विकासन्युज

सिजीका जाडोका घरायसी सामाग्रीहरुको माग बढ्दो

काठमाडौं । सिजीले हालै नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका जाडोलाई टाढा राख्ने नयाँ घरायसी सामाग्रीहरु बजारमा ल्याएको थियो । डिलरका अनुसार बजारमा सिजिका सामानहरु सोचे भन्दा पनि बढी बिक्री भएको बताएका छन् । जस अन्तर्गत रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्टिक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर, इलेक्टिक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मसहरु रहेका थिए । रुम हिटर र हेलोजिन हिटरमा हालै बिल्कुलै नयाँ स्वरुप र आकर्षक रंगहरुमा ल्याएको छ । जसले कोठालाई एकदमै न्यानो पार्ने र जाडोमा पनि सहजैसँग नुहाउन सकिने बनाउन सिजील बजेटलाई ध्यानमा राखी ग्याँस तथा इलेक्टिक गरी दुई किसिमका गिजरहरु उपलब्ध गराएको छ । त्यसैगरी, केही समयमानै कुनै झ्नझ्ट विना पानी तताउन विभिन्न आकर्षक मोडल र विभिन्न किसिमका इलेक्टिक केटल र हटपटहरु रहेका छन् । तातिएका पानीलाई लामो समयसम्म पनि उस्तै बनाइराख्न भ्याकुम फ्ल्याक्स र थर्मसहरु पनि उपलब्ध गराएको छ ।

पाैने ९ कराेड लागतमा निर्माणधीन बूढीगङ्गा नदीकाे पुल, तीन वर्षमा दुई पिल्लर, अब कहिले बन्ला ?

बाजुरा । बूढीगङ्गा नदीमा निर्माण हुन लागेको ५० मिटर लामो पक्की पुल निर्माणमा ढिलाइ भएको छ । साँफे मार्तडी सडकखण्डअन्तर्गत जिल्लाको बडिमालिका नगरपालिकाको ४ र ६ को बीच जडागङ्गामा पुल निर्माणधीन छ । विसं २०७५ असार ३० गतेसम्म निर्माणकार्य सम्पन्न भैसक्नुपर्ने सम्झौता विसं २०७३ असार ३० भएको थियो । नौ करोड ८३ लाख ८२ हजार ५७९ रुपैयाँ लागतमा सम्झौता भएको थियो । काष्ठमाडौँ मसिना जेभीले निर्माणको जिम्मा पाएको थियो । सडक डिभिजन कार्यालय साँफे बगर अछामका प्रमुख राजेश दासले छिटो निर्माण सम्पन्न गर्न कम्पनीलाई पत्राचार गरिएको जानकारी दिए । कम्पनीका प्रमुख जयदेव पन्तले नदीमा पानीको बहाव बढ्न गई पुल निर्माणकार्य गर्न समस्या भएकाले हो ढिलाे भएकाे बताउँछन् । उनले विसं २०७७ असारमा पुल निर्माणको काम सम्पन्न गर्ने जानकारी दिए । कामदारले काम गरेवापतको रकमसमेत नपाएको गुनासो गर्दै आएका छन् । बडिमालिका नगरपालिका–६ कोर्ध र जडागङ्गाका स्थानीयवासीले पुलमा काम गरेवापतको रु ४१ लाख नपाएको बूढीगङ्गा–६ का स्थानीयवासी पदम बडुवालले बताए । रासस

विद्यालयमा दर्जनाैं कम्प्युटर प्रयोगविहीन, बालबालिका प्राविधिक शिक्षाबाट बञ्चित

महोत्तरी  । बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन् । प्राविधिक शिक्षा पाउनबाट बालबालिका बञ्चित हुन पुगेका छन् । विद्यालयको भण्डारणमा १५ कम्प्युटर, १८ सिसीटिभी र एक थान एलसिडी थन्किएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत ती सामग्री प्रदान गरेका थिए । तर, शिक्षक नभएपछि ती सामग्री कोठामा त्यत्तिकै थन्किएका प्रधानाध्यापक सूर्यदेव महतो जानकारी दिए । “सामग्री भएर पनि हाम्रा विद्यार्थीले कम्प्युटर शिक्षा पढ्न पाएनन्”, उनले भने, “कम्प्युटर शिक्षकका लागि नगर कार्यपालिकाको कार्यालयमा हाम्रै विद्यालयका लागि विनियोजित रु पाँच लाख छ, तर नगर शिक्षा शाखाले शिक्षक पठाउने तत्परताचाहिँ देखाएन ।” नगर शिक्षा शाखाले नगरभित्रका सबै विद्यालयमा विषय शिक्षक मिलान गर्ने तयारी गरेको जनाएको छ । नगरका ५२ वटै सामुदायिक विद्यालयमा शिक्षक/विद्यार्थीको अनुपात र विषय मिलानका लागि गृहकार्य भइरहेको शिक्षा शाखाका निमित्त प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिए । भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय, सीतापुर, सिद्धपुरमा पनि शिक्षककै अभावमा कम्प्युटर शिक्षाको अध्यापन हुनसकेको छैन ।विद्यालयका १५ थान कम्प्युटर प्रयोगमा आउन नसकेको प्रधानाध्यापक श्रीराम यादवले बताए । रासस

डाेटीमा ब्लड बैंक नहुँदा चारजनाले गुमाए अकालमा ज्यान

डोटी । रगत अभावका कारण अहिलेसम्म डाेटी जिल्लामा चार जनाको अकालमा ज्यान गुमाउनु परिसकेको बताइएको छ । निजी क्षेत्रबाट सञ्चालित शैलेश्वरी अस्पतालले रगत अभावलाई अन्त्य गर्न स्थानीयवासीको निःशुल्क रगत समूह परीक्षण गर्न शुरुआत गरेको छ । दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासी शनिबार अभियानको शुभारम्भ गर्दै सबैले रक्तदान गर्न अति जरुरी भएको बताए । उनले भने, “हामीले दान गरेको रगतले अन्यको ज्यान जोगिन्छ भने खेर जाने रगत किन दान नगर्ने, ज्यान बचाउन भए पनि रक्तदान गनुपर्छ ।” प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले रक्तदानले सबैभन्दा ठूलो पुण्य प्राप्त हुने भएकाले रक्तदान गर्न पछि हट्न नहुने बताए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तेजबहादुर डुम्रेलले जिल्लामा रगत अभावका कारण कयौं बिरामी मृत्यसवरणको दोसाँधमा पुग्ने भएकाले जिल्लामा ब्लड बैंक स्थापना हुनुपर्ने धारणा राखे । नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति विजय खड्काले जिल्लामा अनिवार्य रूपमा तत्कालै ब्लड बैंक स्थापना हुनुपर्ने बताएका छन् । शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले भने, “बिरामीका लागि सबैले रक्तदान गरुन् र बिरामीको ज्यान जोगाउन भन्ने हाम्रो उद्देश्य हो, रक्तदान गर्दा कोही बच्न सक्छ भने दान किन नगर्ने ।” जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ रहेको रुद्रध्वज गणले हालसम्म ९७ बिरामीका लागि रक्तदान गरिसकेको निमित्त गणपतिसन्तोष ढुङ्गेलले जानकारी दिए । जिल्लामा बिरामीलाई रगतको आवश्यक परे नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ नं गणले हालसम्म उपलब्ध गराउँदै आएका छन् । रक्तदान कार्यक्रममा ५० जनाले रगत समूह परीक्षण गरेको अस्पतालले जानकारी दिएको छ ।रासस

नेपाल शैक्षिक परामर्श संघको अध्यक्षमा प्रकाश पाण्डे निर्वाचित

काठमाडाैं ।  नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे नियुक्त भएका छन् । संघको १४ औं वार्षिक साधारण सभाबाट पाण्डेलाई अध्यक्षमा नियुक्त गरिएको हो । सर्वसहमतिबाट पाण्डे अध्यक्षमा चयन भएकाे जनाइएकाे छ ।सहमति भए अनुसार प्रथम उपाध्यक्षमा राजेन्द्र रिजाल, द्वितिय उपाध्यक्षमा देवीदास भट्टराई, तृतिय उपाध्यक्षमा शेषराज भट्टराईको नाममा सहमति भएको हो । सचिवमा बासुदेव दाहाल र एन्ड्रयु पौडेल तथा कोषाध्यक्षमा भरत रेग्मी र बिके श्रेष्ठलाई बनाउने सहमति भएको जनाएको छ । यधपी, अहिले सम्म भइसकेको छैन । त्यस्तै सदस्यहरुमा  सुस्मा आचार्य, रत्न रेग्मी,  कर्ण गुरुङ, पुष्यराज भट्टराई र भवनाथ हुमागाइको नाममा सहमति जुटेको छ । इक्यान अन्तर्गत ३८८ वटा संस्था छन् ।  पछिल्लो दुई दशकदेखि नेपालमा शैक्षिक परामर्श केन्द्रको व्यवसाय निकै फस्टाएको छ । शुरुमा राजधानीकेन्द्रित शैक्षिक परामर्श केन्द्रहरू अहिले अन्य शहर हुँदै देशभर फैलिएका छन् । विदेशका कलेज/विश्वविद्यालयमा पढ्नका लागि परामर्श दिने यस्ता केन्द्रहरूले विद्यार्थीका लागि आवश्यक कागजात बनाउन सघाउनेदेखि आईईएलटीएस, टोफल, जिम्याट, जीआरई जस्ता विभिन्न योग्यता परीक्षाका तयारी कक्षा पनि सञ्चालन गरिरहेका छन् ।

पाम आयल निर्यातका लागि पहल थाल्न काँग्रेसको आग्रह

काठमाडौं । पाम आयल निर्यातका लागि पहल थाल्न काँग्रेसको आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रशोधित पाम आयलको आयातमा भारतले रोक लगाएपछि सो सम्बन्धमा कूटनीतिक पहल गरी अन्य मुलुकमा भएको हो । निर्यातका लागि सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्तिमार्फत प्रशोधित पाम आयलको निर्यात रोकिएपछि उत्पादित पाम आयल खेर जाने र उद्योगी व्यवसायीको लगानी जोखिममा पर्नुका साथै उद्योगका श्रमिक तथा कर्मचारीको रोजगारीमा समेत सङ्कट उत्पन्न हुने जानकारी दिए । नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्ये पाम आयल पनि एक हो । यसले राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा  पर्याइरहेको छ । सम्बन्धित समाचार । पाम तेलमा भारतले प्रतिबन्ध लगायो, नेपालको निर्यातमा वार्षिक २८ अर्बकाे धक्का  

साताको शेयर बजारः चार अर्ब माथिको कारोवार

काठमाडौैं । साताभर नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ हासिल गर्याे । लगातार ओरालो लागेको बजारले करिब १०० बिन्दु माथि पुग्यो भने कारोवारमा समेत नयाँ उचाइ हासिल गर्याे । लगानीकर्तामा एक प्रकारको उत्साह जगाउन सफल साताको रुपमा यस हप्ता कायम रह्यो । साताभर कूल १७९ कम्पनीका १ अर्ब ४६ करोड ८२ हजार ५ सय ५३ कित्ता शेयर ४अर्ब २२ करोड ५६ लाख ३२ हजार ८ सय २७ रुपैयाँ बराबरमा कारोवार भयो । सन् २०२० को शुरुवातीसँगै नेप्सेमा देखिएको सुधार साताभर नै कायम रहेका कारण बजारले गुणात्मक लय समात्न सफल भएको हो । कारोवार रकम र नेप्सेमा देखिएको दोहोरो अङ्कको वृद्धि त्यसैको परिचायक बन्न पुग्यो । सातामा कारोवार हुने पाँच दिनमध्ये बुधबार मात्रै नेप्से सामान्य अङ्कले घट्यो । अन्य दिन भने बजारमा सकारात्मक परिवर्तन देखियो । साताको पहिाले दिन नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०९ विन्दुले बढेर एक हजार १८२.३१ मा पुग्यो । नेप्सेको छलाङसँगै कारोवार रकममा समेत वृद्धि भयो । कूल १७३ कम्पनीको २० लाख ८२ हजार ८ सय ७४ कित्ता शेयर ७१ करोड २४ लाख २५ हजार ८ सय २७ मूल्यमा खरीद बिक्री भए । सोमबार पनि नेप्से परिसूचक १८ अङ्कले बढ्यो । त्यस दिन नेप्से १८.२६ अङ्कले बढेर एक हजार २००.६९ मा पुग्यो । लामो समयपछि नेप्सेमा लगातार वृद्धि हुँदा परिसूचक एक हजार २ सय नाघ्यो । परिसूचक बढेसँगै कारोवार रकममा पनि भारी वृद्धि भयो । स्टकका अनुसार कूल १ सय ७८ कम्पनीका २६ लाख ८३ हजार ६ सय १० कित्ता शेयर ८४ करोड २५ लाख ८२ हजार १ सय ५० रुपैयाँमा खरिद बिक्री भएको हो । मङ्गलबार पनि नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो । त्यस दिन नेप्से १६.२३ विन्दुले बढेर एक हजार २१६.९२ मा पुग्यो । धेरै पछि कारोवार रकम अर्बमाथि पुग्यो । लगानीकर्तामा विश्वास बढेपछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको हो । कूल १७९ कम्पनीका ३८ लाख ८० हजार ९५० कित्ता शेयर १ अर्ब १० करोड २७ लाख ३६ हजार ७ सय ४८ मूल्यमा खरिद–बिक्री भए । बुधबार भने नेप्से ७.३२ विन्दुले घट्यो । कूल १ सय ७२ कम्पनीका २१ लाख ८५ हजार ३ सय ९७ कित्ता शेयर ७३ करोड आठ लाख ५२ हजार ३ सय ४५ मूल्यमा खरिद बिक्री भए । बिहीबार भने नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो । त्यस दिन नेप्से ३.५१ ले वृद्धि भई एक हजार २१३.११ मा पुग्यो । नेप्सेमा जस्तै सुधार कारोवार रकममा पनि देखिएको छ । कूल १७७ कम्पनीको ३८ लाख ४९ हजार ७२२ कित्ता शेयर ८३ करोड ७० लाख ३५ हजार ७ सय ५७ मूल्यमा खरिद बिक्री भए । साताभर विभिन्न चार कम्पनीको शेयर सूचीकृत भए । त्यसमा अपि पावर कम्पनीको ७ लाख ६७ हजार कित्ता शेयर लाभांश, ग्लोबल आइएमइ बैंकको एक करोड ३३ लाख ६ हजार ५ सय ५७ कित्ता शेयर लाभांश, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ७ लाख ५१ हजार ८६० कित्ता शेयर लाभांश तथा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ५७ हजार ६ सय कित्ता शेयर लाभांश सूचीकृत भएको छ । रासस

प्राइम बैंकको वार्षिक साधारणबाट शेयरधनीलाई १६ प्रतिशत बोनस प्रदान 

काठमाडौं । प्राइम बैंकको १२ औं वार्षिक साधारणले शेयरधनीलाई १६ प्रतिशत बोनस वितरण गर्ने भएको छ । बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको प्राइम कमर्सियल बैंकले १२ औ साधारण सभा सम्पन्न गरेको हो । उक्त वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर बितरण गर्ने र कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ती गर्नै बिशेष प्रस्ताव पारित गर्दै कैलाश विकास बैंकको १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंकको ९४ कित्ता शेयर स्वरुप रेसियो कायम गरेको छ । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति पश्चात शाखा संख्या १ सय ९९ हुनेछ । बैंकले आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी आपनो शेयरधनीहरु लाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको जानकारी दिएको छ ।