाँच वर्षभित्र धानको उत्पादन दोब्बरले वृद्धि गर्ने घोषणा गरेको छ । आगामी पाँच वर्ष अर्थात् विसं २०७८/७९ मा नेपालले एक करोड चार लाख मेट्रिक टन धान उत्पादन गर्नुपर्छ । रासस
भारत निर्यातमाअनौपचारिक कारोवार, ठूलो परिमाणमा छोकडा बरामद
काठमाडौं । विभिन्न खाद्यान्न सामग्री तेस्रो मुलुकबाट नेपाल आउने र तस्करी भएर भारत जाने क्रम चलिरहेकै बेला पछिल्लो समय छोकडासमेत तस्करी हुन थालेको छ । खुला सीमाको फाइदा उठाउँदै भारततर्फ तस्करी गर्न लगिरहेको ठूलो परिमाणको छोकडा प्रहरीले बरामद गरेसँगै यो तथ्य सार्वजनिक भएको हो । नेपाल–भारत सीमामा रहेको छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीबाट प्रहरीले बेवारिसे अवस्थामा छोगडा बरामद गरेको जनाएको छ । सरुवा भई पाँच दिनअघि मात्र जिल्ला प्रहरी कार्यालय आएका प्रहरी निरीक्षक बाबुराम कार्कीको नेतृत्वमा खटिएको टोलीले भारततर्फ लैजान तयारी अवस्थामा रहेको छोकडा बरामद गरेको हो । इन्जिन नभएको स१त ८७४४ नंको ट्र्याक्टरको ट्रलीबाट तीन हजार ५ सय किलो छोकडा बरामद गरेको प्रहरी निरीक्षक कार्कीले बताए । उक्त ट्र्याक्टरको ट्रलीसहितको ३५ क्विन्टल छोकडा तिलाठी कोइलाडी–१ बेल्हीस्थित भन्सार कार्यालयमा बुझाइएको छ । पछिल्लो समय पाकिस्तानबाट आयात हुने छोकडाको आयातमा भारतले कडाइ गरेपछि नेपाल हुँदै तस्करी हुने क्रम बढेको व्यापारीले बताएका छन् । पछिल्ला केही महिनादेखि व्यवसायी छोकडा कारोवारमा आकर्षित छन् र सीमा क्षेत्रमा भण्डारण गरेर राख्ने गरेका छन् । स्याउ, मरिच, केराउ, सुपारी आदि खाद्यान्न नेपाल हुँदै भारत तस्करी हुने सूचीमा रहेको छ । नेपालबाट अनौपचारिक कारोवार हुँदै भारत निर्यात गर्न पछिल्लो समय नेपालमा छोकडाको माग बढेको बताइन्छ । रासस