स्वावलम्बन लघुवित्तको विभिन्न शाखाका घरधनीले दिए घरभाडा छुट

<p>काठमाडौं । दाङ्ग जिल्ला शान्तिनगर गाउँपालिका स्थित धनौरीमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयलाई घरधनी तोपेन्द्र बहादुर थापाले एक महिना बराबरको घरभाडा छुट दिएका छन् । कोरोनाको कहर बीच विपन्न तथा न्यून आए भएको सदस्यलाई घरदैलोमा वित्तीय सेवा पुर्याउदै आएको संस्थालाई आर्थिक भार कम गर्ने अभिप्रायले आफुले सकेको सहयोग गरेको घरधनी थापाले बताए । [&hellip;]</p>

काठमाडौं । दाङ्ग जिल्ला शान्तिनगर गाउँपालिका स्थित धनौरीमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयलाई घरधनी तोपेन्द्र बहादुर थापाले एक महिना बराबरको घरभाडा छुट दिएका छन् ।

कोरोनाको कहर बीच विपन्न तथा न्यून आए भएको सदस्यलाई घरदैलोमा वित्तीय सेवा पुर्याउदै आएको संस्थालाई आर्थिक भार कम गर्ने अभिप्रायले आफुले सकेको सहयोग गरेको घरधनी थापाले बताए ।

शाखा कार्यालय धनौरीका कार्यालय प्रमुख रमेशचन्द्र पौडेलले कठिनाईको यस अवस्थामा हातेमालो गरेकोमा घरधनी थापालाई धन्यबाद दिएका छन् ।

त्यस्तै, घोराही स्थित वित्तीय संस्थाको इलाका कार्यालय रहेको घरधनी माधवा पाण्डे र शाखा कार्यालय रहेको भवनका घरधनी कृष्ण बहादुर खड्काले घरभाडा रकम १५ दिन बराबरको रकम सहुलियत दिएका छन् । त्यसैगरी, उपशाखा कार्यालय थारमारेका घरधनी खड्ग बहादुर के.सी.ले ५ हजार रुपैयाँ छुट दिएका छन् ।

वित्तीय संस्थाले कोरोना रोकथामका लागि संघीय सरकारको कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, संस्थाले विभिन्न जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत स्थानीय सरकारहरुले खडा गरेको राहत कोषमा १० लाख रुपैयाँ नगद तथा शाखा कार्यालय मार्फत अप्ठ्यारोमा परेका सदस्य तथा स्थानीय समुदायमा राहत सामग्री समेत वितरण गरेको छ ।

Share News