विकासन्युज

सिनेमा घर सञ्चालन गर्ने विषयमा छलफल गर्न सरकार तयार

काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा घर सञ्चालन गर्ने विषयमा छलफल गर्न सरकार तयार रहेको बताएका छन् । चलचित्र विकास वोर्डले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले सिनेमा घरहरुले स्वास्थ्य मापदण्ड अपनाएर भौतिक दुरी कायम गरी चलाउन सक्ने भए छलफल गरेर अगाडि बढ्न सकिने बताएका हुन् । उनले सिनेमा घर सञ्चालन गर्ने सम्बन्धमा चलचित्र विकास बोर्डले मापदण्ड तयार गरिसकेको र त्यसमा छलफल गरेर छिट्टै टुंगोमा पुग्ने बताए । चलचित्र क्षेत्रलाई खुलाई गतिविधि अगाडि बढाउन सके चलचित्रकर्मीहरु र लगानीकर्ता सबैलाई उत्साहको वातावरण बन्न सक्ने उनले बताए । चलचित्र क्षेत्र अति प्रभावित क्षेत्र भएकाले लकडाउनका कारण परेको असरलाई न्यूनीकरण गर्न मौद्रिक नीतिले सम्बोधन गरेको मन्त्री खतिवडाले बताए । उनले चलचित्रमा भएको लगानीलाई ह्रास हुन नदिन र पूँजी क्षय हुन नदिन नीतिगत रुपमा मिलाउने कामहरु भइसकेको समेत बताए ।

अल्फाबिटा अष्ट्रेलियन एजुकेसन भर्चुअल फेयर साउन १२ गते हुने

काठमाडौं । विदेश अध्ययन गर्न चाहने विद्यार्थीका लागि परामर्श दिने उदेस्यले अल्फाबिटाले ‘अष्ट्रेलियन एजुकेसन भर्चुअल फेयर-२०२०’ आयोजना गरेको छ । विद्यार्थीहरू घरमै बसेर अष्ट्रेलियाका उत्कृष्ट शैक्षिक संस्थाहरूको बारेमा जानकारी लिन सक्ने गरी अल्फाबिटाले आगामी १२ साउन (सोमबार)मा भर्चुअल फेयरको आयोजना गरेको हो । फेयरमा अष्ट्रेलियाका उत्कृष्ट विश्वविद्यालयसहित ६ वटा शैक्षिक संस्था सहभागि हुँदैछन् । फेयरमा मक्वारी युनिभर्सिटी, दी युनिभर्सिटी अफ न्यू क्यासल्, सेन्ट्रल क्विन्सल्याण्ड युनिभर्सिटी, चाल्र्स डार्विन युनिभर्सिटीका आधिकारीरिक प्रतिनिधिबाट विद्यार्थीले कोभिड-१९ पछिको शैक्षिक अवस्था, छात्रबृत्ति, कोभिड-१९ कै अवस्थामा अनलाइन कक्षा तथा त्यसपछिको अध्ययनको अवस्थाको विषयमा जानकारी लिन सक्नेछन् । त्यसैगरी, फेयरमा एजुकेसन सेन्ट्रर अफ अष्ट्रेलिया (इसिए) र नेभिटासका आधिकारीक प्रतिनिधिहरूबाट समेत परामर्श लिन सकिनेछ । विद्यार्थीहरू अनलाइन प्लेटफर्ममार्फत फेयरमा जोडिन सक्नेछन । फेयरमा नेपालस्थित अष्ट्रेलियन राजदुत पिटर बड, आइइएलटिएस, पिटिइका प्रतिनिधि, बैंकलगाएतका प्रतिनिधिको सहभागिता हुँदैछ । फेयरमा विद्यार्थीहरूले कोभिड-१९ पछिको अष्ट्रेलियाको शैक्षिक अवस्था, प्रक्रिया र अन्य विषयमा समेत प्रत्यक्ष जानकारी पाउनेछन् । पहिलो तहको कार्यक्रम फेसबुकमार्फत प्रत्यक्ष प्रसारण हुनेछ । विद्यार्थीहरू अल्फाबिटासंगको लिंकमा आइसकेपछि उनीहरूले चाहेको शैक्षिक संस्थाका आधिकारिक प्रतिनिधिसंग एक-एक गरी परामर्श लिन अनलाइन प्लेटफर्ममा छुट्टै भर्चुअल रुमको ब्यवस्था गरेको छ । अल्फाबिटाको वेवसाइट, फेसबुक पेज र इन्स्टाग्राममा राखिएको लिंकमार्फत जोडिन सकिनेछ ।

तिम्रो पाइलाले सफलता पाओस्, छाेरी !

मेरो सानु, मेरी परी, मेरो लागि सबैभन्दा ठूलो दिन २०६५ साउन १० गते, शुक्रबार थियो । जब तिम्रो आगमनले मेरो जीवनमा नौलो बिहानी लिएर आयो । म त्यो बेला विद्यार्थी थिए, त्यत्ति अनुभव थिएन । तर पनि समयले सबैकुरा सिकाई नै दियो, पहिलो पटक स्कुलमा अभिभावक भनेर पत्र आउँदा एक्दम नौलो लाग्यो । बाटो भरी एक्लै हासेको की म नि अब ठूलो भएँ भनेर, त्यो क्षण, समय मेरो लागि एक्दम हर्षको अनुभूति, सुखद पल थियो । त्यो सबै तिम्रो आगमनले हो छोरी , तिमी बिना म तँ कल्पना नि गर्न सक्थेन, मेरो पढाई थियो, तर तिमी मेरो आन्तरिक शक्ति थियो, धेरैले सानो बच्चालाई कसरी छाड्न सकेको पढ्न भन्दा नराम्रो लाग्थ्यो, तर अरुको वास्ता गरिन् । तिम्रो पहिलो शब्द आफ्नो लागी मा, सुने आफ्नो सबै पीडा कम भयो खै अरुले छोरा पाएमा ठूलो भोज भतेर गर्ने, शान भएको भान हुँदो होला, तर मेरो लागि सन्सारको सबै करोडौं छोरा भन्दा मेरो छोरी नै प्यारो लाग्यो । खै जति तिम्रो बारेमा लेखेनि कम हो, तिम्रो स्पर्श, स्नेह, माया, ममता, हेर्दा आफू धेरै भाग्यमानी भएको महशुस गरेको । म बिरामी हुँदा मलाई, पानी दिने, औषधि खाने एतिकै भन्दा नि खुसि लाग्थ्यो । सानैमा स्कुलमा राख्दा, चाँडै लिन जाँदा मेरो बाटो कुरेर आँखाबाट आँसु देखेँ, स्कुललो शिक्षकलाइ साेध्दा तँ तपाइँ आउने समय थाहा भएर रुन लगेको भन्दा छक्क पर्थे, कसरी म आउने बेला भयो भनेर थाहा पाको सोच्थे । तिम्रो पहिलो नृत्य थियो, जुन तँ लग्यो ताराले, मन तँ लग्यो मायाले,,, , त्यो बेला तिमी २ वर्ष की थियौ, म हतरिदै तिम्रो नृत्य हेर्न गए, तर तिमीले मलाई हेर्ने बितिकै रोयो, म लुकेर बसेको, पछि राम्रो लाग्यो कार्यक्रम । म तिम्रो हरेक पाइलामा सफलताको कामना गर्ना चहन्छु, हरेक पल खुसिमा बितोस, मेरो स्नेह्, माया सधैं तिम्रो लागी रहने नै छ, त्यो नि आज बाचा गर्न चाहन्छु । म मात्र होइन, नानु, तिम्रो डयाडि नि, तिमिलाइ अति माया गर्नु हुन्छ । तिम्रो उपहार मलाई सबैभन्दा बढी मन पर्छ, त्यो तिम्रो हातले बनाएको कार्ड, अनि मेरो जन्मदिन वा अरु कुनै बेलामा रूम सजाउने, मेरो लागी तिम्रो सर्प्राइज त्यो अत्ति नै मन पर्छ। म बिरामी हुँदा, स्याहार गरेको, सबै सम्झना छ । एकचोटि मेरो लागी आमाको बारेमा कविता वाचन गरेर दोस्रो भएको सब थाहा छ, तिमी जस्तो जति छोरी पाउन तँ जति तपस्या गरेँ नि कम छ, तिम्रो नाम सभ्यता जस्तै तिमी सभ्य छौ, सबैले तिम्रो उदाहरण दिदा आफू सार्है नै भागयमानि महशुस भान हुन्छ । कतिपयले कुरा सुनाउथे की छोरी भयो भनेर उनीहरू अभागी छन्, जसले त्यो अमूल्य रत्न जस्तो छोरीबाट टाढा छन्, मेरो तँ भाग्य नै ठूलो छ की म फेरी छोरीको आमा भए, तर अरुले जे जति सुनाए नि म वास्ता गरिन म तँ सन्तानला पो जन्म दिए ना की छोरा वा छोरी, मेरो लागी दुबै आँखाकी नानि, मुटु सबै यिनीहरू नै हुन । सभ्यता र सम्पदा मेरो बाँच्ने आधार हो, भविश्य हो, मेरो हरेक खुसी र दुखमा साथ दिने दुई पखेटा हुन् । सानु जब तिमी केही गल्ती गर्दा म एतिकै रिसाउँथे, त्यो बेला तिमी कान समातेर सोरी भनेर उथबस गर्दा म जति रिसाएनि एकछिनमा हरएर जान्थ्यो । हरेक पल, हरेक क्षण, तिम्रो पाइलाले सफलता पाओस् सप्तरङी रंग झै तिम्रो जिबनमा उमङ छाओस्, दुख तिम्रो छेउ आउनु अगाबै, मेरो सामना गरोस् । हरपल तिमी बिहानीको पहिलो किरण झै चम्कि रहौ तिम्रो जन्मदिनको अबसरमा मेरो माया र आशिष सधैं तिमीलाई आउने हरेक ऋतु , बसन्तले तिम्रो जीवन उज्यालो पारिरहोस्। मुटुमा अटुट माया र आशिश्, तिम्रो शिरमा रहिरहोस् । सधैं सधैं तिम्रो पाइला प्रगतिको शिखरमा लम्किरहोस् । यतिनै छ मेरो भाबना, जनमदिनको लाखौं लाख मेरो छोरीलाई शुभकामना, शुभकामना फेरी पनि शुभकामना तिम्रो मामु, डयाडि ।

सनराइज बैंकका सीईओकाे राजीनामा !

काठमाडौं । सनराइज बैंकमा सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालबीच विवाद भएकाे छ । विवाद पछि पाैडेल राजीनामा गर्ने मनस्थितिमा पुगेका छन् पौड्यालले सञ्चालक समितिसँगको अन्तरविरोधका कारण राजीनामा दिने निष्कर्षमा पुगेको बुझिएको छ । यसअघि ग्लोबल आइएमई बैंकको सिइओ रहेका शर्मा गत वर्ष सो बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । उनी बैंकको सीईओ नियुक्त हुनुअघि बैंकको सञ्चालक समितिले नीरज श्रेष्ठलाई प्रमुख कार्यकारी बनाउने निर्णय गरेको थियो । आन्तरिक विवादका कारण उनलाई नबनाएर पौड्याललाई सिइओ नियुक्त गरिएको थियो ।

गरिमा विकास बैंकले संचालन गर्यो अनलाइन खाता

काठमाडौं । गरिमा विकास बैंकले अनलाइन माध्यमबाट खाता खोल्न सक्ने गरी नयाँ व्यवस्था शुरु गरेको छ । यससँगै अब संसारको जुनसुकै स्थानबाट पनि अनलाइन माध्यमद्धारा गरिमा विकास बैंकमा खाता खोल्न सकिनेछ । अब विदेशमा रहने सेवाग्राहीले आफै खाता खोली आफ्नै खातामा जम्मा हूने गरी रकम पठाउन समेत सक्नेछन् । कसरी खोल्ने ? गरिमा विकास बैंकको वेवसाइटमा जाने र अनलाइन अकाउन्ट ओपनिङलाई क्लिक गर्ने । उपयुक्त खाताको प्रकार छनोट गर्न(एप्लाई नाउ)मा क्लिक गर्ने । अनुरोध बमोजिम आफ्नो बिवरण भरी कागजात अपलोड गर्ने त्यसपछि इमेलमा आउने जानकारीको आधारमा सुविधा उपयोग गर्न सकिन्छ । गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९१ शाखा ५१ एटीएम र गरिमा रेमिटका १० हजारभन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकको प्रधान कार्यालय काठमाडौंको लाजिम्पाटमा रहेको छ ।

किया सोनेटको पहिलो तस्बिर सार्वजनिक, कम्प्याक्ट एसयुभी सेग्मेन्टमा थप्यो नयाँ गतिशीलता

नयाँ दिल्ली । किया मोटर्स कर्पोरेसनको पूर्ण स्वामित्वको भगिनी संस्था किया मोटर इन्डियाले बिहीबार नयाँ किया सोनेट कम्प्याक्ट एसयुभीको पहिलो तस्बिर सार्वजनिक गरेको छ । सोनेटको अवधारणा पहिलोपटक २०२० दिल्ली अटो एक्स्पोमा सार्वजनिक गरिएको थियो । यसको ताजा बाहिरी डिजाइनले व्यापक प्रशंसा पाएको थियो । सार्वजनिक गरिएको नयाँ तस्बिरका साथ सोनेटले आगामी हिउँदमा बजारमा आउँदा डिजाइनको नयाँ मानक स्थापना गर्नुका साथै कम्प्याक्ट एसयुभी सेग्मेन्टमा नयाँ गतिशीलता थप्ने लक्ष्य लिएको छ । किया सोनेटले चित्ताकर्षक डिजाइनलाई प्रिमियम र ताजा अपिलसँग एकाकार गर्दै उक्त ब्रान्डको डिएनएलाई जोड दिएको छ । कम्प्याक्ट एसयुभीको बोल्ड डिजाइनमा कियाको परिचायक डिजाइन विशेषताहरु, सशक्त दृश्य प्रभावका लागि त्रिआयामिक ज्यामितीय ‘स्टेपवेल’ जालिका साथ विख्यात बाघको नाक जस्तो जालि लगायतको सम्मिश्रण छ । कियाको परिचालक जालिमा भारत प्रभावित प्रभाव प्रदर्शन हुँदा सोनेटको आक्रामक मुद्राले यसको विषम अपिल प्रकट गरेको छ । ‘नयाँ किया सोनेटका साथ कम्प्याक्ट एसयुभीमा धेरै ठूला बाहनमा मात्र पाइने एउटा सशक्त र मजबुत विशेषता दिने हाम्रो आकांक्षा थियो । यसलाई ध्यानमा राखेर हामीले गजबको एसयुभीमा हुनुपर्ने भनी हामीले विश्वास गरेको विशिष्ट स्पोर्टी भाव, निश्चित मुद्रा र गतिशील रुपरेखा अनुसार डिजाइन गरेका छौं । हामीले नयाँ किया सोनेटको सबै पक्षमा कुनै सम्झौता नगरी ध्यान दिनुका साथै भारतमा हाम्रा डिजाइनरले फेला पार्न सक्ने उत्कृष्ट सांस्कृतिक सम्पदाबाट प्रभािवत रङ र मेटेरियल छनोट गरेका छौं,’ किया मोटर कर्पोरेसनको किया डिजाइन सेन्टरका प्रमुख तथा सिनियर भाइस प्रेसिडेन्ट करिम हबिबले भने । ‘समग्रमा हामी नयाँ किया सोनेट हाम्रा युवाहरुका लागि लोभलाग्दो विशेषतासहितको शानदार एसयुभी हुनेछ भन्ने विश्वास गर्दछौं ।’ सोनेट भारतमा कियाद्वारा निर्मित दोस्रो कार हो । यसअघि कियाले भारतमा सेल्टोस उत्पादन गरेको थियो । नयाँ मोडलले विश्वभरका ग्राहकलाई आकर्षित गर्ने र छिट्टै यसको ग्लोबल प्रिमियर हुने बताइएको छ । त्यसपछि आगामी पर्वको छेकोमा भारतमा सोनेट सार्वजनिक गर्ने कार्यक्रम छ । किया सोनेट प्रविधिसँग जानकार, आकांक्षी र सामाजिक रुपमा जोडिएका युवा पुस्ता लक्षित कार हो । द पावर टू सरप्राइज ब्रान्ड स्लोगनका साथ किया मोटर इन्डिया, सेल्टोसको हालसालै गरिएको सार्वजनिकीकरण र कार्निभलमा देखिएको अतुलनीय स्वामित्व अनुभव प्रस्तुत गर्दै ग्राहकको अतृप्त आवश्यकता र चाहना पहिचान एवं परिपूर्तिका लागि प्रयासरत छ । लन्च हुँदा सोनेट चित्ताकर्षक डिजाइनका कारणले मात्र नभएर अति उत्तम निर्माण गुणस्तर, यो वर्गको नेतृत्वदायी विशेषता, कनेक्टिभिटीको नविनता, पावरट्रेनको छनोट र बृहत् सुरक्षा उपकरणका कारण प्रख्यात हुनेछ । किया मोटर्स कर्पोरेसनबारे किया मोटर्स युवा मनका लागि विश्वस्तरीय बाहन निर्माता हो । सन् १९४४ मा स्थापित कियाले अहिले वार्षिक ३० लाख गाडी विश्वका १९० मुलुकमा बिक्री गर्छ । संसारभर ५२ हजारलाई रोजगारी दिएको कियाको वार्षिक रेभेन्यू ५० अर्ब अमेरिकी डलर छ भने ६ वटा मुलुकमा यसका उत्पादन प्लान्ट छन् । किया अब विस्तारै विद्युतीय बाहन उत्पादनतर्फ जाँदै गरेको कम्पनी हो, जसले विश्वभरको सहरी सहरी मोबिलिटी सेवाका चुनौती सामना गर्न मद्दत गर्नेछ । द पावर टू सरप्राइज भन्ने कियाको ब्रान्ड स्लोगनले अपेक्षाभन्दा परको प्रचलित र प्रभावशाली अनुभवबाट विश्वलाई चकित पार्ने यसको विश्वव्यापी प्रतिबद्धताको प्रतिनिधित्व गर्छ ।

३०.५ प्रतिशत बजार हिस्सासहित नेपाल लाइफ अगाडि, नयाँ पुस्ताबाट यूनियनकाे फड्काे

काठमाडौ । गत आर्थिक वर्षमा प्रथम बीमा शुल्क तथा नविकरण बीमाशुल्क दुवैमा नेपाल लाईफले अग्रता कायम गरेको छ । २० वटा जीवन कम्पनी मध्ये कुल बीमा शुल्ककाे ३० दशमलव ५ प्रतिशत बजार हिस्सा नेपाल लाइफकाे छ । बीमा समितिले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७६/७७ मा पनि जीवन बीमा कम्पनीहरुमध्ये अधिकांश सूचकमा नेपाल लाइफ अग्रस्थानमा छ । नेपाल लाइफले प्रथम बीमाशुल्क १० अर्ब १६ करोड रुपैयाँ र नविकरण बीमाशुल्क १८ अर्ब ४ करोड रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको अन्त्यमा जीवन बीमा कम्पनीहरुले संकलन गरेको नयाँ बीमाशुल्क ३४ अर्ब ४८ करोड रुपैयाँ छ भने नविकरण बीमाशुल्क ५७ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । दुबै गरी जीवन बीमा कम्पनीहरूले ९२ अर्ब ४५ कराेड रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् । राष्ट्रिय बीमा संस्थानको प्रथम बीमाशुल्क ९२ करोड रुपैयाँ छ भने नविकरण बीमाशुल्क ६ अर्ब १३ करोड रुपैयाँ रहेको छ । नेशनल लाइफको प्रथम बीमाशुल्क २ अर्ब ३५ करोड रुपैयाँ छ भने नविकरण शुल्क ६ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । एलआईसी नेपालको प्रथम बीमाशुल्क ४ अर्ब १६ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ११ अर्ब १५ करोड रुपैयाँ रहेको छ । मेट लाइफ इन्स्योरेन्सको प्रथम बीमाशुल्क १ अर्ब ३० करोड रहेको छ भने नविकरण बीमाशुल्क २ अर्ब ८५ करोड रहेको छ । एसियन लाइफ इन्स्योरेन्सको प्रथम बीमाशुल्क १ अर्ब ६० करोड रहेको छ भने नविकरण बीमाशुल्क २ अर्ब ९२ करोड रुपैयाँ रहको छ । एशियन, सूर्या, गुराँस र प्राइम एक पटक खुलेका कम्पनी हुन् । ती चार कम्पनी मध्ये एशियन लाइफ अगाडि रहेकाे छ । सूर्या लाइफको प्रथम बीमाशुल्क १ अर्ब १३ करोड रहेको छ भने नविकरण बीमाशुल्क १ अर्ब ५४ करोड रुपैयाँ रहको छ । गुराँश लाइफको प्रथम बीमाशुल्क ७८ करोड रहेको छ भने नविकरण बीमाशुल्क १ अर्ब ३७ करोड रहेको छ । प्राइम लाइफको प्रथम बीमाशुल्क १ अर्ब १९ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क १ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । आइएमइ लाइफको प्रथम बीमाशुल्क ७८ करोड रहेको छ भने नविकरण बीमाशुल्क ५५ करोड रहेको छ । युनियन लाइफको प्रथम बीमाशुल्क २ अर्ब ८६ करोड रहेको छ भने नविकरण बीमाशुल्क १ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । नयाँ पुस्ताकाे कम्पनीकाे यूनियन लाइफले फड्काे मारेकाे छ । ज्योति लाइफको प्रथम बीमाशुल्क १ अर्ब २३ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ६४ करोड रुपैयाँ रहेको छ । सन नेपाल लाइफको प्रथम बीमाशुल्क ५७ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ४८ करोड रहेको छ । रिलायन्स लाइफको प्रथम बीमाशुल्क ९१ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ४७ करोड रुपैयाँ रहेको छ । रिलायबल नेपाल लाइफको प्रथम बीमाशुल्क १ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ४० करोड रुपैयाँ रहेको छ । सिटिजन लाइफको प्रथम बीमाशुल्क १ अर्ब २३ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ६० करोड रुपैयाँ रहेको छ । सानिमा लाइफको प्रथम बीमाशुल्क ५५ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क २७ कराेड रुपैयाँ रहेको छ । प्रभु लाइफको प्रथम बीमाशुल्क ८९ करोड रुपैयाँ रहको छ भने नविकरण बीमाशुल्क २८ करोड रुपैयाँ रहेको छ । महालक्ष्मी लाइफको प्रथम बीमाशुल्क ८० करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ५ करोड रुपैयाँ रहेको छ ।

‘न्यानो नानी’ परियोजनालाई ज्योति विकास बैंककाे सहयोग, सेयर कारोबारको लागि शुरू गर्याे नयाँ सुविधा

काठमाडौं । ज्योति विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रको “न्यानो नानी” परियोजनाको लागि ८ लाख सहयोग गर्ने भएके छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष”मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको “न्यानो नानी” परियोजनाको लागि सहयोग प्रदान गर्ने निर्णय गरेको हो। नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १० वटा “न्यानो नानी” बेबी वार्मर बनाउन बैंकले सहयोग गर्ने भएको हो । बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले राष्ट्रिय आविष्कार केन्द्रको “न्यानो नानी” परियोजनाको लागि ८ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बैंकले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा उक्त निर्णय गरेको हो । विकास बैंकले श्रावण ९ गते शुक्रबारको दिन स्थापनाको १२औं वार्षिकोत्सव मनाएको छ। साे अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको  छ जसमा ३४ जना व्यक्तिले रक्तदान गरेका छन् । अध्य​क्ष हरि चन्द्र खड्काले मन्तव्य प्रस्तुत गर्दै बैंक अझ सफल रुपमा विस्तारित हुंदै ग्राहकवर्ग​, शेयरधनी र कर्मचारीको उज्ज्वल भविष्यको लागि निरन्तर प्रयास गरिने बताए । अध्यक्ष खड्काले ज्योति विकास बैंकले राष्ट्र बैंकले हालको कोभिड महामारिलाई मध्यनजर गरी ल्याएको कर्जाको व्याजमा २ प्रतिशत छुटको व्यवस्थालाई बिना कुनै शर्त सम्पूर्ण कर्जाग्राही ग्राहकहरुलाई दिईसकेको जानकारी पनि गराए । १२औं वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल प्रविधिमार्फत ४ वटा नयाँ शाखाको पनि औपचारिक उद्घाटन गरेको छ​। कार्यक्रमका विशिष्ट अतिथि हरि प्रसादले बैंकको केन्द्रीय कार्यालयबाटै डिजिटल प्रविधिमार्फत सामरी, बेनी, बागलुङ, फुटुङ शाखा र घोराहि शाखास्थित बैंकको ६१औं एटीएमको पनि डिजिटल उद्घाटन गरेका थिए । वार्षिकोत्सवकै अवसरमा ग्राहकलाई सेयर कारोबारको लागि थप सुविधा प्रदान गर्न बैंकले “डि पि सेवा” सुचारु गरेको छ​। सो सेवा ज्योति विकास बैंकको देशभरिको १०५ वटै शाखाबाट उपलब्ध हुने छ​। सोहि अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ​। सञ्चालक समितिका अध्य​क्ष हरि चन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट​ले संयुक्त रुपमा कर्मचारीहरुलाई पदक तथा कदरपत्र​ प्रदान गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट​ले बैंकले आफ्नो मूल उद्देश्य, दूर दृष्टि, ध्येय​ र मुल्य मान्यताहरुको अधीनमा रहि अझ सफलताउन्मुख हुने र समाजको वृहत्तर हितको लागि योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे। समारोहमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनले ज्योति विकास बैंकले केन्द्रको परियोजनामा गरेको सहयोग उदाहरणीय रहेको र यस सहयोगले राष्ट्रिय आविष्कार केन्द्रको लागि संस्थागत साझेदारीको बाटो खोलिदिएको बताए । हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।  हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ३७ अर्ब रूपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब ३१  अर्ब रूपैयाँ लगानी गर्न सफल भएको छ ।