नाष्टबाट नवप्रवर्तन प्रवर्धन गर्न ३३ प्रस्तावलाई अनुदान
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) मार्फत मुलुकका ३३ व्यक्ति वा संस्थाले अनुदान प्राप्त गरेका छन् । ‘समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवत्र्तन’ भन्ने सोचलाई बढावा दिन नाष्टले पहिलो पटक सरकारीस्तरबाट उक्त रकम सहयोग गरेको हो । नाष्टले ‘समृद्धिका लागि नवप्रवत्र्तन’ र ‘कोभिड–१९ प्रतिरोधात्मक प्रविधि विकास’ नामक दुई कार्यक्रमलाई प्रभावकारी बनाउन करीब रु दुई करोड २० लाखको अनुदान सहयोग गरेको छ । नवप्रवत्र्तन शीर्षकमा १६२ व्यक्तिले प्रस्ताव पेश गरेका थिए । यसमा २६ जनाको अन्तर्वार्ता लिएर १३ जनालाई अनुदान प्रदान गरिएको नाष्टका प्रविधि सङ्काय प्रमुख डा रवीन्द्रप्रसाद ढकालले बताए । उनले भने, “कोभिड–१९ प्रविधि विकासमा ११८ जनाको प्रस्ताव आएको थियो । यसमा हामीले ३१ जनाको अन्तर्वार्ता लिएर २० जनालाई अनुदान प्रदान गरेका छाैँ ।” सो अनुदान रकम भने गत आव २०७६/७७ को बजेटको कार्यक्रममा रहेको ढकालले जानकारी दिए । उक्त कार्यक्रमको कार्यविधि निर्माण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नाष्ट, काठमाडौँ र त्रिभुवन विश्वविद्यालय आदिको सहकार्य थियो । नयाँ सोचलाई उत्पादनमा रुपान्तरण गर्न, नवप्रवत्र्तनलाई संरक्षण तथा उद्योगसँग जोड्न, नवप्रवत्र्तकलाई अघि बढाउने माध्यम चयन गर्न र समाजमा विज्ञान क्षेत्रप्रति के कस्ता कार्य भइरहेका छन् भन्नेबारे जानकारी हासिल गर्न उक्त कार्यक्रमले निकै सहयोग गर्ने नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताए । उनले भने, “हामीले मुलुकमा पहिलो पटक अघि बढाएको यस कार्यक्रममा नवप्रवत्र्तनको माध्यमले उखु पेल्ने मेसिनलाई स्वचालित बनाउने प्रविधि विकास, कपालजन्य फोहरलाई मलमा रुपान्तरण गर्ने प्रविधिमा जोड, कुहिने वस्तुबाट मलखाद बनाउने , घरेलु कीरालाई औद्योगिक रुपमा पोषण एवं दानामा प्रयोग गर्ने र विभिन्न थरिका अण्डा कोरल्ने स्मार्ट प्रविधिको विकास गरिनेलगायत प्रस्तावलाई छनोट गरिएको छ । यसैगरी कोभिड–१९ विषयतर्फ भने पिसिआर र आरडिटी प्रविधि निर्माणमा जोड, कोभिड–१९ क्षेत्रमा निर्णय गर्न आवश्यक तथ्याङ्क सङ्कलनका लागि उचित व्यवस्था, कोभिड–१९ परीक्षण प्रभावकारी बनाउन दायरा विकास र थर्माेग्राफी क्यामेराद्वारा समूहमा तापक्रम मापनसहित सफ्ट्वेयरमा प्रयोग, फोहरपानी र ढलमा बगेर आउने कोरोनाको परीक्षण गरी समुदायलाई सचेत बनाउने, कृषि तथा ऊर्जाको विकास, खाद्यान्न प्रशोधन, कुखुरा भुत्ल्याउने तथा काठ चिर्ने प्रविधि विकास जस्ता प्रस्तावलाई वृत्ति प्रदान गरिएको छ ।” नाष्टले मुलुकका केही विज्ञसँग छलफल गरेर सो कार्यक्रम समाजमा प्रभावकारी रहने ठहर गरेसँगै आफूहरु यसमा लागिपरेको ढुङ्गेलले जानकारी दिए । उक्त कार्यक्रममा दुई थरिका व्यक्तिलाई अनुदान प्रदान गरिएको छ । यसमा सामान्य अध्ययन गरेकादेखि उच्च शिक्षा हासिल गरेका मानिसले अनुदान प्राप्त गरेको नाष्टका प्रविधि सङ्काय प्रशासन अधिकृत दीपेन्द्रराम भण्डारीले बताए । उनले भने, “हामीले नवप्रवत्र्तन र कोभिड–१९ का क्षेत्रमा केही गर्छु भन्ने इच्छुक व्यक्तिलाई रु ६ हजार ७०० देखि रु १० लाखसम्मको रकम सहयोग गरेका छाैँ ।यसमा कूल रकममध्ये नवप्रवत्र्तनतर्फ रु ९६ लाख र बाँकी रहेको अन्य रकम भने कोभिड–१९ तर्फ प्रदान गरिएको छ ।” नाष्टले बिहीबार मात्र यी विभिन्न कार्यक्रममा लागिपरेका व्यक्तिलाई रकम सहयोग गरेको भण्डारीले जानकारी दिए । नाष्टले उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन अनुगमन समिति बनाएर प्रस्तुतीकरण गर्ने, उक्त कार्यक्रममा लागिपरेका व्यक्ति वा संस्थाले यन्त्र वा सैद्धान्तिक समस्या भोग्नुपरेमा पनि त्यसको निराकरण गर्न सकेसम्म सहयोग गर्ने वातावरण निर्माण गर्ने र नवप्रवत्र्तनका क्षेत्रमा नयाँ ज्ञान भएका व्यक्तिलाई आउँदा वर्षमा पनि यसैगरी रकम सहयोग गर्ने उद्देश्य रहेको डा ढकालले बताए ।
घरेलु लघुवित्तद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय पोखरिया, पर्साले बीमा दावी रकम भुक्तानी गरेको छ । संस्थाले पर्सा जिल्ला धोवनि गाँउपालिका वडा नं. ०३ का केन्द्र नं. २७ कि सदस्य ललिता देवीको मृत्यू पश्चात निजका श्रीमान रामनारायण ठाकुर लोहारलाई बीमाको क्षतिपुर्ति रकम उपलब्ध गराएकाे हाे । सदस्य श्रीमति ललिता देवीलेले संस्थाबाट ६० हजार रुपैयाँ कर्जा लिएकोमा निज सदस्यको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत सदस्यको मृत्यू पश्चात दिइने काजक्रिया खर्च १० हजार रुपैयाँ बराबरको काजक्रिया खर्च रकम संस्थाका शाखा प्रबन्धक सरोज कुमार महतोद्वारा निज मृतक सदस्यका श्रीमान रामनारायण ठाकुर लोहारलाई एकमुष्ट भुक्तानी गरिएको छ । संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।
सडक आयोजनामा विश्व बैंकले ५४ अर्ब रूपैयाँ बराबरको आर्थिक सहयाेग गर्ने
काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच ४५ करोड अमेरिकी डलर (करिब रु. ५४ अर्ब) बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएकाे छ । जसले यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधार लगायत सीमापार व्यापारको दक्षतामा सुधार गर्नेछ र रणनैतिक सडक सञ्जाल व्यवस्थापन क्षमताको सुदृढीकरण गर्नेछ । यो आयोजना नेपाल सरकार र विश्व बैंकबीच हालसम्म भएको सबैभन्दा उच्च मूल्यको एकल आयोजना हो । अर्थमन्त्री डा. युवराज खतिवडाको समुपस्थितिमा, नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले यस सम्झौतामा शुक्रबार हस्ताक्षर भएकाे छ । यस महत्वपूर्ण आयोजनामा सहयोगका लागि विश्व बैंक समुहलाई धन्यवाद दिंदै अर्थमन्त्री डा. युवराज खतिवडाले यो आयोजनाले सीमापार बजार लगायत सडक सञ्जाल(कनेक्टिभिटी) को विस्तार र राष्ट्रिय एकीकरणलाइ बढावा दिदैं कोभिड-१९ पश्चातको आर्थिक पुनरुत्थानलाइ सघाउने बताए । नेपालको द्रुत र दिगो विकासको एजेण्डामा सडक संजाल सम्पर्कको उच्च महत्व रहेको प्रसंग उठाउँदै माननीय अर्थमन्त्रीले नेपालमा आर्थिक वृद्धि गर्न, राष्ट्रिय र क्षेत्रीय आर्थिक एकीकरणलाई तीव्रता दिन र दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न दिगो यातायात तथा दिगो, समावेशी र उच्च-गुणस्तरीय पूर्वाधारहरूको महत्व सर्वव्यापी रहेको जानकारी गराए । अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले यस आयोजनाले मुख्य यातायात मार्ग र सीमापार बिन्दुहरूमार्फत सामानहरू ढुवानी गर्ने समय र लागत घटाउनुका साथै विशेषगरि कोभिड-१९ पश्चातको अवस्थामा आर्थिक वृद्धिलाई द्रुत तथा दिगो बनाउनमा आयोजना केन्द्रित रहने बताए । सुरक्षा तथा जलवायु अनुकुलन देखि सडक व्यवस्थापन जस्ता महत्वपूर्ण क्षेत्रहरूमा नागरिक सहितको सहभागितामा यस आयोजना मार्फत असल अभ्यासहरूको शुरुवात गर्न तयार रहेको र संघ, प्रदेश तथा स्थानीय तहमा समेत यी असल अभ्यासहरूलाई अवलम्बन गर्न तयार रहेको सचिव ढुंगानाले जानकारी दिए । कोभिड-१९ संकटका असरका कारण नेपाल सरकारले पहिलेको भन्दा उच्च र दिगो पुनर्निमाण गर्न ‘उद्धार, पुनर्लाभ र उत्थानशीलता’को रणनीति अपनाएको जनाउँदै सचिव ढुंगानाले अर्थिक सम्भाव्यता र व्यापार सहजीकरणलाइ बढावा दिन यस आयोजनाले आर्थिक पुनरुत्थान र उत्थानशीलतालाइ तिव्रता दिने विश्वास व्यक्त गरेका छन् । यस रणनैतिक सडक सञ्जाल तथा व्यापार सुधार आयोजनाले भारत लगायतका छिमेकी राष्ट्रहरूसँग सम्पर्क सञ्जाल तथा व्यापार वृद्धि गर्न सघाउनेछ । यसले नागढुंगा-नौबिसे-मुग्लिंग खण्डलाई सुधार गर्नुका साथै कमला-ढल्केबर-पथलैया सडकको स्तरोन्नति गर्दै चार लेनको बनाउनेछ । विद्यमान व्यापारिक सेवालाई सहज बनाउनुका साथै कृषिजन्य निर्यातलाई प्रवर्द्धन गर्नका लागि यस आयोजनाले सीमा-नाकाहरूमा पूर्वाधार, सेवा सुविधा तथा सरसफाइमा सुधार गर्नेछ । कोभिड-१९ महामारीका बीच यस आयोजनाले सीमा-नाकाहरूमा वस्तु तथा मानिसहरूको जाँच गर्ने प्रक्रियाको सुधार गर्नेछ र सुरक्षित दुरी कायम गर्दै टाढाबाट काम गर्ने लगायतका कामकाजका विशेष प्रबन्धहरू समेत विकास गर्नेछ । कोभिड-१९ संकटका बावजुद आर्थिक पुनरुत्थान गर्न नेपाल सरकारको प्रयासलाइ यस आयोजनाले सघाउने बताउँदै रणनैतिक सडक सञ्जालको सुरक्षा तथा उत्पादनशील सुनिश्चितता तथा क्षेत्रीय व्यापार तथा सम्पर्क सञ्जालको सहजीकरण गर्न तथा रोजगारका अवसरहरूको सिर्जना गर्न यस आयोजनाले सहजीकरण गर्ने जानकारी माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले गराए । राष्ट्रिय सडक सुरक्षा परिषद् तथा सडक विभागको संस्थागत सुदृढीकरण लगायत रणनैतिक सडक सञ्जाल भित्रका उच्च चाप रहेका अन्य सडकहरूको आवधिक मर्मत गर्नमा समेत यस आयोजनाले सहयोग गर्नेछ । आपतकालीन अवस्थाको सम्बोधन र पुनरूत्थानलाई सघाउन आयोजनाको रकम आवश्यकतानुसार पुनर्विनियोजन् गर्नसक्ने गरी यस आयोजनामा आपतकालीन सहयोग कार्यक्रम समेत समावेश गरिएको छ ।
मौद्रिक नीतिको पर्खाइमा यातायात व्यवसायी, बम्पर राहतको अपेक्षामा
काठमाडौं । यातायात व्यवसायीहरु पनि मौद्रिक नीतिको पर्खाइमा रहेका छन् । नेपाल राष्ट्र बैंकले आज ३ बजे सार्वजनिक गर्ने मौद्रिक नीतिमार्फत यातायात व्यवसायीहरुले बम्पर प्याकेज आउने अपेक्षा गरेका छन् । कोरोना भाइरसको कारण उत्पन्न लकडाउनमा ग्यारेजमै थन्किएका सवारी साधनहरुलाई सडकमा निकाल्नको लागि उनीहरुले राहतका कार्यक्रमहरुको अपेक्षा गरेका छन् । सरकारले सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको एक हप्ता बितिसक्दा पनि सार्वजनिक यातायात अझै चल्न सकेका छैनन् । तर, केही छुटपुट रुपमा भने काठमाडौंको सडकमा गाडी देखिन्छन् । अहिले यातायात व्यवसायीहरु सार्वजनिक यातायात कसरी चलाउने भनेर दैनिक छलफलमै व्यस्त छन् । सरकारको निर्णयपछि यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार बैठक गरी तत्काल सवारी सञ्चालन गर्न सक्ने अवस्था नरहेको निर्णय गरेको थियो । बजेटमार्फत धेरै राहतको अपेक्षा गरेका उनीहरुले बजेटमा आफ्ना धेरै समस्याहरु नसमेटिएपछि गाडी चलाउन नसकिने बताउँदै आएका थिए । उनीहरुले आर्थिक पुनरुत्थानका लागि धेरै राहत हुनु पर्ने माग राख्दै आएका छन् । लकडाउन अवधिको बैंकको कर्जा तिर्ने समय सार्नुपर्ने, ग्यारेजबाट गाडी निकाल्न पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने, चालक र सहचालकको कोरोना बीमा गरिदिनु पर्नेलगायत व्यवसायीका माग छन् । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले अहिले यातायात व्यवसायीहरु सरकारबाट राहतको अपेक्षा गरेको बताएका छन् । उनले आज आउने मौद्रिक नीतिबाट पनि आफुहरुले धेरै अपेक्षा गरेका बताए । ‘हामी सवारी साधन चलाउने बारे छलफलमै छौं, सरकारले साउन ७ गतेसम्म लकडाउन नै कायम गरेको छ, त्यसपछि के हुन्छ हामी छलफलमै छौं,’ उनले भने । सरकारले अविलम्ब छलफल गरेर अन्योलको वातावरण हटाउनुपर्ने यातायात उनीहरुको माग छ । व्यवसायीलाई बैंकले पेलेको भन्दै मौद्रिक नीति मार्फत त्यो समास्याको समाधान हुनु पर्ने उनको भनाई छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक यातायात व्यवसायीका लागि मौद्रिक नीतिले सम्बोधन गर्ने पटक-पटक बताउँदै आएका छन् ।
मौद्रिक नीतिमा तपाईका सुझाव समावेश भए ? राष्ट्र बैंक भन्छः कम्तिमा एउटा सबैका हाल्दिएका छौं
काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिप्रति के कस्तो आउँला भन्ने आम चासो छ । मौद्रिक नीतिमा समावेश हुने मुलभुत विषय सार्वजनिक पनि भइसकेका छन् । मौद्रिक नीतिले कोरोना भाइरस संक्रमण सन्त्रासका कारण समस्या परेका ऋणीका लागि बम्पर प्याकेज र मर्जरमा वर्ग अनुसारको प्रोत्साहन दिने कार्यक्रम समावेश गरिएको छ । कोरोना भाइरस संक्रमण सन्त्रासको कारण थल परेको आफूहरुको पेशा, उद्योग तथा व्यवसाय उकास्न मौद्रिक नीतिले के कस्तो राहत कार्यक्रम ल्याउँला भन्ने प्रतिक्षा धेरैले गरेका छन् । बजेटले राहत प्याकेज खासै नल्याएको कारण धेरैको ध्यान मौद्रिक नीतितिर तानिएको हो । मौद्रिक नीतिले दिने राहत भनेको बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गरिसकेको र गर्ने कर्जा तिर्ने म्याद र व्याजमा हो । बजेटले जस्तो बृहत प्रकारको राहत प्याकेज ल्याउने ठाउँ मौद्रिक नीतिमा हुँदैन । तर, पनि मौद्रिक नीतिले के कस्तो राहत प्याकेज ल्याउला भन्ने चासो धेरैको देखिन्छ । आम चासो जस्तै गरी राष्ट्र बैंकले पनि सकेसम्म सबैका सुझाव समेट्ने प्रयास गरेको स्रोतले जानकारी दियो । ‘बैंकर, सेयर लगानीकर्ता, बीमा, होटल, शिक्षा, उद्योगी, व्यापारी, पेशाकर्मीलगायत धेरैले सुझाव दिएका छन्, यो संकटको समयमा केही राहत मिल्ला भनेर नै हामीसम्म आइपुगेका त होलान् नि भनेर हामीले सुझाव दिने जति सवैको कम्तिमा पनि एउटा सुझाव समेट्ने गरी मौद्रिक नीति तयार पारेका छौं,’ स्रोतले भन्यो ।
बीमा क्षेत्रलाई आर्थिक वर्ष २०७७/७८: यस्ता छन् कार्य योजना
काठमाडौं । बीमा समितिले आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्य योजना तय गरेको छ । समितिले भवन निर्माण गर्नेदेखि दाबी-भुक्तानीलाई सहज बनाउने कार्य योजना पास गरेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार चालु आर्थिक वर्षमा बीमा दाबी-भुक्तानीलाई सरल र सहज बनाउदै बीमितको आवश्यकता अनुसार समग्र उद्योगले काम गर्दै जानेछ । ‘हामीले कार्य योजना तयार गरेका छौं, समग्र बीमा क्षेत्रको हित हुने हिसाबले हामीले काम गर्नेछाैं, बीमाको दाबी-भुक्तानीलाई अझै छिटो छरितो बनाउने हाम्रो प्रयास यस आर्थिक वर्षमा पूरा हुनेछ’, बीमा समितिका कार्यकारी निर्देशक पौडेलले विकासन्यूजसँग भने । यस्तो छ समितिको कार्य योजनाः भवन निर्माण गर्ने चालु आर्थिक वर्षमा बीमा समितिले भवन निर्माण गर्ने भएको छ । समितिले भवन निमार्णको प्रक्रिया शुभारम्भ हुने जानकारी दिएको हो । उक्त भवनको निर्माण प्रकृया अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निर्देशन प्राप्त भएपश्चात अघि बढ्ने जनाएको छ । कार्यविधि संसोधन तथा तयार गर्ने कार्य विधि संसोधन तथा तयारको सन्दर्भमा बीमा समितिले मस्यौदा तयार गर्ने छ । यस्तै, सरोकारवालासँग छलफल गर्ने तथा स्विकृत गर्ने जनाएको छ । निर्देशिका संशोधन तथा तयार पार्ने चालु आर्थिक वर्ष भित्र बीमा समितिले जीवन बीमकको बीमांकीय मूल्याङ्कन सम्बन्धि निर्देशिका संशोधन गर्नेछ । यस्तै, जीवन बीमा अन्तर्गत विभिन्न बीमालेख सम्बन्धी मार्ग दर्शन तयार गर्नेछ । बाली तथा पशुपन्छी बीमा निर्देशिका संशोधन हुनेछ । जीवन र निर्जीवन बीमकको पूनर्बीमा निर्देशिकामा परिमार्जन हुनेछ । बीमकको आन्तरिक लेखा परिक्षण सम्बन्धी निर्देशिका परिमार्जन हुनेछ । बीमा कम्पनीको संस्थापक सेयर कारोवार सम्बन्धी निर्देशिका संशोधन हुनेछ । बाली तथा पशुपन्छी बीमालेखहरु तयार गर्ने बाली तथा पशुपन्छी बीमा अन्तर्गत सम्बन्धित निकायबाट माग भए बमोजिम बीमालेखहरु तयार हुनेछ । बाली तथा पशुपन्छी बीमा अन्तर्गत हाल कायम रहेका बीमालेखहरु आवश्यकता अनुसार संशोधन हुनेछ । यस्तै, लघु निर्जीवन बीमा अन्तर्गत दुर्घटना, स्वास्थ्य, घातक रोग र अन्य आवश्यक बीमालेखहरु तयार गर्ने बीमा समिले जनाएको छ । रणनीतिक योजना (२०२१-२०२५) तयार गर्ने बीमा समितिको आवद्यिक रणनीतिक योजना तयार हुनेछ । बीमा सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने प्रदेश सरकार स्थानीय सरकार, कृषक, विद्यार्थी लगायत बीमा क्षेत्रका सरोकारवालासँग अन्तक्रिया तथा छलफलहरु हुनेछ । समितिले जनचेतना अभिवृद्धि गर्ने उदेश्यले सरोकारवाला पहिचान गर्ने, अन्तक्रिया गर्ने, अभिलेखिकरण गर्ने काम सम्पन्न गर्नेछ । बीमा विषयलाई पाठ्यक्रममा समावेश गर्न पहल गर्ने बीमा विषयलाई माध्यमिक, स्नातक र स्नाकोत्तर तहको पाठ्यक्रममा समावेश गर्न पहल हुनेछ । समितिको वार्षिक कार्यक्रम बीमा समितिले वार्षिक उत्सवसको अवसरका कार्यक्रम संचालन गर्दै आएको छ । सो कार्यक्रमले निरन्तरता पाउनेछ । समितिका कर्मचारीको क्षमता अभिवृद्धि गर्ने बीमा समितिका कर्मचारीको क्षमता अभिवृद्धी गर्न जोखिममा आधारित सुपरीवेक्षण सम्बन्धी तालिम संचालन हुनेछ । यस्तै, नेपाल वित्तीय प्रतिवेदन मान सम्बन्धी तालिम दिइने छ । समितिको वार्षिक कार्यक्रमको समिक्षा गर्ने बीमा समितिले आफ्नो अर्ध-वार्षिक तथा वार्षिक कार्यक्रमको समिक्षा गर्दै आएको छ । उक्त समिक्षाले चालु आर्थिक वर्षमा समेत निरन्तरता पाउनेछ । बीमा सम्बन्धी विषयहरुमा विशेष अध्ययन/अनुसन्धान गर्ने नोवल कोरोना भईरस कोभिड १९ ले बीमा क्षेत्रमा पारेको प्रभाव सम्बन्धी अध्ययन हुनेछ । यस्तै, क्षेत्रगत रुपमा समेत बीमाको प्रभाव बारे अध्ययन गरिने छ । बीमा समितिको व्यवस्थापन सूचना प्रणाली स्तरीकृत गर्ने बीमा नियमन, लेखा प्रणाली, मानव संशाधन अभिलेख व्यवस्थापन, सम्बन्धि सफ्टवेर तयार हुनेछ । तथ्याङ्क भण्डारणका लागि सर्भर खरिद गर्नेका काम हुनेछ । स्थलगत निरीक्षण गर्ने जीवन बीमकहरुको एएमएल, सिएफटी विषेश स्थलगत निरीक्षण हुनेछ । यस्तै, जीवन, निर्जीवन तथा पूनर्बीमा गर्ने कम्पनीको समष्टिगत स्थलगत निरीक्षण हुनेछ । कोरोना बीमा कार्यन्वयन १ लाख रुपैयाँसम्मको सामूहिक कोरोना बीमा गर्दा लाग्ने वार्षिक शुल्कमा सरकारले ५० प्रतिशत अनुदान दिनेछ । यस्तै, आगामी वषएकालागि अस्थायी र करार लगायत सबै राष्ट्र सेवकको १ लाखसम्मको कोरोना बीमा निःशुल्क हुने व्यवस्थाको कार्यन्वयन हुनेछ । कृषि लघु उद्यम कृषि र लघु उद्यम व्यवसायमा बीमाको पहुँच अभिवृद्धी गर्न बीमा दाबी भुक्तानी प्रकृयालाई सहज र सरल बनाइनेछ । यस्तै, घुम्त्ती बीमा कार्यक्रमको संचालन हुनेछ । कोरोना महामारीका कारण संचालनमा आउन नसकेका उद्योग प्रतिष्ठान एवम् यातायातको साधनको बीमा पोलिसीको म्याद लक डाउनको अवधिसम्म थप गर्ने व्यवस्था हुनेछ ।
अध्यक्ष पोखरेलको नेतृत्वमा नेपाल पुँजीबजार लगानीकर्ता संघको दुई वर्षको यात्रा, के के काम भए ?
नेपाल पुँजीबजार लगानीकर्ता संघमा आजबाट अध्यक्षको रुपमा मेरो कार्यकालको दुई वर्ष पुरा भएको छ । आज सम्मको यात्रामा साथ दिनुहुने सम्पुर्ण लगानीकर्ता साथीहरु, संघमा आवद्द सदश्य, प्रदेश सँयोजक, सह-सँयोजक, जिल्ला संयोजक-जिल्ला सह संयोजक, अग्रज लगायत सेयर बजारसँग सम्बन्धित सम्पुर्ण सरोकारवाला प्रति हार्दिक आभार ब्यक्त गर्दछु । संघले हालसम्म गरेका प्रमुख कार्यहरु: २०७६ जेष्ठ १८ गते अर्थ मन्त्रालय, आन्तारिक राजस्व कार्यलयबाट लगानीकर्ताले घाटामा पनि कर तिर्नु पर्ने (बोनस र हकप्रदलाई रु.१०० नै आधार मानेर कर लगाउने) एकतर्फी निर्णय पश्चात लगानीकर्ता संघ एकजुट भएर आन्दोलनमा होमिएका थिए। नेपाल पुँजीबजार संघको समेत सकृय उपस्थिती रहेको उक्त आन्दोलनबाट सरकार आफ्नो निर्णयबाट पछी हट्न बाध्य भएको थियो । अर्थमन्त्रीको एक अभिब्यक्तीको गलत बुझाई र बजारमा फैल्याईएको भ्रमका कारण लामो समयदेखी निरन्तर ओरालो लागेको बजारप्रति लगानीकर्तामा चरम निराशा छाएको बेला संघले २०७५ श्रावण २७ गते राजघानीमा एउटा भब्य अन्तरकृया कार्यक्रम संचालन गर्यो । सेयर बजारको अवस्थामा केन्द्रीत उक्त कार्यक्रममा पुर्व प्रधानमन्त्री माधव नेपाल ज्यु , तत्कालिन गवर्नर डा. चिरन्जिबी नेपाल ज्यु , पुर्व अर्थमन्त्री डा.रामशरण महत ज्यु लगायत ठुलो संख्यामा सम्बन्धित क्षेत्रका बिज्ञहरुको उपस्थिती रहेको थियो। यो कार्यक्रमले धेरै हदसम्म लगानिकर्तामा रहेको चरम निरासालाई चिर्न सफल हुनुको साथै चह्राएको घाउमा मलम लगाउन सफल भयो । फलत बजारमा क्रमश: सुधार देखा पर्दै गयो । संघले २०७५ भाद्र १५ प्रदेश नं २ जनकपुरमा “नेपाली पुँजी बजारमा वर्तमान सेयर बजारका अवसर र चुनौतिहरु” बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न गर्यो। कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत ज्यु, बुद्दिजिवी लगायत सयौंको संख्यामा सर्वसाधारणको उत्साहजनक उपस्थिती रहेको थियो । सरोकारवालाहरुले कार्यक्रमलाई महत्वपूर्ण हिसाबले लिएका थिए। यहि जनचेतना मुलक कार्यक्रम पछि २ नं प्रदेशको राजधानिमा चैत्र १४ गते ब्रोकर कार्यलय बिस्तार गर्न सम्भव भएको छ । यसका साथै संघकै संक्रियतामा दाड, सुर्खेत लगायत ठाउँमा ब्रोकर साखा बिस्तारको पहल भएको छ। सेयर सक्षरता अभिबृद्दी गर्ने उदेश्य अनुरुप संघले २०७५ असोज ३, १५ र २७ गते क्रमश: हेटौंडा, चितवन र धनगढीमा जनचेतना मुलक कार्यक्रम गरेको थियो । यसै गरी पुष २० गते धादिङ का प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे ज्यूको प्रमुख आतिथ्यमा धादिङमा पनि सो कार्यक्रम सम्पन्न गरेको जानकारी गराउन चाहन्छु । सेयर कारोबारमा प्यान अनिवार्य भन्ने बिषयले बजारमा एक किसिमको आतंक नै फैलाएको थियो । जुन समस्यालाई अन्य संघ सहित नेपाल पुँजीबजार लगानिकर्ता संघको सकृयतामा नियामक निकायहरुसँगको निरन्तरको बार्ता पश्चात सेयर कारोबारमा सबैलाई प्यान अनिवार्य भनिएकोमा अहिलेलाई प्रती कारोबार ५ लाख भन्दा बढीको कारोबार गर्नेलाई मात्र अनिवार्य गरियो । सेयर कारोबारमा ब्यक्तिगत लगानीकर्ताको हकमा लाग्दै आएको ७.५ प्रतिशतको पुँजीगत लाभकर लाई आर्थीक बर्ष ७६/७७ को बजेट मार्फत ५ प्रतिशतमा झारिएको थियो । जुन एजेण्डा हाम्रो संघले बजार सुधारको लागी अर्थ मन्त्रालयमा पेश गरेको सुझाव मद्धेको एउटा मुख्य एजेण्डा नै थियो। यसबाट लाखौं लगानीकर्ता लाभान्वित भएका छन्। सरकारको तर्फबाट पूँजीबजार सुधारका र ब्यबस्थित गर्नका लागी कैयन कामहरुको थालनि भईराखेका समयमा अर्थ मन्त्रालयले मुद्रा बजार पुँजीबजारको समस्या समाधान गर्न बनेको उच्च स्तरिय आयोगमा हाम्रो सहभागिता र बजार सुधारको ५८ बुंदामा सहमती भएर बजार सुधार र बिकासको कार्यहरु अल्पकालिन, मध्यकालिन र दिर्धकालिन गरी ३ चरणमा कार्यान्वयनको क्रममा रहेको छ। २०७६ जेष्ट ३० गते हाम्रो सँघले नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री श्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ज्युलाई भेटी सेयर बजारको बर्तमान अवस्था बारे छलफल गरी बुँदागत रुपमा बजारको समस्याहरु बारे जानकारी गराएको थियो। वहाँ बाट आफु बजारप्रती एकदमै सकारात्मक रहेको धारणा ब्यक्त गर्दै बजारको बिकास र बिस्तारको लागी आफ्नो तर्फबाट सक्दो सहयोग हुने आस्वासन प्राप्त भएको थियो। नियमित गतिबिधिका अलवा समय समयमा आयोजना हुने बिभिन्न कार्यक्रमहरुमा संघको सहभागिता रहँदै आएको छ। २०७५ फागुन १६ र १७ गते आयोजना भएको दुई दिने लगानी सम्मेलन त्यस्तै २०७६ असार १६ र १७ गते आयोजित बित्तिय साक्षरता सम्वन्धी दुई दिने अन्तराष्ट्रिय सम्मेलनमा समेत सँघको सहभागिता रहेको थियो। सेयर बजारलाई नै आफ्नो प्रमुख आधार क्षेत्र मानेर अघी बढ्दै आएको नेपाल पुँजिबजार लगानिकर्ता संघले प्रि-बजेट छलफल, मौद्रीक नितिको लागी आफ्नो राय सुझाव पेश गर्ने , अनलाईन ट्रेडिङमा बारम्बार देखिए समस्या, सेयर कारोबारमा राफसाफ को अवधी छोट्याई कारोबार प्रणाली लाई अझै छिटो र छरितो बनाउने लगायत सेयर बजारमा समय समयमा आउने बिभिन्न समस्याहरुको बिषयमा सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउने देखी लिएर आवश्यक सुझावहरु समेत पेश गर्दै आईरहेको छ। २०७६ श्रावण १ गतेबाट लागु गरिएको सेयर बजारलाई ढुंगे युग तर्फ लजाने भारित औसत मुल्य गणना बिधीको बिरोध र सम्बन्धित निकाय सँग निरन्तर बार्ता गर्दै आईरहेको थियो। एकातर्फ अनलाईन कारोबार सुरु भयो भन्ने, अर्को तर्फ सेयर बिक्री पश्चात लगानिकर्ता अनिवार्य रुपमा खरिद बिवरण सहित ब्रोकरको कार्यालय धाएर ल्याप्चे लगाउनु पर्ने बिल्कुलै अबैज्ञानिका र अब्यवहारिक नियमका सम्बन्धमा श्रावण १५ गते अर्थ मन्त्रालयमा भएको छलफलले यो बिषयलाई निकास दिएको थियो। जस अनुसार २०५८ साल देखी २०७६ सम्मको औसत मुल्य कायम गर्न अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो। नेपाल पुँजिबजार लगानिकर्ता संघ सामाजिक उत्तरदाईत्वको बिषयमा पनि संवेदनशिल रहेको छ। बारा र पर्सामा २०७५ फागुनमा आएको आँधी हुरीले गराएको धन जनको ठुलो क्षति लगत्तै फाल्गुन २३ गते संघकै सक्रियतामा स्थाननिय निकायसँगको समान्वयमा पिडित परिवारलाई ८० हजार बराबरको राहत बितरणको कार्य गरेको थियो। लामो समयदेखी निरन्तर ओरालो लागेको बजारप्रति लगानीकर्तामा चरम निराशा छाएको बेला संघले गत बर्ष श्रावण १८ गते राजघानीमा एउटा भब्य अन्तरकृया कार्यक्रम संचालन गर्यो। बर्तमान सेयर बजारको अवस्थामा केन्द्रीत उक्त कार्यक्रममा पुर्व प्रधानमन्त्री माधव नेपाल ज्यु , डेपुटि गभर्नर चिन्तामणी शिवाकेटी ज्यू, पुर्व अर्थमन्त्री डा.रामशरण महत ज्यु, पुर्व अर्थमन्त्री संकर कोइराला ज्यू , सरोकारवाला निकाय लगायत ठुलो संख्यामा सम्बन्धित क्षेत्रका बिज्ञहरुको उपस्थिती रहेको थियो। यो कार्यक्रमले धेरै हदसम्म लगानिकर्तामा रहेको चरम निरासालाई चिर्न सफल हुनुको साथै चह्राएको घाउमा मलम लगाउने काम गरेको छ । संघले ७ नं. प्रदेशमा गत बर्ष असोज १४ गते धनगढीमा पुँजीबजार तथा नेप्से अनलाईन कारोबार प्रणाली सम्बन्धि सचेतना कार्यक्रम गरेको थियो र सयौंको संख्यामा सर्वसाधारणको उत्साहजनक उपस्थिती रहेको थियो। त्यस्तै डलेल्धुरामा भाद्र ३१ गते अनलाईन कारोबार प्रणाली सम्बन्धि सचेतना कार्यक्रम गरेको थियो र लगानीकर्ताहरुको उत्साह जनक उपस्थिति रहेको थियो। आर्थिक विकासको लागि पुँजी बजारको विकास अपरिहार्य ठाँन्दै यसैगरी संघले महेन्द्रनगरमा पनि गत असोज ५ गते सचेतनामुलक कार्यक्रम सम्पन्न गराएको थियो। असोज १४ गते प्राधाअनमन्त्री ज्युलाई भेटी सेयर बजारको बर्तमान अवस्था बारे छलफल गरी समस्याहरु बारे जानकारी गराउँदै बुदागत रुपमा ज्ञापन पत्र पनि बुझाएको थियो। उहाँबाट बजारको बिकास र बिस्तारको लागी आफ्नो तर्फबाट सक्दो सहयोग हुने आस्वासन प्राप्त भएको छ। त्यसै गरि गत पौष १३ गते पोखरामा “लगानीकर्ता सचेतना कार्यक्रम” सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ज्यू र सरोकारवालाहरुले कार्यक्रमलाई महत्वपूर्ण हिसाबले लिएका थिए। अर्थतन्त्रको एेना मानिने पुँजीबजारलाई राज्यले अपहेलना गरेकोमा दु:ख ब्यक्त गर्दै आफ्नो तर्फबाट बजार बिस्तारको लागि सक्दो सहयोग पुर्याउने आश्वसन ब्यक्त गर्नु भएको थियो । समय समयमा आयोजना हुने बिभिन्न कार्यक्रमहरुमा संघको सहभागिता रहदै आएको छ । गत मंसिर २८ गते बिमा र पुँजी प्रदशनीमा संघले सहभागिता जनाउँदै आफ्नो राय सुझाव पेश गरेको थियो । यसै गरी सेयर साक्षरता अभिबृद्दी गर्ने उदेश्य अनुरुप यस संघले गत चैत्र ३० बैषाख १ र २ गते गरि तिन दिन सम्म सेयर बजार सम्बन्धि दमकमा पहिलो पटक आधारभुत तथा प्राबिधिक बिष्लेषण र सचेतना कार्यक्रम सम्पन्न गरेको थियो। ब्यक्तिगत स्वार्थबाट पर हटेर सार्वजनिक हितलाईनै मुख्य उदेश्य मानेर हातेमालो गर्दै अघी बढेको कारणनै संघ छोटो समयमै आम लगानिकर्ता देखी सबैको मन मस्तिस्कमा बस्न सफल भएको छ। उल्लेखनिय कुरा त संघले राजधानी केन्द्रीत मात्र नभई सातै प्रदेशमा आफ्नो संजाल बिस्तार गरिसकेको छ भने ७७ वटै जिल्लामा संजाल बिस्तारको क्रममा छ, यसप्रकारको गतिबिधी यसअघी कुनै पनि संस्थाबाट भएको थिएन। लगानिकर्ता संघको सातै प्रदेशका प्रतिनिधी र सदश्यहरुको लगनशिलता र संघ प्रतिको झुकाव देख्दा ईच्छाशक्तीनै रहेछ सबै भन्दा ठुलो कुरा, चाह्यो भने नहुनेनै के रहेछ र भन्ने भान भएको छ। पछिल्लो समय कोभिड-१९ महामारीको कारण योजनामा रहेका कार्यक्रमहरुमा ब्रेक लागेको छ। तथापी सामाजिक संजाल का साथै भर्चुअल माध्यम मार्फत् बजारको समस्याहरुको समाधानको लागी संघले आफ्नो तर्फबाट निभाउनु पर्ने कर्तब्य निभाईरहेको जानकारी गराउँदै महामारीको अन्त्य पश्चात संघले आफ्ना गतिबिधीहरु लाई पुरानै अवस्थामा तिब्रता दिने कुराको जानकारी गराउन चाहन्छु। धन्यवाद जय पुँजीबजार । (अध्यक्ष पाेखरेलकाे सामाजिक सञ्जालबाट साभार)
सेनाको प्रवक्तामा सहायकरथी पौडेल नियुक्त
काठमाडौं । नेपाली सेनाका प्रवक्ताको जिम्मेवारी सहायकरथी सन्तोषबल्लभ पौडेलले सम्हालेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा उनले जिम्मेवारी सम्हालेका हुन् । रक्षा समाचारदातासँग जङ्गी अड्डामा बिहीबार भएको भेटघाटमा उहाँले सेना र आमसञ्चारका माध्यमबीच जनताको सुसूचित हुने अधिकारको रक्षा र राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयमा सन्तुलन बनाइराख्ने प्रस्थान बिन्दु हुनुपर्छ भने । उनले भने, “जनताको सुसूचित हुने अधिकारको रक्षा गर्छाैं राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई समानान्तररुपमा लैजाने विषयमा सन्तुलन कायम हुनुपर्छ, हामी दुवैको मिलन बिन्दु र प्रस्थान बिन्दु त्यही नै हो ।” यसअघि उनी जङ्गी अड्डास्थित १५ नं बाहिनी र आपूर्र्ति तथा परिवहन निर्देशनालयको निर्देशकको जिम्मेवारीमा थिए । यसअघिका प्रवक्तामा सहायकरथी विज्ञानदेव पाण्डे थिए । उनी करिव १५ महिनाको प्रवक्ताको जिम्मेवारी पूरा गरी सुर्खेतस्थित उत्तर–पश्चिम पृतनाको नेतृत्व सम्हाल्न जाँदै छन् । भेटघाटमा उनले सेना र प्रेसजगत कार्य प्रकृतिका हिसाबले दुई भिन्न क्षेत्र भए पनि अखण्ड, समृद्ध, शान्त राष्ट्र नेपाल निर्माणमा दुवैको भूमिका र जिम्मेवारी उच्च र अन्योन्याश्रित छ भने । उनले भने, “आम जनतालाई सुसूचित पार्दै समृद्ध समाज निर्माणका लागि खबरदारी गर्ने प्रेसजगत् तथा जनता र देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको रक्षा गर्ने सेनाबीच कार्य प्रकृतिका हिसाबले भिन्न मान्यता रहे पनि राष्ट्रिय स्वार्थ र राष्ट्रियहित दुवै निकायको सर्वाेपरी लक्ष्य हो ।”