
काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय पोखरिया, पर्साले बीमा दावी रकम भुक्तानी गरेको छ । संस्थाले पर्सा जिल्ला धोवनि गाँउपालिका वडा नं. ०३ का केन्द्र नं. २७ कि सदस्य ललिता देवीको मृत्यू पश्चात निजका श्रीमान रामनारायण ठाकुर लोहारलाई बीमाको क्षतिपुर्ति रकम उपलब्ध गराएकाे हाे ।
सदस्य श्रीमति ललिता देवीलेले संस्थाबाट ६० हजार रुपैयाँ कर्जा लिएकोमा निज सदस्यको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत सदस्यको मृत्यू पश्चात दिइने काजक्रिया खर्च १० हजार रुपैयाँ बराबरको काजक्रिया खर्च रकम संस्थाका शाखा प्रबन्धक सरोज कुमार महतोद्वारा निज मृतक सदस्यका श्रीमान रामनारायण ठाकुर लोहारलाई एकमुष्ट भुक्तानी गरिएको छ ।
संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।