ग्लोबल आइएमई बैंकका सीईओ कुँवरद्वारा राजीनामा, कामुको जिम्मेवारी ढकाललाई

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरले पदबाट राजीनामा गरेका छन् । गत मंसिर २० गते तत्कालिन जनता बैंकसँग मर्जर भएपछि ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका कुवँरले व्यक्तिगत कारण देखाएर पदबाट राजीनामा गरेका बैंक संचालक समिति स्रोतले जानकारी दियो । ग्लोबल र जनता बैंक मर्ज हुँदा संचालक समिति अध्यक्ष [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरले पदबाट राजीनामा गरेका छन् ।

गत मंसिर २० गते तत्कालिन जनता बैंकसँग मर्जर भएपछि ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका कुवँरले व्यक्तिगत कारण देखाएर पदबाट राजीनामा गरेका बैंक संचालक समिति स्रोतले जानकारी दियो ।

ग्लोबल र जनता बैंक मर्ज हुँदा संचालक समिति अध्यक्ष ग्लोबल बैंकका रहने र प्रमुख कार्यकारी अधिकृत जनता बैंकका रहने समझदारी भएको थियो । सोही समझदारी अनुसार अहिले ग्लोबल आइएमई बैंकको संचालक समिति अध्यक्ष चन्द्रप्रसाद ढकाल छन् भने सीइओको जिम्मेवारीमा कुँवर थिए ।

सीइओ कुँवरले पदबाट दिएको राजीनामा आजै स्वीकृत भएको संचालक समिति स्रोतले जानकारी दिएको छ । उनको राजीनामा असार मसान्तदेखि लागू हुने गरी स्वीकृत भएको हो । सीइओ कुँवरले राजनीनामा दिएपछि कामु सीइओको जिम्मेवारी डेपुटी सिइओ महेश ढकाललाई दिने निर्णय भएको छ ।

Share News