काठमाडौं । पाम आयल निर्यातका लागि पहल थाल्न काँग्रेसको आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रशोधित पाम आयलको आयातमा भारतले रोक लगाएपछि सो सम्बन्धमा कूटनीतिक पहल गरी अन्य मुलुकमा भएको हो । निर्यातका लागि सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्तिमार्फत प्रशोधित पाम आयलको निर्यात रोकिएपछि उत्पादित पाम आयल खेर जाने र उद्योगी व्यवसायीको लगानी जोखिममा पर्नुका साथै उद्योगका श्रमिक तथा कर्मचारीको रोजगारीमा समेत सङ्कट उत्पन्न हुने जानकारी दिए ।
नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्ये पाम आयल पनि एक हो । यसले राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पर्याइरहेको छ ।
सम्बन्धित समाचार ।
पाम तेलमा भारतले प्रतिबन्ध लगायो, नेपालको निर्यातमा वार्षिक २८ अर्बकाे धक्का