काठमाडाैं उपत्यकामा थपिए ५ जना कोरोना संक्रमित
काठमाडाैं । बिहिबार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ५ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु सबैजना काठमाडाैंकाे रहेकाे गाैतमले बताए । बिहिबार नेपालमा १ सय ८ जना काेराेना संक्रमित थपिएका छन् भने १ सय ३९ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे संख्या १६ हजार ५ सय ३१ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ७८ सय ९१ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ ।
नेपालमा थप १ सय ८ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ८ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १६ हजार ५ सय ३१ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ७८ सय ९१ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ७१ हजार १ सय ४५ काे पिसिआर विधि र ३ लाख १२ हजार ४ सय २ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर २४ हजार ४ सय २५ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ६ सय ५ जना आईसाेलेसनमा रहेका छन् ।
स्वावलम्बन लघुवित्तको विभिन्न शाखाका घरधनीले दिए घरभाडा छुट
काठमाडौं । दाङ्ग जिल्ला शान्तिनगर गाउँपालिका स्थित धनौरीमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयलाई घरधनी तोपेन्द्र बहादुर थापाले एक महिना बराबरको घरभाडा छुट दिएका छन् । कोरोनाको कहर बीच विपन्न तथा न्यून आए भएको सदस्यलाई घरदैलोमा वित्तीय सेवा पुर्याउदै आएको संस्थालाई आर्थिक भार कम गर्ने अभिप्रायले आफुले सकेको सहयोग गरेको घरधनी थापाले बताए । शाखा कार्यालय धनौरीका कार्यालय प्रमुख रमेशचन्द्र पौडेलले कठिनाईको यस अवस्थामा हातेमालो गरेकोमा घरधनी थापालाई धन्यबाद दिएका छन् । त्यस्तै, घोराही स्थित वित्तीय संस्थाको इलाका कार्यालय रहेको घरधनी माधवा पाण्डे र शाखा कार्यालय रहेको भवनका घरधनी कृष्ण बहादुर खड्काले घरभाडा रकम १५ दिन बराबरको रकम सहुलियत दिएका छन् । त्यसैगरी, उपशाखा कार्यालय थारमारेका घरधनी खड्ग बहादुर के.सी.ले ५ हजार रुपैयाँ छुट दिएका छन् । वित्तीय संस्थाले कोरोना रोकथामका लागि संघीय सरकारको कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, संस्थाले विभिन्न जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत स्थानीय सरकारहरुले खडा गरेको राहत कोषमा १० लाख रुपैयाँ नगद तथा शाखा कार्यालय मार्फत अप्ठ्यारोमा परेका सदस्य तथा स्थानीय समुदायमा राहत सामग्री समेत वितरण गरेको छ ।
कृषि विकास बैंकको २५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । कृषि विकास बैंकको १ हजार रुपैयाँ अंकित दरका २५ लाख कित्ता बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकको १०.३५ प्रतिशत व्याजदर रहेको “एडीबीएल कृषि बैंक ऋणपत्र २०८३” नामको ऋणपत्र कारोबारको लागि नेप्सेमा सूचीकरण भएको हो । सो सम्बन्धी कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्जबीच बिहीबार सम्झौता भएको छ । जसमा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेप्सेका तर्फबाट चन्द्र सिहं साउदले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात कृषि विकास बैंकको “एडीबीएल कृषि बैंक ऋणपत्र २०८३”, को दोश्रो बजारमा कारोवार सुरु हुनेछ ।
सरिता गिरीकाे सांसद पद चैट !
काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले सांसद पद गुमाएकी छिन्। संसद सचिवावलयका महासचिव भरतराज गौतमले सूचना प्रकिशन गर्दै गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको जानकारी दिएका हुन् । गिरीले नेपालकाे नयाँ नक्साकाे विराेध गरेपछि विवादमा तानिएकी थिईन् ।
सरकारले चिकित्सकलाई धन्यवाद मात्र दियाे काेराेना जोखिम भत्ता दिएन
काठमाडौं । कोरोना भाइरसका बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अहिलेसम्म पनि जोखिम भत्ता पाएका छैनन् । सरकारले कोरोना भाइरस न्यूनिकरणका लागि उपचारमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा उपचारमा खटिएका चिकित्सकहरुलाई जोखिम भत्ता दिने बताए पनि असार मसान्त हुन लाग्दा पनि त्यसको कार्यान्वयन गर्न सकेको छैन । सरकारले कोरोनाका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई सतप्रतिहतसम्मको जोखिम भत्ता दिने घोषणा गरेको थियो । सरकारले असारभित्रै उनीहरुलाई भत्ता वितरण गरिसक्ने बबताए पनि आज असार २५ गते भइसक्दा पनि कुनै पनि स्वास्थ्यकर्मी तथा चिकित्सकले जोखिमभत्ता नपाएको गुनासो गरेका छन् । कोरोनाको उपचार हुने देशका मुख्य अस्पतालमा कार्यरत चिकित तथा कर्मचारीले समेत अहिलेसम्म जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । कोरोना संक्रमितको उपचारको लागि देशमा सबैभन्दा पहिला खटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत एक चिकित्सकले अहिलेसम्म जोखिम भत्ता भनेर आफुहरुले कुनै पनि प्रकारको रकम नपाएको गुनासो गरेका छन् । ‘जोखिम भत्ताको लागि बैठकहरु बसेर दौड धुप गरेको देखिएको छ तर अहिलेसम्म पाउने कुनै पनि रकम हामीले पाएका छैनौं, असार अन्तिमसम्म पाइसक्नु पर्ने भनिए पनि आजसम्म आएको छैन, अब त पाउने आशै छैन,’ ती चिकित्सकले भने । टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जोखिम भक्ता पाउने सबै चिकित्सक र स्वास्थ्यकर्मीको नाम मन्त्रालयमा पठाइसकेको बताए । तर हालसम्म रकम आईनसकेको उनको भनाई छ । हाल टेकुमा ३ सय कर्मचारी रहेको उनले बताए । ‘३ सय जनाले नै जोखिम भक्तका लागि नाम पठाएका छौं, अहिलेसम्म पाएका छैनौं, सायद यो महिनाको अन्त्यसम्म पाउँछौं कि ?’ उनले भने । टेकु अस्पतालका चिकित्सकले मात्र होइन त्रिवि शिक्षण अस्पतालमा कोारेनाका बिरामीको उपचारमा खटिएका चिकित्सकले पनि जोखिम भत्ता नपाएका गुनासो गरेका छन् । अस्पतालको कोभिड–१९ व्यवस्थापन समिती संयोजक डा सन्त दासले अहिलेसम्म जोखिम भत्ताको रुपमा एक पैसा पनि नपाएको बताए । कोरोनासँग कार्यरत आफ्नो अस्पतालको कुनै पनि कर्मचारीले जोखिम भत्ता नपाएको उनको भनाई छ । उनी भन्छन, ‘हामीले हरेक महिना हाम्रो कर्मचारीको तथ्यांक पठाएका छौं, तर अहिलेसम्म पाउने भन्ने कतैबाट कुरा आएको छैन ।’ यस्तै, पाटन अस्पतालका चिकित्सकहरुले पनि जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । पाटन अस्पताल स्रोतका अनुसार हालसम्म कुनै पनि रकम चिकित्सकले पाएका छैनन् । सरकारले घोषणा गरेको लगत्तै चिकित्सकले जोखिम भत्ता पाउने भनेर घोषणा गरेपनि ज्यानलाई जोखिममा राखेर उपचारमा खट्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले अहलिेसम्म रकम नपाउनु विडम्बना हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरुले भने जोखिम भत्ता पाएको प्रयोगशालाका भाइरस विशेषज्ञ बिमलेश झाले बताए । तर, टेकुस्थित स्वास्थ्य सेवा विभाग अन्तर्गतको कुनै पनि कार्यलयहरुका कर्मचारीले जोखिभ भत्ता नपाएको त्यहीँ कार्यरत एक कर्मचारीले बताए । आफुहरु प्रत्यक्ष रुपमा खटिए पनि रकम नपाएको उनीहरुको गनासो छ । केही व्यक्तिले रकम पाएको हल्ला सुने पनि आफुहरुले नपाएको उनीहरुले बताए । सरकारले नै चालु आर्थिक वर्षको असारमसान्तसम्म सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई जोखिम भत्ता वितरण गरिसक्ने बताएको थियो । तर, अब असार मसान्त सकिनै लाग्दा पनि उनीहरुले भने पैसा पाएका छैनन् । उनीहरुले यो आर्थिक वर्षमा सो भत्ता नपाए आगामी आर्थिक वर्षमा पाउने छैनन् । मन्त्रालयबाट रकम पठाइसक्यौंः स्वास्थ्य मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने स्वास्थ्यकर्मीले पाउने जोखिम भत्ता पाइसकेको बताएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सबैठाउँमा जोखिम भत्ताको लागि रकम पठाइसकेको बताएका छन् । ‘कुल कति रकम पठायौं अहिले ठ्याक्कै थाहा भएन, तर हामीले पठाइसकेका छौं, गौतमले भने ।’ कसैले चाँडो कसैले ढिलो पाउलान् तर सबैले पैसा पाउने उनले बताए । यसअघि उनले नै कोभिड-१९ मा खटिने व्यक्तिहरुलाई तोकिएको भत्ता असार मसान्त भित्रै पठाइसक्ने बताए थिए । उनी अहिले असारभित्रै सबैले रकम पाइसक्ने धारणा राख्छन् । बजेटमा पनि उल्लेख आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा पनि स्वास्थ्यकर्मी तथा चिकित्सकले जोखिम भत्ता पाउने उल्लेख गरिएको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाका बिरामीको उपचारमा संलग्न चिकित्सलाई प्रोहत्सान स्वरुप जोखिम भत्ता दिने बताएका थिए । चिकित्सक, स्वास्थ्यकर्मी तथा प्रयोगशालामा काम गर्ने कर्मचारीको व्यक्तिगत सुरक्षा उपकरण सहित सेवामा उत्प्रेरित गर्न प्रोत्साहन भत्ताको व्यवस्था गरेको उनले बजेटमार्फत बताएका थिए । कोरोना लगायत अन्य संक्रामक रोगमा कार्यरत सबै स्वास्थ्यकर्मीलाई पाँच लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाएको पनि उनले बताएका थिए । उनले बजेटमार्फत कोभिड १९ का बिरामीको उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा खटिने सबैलाई कसैलाई शतप्रतिशत र कसैलाई ५० प्रतिशत र कसैलाई २५ प्रतिशत भत्ता दिने बताएका थिए । कसले कति भत्ता पाउँछन् ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ पनि जारी गरिसकेको छ । सो व्यवस्था अनुसार कोरोना उपचारमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा खटिएका चिकित्सक, नर्स, पारामेडिक्स, प्रयोगशालाकर्मी, इमेजिङ सेवा प्रदायक, एम्बुलेन्स चालक तथा सहायकले सो भत्ता पाउने छन् । यस्तै, ईलेक्ट्रिसियन तथा प्लम्बर, सुरक्षाकर्मी, सरसफाईमा संलग्न कर्मचारी, प्रशासनिक तथा अन्य कर्मचारी, सहयोगी कर्मचारी र सम्बन्धित कार्यलयको प्रमुखले कोभिड-१९ को संक्रमण, रोकथाम, निय्रन्त्रण तथा उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न रहेको भनि प्रमाणित गरेको कर्मचारीहरुले जोखिम भत्ता पाउने उल्लेख गरिएको छ । संक्रमणको शंका तथा आईसोलेसनमा राखिएको वा संक्रमण पुष्टि भई उपचारमा रहेका बिरामीहरुको उपचारमा प्रत्यक्ष संलग्न जनशक्ती तथा संक्रमणको शंकास्पद तथा पुष्टि भएका बिरामीको नमुना संकलन गर्ने जनशक्तिलाई नेपाल सरकारले तोकेको तलब स्केलको शतप्रतिशत पाउने व्यवस्था छ । कोरोना संक्रमण शंका लागि आइसोलेसनमा राखिएका संक्रमण पुष्टि भई उपचारमा रहेका बिरामीहरुको उपचारमा अप्रत्यक्ष संलग्न र इमेजिङ सेवा प्रदायक जनशक्तिलाई नेपाल सरकारले तोकेको तलब स्केलको ७५ प्रतिशत जोखिम भत्ता पाउने छन् । कोभिड १९ महामारी सुरु भइसकेपछि स्थापना भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तथा भारत र चिनको नाकाहरुमा स्थापना गरिएको हेल्थ डेस्कमा खटिएका जनशक्ति तथा प्रयोगशाला परीक्षणको लागि संकलन गरिएको नमुना प्याकिङ्ग तथा ओसरपसारमा संलग्न तथा आईसोलेसनमा राखिएको र संक्रमण पुष्टि भई उपचाररत बिरामीहरुको ओसारपसारमा संलग्न सवारीसाधनहरुमा कार्यरत जनशक्तिलाई दोहोरो नपर्ने गरि सरकारले तोकेको शुरु तलब स्केलको ५० प्रतिशत रकम पाउने व्यवस्था छ ।
ग्लोबल आइएमई बैंकका सीईओ कुँवरद्वारा राजीनामा, कामुको जिम्मेवारी ढकाललाई
काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरले पदबाट राजीनामा गरेका छन् । गत मंसिर २० गते तत्कालिन जनता बैंकसँग मर्जर भएपछि ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका कुवँरले व्यक्तिगत कारण देखाएर पदबाट राजीनामा गरेका बैंक संचालक समिति स्रोतले जानकारी दियो । ग्लोबल र जनता बैंक मर्ज हुँदा संचालक समिति अध्यक्ष ग्लोबल बैंकका रहने र प्रमुख कार्यकारी अधिकृत जनता बैंकका रहने समझदारी भएको थियो । सोही समझदारी अनुसार अहिले ग्लोबल आइएमई बैंकको संचालक समिति अध्यक्ष चन्द्रप्रसाद ढकाल छन् भने सीइओको जिम्मेवारीमा कुँवर थिए । सीइओ कुँवरले पदबाट दिएको राजीनामा आजै स्वीकृत भएको संचालक समिति स्रोतले जानकारी दिएको छ । उनको राजीनामा असार मसान्तदेखि लागू हुने गरी स्वीकृत भएको हो । सीइओ कुँवरले राजनीनामा दिएपछि कामु सीइओको जिम्मेवारी डेपुटी सिइओ महेश ढकाललाई दिने निर्णय भएको छ ।
कोरोना सङ्क्रमितको डायलासिस गर्दै भरतपुर अस्पताल
काठमाडौं । चितवन र आसपासका क्षेत्रका कोरोना सङ्क्रमितको उपचार गर्दै आएको यहाँको भरतपुर अस्पतालले मिर्गौलाका बिरामीको डायलासिस समेत गर्न शुरु गरेको छ । नेपाल सरकारले कोभिड–१९ को उपचारका लागि पहिलो र दोस्रो तहका बिरामीको उपचार गर्न भरतपुर अस्पताल र यसको मातहतमा रहेको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताललाई तोकेको छ । भरतपुर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा सन्तोष गुरुङका अनुसार एक जना सङ्क्रमितको डायलासिस अस्पतालले गरिरहेको छ । ती बिरामी हेटाँैडा उपमहानगरपालिका–५ का ३३ वर्षीय पुरुष हुन् । साउदीबाट फर्किएका उनको तेस्रो पटक आज भरतपुर अस्पतालमा डायलासिस गरिएको छ । गुरुङका अनुसार यसअघि असार १८ र १९ गते उनको भरतपुर अस्पतालमा डायलासिस गरिएको थियो । साउदीमा करिब २० पटक उनको डायलासिस भई सकेको उहाँले जानकारी दिनुभयो । अस्पतालले अन्य बिरामीका लागि दुई दिन डायलासिस नगर्ने गरी व्यवस्थापन मिलाएर डायलासिस गरिरहेको उनको भनाइ छ । बुधबार राति १२ बजेबाट डायलासिस कक्ष अन्य बिरामीका लागि बन्द गरिएको छ । ती बिरामीको डायलासिस गरिएपछि त्यहाँको पूर्णरुपमा निर्मलीकरण थालिएको छ । शुक्रबार बिहान ६ वजेबाट अन्य बिरामीको डायलासिस शुरु गरिने उहाँले जानकारी दिनुभयो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार डायलासिस गर्ने प्राविधिकहरुले विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको निर्देशिकालाई पूर्णरुपमा पालना गरी उच्च सतर्कताका साथ काम गरिरहेका छन् । हाल अस्पतालमा हरेक साता, सातामा दुई पटक र महिनाको एक पटक डायलासिस गर्ने १ सय ६ जना बिरामी रहेका छन् । उनले अस्पतालमा उपचार गर्न आउने सङ्क्रमितलाई देखिएका सबै खालका रोगको उपचार गर्न भरतपुर अस्पताल सक्षम भएकै कारण छिमेकी जिल्लाबाट पनि बिरामी आउने गरेको बताए । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले पहिलो र दोस्रो तहका बिरामी हेर्ने जिम्मा भरतपुर अस्पताललाई दिइएको भए पनि तेस्रो तहका बिरामी पनि हेर्न बाध्य भएको बताए । जिल्लाका अन्य अस्पतालमा सङ्क्रमण देखिएर जटिल भएका बिरामी पनि भरतपुर पठाइने गरेको उनले बताए । यहाँका दुई मेडिकल कलेजलाई पनि कोभिड उपचारमा सहभागी गराएमा बिरामी थप भएको अवस्थामा उपचारमा सहजता हुने उनको भनाइ छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हाल भरतपुर अस्पतालमा ३७ जना कोरोना सङ्क्रमितले उपचार गराइ रहेका छन् । यसै अस्पतालमा ३८ जना उपचारपछि निको भएर फर्किएको उनले जानकारी दिए । दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।